ON AIR

UP NEXT

स्थानिय समाचार

More

तनहुँमा सडक दुर्घटना हुदा एक को घटनास्थलमै मृत्यू एक घाईते ।।

३१ साउन , तनहुँ पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको मनपाङ गाविस वडा नं– ३ शेराटारमा सोमबार यात्रुबाहक बसले स्कुटरलाई ठक्कर दिदाँ स्कुटर चालकको घट्ना स्थलमै ज्यान गएको छ । बेनी बाग्लुड्डबाट काठमाडौँ जादै गरेको ना ४ ख ८१२७ नम्बको बसले तनहुँको खैरेनीटार देखि दमौली जादै गरेको ग ११ प १८३० नम्बरको स्कुटरलाई ठक्कर दिदाँ स्कुटर चालक शुक्लागण्डकीं– १० खैरेनीटार निवासी बर्ष ४५ का प्रकाश गुरुङको ज्यान गएको हो । दुर्घट्नामा परी स्कुरको पछाडी सवार सोही ठाँउ निवासी बर्ष ३३ का गगन सिं कुमाल घाइते भएका छन् । उनको सेति गंगा सामुदायिक अस्पताल बेलचौतरामा उप

तनहुँमा नेपाल स्वंयसेवी रक्तदाता समाज गठन

साउन २३, नेपाल स्वयंसेवी रक्तदाता समाज, तनहुँ शाखाको गठन भएको छ । रक्तदाता समूहको शनिवार घाँसिकुवामा भएको भेलाले समुन्द्र पौडेलको अध्यक्षतामा १३ सदस्यीय नेपाल स्वयंसेवी रक्तदाता समाज तनहुँको गठन गरेको हो । समाजको उपाध्यक्षमा विनोद अधिकारी, सचिवमा उपेन्द्र खनाल र कोषाध्यक्षमा वन्दना पुलामीमगर रहेका छन् । त्यसैगरी सदस्यहरुमा मनोज रानाभाट, प्रेमबहादुर क्षेत्री, टिकाराम पनेरु, डिक्सन मल्ल, देव रसाइली, रमेश बि.क र शान्ताप्रभा सोती रहेका छन् । त्यसैगरी मनोनित सदस्यमा जशोदा थापा श्रेष्ठ रहेकी छिन् ।रगतको समस्या भोगिरहेका बिरामीहरुलाई सहज ढंगवाट रगत उपलब्ध गराउन जिल्ला–जिल्लामा समाजको शाखा बिस्तार कार्य अघि बढाइएको नेपाल स्वंयसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्य

मगर संघका पदाधिकारीलाई विदाई र बधाई

साउन २३नेपाल मगर संघ तनहुँका निर्वतमान पादधिकारीलाई एक कार्यक्रम गरी नयाँ कार्यसमितिले विदाई गरेको छ । भने नयाँ कार्यसमितिलाई निर्वतमान कार्यसमितिले बधाई ज्ञापन गरेका छन । नेपाल मगर संघका केन्द्रिय उपाध्यक्ष मन्धरी आलेले पुरानो समितिलाई विदाई र नयाँ कार्यसमितिलाई बधाई दिनुभएको थियो । नेपाल मगर संघ तनहुँका अध्यक्ष सिद्धान्त थापामगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल मगर संघ तनहुँका निर्वतमान अध्यक्ष झक सारु मगर, उपाध्यक्ष इन्द्रबहादुर थापा, मगर संघ व्यास नगर समितिका अध्यक्ष मीना थापा, मगर विद्यार्थी संघका गण्डकी अञ्चल सचिव सिजन थापा, जिल्ला अध्यक्ष सुजन थापा, मगर संघ तनहुँका उपाध्यक्ष बेलीमाया थापा (गीता) सचिव दुर्गाबहादुर थापा लगायतले विदाई तथा बधाई ज्ञापन गरेको मगर संघ तनहुँले ज

अपडेट : फेवातालमा डुबेका ६ प्याराग्लाइडर्सको उद्धार

फाल्गुन १८, २०७२- फेवातालमा डुबेका सबै प्याराग्लाइडर्सको उद्धार भएको छ ।पोखरामा जारी प्रि–वर्डकप तथा खुला नेपाल प्याराग्लाइडिङ प्रतियोगिताको १७ औं संस्करणमा ६ प्रतियोगी डुबेका थिए । ती सबैको उद्धार गरिएको क्षेत्रीय प्रहरी कार्यालय पोखराले जनाएको छ ।प्रतियोगिता चलिरहँदा ठूलो हावाहुरी चलेपछि अनियन्त्रित भएर उनीहरु डुबेका थिए ।

बोक्सीले दुःख दिएको भन्दै शरीर बन्धक राखी ठगी गर्ने महिला पक्राउ

तनहुँ, फागुन १७ । आधुनिक युगमा पनि यो समाजबाट अझै अन्धविश्वास र कुरीति हट्न सकेको छैन । जसको उदाहरण हालै तनहुँको घाँसीकुवा गाविस वडा नं १ निवासी ५१ वर्षीय कृष्णमाया कसाईलाई लिन सकिन्छ ।बोक्सीले दुःख दिएको भन्दै मानिसलाई अन्धविश्वासमा पारेर ठगी गरिरहेकी कसाईलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ ।जिल्लाको आँवुखैरेनी–६ बस्ने ३७ वर्षीय कृष्णबहादुर गुरुङलाई कसाईले ‘बोक्सीले दुःख दिएको छ, म ठीक पार्छु भेटी चढाउनुपर्छ’ भन्दै नगद र गरगहना गरी रु एक लाख ६० हजार ९०० बराबर ठगी गरेको प्रहरीले जनाएको छ ।कसाईले बिरामी गुरुङलाई आफ्नै घरमा फागुन १० देखि १५ गतेसम्म बन्धक बनाएर फोनसमेत गर्न नदिएर राखेको प्रहरी अनुसन्धानवाट खुलेको छ । उक्त स्थानबाट प्रहरीले नगद रु ८४ हजार, स

वेगनासतालमा भेटिएको शब लेखनाथकी खेम माया पुनको रहेको खुलासा

पोखरा २९ माघ । कास्कीको लेखनाथ स्थित वेगनासतालमा माघ २६ गते मृत भेटिएकी महिला विदेशी नभई नेपालीनै

छाङ्गमा हाते कडाई तालिम सम्पन्न

तनहुँको छाङ्ग ९ थाग्दीमा एक हप्ते हाते कडाई तालिम सोमबार सम्पन्न भएको छ ।छाङ्ग महिला संजालको आयोजनामा आयोजित तालिमको नेपाली कांग्रेस तनहुँका कार्यबाहक सभापति ताराराज रानाले एक  कार्यक्रमका बीच समापन गर्नुभएको छ ।समापन गर्नुहुदै कार्यबाहक सभापति रानाले तालिममा सीकेका सीपलाई व्यवहारमा लागु गरी हाते कडाईबाटै आर्य आर्जन गर्नुपर्नेमा जोड दिनुभएको थियो ।छाङ्ग महिला संजालकी अध्यक्ष माया रानाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा  आर्दश नेपालकी अध्यक्ष कल्पना ठकुरी, एमओवादीका पूर्ण बहादुर मिजार, जनमोर्चाका नर बहादुर थापा, आदिबासी जनाजति महासंघका छाङ्गका सचिव सिँह बीर राना,  सामाजिक परिचालक ऐश्वर्य आले, छाङ्ग महिला संजालकी सदस्य आशा गुरुङ्ग, बुद्धिजिवी ऋषिराम थापा, तालिमका विद्यार्थी बविता थापा लगायतले तालिम उपलब्धीमुखी रहेको र तालिमले महिलाको आर्यआर्जनमा

स्वास्थ्य मन्त्रीद्धारा दमौली अस्पतालको निरक्षण, अस्पतालको स्तर बृद्धि गर्न माग

स्वास्थ्य मन्त्री रामजनम चौधरीले दमौली अस्पतालको सोमबार निरक्षण तथा  अवलोकन गर्नुभएको छ । केही महिना आगडि मात्र सन्चालन भएको सुविधा सम्पन्न नव निर्मित भवनको स्वास्थ्य मन्त्री चौधरीले निरक्षण तथा अवलोकन गर्नुभएको हो ।निरक्षण तथा अवलोकनका क्रममा स्वास्थ्य मन्त्रीसंग अस्पतालले स्तर बृद्धि गर्न दमौली अस्पतालले माग गरेको छ । निरक्षण पछि मन्त्री चौधरीले अस्पतालको स्तर बृद्धि गरी अस्पताललाई ५० शैया बनाउने र आबश्यक प्रक्रिया आगडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । हाल दमौली अस्पताल १५ शैयाको रहेको छ । १५ शैयालाई बृद्धि गरी ५० शैया बनाउन सके तनहुँ आसपासका क्षेत्रका बिरामीले उपचार गर्नका लागि सहज हुने अस्पतालले जनाएको छ ।

कांग्रेस र मधेसी मोर्चाको वार्ता सकियो, नेताहरुले भने-सकारात्मक छ

७ पुस, काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेस र मधेसी मोर्चाबीच छलफल भएको छ । वार्ता कुनै टुंगोमा नपुगेपनि सकारात्मक रहेको नेताहरुले बताएका छन् ।कांग्रेस सभापति सुशील कोइरालाको निवास महाराजगञ्जमा भएको छलफलमा महन्थ ठाकुरसहित मोर्चाका नेताहरु सहभागी थिए ।वार्तापछि सद्भावना पार्टीका संसदीय दलका नेता लक्ष्मणलाल कर्णले भने, ‘कुनै टुंगोमा पुगेको छैन । वार्ता जारी छ र सकारात्मक छ ।’उनले सरकारले अघि सारेको तीनबुँदे प्रस्तावबारे मधेसी मोर्चामा छलफल हुने र जवाफ दिने बताए ।कांग्रेस उपसभापति रामचन्द्र पौडेलले मोर्चाका राखेका मागहरुप्रति आफूहरु सकारात्मक रहेको बताए । उनने नागरिकताबारे पनि कांग्रेस लचिलो रहेको र सीमांकनबारे अन्य दलहरुसँग छलफल गरेर सहमत

काठमाडौँदेखि पोखरासम्म विद्युतीय रेलमार्ग बनाउने चिनियाँ प्रस्ताव -

२ पुस, पोखरा १७१ किमी विद्युतीय रेलमार्ग निर्माण सम्बन्धमा चीनको सरकारी कम्पनीले सम्भाव्यता अध्ययन गर्ने भएको छ ।चाइना सिएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडले आज उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री विजयकुमार गच्छदारसँग भेट गरी शुक्रबारदेखि सम्भाव्यता अध्ययन गर्ने जानकारी गराएको हो ।तीन महिनामा सम्भाव्यता अध्ययन गरी प्रतिवेदन बुझाइने सो अवसरमा जानकारी गराएको मन्त्रालयका वैदेशिक महाशाखा प्रमुख विष्णुओम वादेले राससलाई जानकारी दिए  ।काठमाडौँको टोखाबाट गल्छी–कुरिन्टार–आँबुखैरेनी–डुमे्र–दमौली–दुलगौँडा हुँदै पोखरा रेलमार्गको सम्भाव्यता अध्ययन हुन लागेको हो । “२४ स्थानमा गरी ६१ किमी सुरुङसहितको १७१ किमी रेलमार्गको सम्भाव्यता अध्य

पोखरामा भारतीय पर्यटक बसमा आगजनी

पोखरा, मंसिर १४ । पोखराको लेकसाइडस्थित दिगो पाटनमा एउटा भारतीय बसमा आगजनी भएको छ । उत्तर प्रदेशको नम्बर रहेको भारतीय पर्यटक बसमा आइतबार राति आगजनी भएको हो ।सडकमा पार्किङ गरेर राखिएको बसमा राति साढे १ बजे आगजनी भएको प्रहरीले जनाएको छ । आगलागीबाट  बसको ७५ प्रतिशत भाग जलेको छ । बसमा आफैं आगो लाग्यो वा कसैले आगो लगायो भन्ने खुल्न सकेको छैन ।

दमौलीमा जारी महायज्ञमा एकै दिनमा साँढे ३ लाख भन्दा बढी दान संकलन

तनहुँको दमौलीमा जारी महायज्ञमा एकै दिनमा साँढे ३ लाख रुपैयाँ भन्दा बढी दान संकलन भएको छ । व्यास ८ चापघाट स्थित वेद व्यास जेष्ठ नागरिक आश्रमको आयोजनामा बृद्धाश्रम भवन निर्माण गर्नका लागि आयोजित महायज्ञमा आइतबार ३ लाख ३१ हजार ४७ रुपैयाँ दान संकलन भएको महायज्ञ मूल आयोजक समितिले जनाएको छ । सबभन्दा बढी वेद व्यास जेष्ठ नागरिक आश्रमकी अध्यक्ष सावित्री श्रेष्ठले १ लाख ११ हजार १ सय ११ रुपैयाँ दान गरिकी छिन ।त्यस्तै आश्रमकी उपाध्यक्ष सकुन्तला आले र भन्द्र आलेले महायज्ञमा ६६ हजार ६ सय ६६ रुपैयाँ दान गरेको बताइएको छ । महायज्ञमा दान दिए पछि संक्षिप्त कुराकानीमा बृद्धाश्रम महिलाहरुबाट सन्चालन गरेको दान रकम सही ठाउँमा सदुपयोग हुने भएकाले आफुले सकेको दान गरेको आलेले बताउनुभयो । त्यस्तै महायज्ञमा लक्ष्मण श्रेष्ठ र दिल श्रेष्ठले ५५ हजार ५ सय ५५ रुपैयाँ, जनभावना नेवा खलले २५ हजार ५ सय ५५ र

आज खैरेनीटार र दुलेगौडामा गृहलक्ष्मि ग्यास सिलिन्डर बितरण हुदै ।।

आज तनहुँको शुक्लागण्डकी नगरपालीका भित्रको खैरेनीटार र दुलेगौडामा

तनहुँमा २४ हजार लिटर डिजेल भित्रियो,कोटा प्रणालीद्धारा वितरण सुरु

तनहुँमा मंगलबार २४ हजार लिटर डिजेल भित्रिएको छ । तनहुँको आबुखैरेनी ,डुम्रे, दमौली लगायतका ठाउँमा गरी २४ हजार लिटर डिजेल भित्रिएका जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ । जिल्लामा भित्रिएका डिजेल कोटा प्राणाली अनुसार वितरण गरिएको प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिनुभयो । कोटा प्राणाली अनुसार ट्याक्टरलाई १ हजार, स्थानिय मिनीबसलाई ३ हजार, लामो दुरीका गाडीलाई ४ हजार रुपैयाँ बराबरको डिजेल वितरण गरेको आयल स्टोर्सले जनाएको छ । विहान नौ बजे देखि डिजेल वितरण सुरु गरिएपछि तेल हाल्न सवारी साधनहरुको लामो भिड लागेको थियो  ।भारतीय नाकाबन्दीका कारण पेट्रोलियम पदार्थ अभावका कारण तनहुँका अधिकांश सवारी साधनहरु ग्यारेज मै थन्किएका छन् । लामो समय देखि पेट्रोलियम पदार्थको अभावमा ति सवारी साधानहरु ग्यारेजमै थन्किएका हुन्

सामाजिक कुरीति अन्त्यका लागि बृहत भेला सम्पन्न

सामाजिक कुरीति अन्त्यका लागि दमौलीमा मंगलबार बृहत भेला सम्पन्न गरेको छ । सामाजिक मानवतावादी समाज सोच नेपालको आयोजनामा आयोजित बृहत भेलाको नेपाली कांग्रेसका केन्द्रिय सदस्य कृष्णचन्द्र नेपालीले एक कार्यक्रमकाबीच उद्घाटन गर्नुभएको छ । सामाजिक मानवतावादी समाज सोच नेपालका अध्यक्ष शान्ति गुरुङ्गको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेकपा एमालेका बैकल्पिक केन्द्रिय सदस्य प्रतापलाल श्रेष्ठ, नेपाली कांग्रेसका कार्यबाहक सभापति ताराराज राना, पूर्व सभापति रघुनाथ पौडेल, तरुणदलका पूर्व महासचिव पुष्पराज पराजुली, एमालेका सचिव भगवती न्यौपाने, विपि चिन्तन प्रतिष्ठानका नील बहादुर थापा, एकदेव आले चिन्तन प्रतिष्ठानका श्रीराम कार्की, दलित संघका केन्द्रिय सदस्य दोबाटे वि.क, एनेकपा माओवादीका कृष्णलाल वि.क ,डिल बहादुर नेपाली, उपेक्षित दलित विकास समितिका केन्द्रिय सदस्य श्याम मौर

पञ्चमुनी देव उच्च माविद्धारा जिशिअ श्रेष्ठलाई स्वागत

१५ असोज,दुलेगौँडा- शुक्लागण्डी -३ स्थित पञ्चमुनी देव उच्च माविले विद्यालयमा आज स्वागत तथा परिचयात्मक कार्यक्रम गरी नयाँ जिल्ला शिक्षा कार्यालय तनहुँका जिल्ला शिक्षा अधिकारी टोप बहादुर श्रेष्ठलाई  स्वागत गरेको छ । उक्त स्वागत कार्यक्रममा बोल्दै जि।शि।अ। श्रेष्ठले शिक्षा प्रणाली समय सापेक्ष हुनु पर्ने बताएका थिए । अहिलेका बालबालिका भविष्यको कर्णधार भएकाले घोकाएर,रटाएर पढाउनु भन्दा उनीहरुको चाहाना ,रुचि र प्रतिभाको पहिचान गरेर शिक्षा दिनु पर्ने श्रेष्ठको भनाई थियो । पञ्चमुनी देव उच्च माविले समयको मागलाई बुझी समय सापेक्ष अध्यापन गराएकाले विद्यालय सफलता हाँसिल गरेको भन्दै पञ्चम’नी देवको प्रगतीले सम्पूर्ण शिक्षकहरुको इज्जत बढेको, विद्यालयले प्राप्त गरेको सफलताको श्रेय विद्यालय प्रसाशन, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभाबक संघले पाउने बताएका थिए ।

अखिल नेपाल महिला संघ शुक्ला गण्डकी नगरपालिकाको प्रथम अधिवेशन बेलचौतरामा सम्पन्न

१५ असोज,शुक्लागण्डी,बेलचौतरा- अखिल नेपाल महिला संघ शुक्ला गण्डकी नगरपालिकाको प्रथम अधिवेशन आज बेलचौतरामा सम्पन्न भएको छ । अधिवेशनको उद्घाटन गदैँ अखिल नेपाल महिला संघकी केन्द्रिय सचिव र्सिजना शर्माले आमाको नाम बाट पनि नागरिकता बनाउन पा्इने नीति नयाँ सविधानमा समेटिनु ठुलो उपलब्धी भएको बताएकी छन् । हिजोको पृतृ शतात्मक विचार र ग्रन्थले महिलाहरुलाई दबाउने,महिला हकअधिकार बाट बञ्चित बनाउने खेल अहिले सम्म भएकाले महिलाहरुले ति विचारहरुलार्इृ निरुत्साहित गर्न नसकेको भन्दै अब महिलाहरु हिजोको महिला नभई आजको सक्षम र सक्रिय महिला बन्नु पर्ने बताएकी थिइन् ।हिजो भाग्य र पुरुषमा भर पर्नु पर्ने महिलाहरुको विचारमा अहिले विस्तारै परिवर्तन आएको उनको भनाइ थियो । श्रीमान् र छोरालाई नेता बनाउन सफल महिलाहरु अब आफै नेता बन्नु पर्ने राष्ट्रपति, प्रधानमन्त

खैरेनीटारमा एक बृद्धा मृत अवस्था फेला

तनहुँको खैरेनीटारमा शुक्रबार एक बृद्धा मृत अवस्थामा फेला परेका छन । शुक्लागण्डकी नगरपालिका वडा नम्बर ८ का ६१ बर्षिय टेक बहादुर परियार खैरेनीटारमा मृत अवस्था फेला परेको इलका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ । मृतक परियारको प्रहरीले मुचुकल्ला उठाउने तयारी गरिरहेको र घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । मृतक परियारलको मुचुल्का उठाए पछि पोसमार्टनका लागि जिल्ला अस्पतालमा पठाउने बताइएको छ ।

६५ हजार भन्दा बढी भक्तजनद्धारा १२ वर्षे गोदावरी कुण्ड मेलाको अवलोकन

तनहुँको तनहुँसुर गाविस–२ स्थित १२ बर्षे गोदावरी कुण्ड मेलाको ६५ हजार भन्दा बढी  भक्तजनहरुले अवलोकन गरेका छन ।  सो मेला सन्चालन भए देखि बुधबार सम्ममा ६५ हजार ५ सय भक्तजनले अवलोकन गरेको मेला समितिका अध्यक्ष मोतीलाल प्रधानले जानकारी दिनुभयो । सो १२ वर्षे गोदावरी कुण्ड मेलामा भक्तजनबाट ४ लाख ८२ हजार २ सय ४० रुपैयाँ भेटी संकलन भएका अध्यक्ष प्रधानले बताउनुभयो । मेला अवलोकन गर्नका लागि कास्कीको पोखरा, लम्जुङ्ग, गोरखा चितवन लगायतका जिल्लाबाट भक्तजन आएको मेला आयोजक समितिले जनाएको छ । डुम्रे–चन्द्रावती खण्डमा पर्ने भानुमोटर मार्गमा पड्के पसल र टुहुरे पसलबाट आमडाँडा हुँदै र पृथ्वीराजमार्गको घाँसीकुवाबाट बेलटारी हुँदै खडगकाली मोटरमार्ग  पर्ने खडगकाली मोटरमार्ग हुँदै कुण्डमेलामा पुग्न सकिन्छ । कुण्ड नजिकै झरना पनि रहेको र यसले दर्शकको मन जितेको आयोजकले जनाएको छ । मेला भदौ ४ गते देखि सञ्चालन आएको थियो । म

प्रर्दशनकारीले ढुङ्गा प्रहार गर्दा एक प्रहरी घाइते ,स्थिती नियन्त्रण लिन प्रहरीद्धारा अश्रु ग्यास प्रहार

तनहुँको व्यास ७ मानुहुङ्ग घर भई व्यास १ भादगाउँमा बस्दै आएका पूर्ण बहादुर आलेको शव सोमबार रहस्यमय अवस्थामा भेटिएको थियो । मृतकका आफन्तले हत्यारालाई कारबाही हुनुपर्ने माग राख्दै जिल्ला प्रहरी कार्यलयमा धर्ना दिएका छन ।मृतकको शवका बिषयमा धर्ना दिइरहदा प्रर्दशनकारीले ढङ्गा प्रहार गर्दा एक प्रहरी घाइते भएका छन । घाइते हुनेमा प्रहरी साहायक निरक्षक रमेशबाबु थापाको दमौली अस्पतालमा उपचार पछि थप उपचारका लागि पोखराको मणिपाल अस्पतालमा रिफर गरेको प्रहरीले बताएको छ । यता प्रर्दशनकारीले भने आफुहरुले ढङ्गा प्रहार नगरेको बताएका छन । उनको शव पोषमार्टनका लागि मंगलबार दमौली अस्पतालमा लगिए पनि सो रिपोर्ट प्राप्त नभए सम्मले आफन्तले शव नबुझने बताएका छन । महर्षि संस्कृत माविमा कक्षा १० मा अध्ययनरत आलेको शव सोमबार आदिकवि भानुभक्त क्याम्पसको परिसरको एक रुखमा झुन्डिएको अवस्थामा  भेटिएको थियो । शव प्रकृति हेर्दा हत्या

तीजको अवसरमा दुलेगौँडा बजारमा खुल्ला तीज गीत प्रतियोगिता

राजकुमार आले,दुलेगौँडा, भाद्र २२ । महिलाहरुको महान् पर्व हरितालिका तीजको अवसरमा हरेक वर्ष जस्तै यस वर्ष पनि दुलेगौँडा बजारमा खुल्ला तीज गीत प्रतियोगिता गरिने भएको छ । तनहुँ उद्योग वाणिज्य संघ दुलेगौँडा बजार इकाईको आयोजना र शुक्लागण्डकी नगरपालिकाको सह-आयोजनामा मा यहि भाद्र ३० गते हरितालिका तीजको दिन खुल्ला तीज गीत प्रतियोगिता हुन लागेको हो । आर्थिक, सामाजिक ,धार्मिक एंव सास्कृतिक पहिचान सहित स्थानिय व्यापार व्यवसायको प्रवद्र्धन गर्ने उदेश्यले लोक,कला सस्कृतिको संरक्षण र संर्वद्धन गरौँ, हरितालिका तीज भव्य रुपमा मनाऔं भन्ने नाराको साथ प्रतियोगीता आयोजना गरिएको इकाईका सभापति विमल प्रसाद रिमालले बताएका छन । चर्चित लोकदोहोरी गायक कृष्ण देवकोटा र कलाकार नमुना शर्माको कार्यक्रममा विशेष पस्तुति रहने सभापति रिमालल

श्री कृष्ण जन्माष्ठीको अवसरमा आज दुलेगौँडा बजारमा कृष्णरथ यात्रा

दुलेगौँडा, भदौ २० - श्री कृष्ण जन्माष्ठीको अवसरमा आज दुलेगौँडा बजारमा कृष्णरथ यात्रा निकालिएको छ ।आर्दश समाज दुलेगौँडाको आयोजनामा निकालिएको सो रथ यात्रामा कृष्णबालन नृत्य प्रर्दशन गरिएको थियो । परापुर्वक देखी चल्दै आएको धार्मिक,साँस्कृतिक,परम्परा एवँ देवी देवता प्रतिको आस्था पछिल्लो समय हराउन थालेकाले तिनलाइ जोगाई राख्न समाजले पहिल्लो पटक कृष्णरथ यात्रा निकालेको समाजका अध्यक्ष हरी खड्काले बताएका छन् । प्रौढ्र,युवा युवतीहरुलाई राधाकृष्ण र जोगीको भेषमा पहिरिएर भजन र्कितन गाउदैँ र नाँच्दै बजार परिक्रममा गरिएको थियो । सो रथ यात्रा दुलेगौँडाको

क्याम्पसको स्थापना दिवसमा आदिकवि भानुभक्तमा सरसफाई गरियो

तनहुँको व्यास १ भाद गाउँ स्थित आदिकवि भानुभक्त क्याम्पसले आफ्नो २९ औँ स्थापना दिवसको अवसरमा बुधबार बिहान क्याम्पस परिसरमा सरसफाई गरेको छ ।भादगाउँ स्थित विज्ञान चौर टोल विकास संस्थाको सहभागितामा टोल विकास समितिका अध्यक्ष दिल बहादुर दरैको अध्यक्षतामा क्याम्पस र विज्ञान चौर टोल सरसफाई कार्यक्रम गरेको हो । टोल विकास संस्था र क्याम्पस विचको परस्पर सम्बन्धलाई विकसित गर्ने उद्देश्य राखेर आयोजित उक्त कार्यक्रममा क्याम्पस प्रमुख श्रीकृष्ण न्यौपाने, निवर्तमान क्याम्पस प्रमुख वैकुण्ठ न्यौपाने, सहायक क्याम्पस प्रमुख महाप्रसाद हड्खले, नेपाली विभाग प्रमुख डा. ईश्वर चन्द्र वाग्ले, व्यवस्थापन विभाग प्रमुख सदाखर तिमिल्सिना, सामाजिक विभाग प्रमुख कमलामोहन वाग्ले, अङ्ग्रेजी विभाग प्रमुख सन्त तामाङ, शिक्षा विभाग प्रमुख एक बहादुर

ट्रक खस्दा २ जना घाइते

तनहुँको घाँसीकुवा २ छिर्कर्ने स्थित बुधबार विहान सडकबाट ट्रक खस्दा २ जना घाइते भएका छन ।दमौलीबाट मुग्लिन तर्फ जादै गरेको ना ५ ख ५६५ नम्बरको ट्रक पृथ्वीराजमार्गबाट करिब १ सय मिटर तल खस्दा चालक २२ बर्षिय अनिल नेरवान र सहचालक २० बर्षिय नेरमान अनसरी घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घाइते दुवैको जिल्ला अस्पताल दमौलीमा उपचार भइरहेको छ ।छिर्कर्नेको घुम्तीमा अन्यिन्त्रित भई ट्रक दुर्घटना हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

छाङ्ग गाविसालाई पूर्ण खोपयुक्त घोषणा

तनहुँको छाङ्ग गाविसलाई पूर्ण खोपयुक्त गाविस घोषणा गरेको छ  । जिल्ला अस्पताल तनहुँका प्रमुख डा. विवेक कुमार लालले एक कार्यक्रमका बीच गाविसलाई खोपयुक्त घोषणा गर्नुभएको थियो । खोपयुक्त गाविस घोषणा गर्नुहुदै डा. लालले १ बर्ष मुनिका बाल बालिकालाई खोपबाट पूर्ण गराई प्रत्येक गाविस खोपयुक्त गाविस  घोषण गर्ने अभियानमा लागेको बताउनुभयो । तनहुँलाई निकट भविष्यमा खोपयुक्त जिल्ला घोषणा गर्ने तयारी भइरहेको समेत सोही अवसरमा उहाँले बताउनुभएको थियो । छाङ्ग गाविसका सचिव तीर्थराज वाग्लेको अध्यक्षतामा सम्पन्न भएको खोपयुक्त घोषणा सभामा नेपाली कांग्रेस कार्यबाहक सभापति ताराराज राना, एमालेका जिल्ला अध्यक्ष केदार सिग्देल, एनेकपा माओवादीका दीन बहादुर नेपाली, बरिष्ठ कृषि अधिकृत राजेन्द्र कुमार मल्ल,  नेपाल महिला संघकी केन्द्रिय सदस्य मायादेवी राना, नेपाली कांग्रेसका क्षेत्र

रेबिज न्युनीकरणका लागि कुकुरलाइ बन्ध्याकरण गरियो

रेबिज रोगको न्युनीकरण गर्नका लागि कुकुरलाई बन्ध्याकरण गरिएको छ । जिल्ला पशु सेवा कार्यालय तनहुँले संक्रमित कुकुरको टोकाईबाट मानिसमा सर्ने रेबिज रोग न्युनीकरण गर्नका लागि कुकुरलाई बन्ध्याकरण गरेको हो । ९५ प्रतिशत रेबिज रोग संक्रमिण कुकुरबाट मानिसमा सर्ने भएकाले  कुकुरको संख्या नियन्त्रण गर्नका लागि स्थायी बन्ध्याकरण गरेको बरिष्ठ पशु चिकित्सक डा. मान बहादुर पुनले बताउनुभयो ।तनहुँमा पहिलो पटक कुकुरको स्थायी बन्ध्याकरण गरेको र अहिले सम्म ४० वटा कुकुरको भाले र पोथीको  बन्ध्याकरण र मिलील्याव गरिसकेको जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा. पुनले जानकारी दिनुभयो ।जिल्लामा करिब २ देखि ३ हजार वटा कुकुरलाई स्थायी बन्ध्याकरण र मिलील्याप गर्ने लक्ष्य रहेको पहिलो चरणमा नगरपालिकामा गरिने र त्यस पछि गाविसमा अभियानमा सन

भारतमा एकमहिना मै तीन पटक घट्यो इन्धनको मूल्य, नेपाली भने ट्वाल्ल

काठमाडौं, भदौ १५ । छिमेकी मुलुक भारतमा एक महिनाको अवधिमा तीन पटक पेट्रोलियम पदार्थको मूल्य घटेको छ । भारतबाटै पेट्रोलियम पदार्थ ल्याइने गरेको नेपालमा भने सो अवधिमा एक पटकमात्र मूल्य समायोजन गरिएको भए पनि न्यूनमात्रामा मूल्य घटाइएको थियो ।भारतमा सोमबार मध्यरातदेखि पेट्रोलको मूल्यमा प्रतिलिटर दुई रुपैयाँ (भारु) कटौती गरिएको छ । त्यस्तै डिजेलमा पचास पैसा प्रतिलिटर मूल्य घटेको छ ।भारतीय आयल कर्पोरेशनका अनुसार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा कटौती भइरहेका कारण इन्धनको मूल्य घटाइएको हो ।नेपालमा भने गत साउन १६ गते इन्धनको मूल्य घटाइएको थियो । जसअनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ पचास पैसा मूल्य घटेको थियो ।तर सोही अवधिमा पनि

बन्द को दिन मा गाउका युवा हरु समाज सेवा मा ब्यस्त .

नेपाल बन्दको सदुपयोग गर्दै थप्रेक का युवाहरु भुकम्प ले प्रभाब पारेका र पुर्ण क्ष्यति भयका घरहरुको पुनर्निर्माण मा लागेका छन्  तमु हरियाली क्लब को मुख्य आयोजनामा युवाहरु घर बनाउन मा जुटेका छन् तमु हरियली क्लब को अगुवाई मा भुकम्प पिडित थप्रेक -७ भुनु माया गुरुङ को घर हिजो बाट नै बनाउन सुरु गरेका छन् भने संग्गसंग्गे पोहोर बाट सुरु गरिएको गाबिस लाइ गाजा मुक्त बनाउने अभियान यस वर्ष पनि निरन्तरता दिएको छ तमु हरियाली क्लब को मुख्य आयोजना साकार नेपाल बाल क्लब को सह आयोजना र इलाका प्रहरी कार्यालय बेलचौतारा को सहयॊग मा गाबिस का प्रत्यक वडाको गाजा फडानी र नस्ट गरिदैछ आफ्नो गाउ आफै बनाउ भन्ने नारा सहित क्लब अगाडी बढिरहेको क्लबका अध्यक्ष्य गण

जनजाति महासंघ संघिय परिषदले आह्वान गरेको नेपाल बन्दको खुल्यो जनजिबन सामान्य बन्दै ।।

पहिचान सहितको सघियता आदिबासी जनजातीको अडान समाबेसी समानुपालीक धर्मनिरपेक्षता सहितको नया संबिधान भन्ने मुलनाराका साथ भदौ ६ र ७ गते  आदिबासी जनजाति महासंघ संघिय परिषदले गरेको गरेको नेपाल बन्द सकिएको छ । आज दुलेगौडाको बिपि चोकमा सझ ५ बजे एक कार्यक्रमको आयोजना गरी बन्द कार्यक्रम सम्पन्न भएको नेपाल आदिबासी जनजाति महासंघ नगर संमन्वय परिषद शुक्लागण्डकी तनहुले जनाएको छ । नेपाल सरकारसंग गरिएका २० बुदँे र ९ बुँद्धे सहमती अक्षरश पालना गर्नु पर्ने , नेपाललाई धर्म निरपेक्ष राज्य कायम गर्नुपर्ने, राज्यको सबै अंगहरुमा जातिय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व कायम हुनु पर्ने, आदिबासी जनजाति आयोग गठन गर्नुपर्ने, नांमङ्कन, सीमाङ्कन र पहिचान सहितको संघिय संविधान जारी गर्नुपर्ने लगायतका माग राख्दै नेपाल बन्दको आव्हान गरेको नेपाल आदिबासी जनजाति महासंघ नगर संमन्वय

जनजाति महासंघ संघिय परिषदले आह्वान गरेको नेपाल बन्दको प्रभावले तनहुँको जनजीवन प्रभावित

आदिबासी जनजाति महासंघ संघिय परिषदले गरेको गरेको नेपाल बन्दको प्रभाव तनहुँमा प¥यो  ।बन्दले तनहुँको जनजीवन पूर्ण रुपमा प्रभावित भयो ।बन्दका कारण तनहँका शैक्षिक संस्था, व्यापार व्यवसाय, कलकारखाना तथा सार्वजनिक सवारी साधन चल्न सकेका थिएनन । सार्वजनिक सवारी साधन नचल्दा सर्वसाधरणहरुले सास्ती खेप्नु परेको छ । जसले गर्दा सर्वसाधरणहरु पैदलबाट नै गन्तव्य पुग्न बाध्य भएको उनीहरुले बताएका छन ।कुटनीतिक नियोग, पर्यटक, प्रेस, एन्बुलेन्स, खानेपानी जस्ता अत्यावश्यकका सवारी साधनलाई भने चल्न दिएको छ ।विगतमा नेपाल सरकारसंग गरिएका २० बुदँे र ९ बुँद्धे सहमती अक्षरश पालना गर्नु पर्ने , नेपाललाई धर्म निरपेक्ष राज्य कायम गर्नुपर्ने, राज्यको सबै अंगहरुमा जातिय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व कायम हुनु पर्ने, आदिबासी जनजाति आयोग गठन गर्नुपर्ने, नांमङ्कन, सीमाङ्कन र पह

साधन र स्रोतको आधारमा प्रदेश छुट्टाउनु पर्ने केन्द्रीय सदस्य भट्टराईको जोड

नेपाली काँग्रेसका केन्द्रिय सदस्य गोविन्द भट्टराईले प्राकृतिक साधन र स्रोतको आधारमा प्रदेश छुट्टाउनु पर्ने बताउनु भएको छ । सो कुरा भट्टराईले तनहुँको बन्दीपुर नगरपालिका १० स्थित आङ्गेटारी खानेपानी तथा सरसफाई आयोजनाको उद्घाटन गर्दै बताउनु भएको हो ।देशको मूख्य विकासका आधारहरु पहिलो जल , जडिबुटी र पर्यटन भएकाले यसैलाई आधार बनाउनु पर्ने केन्द्रिय भट्टराईको भनाई रहेको थियो । यस्ता साधन र स्रोत नभएको प्रदेश कमजोर हुने भएकाले जनताको चाहाना पुरा गर्न नसक्ने हुँदा प्राकृति स्रोत र साधनलाई आधार मान्नु पर्नेमा उहाँले पुन जोड दिनु भयो । विदेशी लगानीको केन्द्र जलस्रोत हुने हुने हुँदा र यसको लागि स्थानियमा रोजगार , सियर , रोयल्टी पनि पाउने हुँदा ध्यान दिनु आवश्यक रहेको बताउनु भयो । पहाडीया जल विद्युत तराईमा बेच्न तयार रहेको र तराई बासीले पनि यसको लागि लगानी गर्दा दुवैलाई फाईदा प

तनहुँको राजस्वमा १८ प्रतिशतले बृद्धि

आर्थिक वर्ष २०७१÷०७२ मा तनहुँबाट ३६ करोड ५८ लाख ४६  हजार रुपैयाँ  राजस्व सङ्लन भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार यो गत वर्षको भन्दा  १७ दशमलव ५८ प्रतिशतले बढी हो । कार्यालयका अनुसार गत वर्ष ३० करोड १५ लाख रुपैयाँ राजस्व सङ्कलन भएको थियो । करदाता सेवा कार्यालयको स्थापना तथा विदेश जानेको सङ्ख्या बढ्दै गएकाले राहदानी वितरणबाट राजस्वमा बृद्धि भएको प्रमुख कोष नियन्त्रक बद्रीराज अर्यालले बताउनु भयो । कार्यालयका अनुसार तनहुँका ४७ वटा सरकारी कार्यालयबाट राजस्व सङ्कलन हुने गर्छ ।

टान्समिटर सर्ट भई आगलागि हुँदा आमा छोरीको मृत्यु

तनहुँको शुक्लागण्डकी नगरपालिका ९ अर्चले स्थित विद्युत टान्र्सफर्म पत्किएर घरमा विद्युत सप्लाई भई करेन्ट लाग्दा आमा छोरीको मृत्यु भएको छ । करेन्ट लाग्दा ३० बर्षिय आमा दुर्गा न्यौपाने र छोरी खुसी न्यौपानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।करेन्ट लाग्दा ६ जना घाइते भएका छन  । घाइते हुनेमा २ जनाको अवस्था गम्भिर रहेको प्रहरीले बताएको छ । गम्भिर घाइते हुनेमा ३३ बर्षिय निलकण्ठ न्यौपाने ७५ बर्षिय शालीराम न्यौपाने रहेको  र उनीहरुको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको र अरुको स्थानीय सेतीगंगा अस्प्तालमा उपचार भइरहेको छ । सो क्षेत्रमा एक हप्ता अगाडि विद्युत आर्पित अबुरुद्ध भएको र एक्कासी हाई भोल्टेजको विद्युत सप्लाई हुदा अप्रिय घटना हुन पुगेको प्रहरीको भनाई रहेको छ ।

पत्रकार महासंघ शाखा तनहुँ शाखाको नव निर्मित भवनको उद्घाटन

नेपाल पत्रकार महासंघ शाखा तनहुँ शाखाको नव निर्मित भवनको एक कार्यक्रमका बीच उद्घाटन गरेको छ । तनहुँको व्यास २ दमौली स्थित जिल्ला विकास समिति तनहुँले उपलब्ध गरेको जग्गामा निर्माण गरेको नयाँ भवनको नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले एक कार्यक्रमका बीच उदघाटन गर्नुभएको थियो । नव निर्मित भवनको उदघाटन गर्नुहुदै पत्रकारितामा एकदम जिम्मेवार, जवाफदाही र नागरिकको बास्तविक आवजको रुपमा पत्रकारले काम गर्नुपर्नेमा जोड दिनुभयो । सञ्चार माध्यम ऐनाको रुपमा काम मात्र नभई परिर्वतनको रुपमा काम गर्न आबश्यक रहेको सोही अवसरमा पत्रकार महासंघका अध्यक्ष डा. विष्टले बताउनुभयो ।भवन उदघाटनको कार्यक्रमलाई सम्बोधन गर्नुहुदै पत्रकार महासंघका अध्यक्ष उजिर मगरले ७४ जिल्लामा पत्रकार महासंघको शाखा विस्तार गरेको ४० वटा शाखाको भ

राहतमा अनियमितता र भ्रष्टाचार गरेको आरोपमा गाविस सचिवलाई कालोमोसो देलेर दुरव्यवहार, गाविस सचिवलाई दरव्यवहार गरेको भन्दै कर्मचार विरोध

तनहुँको घाँसीकुवा गाउँ विकास समितिका सचिव रामराजा न्यौपानेलाई भूकम्प पीडितलाई आएको राहतमा अनियमितता र भ्रष्टाचार गरेको आरोपमा कालोमोसो दलेर दुर्व्यवहार गरिएको छ । सचिव न्यौपानलाई नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीले बुधबार साँझ कालोमोसो दलेर दुर्व्यवहार गरेको हो ।तनहुँको व्यास २ स्थित मालपोत लाइनको एक होटलमा खाजा खाँदै गरेको अवस्थामा सचिव न्यौपानेलाई नेकपा माओवादी जिल्ला संगठन समिति तनहुँका कार्यकर्ताहरुले कालोमोसो दलेर र्दुर्व्यवहार गरेका थिए ।सचिवलाई कालोमोसो दले पश्चात जारि गरिएको विज्ञप्तिमा वैशाख १२ र २९ गतेको विनाशकारी भूकम्पले देशका विभिन्न ठाउँमा ठूलो धनजनको क्षति भएको र घरबार विहिन भएका नेपाली जनताहरुलाई विभिन्न मित्र राष्ट्रहरु, संघ संस्थाबा

हिन्दू राज्य राष्ट्रको माग राख्दै तनहुँको दमौलीमा धार्मिक सभा

सनातन हिन्दू राज्य राष्ट्रको माग राख्दै तनहुँको दमौलीमा धार्मिक सभा गरेको छ । विश्वहिन्दु महासंघ तनहुँले नयाँ बन्ने संविधानमा सनातन हिन्दु राष्ट्रको माग राख्दै धार्मिक सभा गरेको हो ।धार्मिक निरपेक्षको खारेज गरी सनातन हिन्दू राष्ट्र्को कायम गर्न उनीहरुले धार्मिक सभा मार्फत आग्रह गरेका छन ।धर्म निरपेक्षका नाममा देशमा विभिन्न धार्मिक विकृति बढेको भन्दै सनातन हिन्दु राष्ट्र कायम गर्नुपर्नेमा उनीहरुले हिन्दु धर्मलम्बीहरुले सभासदहरुसंग माग गरेका हुन ।उनीहरुले सनातन हिन्दु धर्म सम्बन्धी प्लेकार्ड लिएर दमौली बजारमा ¥याली समेत निकालेका थिए ।अब बन्ने संविधानमा सनातन हिन्दू राष्ट्र घोषणा नगरे जस्तोसुकै आन्दालेन गर्न तयार रहेको उनीहरुले सभामा बोल्ने वक्ताहरुले चेतावनी दिएका छन ।

तनहुँमा २१ विद्यालय बन्द

विद्यार्थी न्युन भए पछि तनहुँमा २१ वटा सामुदायिक विद्यालयहरु बन्द भएका छन ।अघिल्लो  बर्षमा १३ वटा र यस वर्षमा ५ वटा गरी १८ वटा सामुदायिक विद्यालय बन्द भएको जिल्ला शिक्षा कार्यालय तनहुँले जनाएको छ । ती सामुदायिक विद्यालयमा विद्यार्थीहरु अत्यन्त न्युन भएकाले बन्द गरिएकोे जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद अधिकारीले बताउनुभयो ।बन्द भएका विद्यालय अधिकांश दुर्गम भेगका र सबै प्राथमिक तहको रहको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । कार्यालयका अनुसार यो बर्ष बन्द भएका विद्यालयमा रुपाकोट गाविस–७ स्थित ज्योती प्राथमिक विद्यालय , चोकचिसापानी गाविस–६ स्थित कालिका प्राथमिक विद्यालय , बन्दीपुर नगरपालिका –२ स्थित शेर प्राथमिक विद्यालय बन्द भएका छन् । यस्तै बन्द हुने अन्य विद्यालयमा कोटदरबार गाविस–७ स्थित मदन आश्रीत प्राथमिक विद्यालय र केशवटार–७ स्थित दुर्गा भवानी प्राथम

कृषि विकास कार्यालय तनहुँ पश्चिमाञ्चल कै उत्कृष्ट घोषित

जिल्ला कृषि विकास कार्यालय तनहुँ पश्चिमाञ्चल कै उत्कृष्ट कार्यालयको रुपमा घोषित भएको छ ।क्षेत्रिय कृषि निर्देशनालय पोखराले गरेको मूल्याकनमा जिल्ला कृषि विकास कार्यालय तनहुँ उत्कृष्ट घोषित भएको हो जिल्ला कृषि विकास कार्यालय तनहुँले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत समेत गरेका छन ।कृषि मन्त्रालयका सह सचिव श्यामकिशोर शाहले जिल्ला कृषि विकास कार्यालय तनहुँका बरिष्ठ कृषि अधिकृत राजेन्द्र कुमार मल्ललाई नगद ५ हजार रुपैयाँको साथमा प्रमाण पत्रले पुरस्कृत गरेको जिल्ला कृषि विकास कार्यालय तनहुँले जनाएको छ। जिल्ला कृषि विकास कार्यालय तनहुँ सहित रुपन्देही र गुल्मीको कृषि विकास कार्यालय उत्कृष्ट भएको छ । पश्चिमाञ्चलको १३ जिल्लालाई पछि पादै यी ३ वटा कृषि विकास कार्यालय उत्कृष्ट भ

२८ दिनसम्मका बालबालिकालाई निःशुल्क उपचारको तयारी

नवजात शिशुको मृत्युदर घटाउन सरकारले २८ दिनसम्मका बालबालिकालाई निःशुल्क उपचार दिने तयारी गरेको छ । नवजात शिशुलाई कहाँ र कसरी निःशुल्क उपचार दिन सकिन्छ भन्नेबारे अहिले गृहकार्य भैरहेको बाल स्वास्थ्य महाशाखाले जनाएको छ । महाशाखाका अनुसार २८ दिनसम्मका बालबालिकालाई उपचारमा ल्याउने केही जिल्लाका अभिभावकलाई यातायात खर्च समेत दिने गरी गृहकार्य थालिएको छ । कम तौलका बच्चा वा समय नपुगिकन जन्मिएका बच्चामा र अरु नवजात शिशुलाई चिसो तथा संक्रमणको खतरा धेरै हुने भएकाले निःशुल्क उपचार दिने तयारी भएको हो । २८ दिनसम्मका बालबालिकामा स्वास्थ्य समस्याको जोखिम धेरै हुने तर आर्थिक अभावमा धेरैले उपचारमा नलैजाने गरेकाले नवजात शिशुको मृत्यु हुने गरेको ठहर गर्दै सरकारले बजेटमा पनि यो कार्यक्रमलाई समेटेको छ ।

पत्रकार महासंघलाई शान्ति मन्त्रालयको २ लाख ३७ हजार

नेपाल पत्रकार महासंघ तनहुँ शाखालाई शान्ति तथा पुननिर्माण मन्त्रालयले २ लाख ३७ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । मन्त्रालयले सञ्चालन गरेको शान्तिका लागि विकास कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षको लागि मन्त्रालयले पत्रकार महासंघलाई उक्त रकम प्रदान गर्ने भएको हो । उक्त रकम जिल्ला प्राविधिक कार्यालय मार्फत महासंघको भवन तथा पूर्वाधार निर्माणमा प्रयोग हुने छ । यस अघि पनि मन्त्रालयले २ वटा आर्थिक वर्षमा महासंघको भवन निर्माणको लागि करिब ९ लाख रुपैयाँ उपलब्ध गराईसकेको छ । शान्तिका लागि विकास कार्यक्रम अन्तर्गत पत्रकार महासंघ तनहँुको भवन निर्माणको लागि रकम उपलब्ध गराउन एकीकृत नेकपा माओवादीकी सभासद् आशा कोइराला खनाल र तत्कालिन शान्तिमन्त्री टोपबहादुर रायमाझीका स्वकिय सचिव एवं एमाओवादी तनहँुका सचिव विश्वजित गौतमको योगदान रहेको महासंघले जनाएको छ । वर्तमान शान्तिमन्त्री नरहरी आचार्यको कार्यकालमा यो समेत गरी २ आर्थिक

खेर गएको बेलबाट ३ लाख रुपैयाँ कमाई

खेर गएको बेलबाट तनहुँको जामुने गाविस–५जामुनेका कृषकले ३ लाख रुपैयाँ आम्दानी लिन सफल भएका छन् । आम्दानीको लागि बेललाई प्रशोधन गरी जुस बनाएर बेच्ने गरिएको छ ।बेलबाट मनग्गे आम्दानी हुन थाले पछि लोप हुँदै गएको बेलको रुखको संरक्षण गर्ने तथा नयाँ बिरुवा हुर्काउने अभियानमा लागेको जिल्ला वन कार्यालय तनहुँका प्रमुख रामबाबु पौडेले बताउनुभयो । जिल्ला वन कार्यालय तनहुँको सक्रियतामा माउण्टेन तनहुँ सामुदायिक बेल तथा फलपूmल प्रशोधन उद्योग स्थापना गरिएको छ । उद्योगका संयोजक बिष्णुकुमार श्रेष्ठले तीन ट्याक्टर बेल सङ्कलन गरी दुई हजार ५ सय बोतल जुस बनाएर बिक्री गरी तीन लाख रुपैयाँ नाफा लिईएको छ । प्रशोधन उद्योगका लागि १५ लाख ४२ हजार खर्च भएको श्रेष्ठले जानकारी दिनु भयो । श्रेष्ठका अनुसार मेशिन खरीद गर्न हरियो वन कार्यक्रमले १० लाख ८२ हजार रुपैयाँ सहयोग गरेको थियो भने बाँकी रकम ६ वटा

तनहुँको राजस्वमा १८ प्रतिशतले बृद्धि

आर्थिक वर्ष २०७१÷०७२ मा तनहुँबाट ३६ करोड ५८ लाख ४६  हजार रुपैयाँ  राजस्व सङ्लन भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार यो गत वर्षको भन्दा  १७ दशमलव ५८ प्रतिशतले बढी हो । कार्यालयका अनुसार गत वर्ष ३० करोड १५ लाख रुपैयाँ राजस्व सङ्कलन भएको थियो । करदाता सेवा कार्यालयको स्थापना तथा विदेश जानेको सङ्ख्या बढ्दै गएकाले राहदानी वितरणबाट राजस्वमा बृद्धि भएको प्रमुख कोष नियन्त्रक बद्रीराज अर्यालले बताउनु भयो । कार्यालयका अनुसार तनहुँका ४७ वटा सरकारी कार्यालयबाट राजस्व सङ्कलन हुने गर्छ ।

हातेमालो बाल गृहलाई एक थान सिलाई मेसिन हस्तान्तरण ll

हातेमालो बाल गृह शुक्लागण्डकी – ९, खैरेनीटारमा अनौपचारिक अभिभावक समिति गठन

गायक महतले सम्झे गाउलाई ।।

शुक्लागण्डकी १२ गुर्दुमस्थि

अभिलेखालय

More

Video Gallery

More

फोटो संग्रह

More