आजको मिती : २०७४ मङ्सिर ७ बिहीबार

समय :०८:३१

Logo

स्थानीय

Image

शुक्लागण्डकीस्थित सेती नदीको किनारमा बन्दै गरेको घाटको काम ७० प्रतिशत पुरा

 

दुलेगौँडा-

तनहुँको शुक्लागण्डकी नगरपालिका अन्तरगत वडा नं. ८ स्थित सेती नदीको किनारमा बन्दै गरेको शवदह घाटको निमार्ण कार्य ७० प्रतिशत पुरा भएको छ । पुर्खौदेखि घाटको रुपमा प्रयोग ह’दै आएको ठाँउ नदीले कटान गर्दै लगेपछि स्थानीयहरुको अगुवाईमा ६ महिना अघिदेखि घाट निर्माण कार्य थालिएको हो । 
शवदह स्थलमा एउटा व्यवस्थित ट्रष्ट, मलामीहरुको लागि खानेपानीको ट्याङ्की, बाटो र बस्ने प्रतिक्षालय सहितको पुर्वाधार निर्माण गर्ने लक्ष्य सहित काम थालिएको थियो । हाल शव दहस्थलमा व्यवस्थित ट्रष्ट , खानेपानीको ट्याङ्की, नाला र बाटो बनिसकेको छ भने मलामीहरु बस्नका लागी सिढीँहरु निमार्ण हुदैँ छ ।

हालसम्म ती पुर्वाधारहरु निर्माणमा ७० लाख रुपैयाँ खर्च भएको छ । उक्त घाट करिब १ करोडको लागतमा आगामी मंसिरसम्ममा निर्माण कार्य सम्पन्न गरिने लक्ष्य लिइएको छ । उक्त शवदह निर्माणका लागि शुक्लागण्डकी नगरपालिकाले दुई महिनासम्म जेसिभि उपलब्ध गराएको थियो भने भु तथा जलाधार संरक्षण कार्यालय दमौलीले ५५ र नदी नियन्त्रण कार्यालय पोखराले १५१ वटा जाली सहयोग गरेको थियो भने  ३० लाख बराबरको ढुङ्गा, जाली सहित स्थानीयले श्रमदान गरेका छन् ।


त्यस्तै, स्थानीय १८ वटा टोल तथा समाजले श्रमदान गरेको र केही व्यक्ति, संस्था तथा टोलहरुले ६ देखि ५० हजार रुपैयाँसम्म आर्थिक सहयोग गरेको शुक्लागण्डकी हिलेटार धार्मिक क्षेत्र तथा शवदह संरक्षण संस्थाका अध्यक्ष पिताम्बर खाँती क्षेत्रीले जानकारी दिए। उनले २०७२ सालमा गएको विनाश्कारी भुकम्पले थिलथिलेको जमिनलाई गएको बर्षआएको बाढीले शव बोकेर हिड्ने बाटो नै बगाएको र शव चितामा राखेर भर्खर जलाउने काम हुदै गर्दा बाढीले शव नै बगाएर लगेको यर्थाथ सुनाउदै तत्कालै घाट बनाउन  आवश्यक भएकाले घाट निमार्णको काम शुरु गरेको बताए। 
शवदह निमार्णमा आर्थिक अभाव भएपछि निमार्ण समितीले घाट प्रयोग गर्ने स्थानिय तथा देश विदेशमा रहेकाहरुसंग सहयोगका लागी अपिल गरेको र आर्थिक सहयोग आउने क्रम जारी रहेको स्थानिय एवं नेपाली काँग्रेसका जिल्ला सदस्य महेश्वर भट्टराइले जानकारी दिए । उनले पुर्ण रुपमा काम सम्पन्न गर्नका लागी  अझै पनि बजेट अभाव भएको हुदाँ सक्दो सहयोग गर्न आग्रह गरेका छन् । 
उक्त घाट स्याँङ्जाको चिसापानी, प्यार्सिङदेखि तनहुँको साविक राइपुर , ढोरफिर्दी गाविसका बासिन्दाले प्रयोग गर्ने गर्छन ।नजिकै रहेको अर्को शव दह स्थल तिब्बतियनहरुले प्रयोग गर्दै आएका छन् । उक्त घाट उनीहरुले नै लगानी गरेर निमार्ण गरेका थिए ।