आजको मिती : २०७५ माघ १० बिहीबार

समय :०१:००

Logo

खेलकुद

Image

राजुस्मृति कपको उपाधि भ्याली युथ क्लबलाई

पुस १६,दुलेगौँडा ।
सहरा युवा क्लबले आयोजना गरेको राजुस्मृति कप सेभेन ए साइड फुटबल प्रतियोगीताको उपाधि भ्याली युथ क्लब घाँरीले उचालेको छ ।आइतबार शुक्लागण्डकी-९ घाँरी तालवेँशी खेलमैदानमा भएको फाइनल खेलमा नव युनाइटेड युवा क्लब खैरेनीटारलाई ट्राईब्रेकरमा २-० ले पराजित गर्दे भ्यालीले उपाधि चुमेको हो ।

 

निकै प्रतिष्पर्धात्मक भएको खेलमा दुवै पक्षले केहि राम्रा अवसर पाए पनि अवसरको सदुपयोग गर्न नसक्दा निर्धारित समयको खेल बराबरीमा रोकिएको थियो । अन्तत खेल पेनाल्टी सुटआउटमा धकेलियो । भ्यालीको तर्फ खेलाडीद्धय श्यामकाजी परियार र शुसिल गुरुङले गोल गरे भने नवयुनाइटेडको कुनै पनि प्रहारले जाली चुम्न नसकेपछि उपाधि भ्यालीको पोल्टामा गएको हो । 

 

उपाधि विजेता भ्यालीले  नगद ५० हजारको साथमा शिल्ड ,मेडल र प्रमाणपत्र हात पारेको छ ।उपविजेता नव युनाइटेडले नगद २५ हजारका साथ शिल्ड ,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।


त्यस्तै गरी आइतबार नै ३५ बर्ष माथिको उमेर समुहतर्फ सहरा क्लब प्रथम भएको छ । सहराले खसी उपहार पाएको छ । आइतबार नै १३ बर्षमुनीका बालकहरुको मैत्रीपुर्ण फुटबल खेल पनि सम्पन्न भएको छ । जसमा नवप्रभातलाई ३-१ गोल अन्तरमा सहराले हराएको थियो ।विजेताले मेडल तथा प्रमाणपत्र प्राप्त गरे ।