आजको मिती : २०७४ मङ्सिर ७ बिहीबार

समय :०८:२२

Logo

खेलकुद

Image

ढोरफिर्दीमा आयोजित सेभेन ए साइड फुटबलको उपाधी लेकसाइडलाई,विराज वि.क सर्वाधिक गोलकर्ता


भाद्र ८, दुलेगौँडा-हरितालिका तीजको अवसरमा तनहुँको शुक्लागण्डकी- ८ गणपतेमा आयोजित सेभेन ए साइड फुटबल प्रतियोगीताको उपाधी लेकसाइड युवा क्लब पोखराले उचालेको छ । विहिबार भएको फाइनल भिड्न्तमा भ्याली युवा क्लब शुक्लागण्डकी-९ घारीलाई ४-० गोल अन्तरले हराउदै लेकसाइडले उपाधि माथि कब्जा गरेको हो । पहिलो हाफमा २-० ले अग्रता लिएको लेकसाइडले दोस्रो हाफमा थप २ गोल गरेको थियो ।लेकसाइडलाई उपाधि दिलाउने क्रममा विराज वि.क ले ह्याट्रिक गरेका थिए ।फाइनल खेलमा ह्याट्रिक गरेका वि.क प्रतियोगीताकै सर्वाधिक गोलकर्ता बन्दै नगद ५ हजार सहित मेडल तथा प्रमाण पत्र प्राप्त गरेका छन् ।विजेता लेकसाइडले १ लाख १ हजार १ सय ११ रुपैयाँ सहित ट्रफि ,मेडल र प्रमाण पत्र पुरस्कार हात पारेको छ । उप विजेता बनेको भ्याली क्लबले ५५ हजार ५ सय ५५ रुपैयाँका साथ ट्रफि ,मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

प्रतियोगीतामा तनहुँ र कास्की गरी २३ टिमले सहभागीता जनाएका थिए । कार्यक्रमको नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेल तथा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले संयुक्त रुपमा उद्घाटन गरेका थिए । प्रतियोगीता विजेता उप विजेतालाई जिल्ला समन्वय समिति तनहुँका प्रमुख  वाग्लेले पुरस्कार वितरण गरेका थिए ।प्रतियोगीता शुक्लागण्डकी - ८ का टोल विकास संस्थाहरुको आयोजना र वडा कार्यालयको सहआयोजनामा भएका हो ।