आजको मिती : २०७५ पौष २ सोमबार

समय :०४:५६

Logo

स्थानीय

Image

न्याय माग्दै शुक्लागण्डकीमा युवाहरु

मंसिर २०, दुलेगौँडा ।

कञ्चनपुकी १३ बर्षिया निर्मला पन्तको बलात्कारपछि हत्या भएको चार महिना वितिसक्दा पनि हत्यारा पत्ता लगाउन नसकेको भन्दै शुक्लागण्डकीमा सरकार विरुद्ध विरोद्ध ¥याली प्रदर्शन गरिएको छ । शुक्लागण्डकीका आम युवा समुहको आयोजनामा बुधबार दुलेगौँडाको विपि चोक देखि खैरेनीटारसम्म ¥याली निकालिएको हो । 


¥यालीमा सहभागीहरुले निर्मला पन्तको हत्यारालाई तुरुन्त कारबाही गर,बलत्कारको खुलेआम सवार ,सरकार मुख्य जिम्मेवार ,बलात्कारीलाई फाँसी दे, सत्य तथ्य उजागर गर ,पिडितलाई न्याय दे, न्यायको अधिकार सुनिश्चित गर, सरकारी हस्तक्षेप बन्द गर, बहिरो सरकार मुर्दावाद जस्ता नारा लगाएका थिए । करिब ५० को हाराहारीमा सहभागी युवाहरुले सरकार विरुद्ध र न्यायको पक्षमा लेखिएका प्लेकार्ड बोकेका थिए ।


घट्ना भएको चार महिना वितिसक्दा पनि हत्यारा पत्ता लगाउन नसक्नु सरकारको लागि लज्जाको विषय भएको भन्दै सरकारलाई दबाब दिने उद्धेश्यले विरोद्ध ¥याली निकालिएको सहभागी गणेश क्षेत्रिले बताए ।