आजको मिती : २०७५ माघ १० बिहीबार

समय :०१:१७

Logo

मनोरञ्जन

Image

शुक्लागण्डकी महोत्सवमा आज साँझ मुक्ति एण्ड रिभाइवल

दुलेगौँडा ,१३ पुस ।

प्रथम शुक्लागण्डकी महोत्सवमा शुक्रबार साँझ चर्चित व्याण्ड मुक्ति एण्ड रिभाइभल गुञ्जने भएको छ । बढ्दै गएको चिसोेले सेलाएको दुलेगौँडाका युवा पुस्तालार्ई तताउन मुक्ति एण्ड रिभाइभल प्रस्तुत हुने भएको हो ।नहेर मलाई कर्के नजरले, आउने छु तिमीतिरै फर्किएर ,चौबन्धी चोलो ,डल्ली रेशम ,कान्छी नानी ब्लुज ,घरजम लगायतका चर्चित गीतहरु बजारमा ल्याएको मुक्तिले पहिलो पटक तनहुँमा आफ्नो साँगीतिक प्रस्तुती दिन लागेको कन्सर्ट संयोजक सन्तोष श्रेष्ठले जानकारी दिए ।

साँझ ५ बजेबाट शुरु हुने कन्सर्टमा स्थानिय पञ्चमुनी स्कुल व्याण्ड र पोखराको चर्चित व्याण्ड व्ल्यांङक पेपरको समेत धमाकेदार प्रस्तुती रहनेछ ।