आजको मिती : २०७५ माघ १० बिहीबार

समय :१२:५२

Logo

खेलकुद

राजु स्मृति कप सेभेन ए साईड फुटबल प्रतियोगीता

दुलेगौँडा ,१२ पुस ।

राजु स्मृति कप सेभेन ए साईड फुटबल प्रतियोगीतामा बिहीबार चार खेल सम्पन्न भएको छ । पहिलो खेलमा आयोजक सहरा युवा क्लब विजयी भएको छ । निर्धारित ४० मिनेटको समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुट आउटमा धकेलिएको थियो ।पेनाल्टीमा आयोजक सहरा ९-८ गोल अन्तरले विजयी भएको हो । त्यस्तै अर्काे खेलमा नव प्रभात युवा क्लब मालेबगरले शिलादेवी युवा क्लब हलेदीलाई ३-२ गोेल ऋनतरले हराएको छ । निर्धारित समयमा दुवैतर्फबाट २-२ गोलको बराबरी भएपछि पेनाल्टी सुट आउटबाट खेलको निर्णय लिइएको थियो ।

त्यस्तै नमुना युवा क्लब गाछेपानीलाई पेनाल्टी सुट आउटमै पराजित गर्दै खैरेनी युवा क्लब क्वाटर फाइनलमा प्रवेश गरेको छ । अन्तिम खेलमा एभरग्रीन एफ।सीले  राईजिङ्ग स्टार भुरुङ्गेलाई १-० ले हराउँदै क्वाटर फाइनलमा प्रवेश गरेका छ । 

प्रतियोगीताको विजेताकले ५० हजार र उपविजेताले २५ हजार सहित शिल्ड ,मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक सुवास शाहीले जानकारी दिएका छन् ।२६ टिम सहभागी प्रतियोगीताको सहरा युवा क्लब शुक्लागण्डकी-९ घारी तालवेँशीले आयोजना गरेको हो । सह आयोजकमा वडा नं-९ वडा कार्यालय रहेको छ ।