आजको मिती : २०७४ मङ्सिर ८ शुक्रबार

समय :०७:४६

Logo

स्थानीय

ट्याक्टर व्यावसायी तनहुँको आठौँ साधारण सभा तथा चौथो अधिवेशन

दुलेगौँडा ,तनहुँ -

कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य केश वहादुर सुनारले व्यावासायलाई प्रवद्धन गर्नको लागि एकता आवश्यक भएका र त्यो आफुले ट्याक्टर वयावसायीमा पाएको भनाई व्यक्त गर्नुभयो । नेपाली कांग्रेसका जिल्ला सचिव विश्व वास्तोलाले  तनहुँ लगायतका पहाडी क्षेत्रमा ट्याक्टर विकासको औजार भएको स्मरण गराउनुभयो । कार्यक्रममा वन्दिपुर गाउँपालिकाका प्रमुख पुणसिह थापाले  तनहुँको सवै स्थानिय तहमा  कृषि प्रयोजन एवमस रसफाईको लागि ट्याक्टर अत्यात्त महत्वपुण भएको बताउनुभयो । तनुह ट्याक्टर व्यावसायी  समिति तनहुँका अध्यक्ष तुल्सीराम सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा समितिका निवर्तमान अध्यक्ष  राकु श्रेष्ठ, व्यावसायी निमल अधिकारी लगायतले बोलेका थिए । यसैविच समयमा लेवी वुभाउने उत्कृष्ट व्यावसायी  तिर्थवहाुदर घर्ति र दान वहाुदर थापालाई सम्मान गरिएको छ । त्यस्तै उत्कृष्ट ट्याक्टर चालक विरवहाुदर थापा, राज थापा र र सम्भु खनेललाई कार्यक्रममा सम्मान गरिएको छ । यसैविच अधिवेशनले पुन तुल्सीराम सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेको वताईएको छ । अधिवेशनले पन उपाध्यक्षमा  शिव खत्री , सचिवमा ज्ञानेन्द्र वसौला र कोषाध्यक्षमा लेखनाथ वास्तोल ाचयन भएको वताइएको छ भने सदस्य पद भने केही हेरफेर गरिएको वताइएको छ ।