आजको मिती : २०७५ माघ १० बिहीबार

समय :१२:५९

Logo

मनोरञ्जन

Image

नेपाल आइडल सिजन २ को विजेता बने रवि ओड

पुस ०६ ।

नेपाल आइडल सिजन टुको विजेता धनगढीका रवि ओड भएका छन् । विजेता भएसंगै उनले होण्डा डब्लुआरभिबाट गाडी , नगद २२ लाखको चेक र गोल्डेन ट्रफि प्राप्त गरेका छन् । उनले वल्र्ड टुरको अवसर पनि प्राप्त गरेका छन् ।

पोखराका विक्रम बराल फस्ट रनरअफ भए । उनले २० लाखको चेक र सिल्भर ट्रफि र वल्र्ड टुरको अवसर प्राप्त गरेका छन् ।

नेपाल आइडलमा सुमित पाठक सेकेण्ड रनरअफ भएका छन् । उनले   १२ लाख नगदको चेक प्राप्त गरेका छन् ।

झापाकी अस्मिता अधिकारी थर्ड रनरअफ भइन् ।उनले होण्डा कम्पनीको स्कुटर प्रप्त गरिन् ।