आजको मिती : २०७५ माघ १० बिहीबार

समय :१२:५६

Logo

खेलकुद

Image

घारीमा जारी राजु स्मृति कप सेभेन ए साईड फुटबलमा आज ४ खेल हुदैँ

दुलेगौँडा ,१२ पुस ।

शुक्लागण्डकी-९ घारीमा जारी राजु स्मृति कप सेभेन ए साईड फुटबल प्रतियोगीतामा बिहीबार चार खेल हुदै छ । पहिलो खेलमा आयोजक सहरा युवा क्लब विरुद्ध मार्ली गाईज भिड्ने छ । त्यस्तै आजै हुने हुने खेलहरुमा नव प्रभात मालेबगर विरुद्ध शिलादेवी हलेदी , नमुना युवा क्लब गाछेपानी विरुद्ध खैरेनी युवा क्लब र अन्तिम खेलमा एभरग्रीन एफ.सी विरुद्ध राईजिङ्ग स्टार भुरुङ्गे विच खेल हुने आयोजकले जानकारी दिएको छ ।

बुधबार पनि ४ खेल सम्पन्न भएको थियो । पहिलो खेलमा नव प्रभातले मगर समाज हलेदीलाई २-० ले पराजित गरेको थियो । नव प्रभातका लागि दुवै गोल धिरज आचार्यले गरेका थिए । त्यसै गरी अर्को खेलमा स्याउली बजारले वाकओभर दिएपछि राईजिङ्ग स्टार सिधै अधिल्लो चरणमा प्रवेश गरेको छ । तेस्रो खेलमा नव युनाईटेडले आदर्श नमुनालाई ३-१ ले पराजित गरेको थियो । अन्तिम खेलमा भ्याली युवा क्लबले चितवन योङ्गग गाईजलाई ३-० ले पराजित गरेको छ । भ्यालीको लागि आशिष क्षेत्री , शुशिल गुरुङ्ग र सुवास शाहीले समान १-१ गोल गरेका थिए । 

प्रतियोगीताको विजेताकले ५० हजार र उपविजेताले २५ हजार सहित शिल्ड ,मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक सुवास शाहीले जानकारी दिएका छन् ।