आजको मिती : २०७५ माघ १० बिहीबार

समय :१२:५८

Logo

खेलकुद

Image

सखेपमा शनिबार(भोलि)बाट भलिबल प्रतियोगीता हुँदै

दुलेगौँडा :- 

श्री जनजागरण युवा क्लबले भिमाद ९ सखेपले आयोजना गरेको ल्होसार रमाईलो मेला तथा भलिबल प्रतियोगीता अन्तर्गत भलिबल प्रतियोगीता शनिबार देखि शुरु हुने भएको छ । भलिबल प्रतियोगीतामा २० टीमको सहभागीता रहेको कार्यक्रम संयोजक लक्ष्मण गुरुङ्गले जानकारी दिएका छन् । प्रतियोगीताको भिमाद नगर खेलकुद विकास समितीका अध्यक्ष प्रेम बहादुर थापाले एक कार्यक्रमको विच उद्धघाटन गर्न खेल संयोजक भिम गुङ्गले जानकारी दिएका छन् ।

 

प्रतियोगीतामा तनहुँ जिल्ला सँग सँगै स्याङ्गजा जिल्लाका खेलाडीहरुको समेत सहभागीता रहेको छ । प्रतियोगीता साविक गाउँ तथा वडा स्तरीय हुनेछ । भलिबल प्रतियोगीताको विजेताले नगद ५० हजारको साथमा शिल्ड , मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । त्यस्तै द्धितीय र तृतिय हुन सफल टीमले क्रमश  ३० हजार , १५ हजारको साथमा शिल्ड , मेडल र प्रमाण पत्र प्राप्त गर्ने बताइएको छ । भलिबल साविक गाउँ तथा वडा स्तरीय पहिचान गरी खेलाइनेछ । दर्ता शुल्क ४ हजार लाग्नेछ ।

 

सर्वोत्कृष्ट खेलाडी , उत्कृष्ट सुटर , उत्कृष्ट लिफ्टरलाई समेत विशेष पुरस्कारको व्यवस्था गरिएको छ । जनजागरण युवा क्लबको आयोजना , बौद्ध जनजागरण आमा समुह तथा बाबा समुह सह आयोजकको रुपमा रहेका छन् । भलिबल प्रतियोगीता हिमालय प्रा।वि को प्राङ्गण चिहान डाँडाँमा हुनेछ ।