आजको मिती : २०७४ असोज ७ शनिबार

समय :०५:५६

Logo

राष्ट्रिय

पत्रकार महासंघमा गोविन्द आचार्यको प्यानल विजयी

नेपाल पत्रकार महासंघमा गोविन्द आचार्य नेतृत्वको प्यानल विजयी भएको छ । प्रदेश केन्द्रीय सदस्यमा मिश्रित परिणाम आए पनि पदाधिकारी तर्फ भने आचार्य प्यानल विजयी भएको हो ।

प्रेस युनियन र सेन्टरको गठबन्धनबाट अध्यक्षमा निर्वाचित आचार्यले प्रेस चौतारीका तीर्थ कोइरालालाई १०५ मत अन्तरले हराउनुभएको हो । आचार्यले ७३२ मत र कोइरालाले ६२७ मत ल्याउनुभयो ।

खुला उपाध्यक्षतर्फ विपुल पोखरेल, समावेशी उपाध्यक्षमा दिलिप थापामगर, महासचिवमा रमेश विष्ट र खुला सचिवमा रामप्रसाद दाहाल विजयी भएका छन ।

महिला सचिवतर्फ लक्ष्मी पुन, आदिवासी जनजाती सचिवमा उदय जीएम, मधेसी सचिवतर्फ शीतलप्रसाद महतो, दलित सचिवमा रेमबहादुर विश्वकर्मा, एशोसियट सचिवमा प्रकाश थापा र कोषाध्यक्षमा राजेश मिश्र विजयी भएका छन् । यसैगरी लेखा समिति संयोजकमा रोशन पुरी विजयी हुनुभएको छ ।

यी हुन प्रदेशबाट विजयी उम्मेदवार 

प्रदेश १– चौतारीका सटेन्द्र जबेगू र युनियनका उद्धव तिमिल्सना विजयी 

 

प्रदेश २ – सेन्टरका देवकुमार यादव र युनियनका शैलेन्द्र झा विजयी 

 

प्रदेश ३ – चौतारीका द्वारिका काफ्ले र कृष्ण गिरी विजयी

 

प्रदेश ४ – चौतारीका रामकृष्ण ज्ञवाली र सेन्टरका नवीन कुइकेल विजयी

 

प्रदेश न ५ – सेन्टरका वसन्त गिरी र युनियनका पुरुषोत्तम सुवेदी विजयी

 

प्रदेश न ६ – युनियनका कलेन्द्र सेजवाल र सेन्टरका पुर्ण प्रसाद चौलागाईं विजयी

 

प्रदेश ७ – युनियनका मीन बम विजयी । चौतारीका उत्तर विष्ट र सेन्टरका श्याम भट्टको ४५/४५ बराबर मत ।

 

उपत्यका – प्रेस सेन्टरका लेखनाथ न्यौपाने र प्रेस चौतारीका गोबिन्द चौलागाईं विजयी ।

 

प्रतिष्ठान – सेन्टरका टीकाराम प्रधान र युनियनका यम विरही विजयी ।

 

एशोसिएट –  युनियनका  राधेश्याम दाहाल पवन अचार्य