आजको मिती : २०७५ माघ १० बिहीबार

समय :०१:०३

Logo

स्थानीय

Image

रोटरी क्लब शुक्लागण्डकीद्धारा पञ्चमुनीदेव माविलाई कम्प्युटर सहयोग

पौष २३, दुलेगौँडा ।


रोटरी क्लब अफ शुक्लागण्डकीले पञ्चमुनीदेव माध्यमिक विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेको छ । सामाजिक क्षेत्रमा सक्रिय रोटरी क्लबले आइतबार शैक्षिक क्षेत्र अन्र्तगत पञ्चमुनीलाई ५ थान कम्प्युटर सहयोग हस्तान्तरण गरेको हो ।क्लबका अध्यक्ष त्रिलोचन लम्साल र शुक्लागण्डकी वडा नं ४ का वडाध्यक्ष शिव कुमार श्रेष्ठले संयुक्त रुपमा विद्यालयका अध्यक्ष तथा प्रधानाध्यापकलाई कम्प्युटर हस्तान्तरण गरेका थिए । 


सो अवसरमा बोल्दै वडाध्यक्ष श्रेष्ठले कम्प्युटरको माध्यमबाट आधुनिक शिक्षा प्रणाली लागु गर्न रोटरी क्लबले गरेको सहयोगले विद्यालयलाई कम्प्युटर शिक्षा लागु गर्न प्रेरित गरेको बताए । क्लबले सामाजिक क्षेत्रमा पु¥याउदै आएको योगदानको प्रशंसा गर्दै आगामी कार्यक्रहरुलाई अझ प्रभावकारी बनाउन सुझाव दिए ।


क्लबका अध्यक्ष त्रिलोचन लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र पौडेल ,क्लबका संस्थापक अध्यक्ष एवं विद्यालयका प्रधानाध्यापक ध्रुब कुमार मल्ल, सचिव हरि प्रसाद लामिछाने लगायतले बोलेका थिए । रोटरी क्लबले शुक्लागण्डकी क्षेत्रमा आधारभुत शिक्षा ,स्वास्थ्य ,महिला तथा बालबालिका ,खानेपानी, आर्थिक विकास र शान्ति कायमका लागि काम गर्दै आएको छ ।