आजको मिती : २०७४ मङ्सिर ७ बिहीबार

समय :०८:३९

Logo

मनोरञ्जन

Image

कलाकारितामा उदाउँदै नवगायक कमल थापा

आज नि मन कस्तो कस्तो 
भेट्नलाई उडेर जाऔँ जस्तो 
मयाँलाई मयाँकै झल्को
चरीलाई डाँडैको पिपलको .....


पछिल्लो समय साँगीतिक क्षेत्रमा नव प्रवेशी कलाकारहरुको आगमन बढ्दो छ । व्यवसायिक रुपमा सफल हुनेहरु कमै भएता पनि कलाकारितामा भविष्य देख्ने ,गायनमा रुचि राख्नेहरु नाम,दाम कमाउने लक्ष्य लिएर संगीत क्षेत्रमा होमिएका छन् ।जसका कारण साँगीतिक क्षेत्र फैलदोँ छ । संगीतको क्षेत्र व्यापक बनेको छ । यहि भिडमा लामवद्ध छ्न, स्याङ्जा जिल्ला हरिनास गाउँपालिका वडा नं- ४ बाङ्गेश्वाराका कमल थापा  ।  
सानै देखि गीत संगीतमा रुचि राख्ने कमल, एक दिन मेरो आफ्नै गीत रेडियो ,टेलिभिजन देखि गाँउ शहर,डाँडा पाखा गुञ्जाउँछु भन्ने सपना देख्थे । उनको दृढ विश्वास ,मेहनत, लगनशीलता र धैर्यताले दर्शक, श्रोता माँझ आफ्नो पहिलो साँगीतिक कोसेली ल्याउन सफल भएका छन् ।   
चर्चित लोकदोहोरी सर्जक ढाकाराम पौडेलको उत्कृष्ट लय/संगीत र उमादेवी खनालको उत्कृष्ट शब्द सङ्कलनमा रहेको उनको पहिलो प्रस्तुती तीजको भाका ‘मयाँलाई मयाँकै झल्को’बजारमा आएको छ । भाकामा उमा देवी खनाल र कमल थापा आफैको स्वर छ ।पहिलो प्रयास तथा प्रस्तुती नै उत्कृष्ट रहेको दर्शक श्रोताबाट उनले प्रतिक्रिया पाएका छन् ।बर्षा म्युजिक प्रा.लिको व्यानरमा बनेको गीतको भिडियो पनि चर्चित बन्यो । भिडियोका निर्देशन तथा सम्पादन गिरिश रिजाल समिपले गरेका भने छायाँङ्कन हरिश महराले गरेका छन् । भिडियोमा अनिष लामा र देविका राईले मोडलिङ गरेका छन् ।
नव गायक थापाले गीत अनि भिडियोको स्रोता एवं दर्शकको राम्रै प्रतिक्रिया आएको बताए । गीत रेकर्ड गर्ने सानै देखिको रहर हो, उनले भने “पुरा पनि भयो । अब अर्को एल्बमको तयारीमा छु ।“ उनी भन्छन्, “संगीतलाई निरन्तरता दिदै जानेछु ।“


नवगायक थापाको विगत 

नवगायक थापा स्याङ्जा जिल्ला हरिनास गाउँपालिका वडा नं-४ ,बाङ्गेश्वारामा सामान्य परिवारमा जन्मिएका थिए । सानै उमेर देखि गीत गाएर नाम, दाम कमाउने लक्ष्य बोकेका थापालाई चाहा अनुरुप अगाडी बढ्न सजिलो थिएन । गाँउ घरमा हुने विभिन्न प्रतियोगीताहरुमा सहभागी भएर पुरस्कार जित्दै गर्दा गीत संगीतमै जीवन बिताउछु भन्ने लाग्थ्यो उनलाई। गीत रेकर्ड गरी हालु भन्ने झोँक चल्थ्यो । उनी भन्छन् “तर गीत रेकर्डका लागी पैसा थिएन ।“
स्वदेशमै बसेर गीत संगीतमा लाग्ने रहर हुदाँ हुदै आर्थिक कमजोरीको कारण थापा विदेश हानिए । वैदेशिक रोजगगारीको लागि खाडी मुलुक साउदीमा पुगेका थापा त्यहाँ रहदाँ पनि समय निकालेर विभिन्न अनलाइन रोधि घरहरुमा आवद्ध भई आफ्नो कलालाई निखारी रहे ।  


थापाको अठोट

हाल उनी स्वदेश फर्किएका छन् । गीत बजारमा आएसंगै पछिल्लो समय विभिन्न स्टेज कार्यक्रमहरुमा पनि व्यस्त रहन थालेका छन् । कलासंगै रुचि, इच्छा र चाहाना भएकाले पनि स्वरलाई अझ निखारेर परिस्कृत गरेर यो क्षेत्रमा स्थापित हुन्छु,उनी भन्छन् –“अब छिट्टै गीत रेकर्डिङ् गराउने तयारीमा छु ,दर्शक/श्रोताको मन जित्ने प्रस्तुति पस्कने गरी मेहनत गर्दै छु ।“ तपाइँहरुको माया,सुल्लाह,सुझावको खाँचो छ ,हेरौ निरंन्तरता दिदै जाने छु, कहाँ सम्म पुगिन्छ ।“संगीतमै केहि गर्छु भनेर खाँडीको तातो घाम सहेको छु । मेहनत गर्न छाड्दिन ,हरेश खान्न ।“ भविष्यमा स्थापित कलाकार हुनु छ ।