आजको मिती : २०७४ असोज ७ शनिबार

समय :०६:००

Logo

स्थानीय

Image

माओवादी केन्द्र शुक्लागण्डकीको बैठक तथा प्रशिक्षण कार्यक्रम 


दुलेगौँडा-
नेकपा माओवादी केन्द्र शुक्लागण्डकी नगर कमिटीको बैठक तथा प्रशिक्षण कार्यक्रम सोमबार सम्पन्न भएको छ । शुक्लागण्डकी(५ बेलचौतरामा आयोजित कार्यक्रमको नेकपा माओवादी केन्द्रका केन्द्रिय सचिवालय सदस्य तथा तनहुँ जिल्ला इन्चार्ज हरि बहादुर चुमानले कार्यक्रमको उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै इन्चार्ज चुमानले आगामी प्रदेश र प्रतिनिधि सभाको चुनावमा पार्टीलाई पहिलो बनाउनु पर्ने बताए । उनले स्थानिय तहको चुनावमा पार्टी तेस्रो बनेता पनि माओवादीका एजेण्डाहरुले जित हाँसिल गरेको बताउदै उनले भने जनतासम्म पुग्न नसक्नु हाम्रो कमजोरी हो,” अब कमजोरीलाई सच्चाएर जनतासंग जोडिने गरी पार्टीको गतिविधि बढाउनु पर्छ ।"

 
नगर कमिटीका अध्यक्ष परशुराम भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय सदस्य  नरेन्द्रराज वाग्ले ,जिल्ला संयोजक राजेन्द्रकेशरी न्यौपाने ,नगर उपाध्यक्ष बुद्धि सागर रिमाल लगायतले बोलेका थिए भने कार्यक्रमको संचालन नगर कमिटी सचिव मनराज गुरुङले गरेका थिए ।
बैठकले विभिन्न निर्णयहरुसंगै बुथ संयोजक तथा शुक्लागण्डकी नगर जनपरिषद् चयन गरेको छ । बुद्धि सागर रिमालको अध्यक्षतामा १३ सदस्यीय नगर जनपरिषद् चयन गरिएको हो । समितिको सदस्यहरुमा जिवन पोख्रेल ,रुपा वाग्ले ,दीपक सापकोटा ,शरण सापकोटा ,जौ माया बराल, चोम बहादुर आले ,जगन्नाथ न्यौपाने ,गोपिरमण तिवारी ,भद्र बहादुर थापा , बिक्रम कार्की ,तिलक राम पौडेल र पुर्ण प्रसाद गुरुङ चयन भएका छन् ।