आजको मिती : २०७४ मङ्सिर ८ शुक्रबार

समय :०७:४८

Logo

खेलकुद

Image

राङ्गरुङ्ग भलिबल कपको उपाधि सेभेन गाईज कटहरेले जित्यो 


भाद्र १२, दुलेगौँडा-
'स्वास्थ्य समाजको निर्माण हाम्रो अभियान, संस्कृतीको संरक्षण हाम्रो उदेश्य' भने मुल उदेश्य सहित विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि हरितालिका तिजको अवसरमा भिमाद नगरपालिका- ८ मा रहेको राङ्गरुङ्ग युवा समुहले आयोजना गरेको  राङ्गरुङ्ग भलिबल कप तथा विविध साँस्कृतिक कार्यक्रम २०७४  सम्पन्न भएको छ ।भलिबल तर्फ सेभेन गाईज (कटहरे) प्रथम र आयोजक राङ्गरुङ्ग युवा समुह द्धितिय भएको छ । प्रथम, र द्धितीय हुने समुहले क्रमशः नगद ५० हजार, ३० हजार र ट्रफी मेडलको साथमा प्रमाण पत्र प्राप्त गरे  भने सान्त्वना हुने जनजागरण युवा क्लब सखेप र चाङ्गसीङ्ग समहुले ८ हजारको साथमा मेडल र प्रमाण पत्र प्राप्त गरेका  छन् ।

साथै तीज प्रतियोगीता तर्फ  कोट देवी आमा समुह प्रथम , मीलीजुली आमा समुह द्दितीय र राधाक्ुष्ण आमा समुह तृतीय स्थान हासील गर्न सफल भएका छन् ।प्रतियोगीतामा प्रथम,  द्धितीय र  तृतीय  हुने समुहले क्रमशः १५ हजार , १० हजार र ६ हजार प्राप्त गरे । सो कार्यक्रम लाई सम्बोधन गदै प्रमुख अतिथि भिमाद नगरपालिका न्यायपालीका सदस्य एवम तनहँु सुन चाँदी व्यवसायी संघका अध्क्षय बावुराम  सुनारले  भलिबल र  तीज प्रतियोगीता आयोजना गरी राङ्गरुङ्ग युवा समुहले खेल क्षेत्रमा अतुल्निय योगदान दिदै लोप हुन लागेको लोक संस्कृति जर्गेना गरेको मा प्रशंशा गर्नु भएको थियो । कार्यक्रममा नेकपा एमाले नेता एवम वरिष्ठ समाजसेवी धुवराज खनाल , सुर्य कुमार श्रेष्ठ लगायतले बोल्नु भएको थियो । कार्यक्रममा तनहुँ कलाकार संघ का कलाकार हरुले  गीत संगीत मार्फत् मनोरञ्जन प्रदान गरेका थिए भने राङ्गरुङ्ग युवा समुह का संयोजक उज्वल खनालको अध्क्षयतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव अमर थापाले गरेका थिए ।