आजको मिती : २०७५ माघ १० बिहीबार

समय :१२:५२

Logo

मनोरञ्जन

शुक्लागण्डकी महोत्सवमा आज पवन गिरीको लाइभ कन्र्सट

पुस १६, दुलेगौँडा ।

दुलेगौँडामा जारी प्रथम शुक्लागण्डकी महोत्सवमा सोमबार साँझ नेपाल आइडलका रकस्टार पवन गिरी गुञ्जने भएका छन् । बढ्दै गएको चिसोेले सेलाएको दुलेगौँडाका युवा पुस्तालार्ई तताउन आइडलका टप सिक्स बनेका गिरी महोत्सवमा प्रस्तुत हुने भएका हुन् । 

उनले नेपाल आइडलको प्रतिष्पर्धामा गाएको गीत नहेर मलाई कर्के नजरले, आउने छु तिमीतिरै फर्किएर ,साँझको बेला ,हिड्ने मान्छे लड्छ ,को हो त्यो जस्ले मलाई मोहनी लगायो लगायतका चर्चित गीतहरुलाई दर्शकले निकै मन पराएका थिए ।  

पवनको प्रस्तुतीसंगै नयाँ बर्ष २०१९ लाई स्वागत गरिने महोत्सव सचिवालय संयोजक मदन श्रेष्ठले बताए ।साँझ ५ बजेबाट शुरु हुने कन्सर्टमा स्थानिय व्याण्ड र मोडल सृजना गुरुङको धमाकेदार नृत्य रहने भएको छ । ।