आजको मिती : २०७४ मङ्सिर ७ बिहीबार

समय :०८:२५

Logo

स्थानीय

निजामती कर्मचारीबीच हाजिरी जवाफ प्रतियोगीता सम्पन्न


दुलेगौँडा ,तनहुँ -
नेपाल निजामती कर्मचारी युनियन संघको स्थापना दिवशको अवसरमा  तनहुँमा अन्तर कार्यलय हाजिर जवाफ प्रतियोगिता सम्पन्न भएको  छ । कर्मचारी युनियन संघले आफ्नो स्थापना दिवशको पुर्व सन्ध्यामा  जिल्लाभरका सरकारी तथा विषयगत कार्यालयका कर्मचारीहरु विच हाजिरजवाफ कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा  जिल्लाका नगरपालिका, गाउँपालिका  जिल्लाका विषयतग कार्यालयका  गरि १२ वटा कार्यालयको कार्यक्रममा सहभागिता रहेको कर्मचारी संघले जनाएको छ ।  कार्यक्रममा निजामती कर्मचारीहरुको आधिकारीक  टेड यनियनका  जिल्ला अध्यक्ष विश्वेश्वर सुवेदीले निजामती क्षेत्रमा काम गर्ने कर्मचारीको लागि हाजिरजवाफ कार्यक्रम लोकप्रिय र ज्ञानबद्धक भएकोले  यस्ता कार्यक्रम राम्रो पक्ष भएको बताए ।  जिल्ला हुलाक कार्यलयका खरीदार  अध्यक्ष सुवेदीले कार्यक्रममा सोचेअनुसारको भन्दा कम उपस्थिती भएको समेत स्मरण गराउनृभयो ।
 नेपाल निजामती  कर्मचारी युनियन संघ जिल्ला कार्य समिती तनहुँका अध्यक्ष नारायण प्रसाद अधिकारीको अध्यक्षतामा भएको प्रतियोगितामा जिल्ला हुलाक कार्यालय तनहुँ प्रथम, जिल्ला स्वास्थप कार्यालय द्धितिय, जिल्ला अदालत तृतिय र जिल्ला प्रशासन कार्यालय तनहुँले सान्त्वना स्थान हासिल गरेका छन् ।  पुरस्कृत हुनेलाई क्रमश  ४ हजार, तिन हजार, २ हजार र १ हजार नगद र करुवाले सम्मान गरिएको आयोजकले जनाएको छ । यसैविच विजयी कार्यालयका कर्मचारीहरुलाई  व्यास नगरपालिकाका मेयर वैकृण्ठ न्यौपानेले नगद सहित सम्मान गर्नुभएको हो ।