आजको मिती : २०७४ मङ्सिर ७ बिहीबार

समय :०८:२१

Logo

स्थानीय

Image

लायन्स क्लब अफ शुक्लागण्डकीद्धारा छात्रवृत्ति वितरण


दुलेगौँडा-
लायन्स क्लब अफ शुक्लागण्डकी टाउनले सोमबार शुक्लागण्डकी-७ स्थित सरस्वती नमुना मा.विका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ ।
क्लबले नियमित कार्यक्रम अन्तर्गत गत बर्ष विद्यालयले लिएको बार्षिक परीक्षामा उत्कृष्ट अङक ल्याएका एन्जिला पौडेल र दिपा हुमागाईलाई जनही ६ हजार ३ सयका दरले छात्रवृत्ति प्रदान गरिएको थियो भने विद्यालयका अन्य विद्यार्थीहरुलाई खाजाको व्यवस्था गरिएको थियो ।   
सो अवसरमा बोल्दै शुक्लागण्डकी- ७ का वडा अध्यक्ष राम बहादुर थापा क्षेत्रिले कार्यक्रमले विधार्थीहरुलाई अध्ययन तर्फ प्रेरित र हौसला प्रदान गर्ने बताएका थिए ।उनले लायन्सले समाजमा रहेर गर्दे आएको सामाजिक कामको प्रशंसा गर्दै यस्ता कार्यलाई निरन्तरता दिनु पर्ने बताए ।
क्लबका अध्यक्ष दिर्घ बहादुर थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा  विद्यालय व्यवस्थापन  समितिका अध्यक्ष केदार तिम्सेना , क्लब का सस्थापक अध्यक्ष दुर्गा कुमार श्रेष्ठ , क्लबका सदस्य मोहदत्त पोख्रेल  लगायतले बोलेका थिए। कार्यक्रमको संयोजन बिक्रम तिम्सेनाले ,स्वागत क्लबका तृतिय उपाध्यक्ष सुजन कुमार श्रेष्ठले गरेका थिए भने  सन्चालन लाल बहादुर श्रेष्ठले गरेका थिए ।