आजको मिती : २०७५ माघ १० बिहीबार

समय :१२:५२

Logo

मनोरञ्जन

Image

म्याग्देस्थित मनपाङ्मा आयोजित भलिबलको उपाधि स्र्पोट गाईज मनपाङ्लाई 

पुस १७,दुलेगौँडा ।
तमु गुरुङ्गहरुको महान पर्व ल्होसारको अवसरमा मनपाङ्ग युवा क्लबले आयोजना गरेको भलिबल प्रतियोगीताको उपाधि स्र्पोट गाईज मनपाङ्गले उचालेको छ । विजेता मनपाङ्गले नगद २० हजारको साथमा मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । त्यसैगरी मनपाङ्ग तमु समाज द्धितीय र ज्योती युथ क्लब तृतिय भएका छन् । उनीहरुले क्रमश १५ हजार , ७ हजारको साथमा मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । प्रतियोगीतामा १४ टिम सहभागी भएको थियो ।

 

विजेता टीमलाई प्रमुख अतिथी नेपाली  काग्रेस म्याग्दे-६ का सभापती हिरालाल गुरुङ्ग र क्लबका अध्यक्ष दिल बहादुर गुरुङ्गले संयुक्त रुपमा पुरस्कार प्रदान गरेका थिए ।

सो अवसरमा बोल्दै प्रमुख अतिथि  गुरुङ्गले गाउँ गाउमा भएको युवा शक्तिलाई राष्ट्रिय  तथा अन्तराष्ट्रिय जगतमा प्रतिस्पर्धा गर्न सक्ने जरुरी रहेको बताउँदै मनपाङ युवा क्लबलाई सधै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । 

 

कार्यक्रममा रत्न माध्यमिक विद्यालयका प्रधानाध्यापक रमेश बाबू भट्टराई , नेपाल सांस्कृतिक संघ तनहुँका क्षेत्रीय सभापति पशुपति अर्याल लगायतले बोलेका थिए ।

क्लबका अध्यक्ष दिल बहादुर गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन हिमाल गुरुङ्गले गरेका थिए ।