आजको मिती : २०७५ माघ १० बिहीबार

समय :०१:००

Logo

स्थानीय

Image

आदिवासी जनजाति महोत्सव जारी, शनिबार आज जेरी, बसन्त र संञ्जिव सिं लगायतको प्रस्तुती रहने

पौष २८, दुलेगौँडा ।
आदिवासी जनजाति शुक्लागण्डकी साँस्कतिक महोत्सव २०७५ खैरेनीटारमा जारी छ ।"अमुल्य भाषा,संस्कार संस्कृति सवै जातिको पहिचान,संरक्षण गर्ने आदिवासी जनजातिको अभियान "भन्ने नाराका साथ आयोजित महोत्सवमा मौलिकता झल्काइएकाले दर्शकको आकर्षण बढ्दै गएको छ । महोत्सवमा राष्ट्रिय तथा स्थानियस्तरका ख्याती प्राप्त कलाकारको प्रस्तुती र विभिन्न समुदाय विशेष मौलिक साँस्कृतिक प्रस्तुतीले दर्शकलाई लोभ्याएको महोत्सवका प्रवक्ता मन बहादुर पुनले बताएका छन् । महोत्सवमा शनिबार चर्चित दोहोरी गायिका बबिता बाँनिया जेरी ,गायक बसन्त वि.क ,निश्चल थापा, सजना बास्तोला,डोलमाया गुरुङ लगायको प्रस्तुती रहने छ भने सुगमसंगीततर्फ आधुनिक तथा पप गायक सञ्जिव सिं रानाले प्रस्तुती दिने छन् ।
महोत्सवमा जातिय मौलिक प्रस्तुती अन्र्तगत शनिबार भुजेल समुदायको भेषभुषा सहितको चुट्का र पाङदुरे नाच प्रस्तुत गरिने भएको कलाकार संयोजक विष्णु रानाले जानकारी दिए ।

 

महोत्सवको दोस्रो दिन शुक्रबार राष्ट्रियस्तरका कलाकारहरुको प्रस्तुतीले रोमाञ्चक रह्यो । चर्चित लोक तथा दोहोरी गायक राजु गुरुङले आफ्ना चर्चित सालैजो र दोहोरी गीतहरु गाउँदा दर्शकहरुले भरपुर मनोरञ्जन लिएका थिए । साथै नवगायक निश्चल दवाडी ,चर्चित गायिकहरु सरिता सारु मगर , शुभद्रा श्रेष्ठ र सीता केसीको साँगीतक प्रस्तुती र दोहोरीबाट दर्शक रमाएका थिए । साथै मगर समुदायले प्रस्तुत गरेको लोपोन्मुख नचरी नाचले सवैको ध्यान खिचेको थियो ।

 

साँझ भएको लाइभ कन्सर्टमा युवापुस्ता झुमेका थिए । नेपाल आइडल सिजन वानका विजेता बुद्ध लामाले आफ्ना चर्चित गीतहरु गाएर मनोरञ्जन प्रदान गरे । पोखराका चर्चित निनान्द व्याण्डको प्रस्तुतीमा दर्शकलेसंगै गाएर साथ दिएका थिए भने गायक अल्बिन थापाको प्रस्तुती विशेष रहेका थियो ।


महोत्सवमा निमार्ण गरिएका आदिवासी जनजातीको मौलिक सुन्दर घर ,घरभित्र प्रदर्शन गरिएको मौलिक सामाग्री र खानपान विशेष आकर्षणको केन्द्र बनेको छ । महोत्सवस्थलमा रहेको लापोन्मुख काठको ८ पिर्के रोहटे पिङमा दर्शकको भिड लागेको छ भने प्राय स्टलहरुमा दर्शकको घुइँचो लाग्ने गरेको छ ।

 

भलिबल खेल

शनिबार विहान ८ बजेबाट ३५ बर्ष माथिको पुरुष भलिबल प्रतियोगीता शुरु हुदै छ । पहिलो खेलमा भुजेल समाज र प्रथम शहिद लखन थापा लाङघाली मगर समाजबीच प्रतिष्पर्धा हुदैछ ।पतियोगीताको विजेताले नगद २५ हजार र ट्रफि ,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै द्धितिय र तृतियले क्रमशं १५ हजार र १० हजारको साथमा ट्रफि ,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

महोत्सवमा व्याडन्टिन प्रतियोगीता पनि संचालन भइरहेको खेल संयोजक ओम थापाले बताए ।