आजको मिती : २०७५ माघ १० बिहीबार

समय :१२:५५

Logo

स्थानीय

Image

खैरेनीटार कपडा फेन्सी एण्ड कस्मेटिक संघको दोस्रो अधिवेशनबाट अध्यक्षमा रेग्मी चयन

पौष २३, दुलेगौँडा ।
कपडा फेन्सी तथा कस्मेटिक संघ खैरेनीटारको तेस्रो बार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सोमबार शेराटारमा सम्पन्न भएको छ । अधिवेशनले चिरञ्जीवी रेग्मीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा वर्म कुमार श्रेष्ठ, कोषाध्यक्षमा बुद्धि कुमार श्रेष्ठ चयन भएका छन् भने सदस्यहरुमा सन्तोष श्रेष्ठ ,सोम प्रसाद श्रेष्ठ ,गीता परियार ,लिल कुमार श्रेष्ठ, दिपक कायस्थ, सुक नारायण श्रेष्ठ रहेका छन् ।


संघको प्रावधान अनुसार महासचिव, सचिव र दुई सदस्य  अध्यक्षले मनोनित गर्न पाउने व्यवस्था छ । सो अनुसार अध्यक्ष रेग्मीले महासचिवमा जोसिला थापा, सचिवमा रमेश वि.क ,सदस्यहरुमा श्याम श्रेष्ठ र कल्पना श्रेष्ठलाई मनोनित गरेका छन् ।

 

यस अघि सभाको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष कृष्णराज पण्डितले सरकार तथा स्थानिय तहले व्यापारीलाई हेर्ने दृष्टिकोण नै फरक रहेको बताए । बाहिरबाट हेर्दा व्यवसायीहरुले पैसा मात्र कमाएको छ भनेर बुझ्ने तर व्यवसायीहरुको मार्का नबुझेको उपाध्यक्ष पण्डितले बताए ।“अहिले स्थानिय तहमा जनप्रतिनिधिहरु राजनीतिक धरातलबाट आएको छन्,त्यहि भएर व्यापारीको मर्का बुझ्दैनन्"-उनले भने-“ तर व्यापारीहरु निस्वार्थ भएर व्यापारसंगै सामाजिक काममा पनि लागेका छन् , अब व्यापारीको पिरमर्कासंग जनप्रतिनिधिहरुले पनि बुझ्नुपर्छ ।“ अहिले चौतर्फी मारमा परेका व्यापारीहरुको पिर मर्का बुझेर नीति निमार्ण गर्न पनि उनले जनप्रतिनिधिहरुसंग आग्रह गरे ।

 

पण्डितले व्यवसायी तथा कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्न तालिम आवश्यक रहेको बताउँदै व्यापार व्यवसाय गर्दा स्वस्थ प्रतिष्पर्धामा ध्यान दिन पनि सुझाव दिए । त्यस्तै कार्यक्रममा वडा नं-७ का वडाध्यक्ष राम बहादुर क्षेत्रीले व्यवसाय दर्ता गरेर मात्र संचालन गर्न आग्रह गरे । वडाध्यक्ष क्षेत्रीले खैरेनीटारको बजार व्यवस्थापनमा स्वम् व्यवसायीहरु सचेत र जागुरुक नभएसम्म बजार व्यवस्थापनको अभियानले गति नलिने बताए । 


संघका अध्यक्ष समुन्द्रराम श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा तनहुँ उद्योग वाणिज्य संघका द्धितिय उपाध्यक्ष हरि बहादुर थापा ,खैरेनीटार बजार इकाई समितिका सभापति पुर्ण बहादुर कायस्थ, निर्वमान् अध्यक्ष अर्जुन कुमार श्रेष्ठ, खैरेनीटार युवा क्लबका अध्यक्ष सुजित हिराचन ,शुक्लागण्डकी जेसिजका अध्यक्ष मनिष श्रेष्ठ लगायतले बोलेका थिए । संघका उपाध्यक्ष चिरञ्जिवी रेग्मीले स्वागत गरेको कार्यक्रमको संचालन महासचिव वर्म कुमार श्रेष्ठले गरेका थिए ।