आजको मिती : २०७५ माघ १० बिहीबार

समय :०१:०१

Logo

स्थानीय

Image

नेवि संघ शुक्लागण्डकीको संयोजकमा गौतम निर्वाचित

पौष २५ ,दुलेगौँडा ।

नेपाल विद्यार्थी संघ शुक्लागण्डकीको संयोजकमा चित्रकान्त गौतम निर्वाचित भएका छन् ।दुलेगौँडामा बुधबार सम्पन्न प्रथम नगर अधिवेशनबाट गौतमले प्रतिद्धन्दी भिष्म श्रेष्ठलाई ६ मतले पछि पार्दै निर्वाचित भएका हुन् । गौतमले ४० मत प्राप्त गर्दा श्रेष्ठले ३४ मत पाएका थिए ।त्यस्तै अधिवेशनबाट उप संयोजकमा गाँउफर्काेदयका किसान परियार सर्वसम्मत चयन भएका छन् ।


छात्रा जिल्ला प्रतिनिधिमा ५ जना पदको लागि  ६  जनाको उम्मेद्वारी परेकोमा स्वस्तिका सिग्देल ,मौसमी लम्साल ,सुष्मा मरासिनी ,ज्योति पौडेल ,र सुनिता लम्साल निर्वाचित भए ।जिल्ला विद्यालय प्रतिनिधिमा हशंवाहिनी माविका प्रज्वल गुरुङ ,पञ्चमुनीदेवका माविका विश्वास खनाल ,खैरेनी माविका अनिल घिमिरे ,छब्दी माविका विमल राना मगर , गाउँ फर्काेदयका माविका लोक बहादुर थापा ,जनप्रमी माविका मिलन गुरुङ ,तालवेँशी माविका लब बानियाँ र आधारभुत माविका मनोज श्रेष्ठ निर्वाचित भएका छन् । नगरभित्रका माध्यमिक विद्यालयका  इकाई सभापतिहरु नगर पदेन सदस्य रहने व्यवस्था छ । 


गत पुस ७ गते शुक्लागण्डकीमा नगर अधिवेशनको आयोजना गरिएको भए पनि अन्तसम्म सहमती जुट्न नसकेपछि स्थगित भएको थियो । शुक्लागण्डकीको अधिवेशन सम्पन्न भएसंगै तनहुँको १० वटै स्थानिय तहमा नेविसंघको नगर अधिवेशन सकिएको नेवि संघका जिल्ला सदस्य सुरज लम्सालले जानकारी दिए । लम्सालको अनुसार अब केहि दिनमा जिल्ला अधिवेशनको मिति टुङ्गो लाग्ने छ ।