आजको मिती : २०७५ माघ १० बिहीबार

समय :०१:०६

Logo

खेलकुद

Image

राजुस्मृति कपको उपाधिका लागि भ्याली र नव युनाइटेड भिड्दै

पुस १५,दुलेगौँडा ।
सहरा युवा क्लबले आयोजना गरेको राजुस्मृति कप सेभेन ए साइड फुटबल प्रतियोगीताको फाइनल खेल आज आइतबार हुदैछ । दिउँसो १ बजे शुरु हुने फाइनलमा उपाधिको लागि नव युनाइटेड र भ्याली युथ क्लब भिड्ने भएका छन् ।खेल शुक्लागण्डकी-९ घाँरी तालवेँशी खेलमैदानमा हुनेछ ।

शनिबार भएको सेमिफाइनलमा नवप्रभात युवा क्लबलाई ३-० को गोल अन्तरमा पराजित गर्दै भ्याली फाइनलमा प्रवेश गरेको थियो । भ्यालीका लागि आशिष थापाले २ तथा आशिष क्षेत्रीले १ गोल गरेका थिए ।


त्यस्तै नवयुनाइटेडले खैरेनी युवा क्लबलाई पेनाल्टी सुटआउटमा ६-५ गोल अन्तरले पराजित गदै भ्यालीसंग उपाधि भेट पक्का गरेका हो ।यस अघि निर्धारित दुवै तर्फबाट समान २-२ गोलको बराबरी भएपछि खेलको निणर्य पेनाल्टी सुटआउट बाट लिइएको हो ।


२६ टिम सहभागी प्रतियोगीताको विजेताकले ५० हजार र उपविजेताले २५ हजार सहित शिल्ड ,मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक सुवास शाहीले जानकारी दिएका छन् । त्यस्तै गरी आइतबार नै ३५ बर्ष माथिको उमेर समुहको फुटबलको फाइनल हुने छ । विजेताले खसी उपहार पाउने छ । त्यस्तै आइतबार नै १३ बर्षमुनीका बालकहरुको मैत्रीपुर्ण फुटबल खेल पनि हुने भएको छ ।