आजको मिती : २०७५ माघ १० बिहीबार

समय :१२:५९

Logo

स्थानीय

Image

खैरेनीटारमा हुने आदिवासी जनजाती महोत्सव सफल बनाउन सवैले आ आफ्नो ठाँउबाट भुमिका खेल्ने जनप्रतिनीधिहरुको प्रतिवद्धता

पौष २३ ,दुलेगौँडा ।

यहि पौष २६ गते देखि शुरु हुने आदिवासी जनजाति शुक्लागण्डकी साँस्कृतिक महोत्सव २०७५ को तयारीलाई तीब्र पारिएको छ । महोत्सवको प्रचार प्रसार, विभिन्न आदिवासी जनजातिको घर निमार्ण ,मौलिक आठ प्रिके रोहटे पिङ ,स्टल तथा रमाइलो मेला निमार्ण लगायतका कार्यहरुलाई तीब्र रुपमा अगाडी बढाइएको महोत्सवका प्रवक्ता मन बहादुर पुनले बताए ।अहिले महोत्सव स्थल क्षेत्र सिमलटार ध्वजा पतकाले सिंगारिएको छ भने खैरेनीटार बजारसम्म झिलिमिली बनाइएको छ ।
महोत्सव संचालन हुनु अघि आइतबार महोत्सव आयोजकले शुक्लागण्डकी नगरपालिकाका जनप्रतिनिधिहरुसंग अन्तरक्रिया गरेको छ । अन्तरक्रियामा सहभागी वडाध्यक्षहरु जगत् बहादुर गुरुङ ,शिव कुमार श्रेष्ठ , दिर्घ बहादुर थापा ,कृष्ण बहादुर पौडेल ,रामजी क्षेत्री ,लोकनारायण श्रेष्ठ ,रामचन्द्र भण्डारी ,मनराज गुरुङ लगायत कार्यपालिका सदस्यहरुले अन्य हुने गरेका महोत्सव भन्दा आदिवासी जनजाति महोत्सव फरक र संस्कृति संरक्षणमा केन्द्रित भएकाले महोत्सवलाई सफल बनाउन आ आफ्नो ठाँउबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

वडा नं -४ का वडाध्यक्ष शिव कुमार श्रेष्ठले अन्य महोत्सव भन्दा यो महोत्सव भिन्न रहेको बताए ।उनले अहिलेको समय फरक र नयाँपन रुचाउने खालको भएकाले पनि यो महोत्सव सफल हुने बताए ।

त्यस्तै वडा नं ५ का वडाध्यक्ष दिर्घ बहादुर थापाले आदिवासी जनजातिहरुले आफ्नो पहिचान कला संस्कृति संरक्षणलाई जोड दिएर आयोजना गरेको महोत्सव निकै आकर्षक रहेको बताए । उनले यस्ता खालका महोत्सवहरु हुन आवश्यक रहेको भन्दै आफ्नो पुर्ण साथ र समर्थन रहेको बताएका थिए ।

वडा नं ६ का वडाध्यक्ष कृष्ण बहादुर पौडेलले र्धम ,कला संस्कृति संरक्षण गर्न आदिवासी जनजातिले आयोजना गरेको महोत्सवले राम्रो सन्देश दिन खोजेको बताए । उनले आदिवासीको संस्कृति संरक्षणमा महोत्सवले टेवा पु¥याउने दाबी गर्दै नयाँ पुस्तालाई आफ्नो मौलिक पहिचान अध्ययन गर्ने अवसर पनि रहेको बताए ।

त्यस्तै वडा नं-९ का वडाध्यक्ष लोक नारायण श्रेष्ठ ,१० का वडाध्यक्ष रामचन्द्र भण्डारीले महोत्सव निकै सकारात्मक र अरु महोत्सव भन्दा सफल रुपमा सम्पन्न हुने आफुहरुले आंकलन गरिएको बताए । 

 

सो अवसरमा महोत्सव मुल समारोह समितिका संयोजक विमल जि.सीले आदिवासी जनजाति आयोजक रहेर महोत्सव आयोजना गरिएको भए पनि यो समग्र जाति र शुक्लागण्डकीकै महोत्सव भएको बताए । शुक्लागण्डकीमा धेरै महोत्सव भएकोमा छुट्टैे चर्चा हुदै आएको भन्दै उनले दुध हेर्दा सेतो भए पनि दुधको गुणस्तरीयता र स्वाद व्यापारी र किसान अनुसार फरक हुने भएकाले आदिवासी जनजातिले गर्ने महोत्सव पनि अन्य महोत्सव भन्दा फरक र विशेष खालको हुने दाबी गरे । उनले आफुहरु नाफा कमाउन भन्दा पनि हराउँदै गएको कला ,संस्कृति संरक्षणका लागि संग्राहलय निमार्ण गर्ने उद्धेश्यले महोत्सव गर्न लागिएको स्प्रष्ट पारे ।


त्यस्तै महोत्सव निर्देशक खिम बहादुर कुमालले आदिवासी जनजातिको भाष,कला संस्कृति देशकै सम्पति र पहिचान भएकाले संरक्षण गर्ने दायित्व पनि सरकारको भएको बताए । निर्देशक कुमालले शुक्लागण्डकीका १२ वटै वडाका लागि स्टलको व्यवस्था गरिएको हुदाँ आ आफ्नो वडाको पहिचान खुल्ने भौगोलिक ,प्राकृतिक, साँस्कृतिक ,धार्मिक ,कृषि तथा पर्यटकीय क्षेत्रको फोटो तथा नक्सा समेत प्रर्दशन गरेर महोत्सवमा थप रौनक बनाउनका लागि सहयोग गर्न समेत आग्रह गरे । 

 

"अमुल्य भाषा, संस्कार, संस्कृति सवै जातिको पहिचान, संरक्षण गर्ने आदिबासी जनजातीको अभियान” भन्ने नारा सहित माघ ६ गते सम्म संचालन हुने महोत्सवमा हरेक दिन फरक फरक जातिय प्रस्तुती रहनेछ। निमार्ण भइरहेको आदिवासी जनजनतिको घरमा आ आफ्नो जातिय समुदायको पुरानो संस्कृति झल्कने भाषा ,परम्परा ,सामाग्री ,खानाका परिकार समेत उपलब्ध हुनेछ ।

 

११ दिन सम्म चल्ने महोत्सवमा करिव ३ लाख दर्शक भित्र्याएर ३ करोड बराबरको आर्थिक कारोबार गर्दै ११ लाख मुनाफा गर्ने लक्ष्य लिएको प्रवक्ता पुनले बताए । महोत्सवमा करिब १३० स्टल हुनेछन् । जसमा व्यवसायिक प्रयोजनका लागि १०० र कृषि तथा घरेलु उद्योगबाट उत्पादित सामाग्री विक्री तथा प्रदर्शनीको ३० स्टल रहने बताइएको छ ।