ON AIR

UP NEXT

राष्ट्रिय समाचार

More

परराष्ट्रमा शेखरलाई रोक्ने उपेन्द्र ! मन्त्रिपरिषद विस्तारको तयारी

२३ साउन, काठमाडौं । पहिलो मन्त्रिपरिषद गठनमा नेपाली कांग्रेसका नेता शेखर कोइरालाको नाम नपर्दा नेपाली कांग्रेसका धेरै नेता-कार्यकर्ता आश्चर्यमा परे । धेरै केन्द्रीय सदस्यहरुले नै यो खबरलाई सहजै पत्याउन सकेनन् ।तर, प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा मन्त्री हुने कांग्रेसका नेताहरुमा शेखर परेनन् । उनी परराष्ट्रमन्त्री बन्ने लगभग पक्काजस्तै थियो । तर, कांग्रेसबाट विमलेन्द्र निधि र रमेश लेखक मात्र मन्त्री बने ।शेखर कोइरालाजस्तै मन्त्रीका लागि छनौट भएका अर्जुननरसिंह केसी पनि गृह मन्त्रालय नपाएको भन्दै सपथ खान गएनन् ।उच्च स्रोतहरुका अनुसार मन्त्रीको सूचीबाट शेखर कोइरालाको नाम काटिनुमा उपेन्द्र यादवको भूमिका छ । प्रचण्ड सरकारलाई संघीय समाजवादी फोरम

आज भोटो जात्रा, उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं, साउन १४ । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको ऐतिहासिक भोटो जात्रा आज देखाईंदै छ ।रातो मच्छिन्द्रनाथको जिम्मा रहेको भनिएको ऐतिहासिक भोटो ललितपुरको जावलाखेलमा देखाइने चलन छ । बहुमूल्य रत्नजडित भोटो वास्तविक हकदाबी गर्न नआएसम्म मच्छिन्द्रनाथको जिम्मामा रहने भन्ने जलश्रुति छ ।मच्छिन्द्रनाथको रथ जावलाखेल पुगेको चौथो दिनमा भोटो देखाउने गरिन्छ । भोटो अवलोकनका लागि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्ति जाने चलन छ ।यसैबीच सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ । गृहमन्त्रालयले विज्ञप्ति जारी गरी मच्छिन्द्रनाथको भोटो देखाउने जात्राका दिन आज सार्वजनिक बिदा दिएको जनाएको हो ।

प्रचण्ड निवासमा माओवादी केन्द्रको बैठक

३ साउन, काठमाडौं । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न नेकपा माओवादी केन्द्रको बैठक आज पनि बस्दैछ । पार्टी अध्यक्ष प्रचण्ड निवास लाजिम्पाटमा बस्ने बैठकमा नयाा सरकार गठनबारे छलफल हुने जनाइएको छ ।केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएसागै संसदमा नेपाली कांग्रेससाग मिलेर अविश्वासको प्रस्ताव दर्ता गरेको केन्द्रले आफ्नो नेतृत्वमा सरकार गठनको गृहकार्य गरिरहेको छ ।अध्यक्ष प्रचण्डले सरकार परिवर्तनको निर्णय गर्दा संस्थागतरुपमा छलफल नगरेको भन्दै निर्णय गर्दा पार्टीमा छलफल नभएको भन्दै नारायणकाजी श्रेष्ठ, टोपबहादुर रायमाझी, शक्ति बस्नेतलगायतले अध्यक्ष प्रचण्डको आलोचना गरेका थिए । सरकारबाट बाहिरिने राजनीतिक निर्णयबारे पार्टीमा मतभेद देखिएको थियो । तर, यसमा बहस गर्दै जाने र प

आज साउने सोमबार, बोलबम यात्रा शुरु

३ साउन, काठमाडौं । साउन महिनाको पहिलो सोमबार आज हिन्दू धर्माबलम्बी नारीहरुले भगवान शिवको पूजा आराधना गरी मनाउँदैछन् ।साउनको सोमबार शिवको पूजाआजा गर्दा मनोकाक्षा पूरा हुने विश्वासका साथ बिहानैदेखि महिला दिदीबहिनीहरु शिवमन्दिरमा गएर पूजाआजा गरिरहेका छन् ।विशेषगरी महिलाहरुले हरियो रंगका वस्त्र, चुरा र मेहंदी लगाएर भगवान शिवको पूजा तथा आराधना गरी ब्रत बस्ने गर्छन । साउन महिनाको सोमबार शिवको प्रिय दिन मानिन्छ । त्यसैले साउनको हरेक सोमबार श्रद्धालुहरुले रातो, हरियो र पहेंलो बस्त्र तथा चुरा-पोते लगाएर शिवको पूजा गर्दछन् । दिनभर व्रत बसेर शिवको पूजा गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।यस पटकको साउन महिनामा पााच वटा सोमवार परेको छ । पााचवटा सोमबा

भूकम्पपीडित बालबालिकाले पुनः सहयोग पाउने

२ साउन, काठमाडौं । विसं २०७२ को भूकम्पबाट प्रभावित अत्याधिक जोखिममा परेका बालबालिकाले प्राथमिकताका आधारमा पुनः सहयोग पाउने भएका छन् ।महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय र केन्द्रीय बालकल्याण समितिले बालबालिका वा परिवारको स्थिति सुधारका लागि थप सहयोग गर्ने भएका हुन् ।समितिले पहिलो चरण अन्तर्गत भूकम्प प्रभावित १४ जिल्लाका अत्याधिक जोखिममा परेका २१ हजार बालबालिकालाई प्रतिव्यक्ति रु पाँच हजारका दरले स्वास्थ्य, शिक्षा र पारिवारिक सहयोगका लागि रकम दिइसकेको छ ।समितिको हालसम्मको तथ्याङ्कानुसार ४१ हजार ९२६ बालबालिका भूकम्पबाट प्रभावित छन् । सबैभन्दा बढी सिन्धुपाल्चोकमा एक हजार तीन सय छन् । सो तथ्याङ्कबाट समितिले पुनः प्

पार्टीमा परामर्श गरेर मात्र निर्णय लिन देउवालाई पौडेलको ध्यानाकर्षण

२ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल पक्षले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर केन्द्रीय समितिको बैठक बोलाउन माग गरेको छ । सरकार गठन जस्तो महत्वपूर्ण विषयमा निर्णय लिन केन्द्रीय समितिको बैठक बोलाउनुपर्ने पौडेल पक्षको माग छ ।वरिष्ठ नेता पौडेलको नेतृत्वमा कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता डा. रामशरण महत सभापति देउवालाई भेट्न बुढानिलकण्ठस्थित निवासमा पुगेका थिए ।उनीहरुले केन्द्रीय समितिमा आवश्यक परामर्श गरेर मात्र पार्टीका महत्वपूर्ण निर्णय लिन सभापति देउवाको ध्यानाकर्षण गराएका थिए । सबै पक्षको  परामर्श लिएर पार

डा. शशांकको स्वास्थ्यमा सुधार, बुधबार डिस्चार्ज

साउन, काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला बुधवार अस्पतालबाट डिस्चार्ज हुने भएका छन् ।कोइरालाको चावहिलस्थित ओम अस्पतालमा उपचार भइरहेको छ । र,चौध दिनको एन्टीबायोटिक्स्को कोर्स पुरा हुनासाथ उनलाई डिस्जार्च गरिने उपचारमा संलग्न डा. लव जोशीले बताए ।‘उनको उपचार नसकिएकाले केही दिनका लागि अस्पतालमै राखेका थियो । मंगलबार बेलुकीबाट औषधी सकिने हुँदा बुधवार डिस्चार्ज गर्छौं’ डा.जोशीले  भने ।उनका अनुसार डा. कोइरालाको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । र, उनी आफैं खान बस्न सक्ने भएका छन् । उनको मुखबाट अक्सिजनको मास्क समेत हटाइएको छ । उनी एकजना सहयोगीको साथमा आफैं बाथरुम जान सक्ने भएका छन् । उनलाई

पहिरोले धनगढी बाजुरा जोड्ने राजमार्ग अवरुद्ध

२७ असार, डोटी । आइतबार रातिदेखि लगातार भइरहेको वर्षाका कारण केआइ सिंह राजमार्ग अवरुद्ध भएको छ ।डोटीको लाटामाडौँ गाविसको तिललातीदेखि मुडे गाविसको कालागाडसम्म करिब ११ किलोमिटर सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय डोटीले बताएको छ ।वर्षाका कारण ठाउँठाउँमा सडक माथिको भागबाट पहिरो आउँदा उक्त राजमार्ग अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक डिल्लीराज विष्टले जानकारी दिए ।अवरुद्ध सडकलाई सञ्चालन गर्न तिललाती प्रहरी चौकी र स्थानीयवासीको सक्रियतामा डोजर लगाएर मर्मतको काम भइरहेको विष्टले बताए ।कैलालीको धनगढीदेखि डोटी अछाम हुँदै बाजुरासम्म जोड्ने राजमार्ग अवरुद्ध हुँदा रात्रि सेवाका तथ

सिन्धुपाल्चोकका बाढी प्रभावितलाई सुरक्षित ठाउँमा सारिँदै, नदी आसपास नबस्न आग्रह

काठमाडौं, असार २४ – सिन्धुपाल्चोकका बाढी प्रभावितलाई सुरक्षित ठाउँतर्फ सार्न थालिएको छ । अहिले तातोपानी गाविसका झण्डै १ सय ५० जनालाई चौकी डाँडामा लगिएको प्रमुख जिल्ला अधिकारी गोकर्णमणि दुवाडीले जानकारी दिनुभयो । यस्तै बाह्रविसे नजिकै गाडी जाने भएकाले काठमाडौं आउन चाहनेलाई पठाउने व्यवस्था पनि मिलाइएको प्रमुख जिल्ला अधिकारी दुवाडीले बताउनुभयो । उहाँका अनुसार गाडी भएको ठाउँसम्म पुग्न केहीबेर हिँड्नुपर्ने भएकाले बालबालिका, बुढाबुढी र हिँड्न नसक्नेलाई हेलिकोप्टरबाट काठमाडौं ल्याउन छलफल भैरहेको छ । बुधबार भोटेकोशीमा आएको बाढीले सिन्धुपाल्चोकको बाह्रबिसेदेखि तातोपानीसम्मको नदी आसपासका ८५ घर उच्च जोखिममा परेपछि उनीहरु सुरक्षित ठाउँतर्फ जान थालेका छन् । अहिलेसम्म नदी किनाराका ३

बाढीले पुल बगाउँदा ताप्लेजुङमा २२ परिवार जंगलमा फसे

२४ असार, ताप्तलेजुङ । ताप्लेजुङको लेलेप गाविसमा रहेको घुन्सा खोलाले कञ्चनजंघा हिमालको बेसक्याम्प जाने बाटोमा रहेको पुल बगाउँदा गोठ गएका २२ परिवार जंगलमा फसेका छन् ।विहिबार विहान आएको बाढीले घुन्सा खोलाको पुल बगाएकाले चौरी गोठ लिएर गएका घुन्साका १५ र फलेका ८ परिवार जंगलमा फसेको स्थानीय हिमाली चुन्दाक शेर्पाले बताए ।पुल बगाएपछि उनीहरुलाई खाद्यान्न लगायतका आवष्यक सामग्री पुर्याउन समस्या भएको  शेर्पाले बताए ।  शेर्पाका अनुसार घुन्सादेखि कञ्चनजंघा हिमालको बेसक्याम्प जाने बाटोको ‘लापुक’ भन्ने स्थानको पुल बगाएको छ । सो क्षेत्रमा जाने एकमात्र बाटो भएको र सो बाटोकोनै पुल बगाएकाले उनीहरुको उद्धारमा समस्या भएको शेर्पाले बताए ।‘विहिवार दिउँस

सहमतीय सरकार गठनको पहल गर्ने जिम्मा प्रचण्डलाई दिने माओवादी निर्णय

१८ असार, काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको सरकारमाथि प्रश्न उठाएको छ । र, नयाँ सरकार गठनको प्रयास सुरु गर्ने संकेत दिएको छ ।माओवादी केन्द्रको केन्दीय कार्यालयको शनिबार बसेको बैठकमा सरकारबारे छलफल भएको हो । माओवादीले गत वैशाखमा भएको एमाले र माओवादीबीच भएको नौबुँदे सहमति कार्यान्वयन गर्न सरकारले ध्यान नदिएको आरोप लगाएको छ ।उसले अब एमालेसँग वार्ता गर्ने भन्दै त्यसको जिम्मा पार्टी अध्यक्ष प्रचण्डलाई दिएको छ । ‘नौबुँदेका धेरै विषय कार्यान्वयन भएको छैन । र भद्र सहमतिका कुरा पनि छन्’ माओवादी प्रवक्ता पम्फा भुसालले अनलाइनखबरसँग भनिन् ।उनले अघि भनिन्, ‘मधेसी र जनजातिका मुद्धा सम्बोधन गर्ने र

कांग्रेस स्थानीय निकाय निर्वाचनको पक्षमाः नेता सिंह

१८ असार, काठमाडौँ। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधान कार्यान्वयन भएमात्र स्वर्गीय गिरिजाप्रसाद कोइरालाप्रति सच्चा श्रद्धाञ्जलि हुने बताएका छन् ।नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री कोइरालाको ९३ औँ जन्मजयन्तीका अवसरमा आज नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं १० ले आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा नेता सिंहले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन स्वर्गीय कोइरालाको ठूलो योगदान रहेको चर्चा गरे । उनले भने,  “संविधानको पूर्ण कार्यान्वयन भएमात्र कोइरालाप्रति सच्चा श्रद्धाञ्जलि हुन्छ यसका लागि दलहरु इमान्दार भएर लाग्नुपर्छ ।” उनले  नेपाली कांग्रेसको नेतृत्वमा बनेको संविधानको कार्यान्वयनका लागि काँग्रेसले नै अग्रसरता लिनुपर्ने धारणा राखे ।

भारतले मागेजति तेल दिने राजदूत उपाध्यायको दाबी पहिलेभन्दा दोब्बर माग गर्न आयल निगमलाई सुझाव

२१ फागुन, काठमाडौं । भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले नेपाललाई दिने इन्धन भारतले कटौती गर्न नखोजेको दाबी गरेका छन् । उनले नाकाबन्दीपछि उत्पन्न समस्या समाधानका लागि नेपाल आयल निगमलाई तेलको माग बढाउन सुझावसमेत दिएका छन् ।नयाँदिल्लीबाट अनलाइनखबरसँग कुरा गदै राजदूत उपाध्यायले भने, ‘नाकाबन्दी खुलिसके पनि काठमाडौंमा अझै तेलको लाइन नघटेको सुन्दा दुखित छु । मैले आयल निगमलाई भनिरहेको छु, जनतालाई मागे जति तेल देऊ, यताबाट आपूर्ति समस्या आएमा मलाई भन ।’‘माथिको आदेश’ भन्दै भारतीय तेल कर्पोरेसन (आइओसी) ले मागको भन्दा ७० प्रतिशत मात्रै तेल दिइरहेको विषयमा प्रश्न गर्दा उपाध्यायले केन्द्रबाट त्यस्तो निर्देशन गएको आफूले नपाएको

कोसी अञ्चलमा डिजेलको अभाव कायमै

विराटनगर, फागुन २१ । कोसी अञ्चलका विभिन्न जिल्लामा डिजेलको अभाव कायमै रहेको छ । मागको अनुपातमा कम डिजेल आयात भएपछि अभाव भएको हो ।भारतको बरैनी डिपोले पर्याप्त इन्धन नदिएकाले अभाव भएको बताइएको छ । यद्यपी यहाँ पेट्रोल भने सहज रुपमा पाइन थालेको छ ।विषेशगरी सुनसरी र मोरङ जिल्लामा डिजेलको संकट चुलिएको छ । यी दुई जिल्लामा औद्योगिक क्षेत्रसमेत रहेकाले डिजेलको माग बढी छ । नेपाल आयल निगमको पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरले बरैनी डिपोले पर्याप्त मात्रमा डिजल नदिएका कारण समस्या भएको जनाएको छ ।निगमका पूर्वाञ्चल क्षेत्रीय प्रमुख भुवन रेग्मीले बरैनी डिपोले मागको तुलनामा एक तिहाईमात्र डिजेल दिँदै आएको बताए । बरैनीबाट अहिले दैनिक ३ सयदेखि चार सय किलोलिटर डिजेल आउने गरेको निगमले जनाएको छ । तर कोशी अञ्चलमा दैनिक ९ सयदेखि १ हजार किलोल

आयल निगमका कर्मचारीलाई बोनस नबाँड्न आपूर्तिमन्त्रीको निर्देशन

१७ फागुन, काठमाडौं । आपूर्ति मन्त्री गणेशमान पुनले नेपाल आयल निगमलाई बोनस नबाँड्न निर्देशन दिएका छन् । मन्त्री पुनले सोमबार बिहान निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराई फोन गरेर बोनस नबाँड्न निर्देशन दिएका हुन् ।‘मन्त्रीज्यूले आयल निगमका कर्मचारीलाई आज बिहान फोन गरेर बोन नबाँड्न कडा निर्देशन दिनुभएको छ,’ पुनका स्वकीय सचिव मरिचमान श्रेष्ठले अनलाइनखबरसँग भने- ‘बोनस नबाँड्न निर्देशन आयल निगमलाई मन्त्रीज्यूको यो दोस्रो निर्देशन हो ।’श्रेष्ठका अनुसार ऋणमा रहेको निगमले ९० करोड रुपैयाँको हाराहारीमा कर्मचारीलाई बोनस बाँड्ने तयारी गरेको सूचना पाएपछि मन्त्री पुनले कुनै पनि हालतमा बोनस नबाँड्न निर्देशन दिएका हुन् ।निगमले सरकारको १२ अर्ब रुपैयाँ ऋ

तरकारीमा विषादी रोकथामका लागि काठमाडौंका चारै नाकामा अनुगमन सुरु

काठमाडौं, फागुन १० – तरकारीमा विषादी रोकथामका लागि काठमाडौंका चारवटा नाकामा अनुगमन सुरु भएको छ । बाली संरक्षण निर्देशनालयले काठमाडौं छिर्ने मुख्य नाका नागढुंगा, भक्तपुर, कीर्तिपुर र बालाजुमा अनुगमन थालेको हो ।यसअघि निर्देशनालयले कालिमाटीमा मात्रै परीक्षणलाई केन्द्रित गरेको थियो । विषादी हालेका तरकारी विभिन्न नाका भएर भित्रिरहेका गुनासो बढेपछि निर्देशनालयले चार नाकामा छड्के जाँच थालेको छ ।यी चार नाकाबाट नमुना संकलन गरी कालिमाटीमा रहेको विषादी परीक्षण गर्ने मेसिनमा परीक्षण गर्ने निर्देशनालयका कार्यक्रम निर्देशक डा. डिल्लीराम शर्माले बताउनुभयो ।मेसिन र जनशक्तिको अभावका कारण अनुगमनलाई थप प्रभावकारी बनाउन भने नसकिएको उहाँको भनाई छ । सबै नाकाबाट ल्याएर एकैपल्ट परीक्षण गर्न नसकिने हुँ

पेट्रोलियम पदार्थको वितरण सहज बनाउन दुई घण्टा अघि नै डिपो खुल्ला

काठमाडौं, फागुन १० – पेट्रोलियम पदार्थको वितरण सहज बनाउन नेपाल आयल निगमले सोमबारदेखि दुई घण्टा अगाडि नै डिपो खोल्न सुरु गरेको छ ।हरेक दिन बिहान १० बजे डिपो खोल्ने गरेकोमा सोमबारदेखि दुईघण्टा अघि ८ बजेदेखि नै डिपो खोलेर तेल दिन थालिएको निगमले जनाएको छ ।पेट्रोलियम पदार्थको आयात बढे पनि वितरणमा समस्या भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वितरण सहज बनाउन निर्देशन दिएपछि त्यसै अनुसार तयारी भएको हो ।दुई घण्टा अगाडि नै डिपो खोलेर पम्पहरुलाई परिमाण बढाएर तेल बिक्री गर्न सुरु गरेको निगमका निमित्त नायब कार्यकारी निर्देशक सुशील भट्टराईले बताउनुभयो । डिपो ढिला गरी खुल्दा सबै पम्पमा  समयमा नै तेल नपुग्ने भएकाले छिट्टै डिपो खोल्ने निर्णय गरेको उहाँले बत

धनकुटामा प्रहरीले ठूलो परिमाणमा डिजेल नियन्त्रणमा लियो

धनकुटा, फागुन १० – प्रहरीले धनकुटाको मुलघाटबाट ठूलो परिमाणमा डिजेल नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बेस क्याम मुलघाटले संखुवासभाको मुडेशनिसरे र चैनपुर लैजाँदै गरेको तीन हजार ९ सय ८० लिटर डिजेल नियन्त्रणमा लिएको हो ।सोमबार बिहान ५ बजे चेकजाँच गर्दा अवैध डिजेल फेला परेपछि नियन्त्रणमा लिएको सशस्त्र प्रहरी निरीक्षक अशोक न्यौपानेले बताउनुभयो ।को १ ख २६०३ र ना ३ ख ४४८७ नम्बरको ट्रकमा लैजाँदै गरेको डिलेल प्रहरीले नियन्त्रणमा लिएको हो । डिजेलसँगै दुई सय २० लिटर पेट्रोल र दुई सय २० लिटर मट्टितेल पनि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

मध्यरातमा भूकम्पकोे धक्का

काठमाडौं, फागुन १० । गोरखा केन्द्रबिन्दू भएर गएराति भूकम्प गएको छ । राति ११ बजेर ५४ मिनेटमा गोरखा केन्द्र भएर ५.५ म्याग्नेच्यूडको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो ।पराकम्पको धक्का गोरखासहित धादिङ र काठमाडौं उपत्यकामा पनि महशुस भएको थियो ।वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दू भएर ७.८ म्याग्नेच्यूडको भूकम्प गएदेखि अहिलेसम्म चार म्याग्नेच्यूड भन्दामाथिका ४३४ वटा पराकम्प गएको केन्द्रले जनाएको छ ।

आगलागीबाट एक करोड ५० लाख बराबरको क्षति

सिरहा, फागुन १० । सिरहा जिल्लाको बिष्णुपुरकट्टी गाविसमा आईतबार भएको भिषण आगलागीबाट एक करोड ५० लाख बराबरको क्षति भएको अनुमान गरिएको छ ।बिष्णुपुरकट्टी–१ स्थित खजनपुरा टोल बस्ने मनिकलाल यादवको घरमा खाना पकाउने क्रममा आगलागी भएको हो ।आगोबाट सोही टोलमा रहेका २१ घरपरिवारको ४६ वटा फुसको घर पुर्णरुपमा जलेर नष्ट भएको छ ।साँझ प्रहरी, स्थानीयवासी समेतको सक्रियतामा आगो नियन्त्रणमा ल्याइएको थियो ।पीडितलाई जिल्ला रेडक्रसले प्रतिघर ५ केजी चिउरा, ब्लाङ्केट १ थान, खाना पकाउने भाँडा, सारी, जिन्स पेन्ट १–१ थान वितरण गरेको थियो ।

अमेरिकाले नेपाललाई दिने सहयोग चार गुणा बढाउने

२७ माघ, काठमाडौं । अमेरिकाले नेपाललाई दिँदै आएको सहयोग चार गुणा वृद्धि गर्ने प्रस्ताव गरेको छ । वैशाखमा आएको भुकम्पपछिको पुनर्निर्माणलाई मध्यनजर गर्दै उसले आफ्नो वाषिर्क सहयोग ६ करोड ४० लाख अमेरिकी डलर (६ अर्ब ४० करोड रुपैयाँ) पुर्‍याउने तयारी गरेको छ ।अघिल्लो आर्थिक यो सहायता १ करोड ४५ लाख अमेरिकी डलर (करिब १ अर्ब ४५ करोड) मात्रै थियो । अमेरिकी कंग्रेसमा अक्टोबर १ बाट सुरु हुने नयाँ आर्थिक वर्ष २०१६-१७ का लागि वाषिर्क बजेट पेश गर्दै विदेश मन्त्री जोन केरीले नेपालको आर्थिक सहायता कोष (इएसएफ) मा दिने रकममा उच्च वृद्धि गर्न प्रस्ताव गरेका छन् ।‘विनाशकारी भूकम्पपछि नेपालमा सर्वसाधारण जनताका घर तथा विद्यालयहरुको पुनर्निमाणमा सहयोग गर्न र आर्थिक वृद्धिलाई उकास्नका लागि अमेरिकी सहयता रकम प्रयोग हुनेछ,’ विदेश मन्त्रालयले आफ्नो बजेट

कांग्रेस नेता आचार्यको स्वास्थ्यमा केही सुधार

काठमाडौं, माघ २७ ।  मस्तिष्कघात भई उपचारका लागि अस्पताल भर्ना भएका नेपाली कांग्रेसका नेता नरहरी आचार्यको स्वास्थ्यमा केही सुधार आएको छ ।उनको स्वास्थ्य पूर्णरुपमा ठीक हुन भने केही दिन लाग्ने चिकित्सकहरुले बताएका छन् । कांग्रेस सभापति सुशील कोइरालाको निधनको खबर सुनेको केही बेरपछि एक्कासी बेहोस भएका नेता आचार्यलाई उपचारका लागि न्यूरो अस्पतालमा भर्ना गरिएको हो ।आचार्यको ब्लड प्रेसर क्रमशः नर्मल हुँदै आएको र स्वास्थ्यमा सुधार हुँदै आएको उनकी धर्मपत्नी शारदा शर्माले जानकारी दिइन । नेता आचार्यको स्वास्थ्य अवस्था बुझ्न आज पनि विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता तथा शुभचिन्तकहरु अस्पतालमा पुगेका छन् ।

रक्सौलबाट एकै दिन १३ लाख लिटर तेल भित्रियो

भारतीय आयल कर्पोरेशन (आईओसी) को रक्सौल डिपोले मंगलबार १३ लाख १० हजार लिटर तेल दिएको छ । रक्सौल डिपोले ८३ वटा ट्यांकरमा तेल लोड तेल लोड दिएको हो ।मंगबलार रक्सौल डिपोबाट पेट्रोल मात्रै ३ लाख लिटर लोड दिएको छ । १७ वटा ट्यांकर रक्सौलमा तेल लोड गरेर वीरगञ्ज आएका छन् ।यसैगरी ५१ वटा ट्यांकर डिजेल छ । आईओसीले मंगलबार रक्सौलबाट ७ लाख ३४ हजार लिटर डिजेल दिएको छ ।यसैगरी ३ वटा ट्याकंरमा ३६ हजार लिटर मट्टतेल पनि लोड भएको नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले अनलाइनखरलाई जानकारी दिए ।यसैगरी नेपाली ट्यांरले रक्सौलबाट २ लाख ४० हजार लिटर हवाइ इन्धन पाएका छन् । १२ वटा ट्यांकरमा हवाइ इन्धन लोड भएको छ । लोड पाएका अधिकांश ट्यांकर वीरगञ्ज आइसके

सोमबार १० अर्ब निक्षेप उठाउँदै राष्ट्र बैंक

१६ माघ, काठमाडौं। नेपाल राष्ट्र बैंकले फेरि १० अर्ब रुपैंया  निक्षेप संकलन गर्ने भएको छ । बजारमा लगानी योग्य पुँजी (तरलता)  बढी भएपछि राष्ट्र बैंकले त्यसको व्यवस्थापनका लागि बोलकबोलमार्फत निक्षेप उठाउन लागेको हो ।केन्द्रिय बैंकले अागामी सोमबार ९० दिनका लागि निक्षेप संकलन निष्कासन गर्ने जनाएको छ । अनलाइन बिडिंग सिस्टम सफ्टवेयर मार्फत मात्र बिड गर्न सकिने यो उपकरणमा ब्याजदर भने बोलकबोलबाटै निर्धारण गरिनेछ।साँवा र ब्याज भुक्तानी मिति बैशाख १८, २०७३ लाई तोकिएको छ भने प्रि-म्याच्योर भुक्तानी नहुने राष्ट्र बैंकले जनाएको छ । यस निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट ’क’, ’ख’ र ’ग’ वर्गको इजाजतपत्र प्राप्त बैंक तथा बित्तिय संस्थाहरु मात्र सहभागी हुन पाउने छन् ।

क्यानडा, पोल्याण्ड र सिंगापुरसहित ५ देशमा वैदेशिक रोजगारीको ढोका खुल्दै

रवीन्द्र घिमिरे१६ माघ, काठमाडौं । सरकारले नेपाली युवालाई रोजगारीमा लैजाने गरी अवसर दिन थप ५ वटा देशसँग औपचारिक प्रस्ताव गर्ने भएको छ । नेपाली युवाको नयाँ रोजगार गन्तब्य बन्न सक्ने भनी पहिचान गरिएका ५ वटा मुलुकमा नेपाली कामदार लैजाने गरी छलफल अघि बढाउन लागिएको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ ।तीनवटा देशसँग भने तत्कालै नेपाली कामदार लैजाने गरी समझदारी (एमओयु) गर्ने सरकारको तयारी छ । त्यसरी नयाँ रोजगारी खुल्न लागेका देशहरुमा क्यानडा, सिंगापुर, पोल्याण्ड, रसिया र फिनल्याण्ड छन् ।ती देशहरुमा कोरियामा जस्तै सरकारी निकायबाटै नेपाली कामदार लिने गरी छलफल अघि बढाउन लागिएको वैदेशिक रोजगार प्रवर्द्धन बोर्डअन्

कीर्तिमानी पर्वतारोही पण्डित राष्ट्रपतिद्वारा सम्मानित

काठमाडौं, पुस २१ - राष्ट्रपति विद्यादेवी भण्डारीले कीर्तिमानी विश्व पर्वतारोही एवं धावक सञ्जय पण्डितलाई सम्मान गर्नुभएको छ । विश्वका हिमालहरुका आरोहणबाट नेपाललाई अन्तर्राष्ट्रिय जगतमा परिचित गराउन महत्वपूर्र्ण भूमिका निर्वाह गरेबापत उहाँलाई सम्मान गरिएको हो । आरोही पण्डित हालै अफ्रिकाको सर्वोच्च शिखर किलोमान्जारो २५ घण्टा ४० मिनेटमा उल्टो हिँडेर तथा आधार शिविर मरान्गुदेखि चुचुरासम्म नेपाली राष्ट्रिय पोसाक दौरा सुरुवाल, ढाकाटोपी लगाएर आरोहरण गर्न सफल हुनुभएको थियो । सम्मान कार्यक्रममा राष्ट्रपति भण्डारीले अफ्रिकाको किलोमान्जारो राष्ट्रिय निकुञ्जले प्रदान गरेको कीर्तिमानी प्रमाणपत्र आरोही पण्डितलाई हस्तान्तरण गर्नुभएको छ । कार्यक्रममा राष्ट्रपतिलाई आरोही पण्डितले आफूले किलिमान्जारोमा फरफराएको राष्ट्रि

भारतद्वारा पाकिस्तानलाई वायु सेनाको शिविरमा भएको आक्रमणको जानकारी -

काठमाडौं, पुस २१ । भारतले पठानकोटस्थित भारतीय वायु सेनाको शिविरमा भएको आक्रमणसम्बन्धी जानकारी पाकिस्तानलाई दिएको छ ।भारत सरकारले पठानकोटमा भएको आतंककारी आक्रमणसम्बन्धी महत्वपूर्ण जानकारी पाकिस्तानलाई दिएको हो । पाकिस्तानी विदेश मन्त्रालयले भारतबाट प्राप्त जानकारीमा आधारित रहेर काम सुरु गरेको जनाएको छ ।पाकिस्तानको आतंककारी समूह युनाइटेड जिहादी काउन्सिलले पठानकोट आक्रमणको जिम्मेवारी लिएको छ ।गत शनिबार भारतको पञ्जावस्थित पठानकोठमा रहेको भारतीय वायु सेनाको शिविरमा भएको आतंककारी आक्रमणमा परी सात सुरक्षाकर्मीको ज्यान गएको थियो भने २० जनाभन्दा धेरै सैनिक घाइते भएका छन् ।पाकिस्तानको विदेश मन्त्रालयले भारत सरकारसँग सम्पर्क गरी राखेको जानकारी स

जाडो थेग्न नसकेपछि भत्किएकै घर फर्कंन थाले भूकम्पपीडित

२१ पुस, भक्तपुर । शिविरमा जाडो थेग्न नसकेपछि भक्तपुरका विभिन्न ठाउँका अस्थायी शिविरमा बस्दै आएका भूकम्पपीडित शिविर छाडेर भत्काएकै घरमा फर्किन थालेका छन् ।जिल्लाका विभिन्न शिविरमा बस्दै आएका भूकम्पपीडित टेन्ट र पालमा जाडो थेग्न नसकेपछि शिविर छाड्दै भूकम्पले भत्किएकै घरमा फर्कन थालेका हुन् ।भूकम्पपीडित भत्किएका घरको माटो पन्छाएर पुरानै घरको इँटा, झ्याल ढोकाको प्रयोग गरेर छाप्रो बनाएर बस्न थालेका छन् । कतिपय भने भत्किएको घरलाई छोट्याएर एक तलामात्र राखेर त्यसैमा जोखिम मोलेरै बस्न थालेका छन् ।भक्तपुर नगरपालिकाका अनुसार जाडो बढेपछि भक्तपुरका ५० प्रतिशतभन्दा बढी भूकम्पपीडितले आफू बस्दै आएको शिविर छाडेका छन् ।शिविर छाड्नेमध्ये आर्थिक उपार्जनमा फर्किएकाले कोठा भाडामा लिएर बस्न थालेका छन

भुसको आगोझैं धुँवाउन थाल्यो थारु आन्दोलन ! थारु वस्तीमा अझै प्रहरी परिचालन गर्दैछ सरकार

२१ पुस, काठमाडौं । हिजोआज धेरैको ध्यान मधेसतिर छ । सरकार र दलहरु पनि मधेसी मोर्चासँग वार्ता र सम्वाद गरिरहेको छ । पश्चिम तराईमा थारुहरुले गर्दै आएको आन्दोलन चाहिँ अहिले सबैले बिर्सिएजस्तै भएको छ ।आन्दोलनका अगुवामध्येका एकजना रामजनम चौधरी नै स्वाथ्यमन्त्री भएपछि थारुहरुको आन्दोलन सकियो भन्ने धेरैले ठानेका छन् । तर, कैलालीलगायतका थारु बाहुल्य क्षेत्रमा पुगेर आउनेहरु भने त्यहाँको अवस्था काठमाडौंले सोचेजस्तो नभएको बताउँछन् ।राज्यप्रति चरम आक्रोश भदौ ७ गते टीकापुरमा थारु आन्दोलनकै क्रममा नेपाल प्रहरीका एसएसपीसहित आठ सुरक्षाकर्मी र डेढ वर्षका बालकसमेत मारिए । यो घटनामा थारु आन्दोलनप्रति काठमाडौं र राज्यको दृष्टिकोण खासै सकारात्मक बनेन । - हिंसाका बाबजुद आन्दोलन राजनीतिक प्रकृतिको भएकाल

भक्तपुरको विद्यालयले अछामको विद्यालयलाई दियो झण्डै दुई लाखको पुस्तक उपहार

भक्तपुर, पुस १४ - भक्तपुर मिवाछेंको एभरेस्ट इंगलिस स्कुलमा स्थापना गरिएको एभरेस्ट जन्मदिन कोषले मंगलबार अछाम जिल्लाको टोट्केसाल कालिकास्थानको महेन्द्र माविलाई एकलाख ९० हजार रुपैयाँ बराबरको पुस्तकहरु उपहार दिएको छ । विद्यालयमा राष्ट्रिय गानका रचनाकार ब्याकुल माइला, विद्यालयका संस्थापक प्रधानाध्यापक भक्त राजभण्डारीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक विष्टलाई ती विभिन्न विषयका १ हजार ५ सय ४५ थान पुस्तक हस्तान्तरण गर्नुभएको हो ।२०६६ सालदेखि एभरेस्ट इंगलिस स्कुलमा अध्ययन गर्ने विद्यार्थीले आफ्नो जन्मदिनमा वर्षमा एकपटक न्यूनतम ७० तथा शिक्षक÷कर्मचारीले न्यूनतम सातसय रुपैयाँ एभरेस्ट जन्मदिन कोषमा राख्नुपर्ने विद्यालयको नियम छ । कोषले आगामी फागुन १ गते पनि थप दुई वटा विद्यालयलाई पुस्तक उपहार दिने कार्यक्रम रहेको विद्यालयले जनाएको छ ।

भुकम्पले अनाथ बनेका बच्चाहरूको शिक्षामा मिस मगरको योगदान

भिम बरही मगर, , हंगकंग, भुकम्पले गर्दा अनाथ बनेका नेपालका ८ जिल्लाका करीब ७० जना बालबालिकाको शिक्षाको लागि मिस मगर समुह हंगकंगले सहयोग गर्ने भएको छ । उक्त सहयोग रकम संकलन गर्नको लागि मिस मगर समुह हंगकंगले उनीहरुलाई उठाउँ भन्ने नाराका साथ युनलोङ थेटर हलमा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । मगर संघ हंगकंगले भने संयोजकको भुमिका खेलेको संघकी अध्यक्ष चन्द्र ज्योति आले मगरले बताइन । मिस मगर समुह हंगकंगले ब्यक्तिगत रुपमा पनि बच्चाहरुको शिक्षाको लागि जिम्मा लिएका छन ।भर्रखरको उमेरमा नै यस्तो समाजिक कार्य प्रति सचेत हुनु भनेको मगर समुदायको लागि मात्रै नभएर देशको लागि पनि गौरवको कार्यको थालनी भएको छ । । मिस मगर हंगकंग २०१५ को ताज पहीरीन सफल पुजा राना राना मगर, मगर संघ हंगकंगको प्रत्यक्ष राहत कार्यक्रममा पनि नेपाल गएर सवै कुरा देखेर साथै भोगेर आएकी पात्र हुन । मगर संघ हंगकंगकी अध्यक्ष चन्द्र ज्योति आले मगरक

खाली भाँडा बोकेर पानी माग्दै सिडिओ कार्यालयमा

१४ पुस, दोलखा । खाली भाँडा बोकेर खानेपानीको माग गर्दै दोलखाको नाम्दु गाविसका स्थानीय बासिन्दा जिल्ला प्रशासन कार्यालय दोलखा आइपुगेका छन् । मङगलबार दिउँसो करिब ६० परिवार खाली जर्किनसहित पानी माग्दै प्रमुख जिल्ला अधिकारीसामु आइपुगेका हुन् ।विगत दुई महिनादेखि पानीका लागि दुई घण्टाको बाटो हिँड्नु परेको गुनासोसहित उनीहरुले प्रशासन कार्यालय घेराउ गरे । दोलखाको दक्षिणी गाविस नाम्दु–३ का स्थानीय बासिन्दा एक महिनाअघि प्रशासनमा खानेपानीको माग गर्दै दिएको निवेदनमाथि सुनुवाई नभएर प्रजिअ गुहार्न चरिकोट आइपुगेका हुन् ।विसं २०२४ सालदेखि काब्रे गाविसबाट खानेपानी ल्याएर पानी खाँदै गरेकामा जग्गाधनी रविचन्द्र ढुङ्गेलले पानी बन्द गरिदिएपछि आफूहरु समस्यामा परेको स्थानीयवासी रामशरण नेपालीले बताए।खानेपानी नभएपछि करिब ६६ घरधुरी प्रभावित भएको अर्का स्थानीयवासी रीताकुमारी भुजेलले जानकारी दिइन् । यता, जिप्रका दोल

मोर्चाका मागबारे प्रमुख तीन दल साझा धारणा बनाउन सहमत -

काठमाडौं, पुस १३ । मधेसी मोर्चाले उठाएका मागका विषयमा प्रमुख तीन दलले साझा धारणा बनाउने निर्णय गरेका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीका शीर्ष नेताहरुको बैठकले मधेसी मोर्चाले उठाएका मागका विषयमा साझा धारणा बनाउने सहमति गरेको हो ।उनीहरुले अन्य दलहरुसँग पनि छलफल गरी तत्काल साझा धारणा बनाउने र सोही धारणालाई लिएर मधेसी मोर्चासँग वार्ता गर्ने निर्णय गरेका हुन् ।बैठकपछि नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले मुलुकलाई लामो समयसम्म संक्रमणकालमा लैजान नसकिनेमा तीन दल सहमत भएको भन्दै अब आन्दोलनरत मधेसी मोर्चासँग साझा धारणा बनाएर सहमतिको ठोस पहल गरिने बताए ।बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, ए

नाकाबन्दी भारतलाई नै घाँडो : झलनाथ खनाल संविधान कार्यान्वयनमा प्रमुख दलको एकता आवश्यक

७ पुस, इलाम । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले भारतले गरेको अघोषित नाकाबन्दी अब उसलाई नै घाँडो भएकाले चाँडै अन्त्य हुने बताएका छन् ।श्रीअन्तु गाविसमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले नयाँ संविधानमा राम्रा कुरा धेरै भएकाले यसलाई बुझाउन हामी सबैको दायित्व हो भने ।एक फरक प्रसङ्गमा उनले संसदमा रहेका मुख्य राजनीतिक दलको एकता अझै पनि आवश्यक रहेको बताउँदै संविधानलाई तल्लो तहसम्म बुझाउन सकेमा संविधानका विषयमा रहेको भ्रम अन्त्य भएर जाने बताए ।अन्तुडाँडालाई नेपालमा मात्र नभएर विश्वमै चिनाउन र होम स्टेको विकास गर्न सके पर्यटन व्यवसाय फस्टाउने समेत उनको भनाइ छ । क्षेत्र नं १ निर्वाचन क्षेत्रका बासिन्दाले नेपालको सीमावर्ती समालबुङ र श्रीअन्तुको विकासमा

भूकम्पपीडितलाई आएको राहतको चामल बेच्दै सरकार

३ पुस, काठमाडौं । पुसको कठ्यांग्रिँदो चिसोमा खानासमेत नपाएर भूकम्पपीडित बिचल्लीमा परेका बेला सरकार भने उनीहरूकै लागि आएको राहतको चामल बेच्न लागेको छ । बंगलादेश सरकारले भूकम्पपीडितका लागि राहत स्वरूप पठाएको ७८ हजार क्विन्टल चामल वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशनमा नेपाल खाद्य संस्थानले बिक्री गर्न लागेको हो ।गत जेठमा नेपाल आएर खाद्य संस्थानको विभिन्न गोदाममा थन्किएको सो चामल अहिले आएर बेच्ने तयारी अघि बढाइएको छ । बंलगादेशले पठाएको राहतको चामल संस्थानको थापाथली, लहान र बिर्तामोड गोदाममा विगत आठ महिनादेखि थन्काएर राखिएको छ । खाद्य संस्थानका प्रवक्ता एवं वितरण विभाग प्रमुख श्रीमणिराज खनालले राहतमा आएको चामलका लागि स्थानीय प्रशासनबाट माग नै नआएकाले बेच्न लागिएको जानकारी दिए ।‘बं

महिला हिंसाविरुद्धको अभियानका चार बुहारी सम्मानित

इटहरी, मंसिर २५ । महिला हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा चार बुहारीलाई सम्मान गरिएको छ । उनीहरुलाई घरपरिवार अघि बढाउनका लागि उदाहरणीय कार्य गरेको भन्दै सम्मान गरिएको हो ।कार्यक्रममा गोरखा डिपार्टमेन्ट सञ्चालनमा ठूलो योगदान दिने अञ्जु आचार्य तथा परिवारको सफलताका लागि अग्रणी भूमिका खेल्ने बुहारीहरु लीला लम्साल दुर्गा दङ्गाल र पवित्रा बराललाई दोसल्ला ओढाएर फूलमाला लगाएर सम्मान गरिएको हो ।कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले उनीहरुलाई सम्मान गर्दै परिवार वा राष्ट्रको सफलताका लागि महिलाको योगदान उदाहरणीय हुने विश्वास व्यक्त गरे ।महिला हिंसाविरुद्धको १६ दिने अभियानकी संयोजक कमला खड्काको सभापतित्वमा भएको कार्यक्रममा परिवार अर

कठ्याङ्ग्रिदो जाडोमा खुला चौरमै पढाई

म्याग्दी, मंसिर २५ । भारतको अघोषित नाकाबन्दीका कारण निर्माण सामग्रीको अभावले विद्यालय भवन निर्माण हुन नसक्दा म्याग्दीको एक विद्यालयका विद्यार्थी मङ्सिरको जाडोमा कठ्याङ्ग्रिदैै खुला चौरमा बसेर पढ्न बाध्य भएका छन् ।म्याग्दीको बेनी नगरपालिका–३ ज्यामरुककोट फापरखेतको खड्गभवानी प्राविको भवन गत वैशाखको विनाशकारी भूकम्पका कारण चर्किएर बस्नै नसक्ने भएपछि असारबाट निर्माण गर्न लागिएको थियो ।पहिला वर्षा र त्यसपछि लगत्तै भएको नाकाबन्दीका कारण आवश्यक निर्माण सामग्रीको अभावमा भवन निर्माण हुन नसकेपछि विद्यार्थी खुला चौरमा बसेर पढ्न बाध्य भएको विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर चर्मकारले बताए ।विद्यालयको भवन बस्नै नमिल्ने गरी चर्किएपछि जिल्ला

ताइवानमा शक्ति समूहकी सुनितालाई एक लाख डलरको अन्तरराष्ट्रिय अवार्ड मुलुकका नाममा लागेको कलंक मेट्न उर्जा मिलेको छ-दनुवार

२४ मंसिर, काठमाडौ । मानव बेचबिखन विरुद्ध क्रियाशील शक्ति समूहकी संस्थापक तथा अध्यक्ष सुनिता दनुवार एशिया डेमोक्रेसी एण्ड हृयुमन राईट्स अवार्डबाट सम्मानित भएकी छन् ।ताइवान फाउन्डेशन फर डेमोक्रेसी नामक संस्थाले स्थापना गरेको यो अवार्ड पाउने दनुवार पहिलो नेपाली हुन् । अन्तर्राष्ट्रिय मानव अधिकार दिवस १० डिसेम्बरको अवसरमा विहिवार ताइवानको ताइपेईमा आयोजित समारोहमा नेपाली चेली दनुवारलाई अवार्ड प्रदान गरिएको हो ।एक लाख डलर राशीको यो अवार्ड मानव बेचबिखन विरुद्ध र मानव अधिकारको पक्षमा निरन्तर संघर्ष गर्ने व्यक्ति वा संस्थालाई हरेक वर्ष प्रदान गरिने अन्तरराष्ट्रिय सम्मान हो । दनुवारले १५ औं अवार्ड पाएको सो संस्थाले जनाएको छ ।

नाकाबन्दी खोल्न मधेसी मोर्चालाई भारतको सुझाव

काठमाडौं, मंसिर २१ । भारतीय विदेश मन्त्री सुष्मा स्वराज र दिल्ली भ्रमणमा रहेका मधेसी मोर्चाका नेताबीच आइतबार साँझ भेटवार्ता भएको छ ।मधेसी नेताका लागि आयोजित रात्रीभोजमा विदेश मन्त्री स्वराजले मोर्चाका नेताहरूलाई समावेशी नेपाल बनाउन भारतको सधैं सहयोग रहने बचन दिए ।भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपका अनुसार भेटमा स्वराजले संविधानमा सबैको अपनत्व हुनुपर्ने र राजनीतिक समाधानमा पुगी स्थितिलाई सामान्यीकरण गर्न सुझाव दिएकी हुन ।प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादीले मधेस आन्दोलनबारे तयार पारेको तीन बुँदे साझा प्रस्ताव अस्वीकार गर्दै दिल्ली लागेका मोर्चाका नेताले आइतबार दिनभर भारतका अरु विभिन्न दलका नेतालाई पनि भेटेका थिए

दिल्लीमा यसरी छर्दैछन् भारतीय पत्रिकाले नेपालबारे भ्रम मधेसीविरुद्ध चीन र माओवादी लागेको गफ

२१ मंसिर, नयाँदिल्ली । नेपालबाट मधेसी नेताहरु दिल्ली भ्रमणका आएका बेला सोमबार बिहानै यहाँको सहारा राष्ट्रिय दैनिकले प्रकाशित गरेको मनगढन्ते समाचार हेर्ने हो भने नेपालीहरुलाई उदेक लाग्न सक्छ । दिल्लीबाट प्रकाशित यो पत्रिकाले नेपालमा मधेसीहरुले चलाइरहेको आन्दोलनको विरोधमा माओवादीहरु त्रिएको लेखेको छ । साथै भारतीय राजदूत रञ्जित रेमाथि प्रहार भइरहेको र चीनले पहाडी र मैदानी क्षेत्रका नेपालीमाथि वैमाश्यता बढाउने काम गरिरहेको लेखेको छ ।नेपाल र भारतवीचको सम्बन्ध विगार्नमा भारतीय मिडियाहरुले कस्तो भूमिका खेलिरहेका छन् भन्ने त यो समाचारले पुष्टि गरेको छ नै, अझ भारतीय मिडियाहरु पत्रकारिताको सिद्धान्तकै हिसाबले पनि कति केटौले र हावादारी भूमिका खेल्दैछन् भन्ने उनीहरुको स्तर पनि यो समाचारले देखाएको छ ।

सरकार, प्रमुख प्रतिपक्षी कांग्रेस र मधेसी मोर्चाबीच आज वार्ता हुँदै -

काठमाडौं, मंसिर १४ । सरकार, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र आन्दोलनरत मधेसी मोर्चाबीच आज(सोमबार)वार्ता हुँदैछ । मधेस आन्दोलनका माग सम्बोधन गर्ने उद्देश्यका साथ प्रधामन्त्री केपी ओलीले बोलाएको वार्तालाई निकै महत्वका साथ हेरिएको छ ।बिहान ११ बजे पछि प्रधानमन्त्री निवास बालुवाटारमा सुरु हुने त्रिपक्षीय बैठकमा मधेशका मागबारे तीन पक्षबीच सहमति खोज्ने अधिकतम प्रयास हुने अपेक्षा गरिएको छ ।भरसक तीन ठूला दलबीच मधेसको मागबारे साझा धारणा बनाउने तयारी गरिएको बताइएको छ । पछिल्लोपटक औपचारिक रूपमा २ मंसिरमा सरकार र मधेसी मोर्चाबीच भएयता दुई पक्षबीच वार्ता भएको छैन ।मोर्चाले यसअघि नै सरकारसमक्ष ११ बुँदे माग पेश गरिसकेको छ । मोर्चाका नेताहरुले आफ्ना मागबारे प्र

क्रान्तिकारीका नेता सामुहिक राजीनामा बोकेर प्रचण्डनिवासमा नारायणकाजी पक्षधरलाई पँजनी गरिएको गुनासो

१४ मंसिर, काठमाडौं । अखिल क्रान्तिकारीको प्रथम विस्तारित बैठकमा विवाद भएपछि असन्तुष्ट पक्षका नेताहरुले प्रचण्डनिवासमा सामुहिक राजीनामा बुझाउने तयारी गरेका छन् ।राजधानीमा आइतबार सम्पन्न विस्तारित बैठकमा पार्टीका तर्फबाट इञ्चार्ज बनेर खटिएका जनार्दन शर्मा प्रभाकरले आफ्नै भाइ अनिल शर्मालाई जबरजस्ती महासचिव बनाएको र नारायणकाजी  श्रेष्ठ पक्षका उपाध्यक्ष सुदीप कुँवरलाई हटाइएको भन्दै असन्तुष्ट नेताहरुले प्रचण्डसमक्ष राजीनामा बुझाउने तयारी गरेका हुन् ।सामुहिक राजीनामा बुझाउने टोलीमा उपाध्यक्ष मदन अर्यालसहित करिब २५ जना छन् ।कुँवर बरिष्ठ उपाध्यक्ष भए पनि पूर्वएकताकेन्द्र समूहका भएकाले आगामी अध्यक्ष बन्न नदि

राजमार्गमा सिलिण्डर बम भेटियो

१३ मंसिर, सप्तरी । सप्तरीको पोर्ताहा गाविसस्थित पूर्व पश्चिम राजमार्गमा आईतबार बिहान सिलिण्डर बम फेला परेको छ । पोर्ताहा गाविस ८ स्थित महुली पुलको तल बालुवामा फेला परेको सिलिण्ड बम कसले र किन राखेको भन्ने खुल्न नसकेको सप्तरी प्रहरीले जनाएको छ ।दुईवटा ग्यासलाई पड्काउने नियतले तार तथा सुतरीमा पेट्रोल हालेर जडान गरिएको थियो ।बम फेला परेको स्थानमा सुरक्षा दिइरहेको र निष्क्रिय पार्न सेनाको बम डिस्पोजल टोली आउँदै गरेको इलाका प्रहरी कार्यालय भारदहका इन्चार्ज सुरेन्द्र खेरबार यावदले जानकारी दिए ।

भारतले अह्राएर मधेसमा आन्दोलन भएको होइन: गगन थापा

८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवं सांसद गगन थापाले मधेसमा भइरहेको आन्दोलन संविधानसभासँग जोडिएको बताएका छन् । सो आन्दोलनमा कांग्रेस र एमालेलाई मतदान गर्ने जनतालेसमेत सहभागी जनाइरहेको थापाले बताएका छन् ।राजधानीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा युवा नाता थापाले मधेसको समस्याको कारण र समाधानको उपाय यसरी बताए:तीन महिनादेखि मधेस ठप्प छ, यो राजनीतिक विषय हो । हामी काठमाडौंबाट हेर्दै गर्दा त्यहाँ कहिले भारत देख्छौं त कहिले मधेसी मोर्चाका नेताहरुको अनुहार देख्छौं ।नेपालको मधेसको आन्दोलनका बारेमा, मधेसले उठाएको अधिकारका विषयमा भारत चिन्तित भएर नेपालमाथि नाकाबन्दी गरिरहेको छ र नेपालको सरकारलाई गलाउन खोजिरहेको छ भन्ने भ्रमबाट कम्तिमा म मुक्त छु ।

गाडी छुटाउन घुस माग्छन् भारतीय प्रहरी र भन्सार अधिकारी प्रतिगाडी १ लाख रुपैयाँसम्म घुस तिर्दै ब्यापारी

७ मंसिर, काठमाडौं । भारतले गरेको अघोषित नाकाबन्दी भारतीय प्रहरी र भन्सारका अधिकारीको कमाउ धन्दा बनेको खुलेको छ । पछिल्लो समय सीमा सुरक्षा बल र भन्सार अधिकारीहरुले गाडी छुटाउन रकम माग्न थालेको गुनासो ब्यापक भएको हो ।भारतीय भूमीबाट गाडी पठाउन आनाकानी भएपछि छुटाउन जाने ब्यापारीहरुसँग भारतीय प्रहरी र भन्सार अधिकारीले घुस माग्ने गरेको नेपाली भन्सार अधिकारीहरुले बताएका छन् ।‘एउटा गाडी छुटाउन एकलाख रुपैयाँसम्म ब्यापारीले बुझाएका छन्,’ भैरहवाका एक भन्सार अधिकारीले भने, ‘तिहार अघि यो क्रम झन् ब्याप्त थियो । तिहारमा बालिने झिलमिली बत्ती बोकेका गाडीले एकलाख रुपैयाँसम्म घुस बुझाएर भन्सार छुटाएको पाइयो ।’

आज तिहारको चौथो दिन गोवर्द्धन पूजा गरिँदै

२६ कात्तिक, काठमाडौं । यमपञ्चकअर्थात् तिहारको चौथो दिन आज गाई, गोवर्द्धन, गोरुको पूजाआजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जतिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ ।स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ ।गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास रहेको छ । नेपालका कतिपय भाग र केही समुदायमा कात्तिक कृष्ण औँसीकै दिनमा गाईपूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्र

अाजदेखि नेपाल संवत् ११३६ सुरू, म्हः पूजा पनि आजै

२६ कात्तिक, काठमाडौं । नेपाल संवत् ११३६ आज नेपाल राज्यभर विविध कार्यक्रम गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् ।राष्ट्रिय विभूति शङ्खधर साख्वाले इसं ८८० मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवत्को सुरुवात गराउनुभएको थियो । नेपाल संवत्ले चन्द्रशम्शेरको शासनकाल विसं १९६० सम्म राष्ट्रिय संवत्को मान्यता पाएको संस्कृतिविद् सत्यमोहन जोशीले जानकारी दिए ।‘लिच्छविकालका राजा राजवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् राणाशासनसम्म मौलिक संवत्का रुपमा चलेको थियो, लिच्छविकालअघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो’ जोशीले भने ।विसं १९६० बाट भने नेपाल संवत्लाई राष्ट्

नाकाबन्दीविरुद्ध बेलायती प्रधानमन्त्रीलाई पूर्वगोर्खा सैनिकको पत्र - बेलायती संसद अगाडि मोदीविरुद्ध नेपालीहरुले प्रदर्शन गर्ने -

२६ कात्तिक, काठमाडौं । ब्रिटिश गोरखा भूतपूर्व सैनिक संगठन (बिगेसो) ले भारतद्वारा नेपालमा लगाइएको अनाधिकृत नाकाबन्दीका विषयमा बेलायती प्रधानमन्त्री डेभिड क्यामरनलाई लिखित ध्यानाकर्षण गराएको छ ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बेलायत भ्रमणको पूर्वसन्ध्यामा क्यामरनलाई ज्ञापनपत्र बुझाउँदै पूर्वगोर्खा सैनिकहरुले नाकाबन्दी खुलाउने पहल गरिदिन क्यामरनलाई आग्रह गरेका हुन् ।बिगेसोले बेलायती प्रधानमन्त्रीलाई बुधबार बुझाएको ज्ञापनपत्रमा भारतले गरेको नाकाबन्दी गैरकानूनी र बदनियतपूर्ण रहेको उल्लेख छ ।भारतले नेपालको तराईलाई बाँकी देशबाट अलग गराउन खोजिरहेको उल्लेख गर्दै ज्ञापनपत्रमा भनिएको छ, ‘यस मागले हाम्रो मातृभूमिलाई आफू अधीनस्थ राख्ने तथा अथाह जलस्रोत सधैं

सहमतिको सरकार गठनका लागि पहल गर्ने एमाओवादी निर्णय

२२ असोज, काठमाडौं । एकीकृत नेकपा एमाओवादीले राष्ट्रिय सहमतिको सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको छ । साथै उसले आफ्ना ८ बुँदे अवधारणा अघि सार्दै कांग्रेस र एमालेसँग छलफल गर्ने भएको छ ।शुक्रबार बसेको एमाओवादी स्थायी समितिको बैठकमा सरकार गठनबारे छलफल भएको थियो । बैठकले राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको भन्दै पहल गर्ने निर्णय गरेको कोषाध्यक्ष हरिबोल गजुरेलले जानकारी दिए । उनले भने,(‘राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्छ । यसअघि भएको अनौपचारिक सहमतिलाई समेत ध्यान दिँदै सहमतिको पहल गर्नुपर्छ भन्ने निर्णय भएको छ ।’बैठकको निर्णय लगतै एमाओवादी नेताहरु एमाले नेताहरुसँग छलफलका लागि गएका छन् । गजुरेलका अनुसार यसअघि तयार भएको ६ बुँदे आधारमा नयाँ दुई बुँदा थपिएको छ र त्यस आधारमा कांग्रेस र एमाले नेतृत्वसँग सहमतीय सरकार गठनबारे छलफल हुनेछ ।

अमेरिकाले भन्यो-नेपालको सीमानामा नाकाबन्दी छ कांग्रेसले नाकाबन्दी भन्न डराएकाबेला अमेरिका बोल्यो

२२ असोज, काठमाडौं । भारत सरकारले नेपालमा नाकाबन्दी नगरिएको भनेर पटक-पटक प्रष्टिकरण दिइरहेको र प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले समेत नाकाबन्दी भन्न नसकेकाबेला अमेरिकाले नेपाल नाकाबन्दीमा रहेको सूचना जारी गरेको छ ।काठमाडौंस्थित अमेरिकी दूतावासले विहीवार अमेरिकी नागरिकहरुका लागि जारी गरेको ‘ट्राभल एड्भाइजरी’मा भारतीय सीमामा नाकाबन्दी गरिएको प्रष्ट शव्दमा उल्लेख छ ।दूतावासले अझै दुई-तीन साता नाकाबन्दी नखुल्ने संकेत गर्दै यस अवधिमा नेपाल भ्रमण गर्दा इन्धन लगायतको अभावका कारण समस्या पर्नेतर्फ आफ्ना नागरिकलाई सचेत गराएको छ ।यसअघि युरोपेली युनियनले नेपालमा नाकाबन्दी भएको भन्ने शव्द प्रयोग नगरी नेपालमाथि आइपरेका मानवीय संकटमा सघाउन युनियन तयार रह

दुबईका जेलमा रहेका नेपालीको उद्धारका लागि एनआरएन युएईद्वार पहल सुरु

असोज २२ - सयुत्त अरब एमिरेट्स युएईका विभिन्न राज्यका जेलमा रहेका नेपालीको अवस्था बारे एनआरएन युएईले अध्ययन सुरु गरेको छ । दूतावासको समन्वयमा युएईका जेलमा पुगेर जेल जीवन बिताइरहेका नेपालीसँग प्रत्यक्ष भेटी उनीहरुको मुद्दा र कानूनी प्रकृयाका बारे अध्ययन सुरु गरेको हो ।बिहीबार मात्र गैरआवसिय नेपाली संघ युएईको एक टोलीले युएईको दुबई जेलमा पुगेर त्यहाँ रहेका नेपालीलाई भेटेको हो । एनआरएन युएईका उपाध्यक्ष रमेश श्रेष्ठ तथा महिला संयोजक कल्पना राईको टोलीले दुबईको अल अविरमा रहेको सेल्ट्रल जेलमा पुगेर त्यहाँ कैदी जीवन बिताइरहेका नेपालीसँग भेटघाट गरेको हो । नेपाली दूतावास युएईको सिफारिसका आधारमा संघको टोलीले जेल भ्रमण सुरु गरेको एनआरएन युएईका अध्यक्ष सुदिप कार्कीले जानकारी दिनुभयो ।दूतावासको सहयोगमा युएईका विभिन्न जेलमा गएर अध्ययन गर्ने बारे छलफल भएको र एनआरएनले पहिल

महजोडी समेतको अगुवाईमा पशुपतिमा भारतीय प्रधानमन्त्री मोदीको क्षमापूजा

 असोज २१ – भारतले नेपालमा अघोषित नाकाबन्दी लगाएपछि यसको चौतर्फी बिरोध भैरहेको छ । बिरोधमा रहेका नेपालीहरुले बिभिन्न रचनात्मक र व्यंग्यात्मक प्रस्तुतिलाई पनि निरन्तरता दिएका छन् । यही क्रममा बिहीबार बिहान पशुपतिनाथमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको क्षमापूजा भएको छ ।व्यंग्यात्मक रुपमा भारतीय प्रधानमन्त्री मोदीलाई क्षमा गरिदिन पशुपतिनाथ मन्दिरमा क्षमा पूजा भएको हो । हाँस्यव्यंग्य कलाकार मनोज गजुरेल मोदीको भेषमा क्षमा पूजामा बसेका थिए । वरिष्ठ हाँस्यव्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य सहित नागरिक समाजका अगुवाहरुको अगुवाईमा भएको कार्यक्रममा सयौंको उपस्थिति थियो । 

कांग्रेसले प्रधानमन्त्रीको उम्मेद्वारीका विषयमा छलफल गर्ने

२० असोज, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक बुधबार बस्दैछ । प्रधानमन्त्री सुशील कोइरालाको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा सरकार गठनका विषयमा छलफल गर्ने नेपाली कांग्रेसले जनाएको छ ।प्रधानमन्त्री कोइरालाले नयाँ सरकार गठनका लागि माग प्रशस्त गरेपछि राष्ट्रपतिले सहमतीय सरकार गठन गर्न आग्रह गरेका छन् । सोही आग्रह अनुसार नेकपा एमालेले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीका रुपमा अघि सारेको छ ।संविधान जारी गर्नुअघि प्रमुख दलका शीर्ष नेताहरुबीच भएको भद्र सहमतिअनुसार एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाउने वा नेपाली कांग्रेसले नै नयाँ सरकारको पनि नेतृत्व गर्ने भन्ने विषयमा आज छलफल हुने कांग्रेसले जनाएको छ ।यसअघि कांग्रेसको पदाधिकार

विद्युत प्राधिकरणका कार्यकारी निर्देशकलाई निगरानीमा राख्न मन्त्रालयको पत्र

२० असोज, काठमाडौं । उर्जा मन्त्रालयले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेलाई निगरानीमा राख्न भन्दै गृह मन्त्रालयलाई पत्र पठाएको छ ।भ्रष्टाचार अभियोगमा अख्तियारले कारबाहीको निर्देशन दिएपछि मन्त्रालय तानिएका काफ्लेले हाजिर हुन नमानेपछि निगरानीमा राख्न गृहमन्त्रालयलाई पत्राचार गरिएको हो ।उर्जा सचिव राजेन्द्रकिशोर क्षत्रीले हस्ताक्षर गरी पठाएको पत्र गृह मन्त्रालयमा पुगिसकेको राजधानी दैनिकमा खबर छ ।‘मन्त्रालयमा हाजिर हुन निर्देशन दिएकोमा अस्वीकार गरेकाले विभागीय कारबाहीका लागि सिफारिस भएको व्यक्तिले हतारमा विभिन्न निर्णय गर्न सक्ने भएकाले निगरानीका लागि पत्र लेखेको हो,’ उर्जा सचिव क्षेत्रीले भने ।

भारतीय दूतावासले नेपाल आयल निगमसँग पेट्रोल माग्यो

२० असोज, काठमाडौं । भारतले नेपालविरुद्ध लादेको अघोषित नाकाबन्दीबाट इन्धन अभाव चर्किएका बेला काठमाडौंस्थित भारत लगायत विभिन्न दूतावास तेल माग्न नेपाल आयल निगम पुगेका छन् ।उनीहरुले दैनिक कामकाज रोकिने अवस्था आएपछि तेल उपलब्ध गराइदिन सोमबार परराष्ट्र मन्त्रालयमार्फत निगमलाई लिखित आग्रह गरेका हुन् । भारतीय दूतावासभित्र उसले आफ्नै पेट्रोल पम्प छ । भित्रै तेल सकिएपछि दूतावास निगमको शरणमा पुगेको नागरिकमा खबर छ ।भारतीय दूतावास जस्तै नेपालमा रहेका कूटनीतिक नियोगमध्ये १५ वटामा तेल सकिएको छ । सबैले परराष्ट्रमन्त्रालयमार्फत पत्राचार गरी तेल मागेको निगमसम्बद्ध स्रोतले जानकारी दियो ।

संघीय मधेसी मोर्चा हस्ताक्षर संकलन गर्दै

असोज २० । नेपाल सदभावना पार्टीसहित संघीय मधेसी मोर्चाले संयुक्त राष्ट्रसंघमा बुझाउनका लागि तराई–मधेसमा हस्ताक्षर संकलन गरिरहेको छ ।मधेस आन्दोलनलाई सरकार र प्रमुख राजनीतिक दलले उपेक्षा गर्दै आएको भन्दै मोर्चाले हस्ताक्षर संकलन गरेर अन्तर्राष्ट्रिय समुदायको ध्यानाकृष्ट गर्ने जनाएको छ ।नेपाल सदभावना पार्टीका अध्यक्ष अनिलकुमार झाका अनुसार प्रमुख दलहरु कांग्रेस, एमाले र एमाओवादीले नयाँ संविधानमा मधेसी जनताको सहमति रहेको दाबी गर्दै नयाँ संविधानको विरोधमा मधेसको सानो समूह रहेको बताउँदै आएका कारण हस्ताक्षरमार्फत जनमत सार्वजनिक गर्न थालिएको हो ।उनले साताव्यापी रुपमा हस्ताक्षर संकलन भइरहेको भन्दै तराई–मधेसबाट ४० लाख जनताको हस्ताक्षर संकलन गर्ने लक्ष

दक्ष शिक्षक नहुँदा दृष्टिबिहीन बालबालिकालाई पढ्न समस्या

मुगु, असोज १६ – मुगुको श्रीकोट गाविसको नेपाल राष्ट्रिय प्राथमिक विद्यालय बालमन्दिरका दृष्टिबिहीन तथा कम दृष्टिका बालबालिकालाई पढाउन दक्ष शिक्षक नहुँदा समस्या भएको छ ।विद्यालयमा १० जना दृष्टिबिहीन तथा कम दृष्टिका विद्यार्थी विभिन्न कक्षामा पढ्ने भएपनि उनीहरुलाई सहजीकरण गर्न एक जना मात्रै शिक्षक छन् । कक्षा १ देखि कक्षा ५ सम्म पढ्ने विद्यार्थीका लागि स्रोत शिक्षक हिरालाल रावलले सहजिकरण गर्दै  आउनुभएको छ । जिल्लाका विकट गाउँबाट विद्यालयको आवासमा बसेर पढ्दै गरेका दृष्टिबिहीन बालबालिकाले शिक्षक नहुँदा पढ्न समस्या भएको बताएका छन् । कक्षा ५ मा पढ्दै गरेका दाम कृष्ण साउदले भने ‘कक्षामा शिक्षकले भनेका कुरा सुनेर पढ्नुपर्छ,

मधेसी मोर्चासँग आज पनि तीन दलको वार्ता

काठमाडौं, असोज १५ । प्रमुख तीन दलले गठन गरेको वार्ता टोली र मधेसी मोर्चाबीच आज (शुक्रबार) पनि वार्ता हुने भएको छ ।लामो समयदेखि तराईमा भइरहेको आन्दोलनका माग वार्ताबाट समाधान गर्न दुबै पक्ष सकारात्मक देखिएका छन् । बिहीबारदेखि औपचारिक वार्ता शुरु भएसँगै दुई पक्षबीच अविश्वास घट्दै गएको नेताहरुले बताएका छन् ।सरकारले मधेस केन्द्रीत दललाई वार्ताको वातावरण बनाउन उनीहरुका मागबमोजिम अघि बढ्न सकिने स्पष्ट पार्दै भन्सार र राजमार्गमा अवरोध गर्नेलगायतका सम्पूर्ण विरोधका कार्यक्रम फिर्ता लिन आग्रह गरेको छ । तर मोर्चाले भने सीमांकनसहितका विवाद समाधान नभएसम्म आन्दोलन फिर्ता नलिने अडान राखेको छ ।मन्त्रिपरिषद्को 

बिदेशीले नेपालको संबिधानप्रति चिन्तित हुनुपर्ने कारण छैनः मन्त्री पण्डित

काठमाडौं, असोज १० । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले बिदेशीको बिचार बोक्न नहुने भन्दै नाकाबन्दी लगायतका समस्या चाडै हट्ने दावी गरेका छन ।राजधानीमा आयोजित ‘भूकम्प पश्चात पर्वतारोहण क्षेत्रको अवस्था’ विषयक अन्तरक्रिया तथा सम्मान कार्यक्रममा उनले कुनै पनि बिदेशीले संबिधानप्रति चिन्तित हुनुपर्ने कारण नभएको बताए ।नेपालीले अरुको बिचार बोक्न नहुने भन्दै उनले देशले स्वतन्त्र रुपमा निकास दिन सक्ने बताए । संबिधानमा असन्तुष्ट रहेका दलहरुको जायज माग स्वीकार्न सकिने भन्दै उनले न्याय प्रणाली बाहेक सबै ठाउँमा समानुपातिक व्यवस्था भएको बताए । अंगिकृत नागरिकता पाउनसाथ राष्ट्रपति, प्रधानमन्त्री र सभामुख बन्ने व्यवस्था छिमेकी मुलुकमै नभएको भन्दै उनले

सरकार भन्छ- चिनी र नुन टन्नै छ, नआत्तिनोस्

१० असोज, काठमाडौ । भारतले नाकाबन्दी लगाए पनि राजधानीमा अहिले कुनै पनि खाद्य समाग्रीको अभाव नरहेको सरकारले जनाएको छ ।बाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले बजारमा कुनै खाद्यान्न सामाग्रीको अभाव नरहेको भन्दै हल्लाको पछाडि नलाग्न सबैलाई आग्रह गरेको छ ।केही ठाउँमा नुन र चिनीको अभाव भएको भन्दै ब्यापारीले कालोबजारी सुरु गरेका छन् । तर, साल्ट ट्रेडिङ कर्पोरेसनले त्यो हल्ला मात्रै भएको स्पष्ट गरेको छ । ‘हामीसंग अझै ८ महिनालाई पुग्ने नुन मौज्दात छ’ साल्ट ट्रेडिङका प्रवक्ता कुमारराज भण्डारीले अनलाइनखबरसँग भने-‘१ लाख १३ हजार टन नुन हाम्रा विभिन्न गोदाममा भण्डार भएर बसेका छन् ।’यस्तै चिनी पनि पर्याप्त मौज्दात रहेको उनले बताए । ‘हामीसँग १२ हजार टन चिनी मौज्दात छ । निजी क्षेत्रले यसअघि देखि नै नेपालम

उपेन्द्र धर्ना बसेको रानी भन्सारमा भारतीय सीमाबाट प्रहरीमाथि ढुंगा प्रहार

१० असोज, बिराटनगर । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव बिराटनगरको रानी भन्सार नाकामा धर्नामा बसेका छन् ।भारतले अघोषित नाकाबन्दी गरिरहेको अवस्थामा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा मोर्चाका कार्यकर्ताले रानीको दुई नम्बर ढाटमा धर्ना दिएका थिए ।उपेन्द्र धर्ना बसेको स्थानमा भारतीय युवा तथा मधेसी मोर्चाका कार्यकर्ताले भारतीय भूमिबाट नेपाली प्रहरीमाथि ढुंगामुढा गरेका छन् ।भारतीय युवाहरुले ढुंगा तथा खाली बोतल प्रहार गरेको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक गंगा पौडेलले बताए । उनका अनुसार ५०/६० जनाको समूहले भारतीय सीमाक्षेत्रवाट नेपाली प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए ।आन्

भूकम्पले भत्केको घर पन्छाउँदा ज्यान गयो

नुवाकोट, असोज ४ - नुवाकोटको गाउँखर्कमा भूकम्पले भत्काएको घर पन्छाउने क्रममा च्यापिएर एक जनाको ज्यान गएको छ । अर्का एक जना घाइते भएका छन् । गाउँखर्क – ७ गोल्जाङमा १२ बैशाखको भूकम्पले भत्काएको आफ्नै घर सोमबार पन्छाउने क्रममा च्यापिएर ३० वर्षका सन्तमान तामाङको ज्यान गएको स्थानीय शिक्षक रञ्जित थापाले जानकारी दिनुभयो । घर भत्किँदा गम्भीर घाइते भएका सन्तवीरको राउतवेशी स्वास्थ्य केन्द्रमा उपचार गर्न ल्याउँदै गर्दा बाटामै मृत्यु भएको हो । घर भत्किँदा त्यहिँ ठाउँका सुकुवीर तामाङ गम्भीर घाइते हुनुभएको छ । घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । 

रौतहटको गरुडामा झडप, साँझबाट कर्फ्यू लाग्यो

४ भदौ, काठमाडौं । रौतहटको मध्यवर्ती क्षेत्र गरुडामा प्रहरी र आन्दोलनकारीबीच भडप भएको छ । झडपमा ६ जना घाइते भएका छन् ।स्थानीय प्रशासनले साँझ ५ बजेदेखि अर्को आदेश नहुँदासम्मका लागि कर्फ्यू आदेश जारी गरेको छ ।गरुडाको मथुर चोकमा प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष प्रचण्ड र गृहमन्त्री बामदेव गौतमको पुतला जलाउनुका साथै नयाँ संविधान जलाउन लाग्दा प्रहरीले हस्तक्षेप गरेको थियो ।झडपका क्रममा प्रहरीको गोली लागेर दिलिप जयसवाल, अरबिन्द राय, सिकित राय, अशोक साह, इन्द्रजित पंडित लगायत ६ जनालाई रबर बुलेटको छर्रा लागेर घाइते

सभामुखले भनेः ‘नयाँ संविधानले सबै पक्षलाई समेटेको छ’

काठमाडौं, असोज २ । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधानसभाबाट घोषणा हुन लागेको संविधानले सबै पक्षलाई समेटेको दाबी गरेका छन् ।नेकपा एमाले इलाम–काठमाडौं सम्पर्क मञ्चको आठौं सम्मेलनलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै संविधानसभाका अध्यक्ष नेम्वाङले घोषणा हुन लागेको संविधानले हिमाल, पहाड, तराई, मधेशलगायत सबै क्षेत्रका जनतालाई समेटिएको बताएका हुन ।उनले लोकतान्त्रिक बिधि र प्रक्रियाबाट अत्यधिक बहुमतले पारित भएको नेपालको संविधान विश्वकै उत्कृष्ट समावेशी संविधान भएको दाबी गरे  ।संविधानप्रति असन्तुष्टहरुका माग संविधान संशोधनबाट पूरा गर्न सकिने भएकाले अहिले नै निराश भइहाल्नुपर्ने अवस्था नरहेको उनको भनाइ थियो ।

बीपीलाई सम्झिए कमल थापाले

काठमाडौं, भदौ २४ । नेपाली कांग्रेसका आदर्श पुरुष तथा संस्थापक नेता बीपी कोइरालालाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले सम्झना गरेका छन् ।बीपी जन्मजयन्तीका अवसरमा थापाले बिहीबार बीपीको सम्झना गरेका हुन् ।उनले बीपीले प्रतिपादन गरेको राष्ट्रिय मेलमिलाप मुलुकका लागि अहिले आवश्यक भएको ठहर गर्दै बीपीलाई सम्झिएका हुन् ।राप्रपा नेपालका अध्यक्ष थापाले ट्वीट गर्दै लेखेका छन्, ‘बीपी जयन्तीका अवसरमा राष्ट्रिय मेलमिलापको आदर्शलाई आत्मसात गर्ने प्रण गरौं, देशलाई संकटबाट मुक्त पारौं । त्यो उहाँप्रति सच्चा श्रद्धाञ्जली हुनेछ ।’

संविधानसभा असफल बनाउन मधेस आन्दोलन:एमाले सभासद नागेन्द्रप्रसाद थारु -

काठमाडौं, भदौ २४ । नेकपा एमालेका सभासद नागेन्द्रप्रसाद थारुले थरुहट प्रदेश बनाउन नसकिने बताएका छन । उनले पूर्व झापा देखि पश्चिम कैलालीसम्म वसोवास गर्ने थारु समुदाय सबै जातजतिसंग मिलेर वसिरहेका अवस्थामा थारुजातिका लागि मात्र प्रदेश माग्नु गलत भएकोे दावी गरेका छन ।सभासद थारुले भने बरु कञ्चनपुर देखि दाङ्ग सम्म एउटै कलष्टरमा राख्न सकिन्छ । यसका बारेमा मैले आन्दोलनको नेतृत्व गरिरहेका थारु नेताहरुसंग कुरा गरिसकेको छु उहाँहरुले मसंग सहमति पनि जनाउनु भएको थियो तर सरकारका सामु उहाँहरु आउन सक्नु भएको छैन । सभासद थारुले, "अहिलेकोे मधेस आन्दोलन संविधानसभा असफल बनाउने षड्यन्त्र भएको बताउँदै मुलुकको स्थितिलाई असामान्य बनाउन ठूलो चलखेल भईरहेको दावी गरेका छन ।" "मेधेसी , थारु , आदिवासी जनजाति सबैको हक अधिकार संविधानमा सुनिश्चित गरिएको छ , बाँकी रहेका विषयलाई पनि संबोधन गर्छौ नेताहरुले भनेकै छन । यी सबै कुरालाई बे

सप्तरीमा विहानै देखि प्रदर्शन, तीनवटा सरकारी कार्यालयमा आगजनी -

सप्तरी, भदौ २४ । संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले सप्तरीमा तीन वटा सरकारी कार्यालयमा आगजनी गरेका छन् ।मोर्चाका कार्यकर्ताल बुधबार राती सदरमुकाम राजविराजमा रहेको जिल्ला पशु सेवा कार्यालय, जिल्ला वन कार्यालय र जिल्ला शिक्षा कार्यालयमा आगजनी गरेका हुन् ।आगजनीबाट जिल्ला पशु सेवा कार्यालय र जिल्ला वन कार्यालयमा क्षति पुगेको छ भने शिक्षा कार्यालयमा लगाएको आगो कर्मचारी नियन्त्रणमा लिएका थिए ।बिहीबार पनि बिहानैदेखि मोर्चाका कार्यकर्ताले राजबिराजमा प्रदर्शन जारी राखेका छन् । उता, प्रदर्शन उग्र बन्दै गएपछि स्थानीय प्रशासनले भारदह र पोर्ताहमा बुधबार दिउँसो २ बजेदेखि लगाएको कर्फ्यु बिहीबार बिहान ६ बजे हटाएको छ ।कर्फ्यु  हटाएसँगै यहाँ पनि प्रदर्शन शुरु भएको छ । सप्तरीको भारदह पोर्ताह चोकमा प्रहरी र प्रदर्शनकारीबीच बुधबार भएको झडपमा एक जनाको मृत्यु भएको थियो ।अबरुद्ध बाटो खुलाउने क्रममा प्रदर्शनकारी

बन्दको अवज्ञा गरेको भन्दै ट्रकमा अगाजनी

२२ भदौ, भैरहवा । रुपन्देहीमा बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताहरुले एक ट्रकमा आगजनी गरेका छन् ।सोमबार राति लुम्बिनीतर्फ जाँदै गरेको ना ३ ख ६००० नम्बरको ट्रकमा कमहरिया ८ गुण्डीमा आगजनी गरेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।प्रहरीले रातिको समयमा स्कटीङ्ग गरेर ट्रकहरुलाई लुम्बिनीको उद्योग क्षेत्रसम्म पुराएको थियो ।तर उक्त ट्रकका चालकले कसैलाई जानकारीनै नदिई उद्योग क्षेत्रबाट लुम्बिनी तर्फ गइरहेको अवस्थामा बन्दकर्ताहरुले गुण्डीस्थित दानव पुलमा ट्रकलाई रोकेर आगजनी गरेको रुपन्देहीका डिएसपी रामेश्रवर कार्कीले जानकारी दिए । ट्रकमा आगजन

धादिङमा बस दुर्घटनामा मृत्यु भएका सबैको सनाखत

२२ भदौ, धादिङ । भीमढुङ्गा–लामिडाँडा सडकअन्तर्गत धादिङ जिल्लाको जीवनपुर गाविस–५ चिउरीबोट नजिकै सोमबार भएको दुर्घटनामा मृत्यु हुने सबै छ जनाकै सनाखत भएको छ ।इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक प्रेमबन्धु पोखरेलका अनुसार जीवनपुर गाविस–५ का प्रताप तिमिल्सिना, ५५ वर्षीया ठुली तामाङ र ४० वर्षीया प्रमिला ढुङ्गानाको घटनास्थलमै मृत्यु भएको हो ।यसैगरी उपचारको क्रममा काठमाडौँका ट्रमा सेन्टरमा १५ वर्षीया अन्जु तामाङ, आर्य हस्पिटल छाउनीमा ८५ वर्षीया कान्छी रेग्मी, सिटीसेन्टर कलङ्कीमा १९ वर्षीया रन्जीता ढुङ्गानाको मृत्यु भएको हो ।

केपीका तुक्काले देश चल्दैन: कांग्रेस सभासद गुरुङ्ग

काठमाडौं, भदौ २२ । नेपाली कांग्रेसका सभासद सूर्यमान गुरुङ्गले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुरा नबुझिदिँदा संविधानमा आदिवासी जनजातिका अधिकार सुनिश्चित हुन नसकेको बताएका छन ।"देश चलाउन उखानतुक्का भनेर पुग्दैन । देश तुक्काले चल्ले भए यति धेरै दु:ख गर्नु पर्दैन थियो ,ओलीले देश साझा हो ,भन्ने बनुझेसम्म यस्तै विग्रह हुने सभासद गुरुङ्गले बताए ।"सभासद गुरुङ्गले "राम्रो नेताको अभावमा नेपाली राजनीति असफल बनेको बताउँदै, भने- कांग्रेसभित्र पनि अतिवादीहरु छन । उनीहरु आदिवासी जनजातिका कुरै सुन्न चाहदैनन् ।कांग्रेसमा एकातिर अमरेशकुमारजस्ता विखण्डन

तराई–मधेसको आन्दोलन देशकै अखण्डताका निम्ति जोखिमपूर्ण हुनसक्छ : डा. भट्टराई

काठमाडौं, भदौ २२ । पूर्व प्रधानमन्त्री तथा एनेकपा माओवादीका नेता डा. बाबुराम भट्टराईले तराई–मधेसमा थारु र मधेसवादी दलले थालेको आन्दोलनलाई बेलैमा सम्बोधन नगरे देशकै अखण्डताका निम्ति जोखिमपूर्ण हुनसक्ने चेतावनी दिएका छन् ।डा. भट्टराईले फेसबुकमा आफ्नो धारणा राख्दै लेखेका छन्, ‘एउटै झिल्कोले डढेलो लगाउन सक्छ भन्ने प्रसिद्ध लोकोक्ति छ, सानो वा कमजोर भनेर हेपियो भने त्यसको परिणाम भयंकर हुनसक्छ भन्ने त्यसको आशय हो ।’उनले अगाडी लेखेका छन्, ‘अहिले विशेषतः तराई–मधेसमा थारु र मधेसी समुदायको आन्दोलन जुन ढंगले सल्कदै गइरहेको छ, त्यसलाई बेलैमा सम्बोधन गरिएन र यो वा ऊ बहा

घिमिरे र पौडेल सचिवमा बढुवा

२२ भदौ, काठमाडौं । मन्त्रिपरिषदको बैठकले सहसचिवद्वय कमलमणि घिमिरे र महेश पौडेललाई सचिवमा बढुवा गरेको छ । सोमबार बसेको बैठकले नेपाल न्याय सोवा परिषदको सिफारिदमा सहसचिवद्वयलाई सचिवमा बढुवा गरेको हो ।त्यस्तै बैठकले राजस्व न्यायाधिकरण कानुन सदस्यमा पुष्पलता माथेमा, सत्यराजा गुरुङ र यज्ञप्रसाद बस्याललाई नियुक्त गर्ने निर्णय गरेको छ ।त्यस्तै लगानी कोषको अध्यक्षमा अर्थ मन्त्रालयका राजस्व सचिव राजन खनाललाई नियुक्त गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री डा.मीनेन्द्र रिजालले जानकारी दिए ।बैठकले त्रिवि शिक्षण अस्पतालका हार्डजोर्नी विशेषज्ञ ड

फेसबुक र ट्वीटर चलाउने कर्मचारीमाथि कडा निर्देशन सरकार भन्छ : कर्मचारीले जथाभावी नचलाउनुहोला

 २१ भदौ, काठमाडौं । सरकारले आफ्ना कर्मचारीहरुलाई फेसबुक ट्वीटर लगायतका सामाजिक सञ्जाल प्रयोगमा कडाइ गरेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले देशभर भइरहेका बन्द हड्तालका विषयमा सामाजिक सद्भाव खल्बल्याउने गरी सामाजिक सञ्जालमा नलेख्न तथा अरुले लेखेका कुरा लाइक, शेयर र रिट्वीट नगर्न कर्मचारीहरुलाई भनेको छ ।सामाजिक सद्भाव खल्बल्याउने तथा विभिन्न जाति, धर्म, संस्कृतिको मूल्य मान्यतामा आँच आउने अभिव्यक्ति, फोटो, कार्टुन, चित्र लगायतका सामाग्री सम्प्रेषण हुने गरेको र यसले शान्ति सुरक्षामा समेत असर परेको प्रधानमन्त्री कार्यालयबाट जारीे विज्ञप्तिमा उल्लेख छ ।विज्ञप्तिमा भनिएको छ-‘यस्तो कार्यमा राष्ट्रसेवक कर्मचारीको पनि संलग्नता हुने गरेको साथै कर्मचारीबाटै लाइक, शेयर, ट्याग, ट्वीट रिट्वीट गरी सामाजिक सञ्जालमार्फत विभिन्न जाति, भाषा, संस्कृति, धर्म, सम्प्रदायप्रति आघात पुग्ने किसिमका फै

वैद्य नेतृत्वको ३३ दलीय मोर्चाले धर्ना दिने

२१ भदौ, काठमाडौं । नेकपा-माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले २५ गते संविधानसभा भवन अगाडि धर्ना दिने भएको छ ।मोहन बैद्य किरण संयोजक रहेको मोर्चाको सोमबार बसेको बैठकले आन्दोलनमा जाने निर्णय गरेको हो ।प्रमुख दलहरुले देशभर भइरहेको आन्दोलनलाई वेवास्ता गर्नुका साथै दमन गरेको र जनताको हितविपरीतको संविधान जसरी पनि जारी गर्न लागेको मोर्चाको आरोप छ ।बैद्य नेतृत्वको ३३ दलीय मोर्चाले प्रतिगामी संविधान जबरजस्ती रुपमा जारी गरे बन्दसहितको आन्दोलन गर्ने चेतावनी दिएको छ ।

बारा र पर्सामा अत्याधिक बल प्रयोग : मानवअधिकारकर्मी

२१ भदौ, काठमाडौं । मधेस आन्दोलनको क्रममा बारा र पर्सामा सुरक्षाकर्मीले अत्याधिक बल प्रयोग गरेको पाइएको मानवअधिकारकर्मीहरुले बताएका छन् ।अधिकारकर्मीहरु दिनेश त्रिपाठी, तुलसी थापा र अनिल महर्जनसहितको टोलीले बारा र पर्सामा गएर प्रत्यक्षदर्शी, आन्दोलनकारी, सुरक्षाकर्मी, प्रशासन र सञ्चारकर्मीहरुसँग गरेको छलफलको आधारमा अधिक बल प्रयोग भएको निष्कर्ष निकालेको हो ।अधिकारकर्मी त्रिपाठीले अध्ययनको क्रममा सशस्त्र प्रहरीमा भिड नियन्त्रण तालिमका अभाव पाएको र उनीहरुले सबैभन्दा बढी बल प्रयोग गरेको पाइएको बताए ।आन्दोलनमा मर्ने अधिकांश आन्दोलनकारी नभई सर्वसाधारण भएको पाइएको भन्दै उनले छलफलको क्रममा प्रमुख जिल्ला अधिकारी र शसस्त्र प्रहरी प्रमुखले गल्ती स्वीकारेको जानकारी दिए । उनले घटनाको निष्पक्ष छानविन गरेर दोषीमाथि कारवाही गर्न आग्रह समेत गरेका छन् ।त्रिपाठीले आन्दोलनकारी र सुरक्षा निकाय दुबै

सञ्चारिका समूहको महाधिवेशन र वार्षिकोत्सव आज

काठमाडौ‌, भदौ २१ - सञ्चारिका समूहको आज छैटौँ महाधिवेशन तथा १९ औँ वार्षिकोत्सव हुँदैछ । वार्षिकोत्सवका अवसरमा समूहले महिलाका क्षेत्रमा क्रियाशिल पत्रकार तथा सञ्चारकर्मीलाई पुरस्कृत गर्दैछ ।२०७१ सालको सञ्चारिका समानता पुरस्कारबाट पत्रकार तुुफान न्यौपाने र मीना शर्मालाई सम्मान गरिने समूहले जनाएको छ ।यस्तै स्वर्गिय उमा सिंह पत्रकारिता पुरस्कार २०७१, सुनसरीकी पत्रकार लक्ष्मी दर्नाललाई र सञ्चारिका प्रोत्साहन पुरस्कारबाट रेडियो नेपालकी शोभा भट्टराई र  पत्रकार  प्रिंयका पाण्डेलाई प्रदान गरिने सञ्चारिका समूहले जनाएको छ । 

पुनर्निर्माण शुरु नभएकोमा दाताहरु असन्तुष्ट

२१ भदौ, काठमाडौ । भूकम्पपछिको पुनर्निर्माणका लागि सरकार संवेदनशील नभएको भन्दै दाता तथा विकास साझेदारहरु सरकारप्रति असन्तुष्ट छन् ।सरकारको गैरजिम्मेवारीका कारण पुनर्निर्माण सम्बन्धी अध्यादेश संसदबाट पारित नभई स्वतः निश्क्रिय भएपछि पुनर्निर्माणमा ढिलाइ भएको भन्दै दाताहरु असन्तुष्ट बनेका हुन् ।गत १० असारमा सरकारले गरेको दाता सम्मेलनमा भूकम्पपछिको पुनर्निर्माणका लागि झण्डै ४ खर्ब ४० अर्ब बराबर सहयोगको प्रतिवद्धता जनाएका विश्व बैंक, एसियाली विकास बैंक (एडीबी) लगायतका प्रतिनिधिहरु पुनर्निर्माण प्राधिकरण कानूनको अभावमा स्वतः निश्त्रिmय भएपछि अचम्ममा परेको राजधानी दैनिकमा खबर छ ।‘पुन

राप्रपा फुट्यो, अध्यक्षमा लोकेन्द्र बहादुर चन्द

पशुपति शम्शेर नेतृत्वको राप्रपा फुटेको छ। पार्टीका सय केन्द्रीय सदस्यमध्ये ६३ जनाले लोकेन्द्र बहादुर चन्दलाई अध्यक्ष चुनेका छन्। पार्टीमा नयाँ अध्यक्ष चुनिएकोबारे निर्वाचन आयोगमा जानकारी गराएको परशुराम खापुङले नागरिकन्युजलाई जानकारी दिए।चन्द नेतृत्वमा प्रकाशचन्द्र लोहनी, सुनिलबहादुर थापा, नवराज सुवेदी, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान र परशुराम खापुङसहितले चन्दलाई समर्थन जनाएका छन्। चन्दलाई समर्थन गर्नेहरु प्रायः सूर्यबहादुर थापा गुटका हुन्।पार्टीका महामन्त्री विक्रम पाण्डेका अनुसार जुन आधारमा पशुपति शम्शेर पार्टीका अध्यक्ष भएका थिए, त्यही आधारमा लोकेन्द्रबहादुर चन्द पार्टीका अध्यक्ष बनाइएका हुन्। पार्टीमा अरु हेरफेर नभएको उनले बताए।

बर्दियाको मैनापोखरको जनजीवन सामान्य बन्दै गुलरिया र राजापुरमा निषेधाज्ञा कायमै

२० भदौ, गुलरिया । आन्दोलनकारीको गोली प्रहारबाट प्रहरी हवलदारको मृत्यु भएपछि अशान्त भएको बर्दियाको मैनापोखरको अवस्था सामान्य बन्दै गएको छ ।आज मैनापोखर बजार खुला छ । सामान किनमेल गर्नेको संख्या बढेको छ । मानिसको चहल पहल बढेको छ । फाट्ट फुट्ट मोटरसाइकल पनि चलेका छन् ।नेपालगञ्ज-गुलरिया सडकखन्ड अन्तर्गत मैनापोखर गाविसको मैनापोखर बजारमा शुक्रवार विहान आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा इलाका प्रहरी कार्यालय मैनापोखरमा कार्यरत प्रहरी हवलदार देवबहादुर पाण्डेको मृत्यु भएको थियो । प्रहरीले आन्दोलनकारीको गोलीबाट हवल्दार पाण्डेको मृत्यु भएको र अनुसन्धान भैरहेको जनाएको छ ।घटना अनुसन्धानका लागि मैनापोखरका रामनरेश चौधरी, अविनास थारु र रामहर्ष चौधरीलाई पक्राउ गरिएको प्रहरी उपरिक्षक गोविन्दराम परियारले बताए । पक्राउ परेकाहरुलाई विनासर्त रिहा गर्न माग गर्दै मैनापोखर बजारमा स्थानीयले प्रदर्शन समेत गरेक

गच्छदारको मोर्चासँगै थारु पार्टी पनि संविधानसभाबाट बाहिरिने

फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चासँगै थारु सभासदहरु संविधानसभाको जारी प्रक्रियाबाट बाहिरिने भएका छन् ।दुई सभासद रहेको थरुहट तराई पार्टी र रुक्मिणी चौधरी नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थारुवान) पनि संविधानसभाबाट बाहिरिने भएका हुन् ।थरुहट तराई पार्टीका वरिष्ठ नेता एवं सभासद गोपाल दहितले आफूहरुका लागि संविधानसभाको सबै ढोका बन्द भएको प्रतिक्रिया दिए । ‘हामी गच्छदारको मोर्चामा छैनौैं । तर, एजेण्डा एउटै भएकाले आज संयुक्त रुपमा पत्रकार सम्मेलन गरेर यो प्रक्रिया बहिस्कार गरेको घोषणा गर्छौं’ दहितले अनलाइनखबरसँग भने ।गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक, शरतसिंह भण्डारीको राष्ट्रिय मधेस समाजवादी पार्टी र राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिकको संघीय लोकतान्त्रिक मोर्चाले शुक्रबार नै संविधानसभाको जारी प्रक्रियाबाट बाहिरिने बताइसक

गच्छदारले आन्दोलन भाँड्न सक्ने उपेन्द्र यादवको शंका !

२० भदौ, काठमाडौं । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले विजयकुमार गच्छदार आन्दोलन भाँड्न सत्तापक्षबाट परिचालित भएको हुन सक्ने आशंका व्यक्त गरेका छन् ।आन्दोलनमा लागिरहेका चार मधेसवादी दल सम्मिलित मोर्चालाई भाँड्नका लागि गच्छदारले भूमिका खेल्न सक्ने यादवको आशंका छ ।मोर्चालाई फुटाउन र मधेस आन्दोलनलाई कमजोर बनाउन गच्छदारले षड्यन्त्र गर्न सक्ने भन्दै यादवमा डराएका छन् ।‘साँच्चै आन्दोलन गर्न लागि उनले संविधानसभाको प्रक्रिया छाडेर आएका हुन् भने हामी गच्छदारजीलाई फूलमालाले स्वागत गर्छौं,’ वीरगञ्जमा रहेका यादवले आइतबार अनलाइनखबरसँग भने, ‘होइन, आन्दोलन भाँड्न पठाइएका हुन् भने त्यो मान्य हुँदैन ।’पहिलो मधेस आन्दोलनका बेला एउटै फोरममा रहेका गच्छदार र यादव यतिबेला अलग्लै दल र मोर्चामा छन् । तर, शनिबार बालुवाटारमा आयोजित तीनदलको बैठकबाट गच्छदार बाहिरिएपछि उनीहरुवीच सहकार्यको सम्भावना बढेको छ ।गच

जात र क्षेत्रभन्दा माथि उठेर नेपाल र नेपालीका लागि राजनीति गरौँ : सभासद धनराज गुरुङ्ग

काठमाडौं,भदौ १७ । नेपाली कांग्रेसका सभासद धनराज गुरुङ्गले जातजाति र क्षेत्रको राजनीति गरेर कसैको पनि भलो नहुने बताएका छन ।उनले जात र क्षेत्र भन्दा वर्गको राजनीति गरियो भने मात्र  सबै नेपालीको समृद्धि हुने दावी गरेका छन ।अहिलेको विषम् परिस्थितिमा जातीय मुद्धा उठाएर मुलुकलाई दीर्घकालीन युद्धमा लैजाने  षड्यन्त्र भईरहेको छ ,यस कारण सबै नेपाली सचेत हुन जरुरी छ ,सभासद गुरुङ्गले भने । उनले जातीय अधिकारका लागि आन्दोलित बनेका दल र संगठनहरुलाई पहिला नेपाली र नेपाल सोच्न आग्रह गरेका छन ।बिहिबार ईमेज एफएमसंग कुरा गर्दै सभासद गुरुङ्गले  भने – "परिवर्तन क्रमिक रुपमा हुदै जान्छ । गणतन्त्रपछि पहिलो राष्ट्रपति मधेसबाटै बने ।महत्वपूर्ण अन्य प्रशासनिक र संवैधानिक  अंगहरुमा पनि जनजाति आदिवासीका मानिसहरु पुगेका छन । यसल

वीरगन्जमा कर्फ्यु जारी, गोली लागेर मृत्यु भएकाहरुको शब अलपत्र

वीरगन्ज, भदौ १७ । संयुक्त मधेसी मोर्चाको आन्दोलन हिंसात्मक बन्दै गएपछि वीरगन्जमा गत सोमबारबाट लगाइएको कर्फ्यु  अझै हटाइएको छैन ।स्थानीय प्रशासनले सोमबार दिउँसो ४ बजेबाट कर्फयू आदेश जारी गरेको थियो भने मंगलबारबाट दंगाग्रस्त क्षेत्र घोषणा गरेको हो ।कर्फयूसँगै वीरगन्ज बजार बिहीबार पनि बिहानैबाट सुनसान छ । लगातारको कर्फ्युले स्थानीयको दैनिकी भने चौपट बनेको छ ।बिहीबार पनि वीरगन्ज भन्सारबाट मालबाहक गाडीहरु राजधानी भित्र्याइएको छ । उता, गत सोमबार प्रहरीको गोली लागेर मृत्यु भएकाहरुको शव परिबारले नबुझ्दा अस्पताल परिसरमै अलपत्र अवस्थामा छन् ।शवबाट दुर्गन्ध आउन थालेको छ

निजगढ-हेटौंडा-भरतपुर रेल्वेको अध्ययन गर्न ८ करोड लाग्ने -

१७ भदौ, काठमाडौं । पूर्वपश्चिम रेलमार्ग अन्तरगत निजगढ-हेटौंडा-भरतपुर रेल्वे खण्डको सम्भाव्यता अध्ययन सुरु भएको छ । रेल विभागले उक्त खण्डको सम्भाव्यता अध्ययनका लागि काम सुरु भएको जानकारी दिएको छ ।दक्षिण कोरियाको युसिन इन्जिनियरिङ कम्पनीले सम्भाव्यता अध्ययनको काम एक हप्ताअघिदेखि सुरु गरेको हो । तर, तराईको लगातारको बन्द कारण अध्ययनको काम प्रभावित भएको रेल विभागका महानिर्देशक राजेश्वरमान श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए ।नेपालको पूर्वदेखि पश्चिमसम्म दु्रत गतिको रेल सेवाको विकास गर्ने उद्देश्यका साथ सुरु भएको परियोजना अन्तरगत बाराको निजगढबाट मकवानपुरको हेटौंडा हुँदै चितवनको भरतपुरसम्म पुग्ने रेलको ट्रयाकसहित स्टेशन र अन्य रेलका पूर्वाधार राख्ने स्थानको पहिचान गर्न लागि

हामीले विगतमा गल्ती गर्‍यौं : भरतमोहन

काठमाडौं, भदौ १५ । पूर्व मन्त्री तथा एमाले नेता भरतमोहन अधिकारीले विगतमा आफूहरुले गल्ती गरेको उल्लेख गर्दै गल्तीकै कारण अब पछाडी फर्कन सक्ने अवस्था भने नरहेको बताएका छन् ।ईमेज एफएमसँग मंगलबार बिहान कुरा गर्दै संविधानसभा सदस्यसमेत रहेका अधिकारीले भने, ‘हामीले विगतमा गरेका गल्तीहरुबाट अब पछाडी फर्कन सकिदैंन, तिनै गल्तीहरुलाई परिमार्जन गर्दै अगाडी बढ्नु पर्दछ ।’उनले प्रमुख चार दलबीच भएको १६ बुँदे सहमतिको समर्थन गर्दै भने, ‘१६ बुँदे सहमति गरेर नेताहरुले ठूलो काम गरे तर सीमांकन आफैं गरेर उनीहरुले ठूलो गल्ती पनि गरेका छन् ।’अधिकारीका अनुसार प्रदेशहरुको सीमांकन विज्ञहरु सम्मिलित आयोगले गर्ने काम हो । उनले मुलुकलाई २५ जिल्लामा वर्गीकरण गरेर शक

गोली चलाएर समस्या समाधान हुँदैन : राजेन्द्र महतो वार्ताको माहौल बनाउन सरकारसँग आग्रह

१५ भदौ, पर्सा । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले गोली चलाएर समस्या समाधान नहुने बताएका छन् । राजनीतिक समस्या समाधान गर्न सरकारले वार्ताको वातावरण बनाउनुपर्ने महतोले माग गरेका छन् ।गोली चलाएर, कर्फ्यु लगाएर समस्या समाधान हुँदैन’ महतोले मंगलबार वीरगञ्जको सडकमा उभिएर मिडियासँग भने-‘वार्ताको माहौल बनाउनुपर्ने हो, हामीले पत्र पनि दिएका हौं, तर सरकारले वातावरण बनाइराखेको छैन, उल्टो गोली चलाएर भड्काउने काम गरिरहेको छ ।’अहिले भइरहेको आन्दोलनलाई गम्भीरतापूर्वक लिँदै राजनीतिक रुपमा समस्या समाधान गर्न महतोले सरकारसँग आग्रह गरेका छन् ।वार्ताका लागि तीनवटा ठूला पार्टीले संविधान निर्माणको प्रक्रियालाई रोकेर वार्ता गर्नुपर्ने र सुरक्षा परिचालन रोक्नुपर्ने महतोले बताए ।&l

टिकापुर घटनामा सरकारको कमजोरी : गुरुङ

 नेकपा–माओवादीका सचिव देव गुरुङले टिकापुर घटनामा सरकारको कमजोरीका कारण भएको बताउनुभएको छ ।रफत सञ्चार क्लबले भक्तपुरमा गरेको कार्यक्रममा बोल्दै गुरुङले अखण्ड सुदूरपश्चिम आन्दोलनकारीलाई संरक्षण र थारुको वर्चश्व रहेको टिकापुरमा मात्र लगाएको कर्फ्युका कारण कैलाली घटना भएको आरोप लगाउनुभयो ।‘कैलाली आन्दोलनमा जसरी नेपाल सरकार र विभिन्न राजनीतिक दलले घुसपैठ भएको भन्दै विभिन्न खालका आरोप लगाएका छन् त्यो सरासर गलत हो’ गुरुङले भन्नुभयो ‘आन्दोलनलाई हाम्रो पार्टीको पूर्ण समर्थन छ, स्थानीय प्रशासन र सरकारको कमजोरीकै कारण टिकापुरमा दुःखद घटना घटेको हो ।’संविधान निर्माण भन्दापनि पदको बार्गेनिङले संविधान जारी गर्

अमेरिकामा टेलिभिजन पत्रकारको हत्या गर्नेले आत्महत्या गरे

काठमाडौं, भदौ १० । अमेरिकाको भर्जिनिया राज्यमा प्रत्यक्ष प्रसारणमा रहेका दुई जना टेलिभिजन पत्रकारको गोली हानी हत्या गर्ने व्यक्तिले आत्महत्या गरेका छन् ।घटनापछि प्रहरीले ब्यापक खोजी गर्ने क्रममा ४१ वर्षीय भेष्टर ली फ्लानागन नाम गरेका ती ब्यक्तिलाई आफ्नै कारभित्र घेराउ गरेपछि उनले आत्महत्या गरेका हुन् ।दुई पत्रकारको हत्या गर्ने फ्लानागन पनि सोही टेलिभिजन डब्लु डि बि जे सेभेन न्यूज च्यानलका पूर्वकामदार रहेको खुलेको छ ।प्रहरी अधिकारीहरुका अनुसार बेडफोर्ड काउन्टिको मोनेटास्थित सपिङ सेन्टरमा एउटा प्रत्यक्ष साक्षात्कार कार्यक्रम गरिरहेको बेला २४ वर्षिय सम्बाददाता एलिसन पार्कर र क्यामरापर्सन २७ वर्षिय एडम वार्डको गोली हानी हत्या गरिएको थियो ।उनीहरुमाथि आठ गोली हानिएको बताइ

आन्दोलन एक घण्टाका लागि पनि रोकिँदैन : थारु नेता

१० भदौ, काठमाडौं । थरुहट आन्दोलनको संयोजन गरिरहेको थारु कल्याणकारिणीले सभाले एक घन्टाका लागि पनि आन्दोलन नरोकिने बताएको छ । साथै उनले ससर्त मात्र वार्तामा बस्ने जवाफ दिएको छ । -थारु आन्दोलन चर्किँदै गएर सोमबार टीकापुरमा एसएसपीसहित सात सुरक्षाकर्मीको मृत्यु भएपछि प्रमुख दलहरु थारु आन्दोलनको राजनीतिक समाधान खोज्न तयार भएका थिए । चार दलको सहमति अनुसार प्रधानमन्त्री सुशील कोइरालाले मधेसी मोर्चा, थारु कल्याणकारिणी सभा लगायतको थरुहट थारुवान संयुक्त संघर्ष समिति लगायतलाई वार्तामा आहृवान गरेका छन् ।थारु नेता एवं जनजाति महासंघका पूर्व अध्यक्ष राजकुमार लेखीले सरकारले अझै वार्ताको वातावरण नबनाएको अनलाइनखबरलाई बताए । उनले भने-औपचारिक चिठ्ठी आएको छैन र सरकारले वार्ताको वातावरण बनाउन

टीकापुर घटनामा घाइते भएका प्रहरी हवल्दारको उपचारका क्रममा निधन

१० भदौ, काठमाडौं । कैलालीको टीकापुरमा भएको हिंसात्मक झडपमा घाइते भएका एक प्रहरी हवल्दार उपचारका क्रममा मृत्यु भएको छ । नेपाल प्रहरीको अस्पतालमा उपचाररत प्रहरी हवल्दार जनक नेगीको बिहान दुई बजे निधन भएको हो ।यससँगै टीकापुर घटनामा मृत्यु हुनेको संख्या ९ पुगेको छ । यसअघि एसएसपी लक्ष्मण न्यौपानेसहित ७ प्रहरी र एक नाबालक गरी ८ जनाको मृत्यु भएको थियो ।

टीकापुर घटना तीन दलको कारण : विप्लव माओवादी घुसपैठको आरोप लगाएको भन्दै आपत्ति

८ भदौ, काठमाडौं । विप्लव नेतृत्वको नेकपा माओवादीले सरकार र तीन दलको जनविरोधी रबैयाका कारण टीकापुर घटना भएको दाबी गरेको छ ।पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले विज्ञप्ति जारी गरी सरकार र तीन दलको कारण टीकापुर घटना भएको बताएका हुन् ।विज्ञप्तिमा भनिएको छ, ‘कैलाली टीकापुरमा सोमबार दिउँसो सरकार र कथित तीन दलको जनविरोधी संविधान एवं राष्ट्रघाती रबैयाका कारण संघर्षमा उत्रेका जनता र प्रहरीहरुको अकल्पनीय क्षति हुन पुगेको छ । उक्त घटना अशान्ति मच्चाउने सरकार र तीन दलको कारण भएको हो । हाम्रो पार्टी घोर भर्त्सना र निन्दा गर्दछ ।’माओवादीले विज्ञप्तिमा मृत्युवरण गर्ने प्रहरी र जनताप्रति शोक व्यक्त गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘शोकमग्न आफन्तजनहरुप्रति पार्टी गहिरो संवेदना

टीकापुर घटना तीन दलको कारण : विप्लव माओवादी घुसपैठको आरोप लगाएको भन्दै आपत्ति

८ भदौ, काठमाडौं । विप्लव नेतृत्वको नेकपा माओवादीले सरकार र तीन दलको जनविरोधी रबैयाका कारण टीकापुर घटना भएको दाबी गरेको छ ।पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले विज्ञप्ति जारी गरी सरकार र तीन दलको कारण टीकापुर घटना भएको बताएका हुन् ।विज्ञप्तिमा भनिएको छ, ‘कैलाली टीकापुरमा सोमबार दिउँसो सरकार र कथित तीन दलको जनविरोधी संविधान एवं राष्ट्रघाती रबैयाका कारण संघर्षमा उत्रेका जनता र प्रहरीहरुको अकल्पनीय क्षति हुन पुगेको छ । उक्त घटना अशान्ति मच्चाउने सरकार र तीन दलको कारण भएको हो । हाम्रो पार्टी घोर भर्त्सना र निन्दा गर्दछ ।’माओवादीले विज्ञप्तिमा मृत्युवरण गर्ने प्रहरी र जनताप्रति शोक व्यक्त गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘शोकमग्न आफन्तजनहरुप्रति पार्टी गहिरो संवेदना

धनगढी र अत्तरियामा पनि कर्फ्यू लाग्यो

८ भदौ, धनगढी । कैलालीको धनगढी र अत्तरिया नगरपालिकामा पनि कर्फ्यू आदेश जारी भएको छ । टीकापुरमा सोमबार भएको हिंसात्मक आन्दोलनमा एसएसपीसहितका सात सुरक्षाकर्मी मारिएपछि कैलाली अशान्त छ ।धनगढीमा पनि आन्दोलन सुरु हुने संकेत देखेपछि स्थानीय प्रशासनले बिहान ११ बजेबाट राति ७ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको छ।धनगढी र अत्तरिया नगरपालिकाका साथै उर्मा गाविसमा पनि कर्फ्यू आदेश जारी गरिएको छ ।

सेना परिचालन’ प्रति राष्ट्रपति असन्तुष्ट

८ भदौ, काठमाडौं । कैलालीमा भएको हिंसात्मक घटनापछि सरकारले कैलालीसहित केही जिल्लाको सुरक्षा जिम्मा सेनालाई दिएको छ । तर, दंगाग्रस्त क्षेत्रमा सेना खटाउँदा आफुलाई नसोधिएको र आफ्नो क्षेत्राधिकार भित्रको शब्द संसदमा बोलको भन्दै राष्ट्रपति रामबरण यादव असन्तुष्ट बनेका छन् । -उपप्रधान एवं गृहमन्त्री बामदेव गौतमले कैलाली घटनाबारे व्यवस्थापिका संसदमा बोल्दा ‘सेना परिचालन’ गरिएको भनेकोप्रति उनले असन्तुष्टि जनाएका छन् ।अन्तरिम संविधान अनुसार सेना परिचालन गर्ने अधिकार राष्ट्रपतिलाई हुन्छ । तर, संसदमा बोल्दा गृहमन्त्रीले दंगा ग्रस्त क्षेत्र घोषणासँगै सेना परिचालन गरिएको बताएका थिए ।गृहमन्त्रीले भनेका थिए- ‘सुरक्षा

दंगाग्रस्त क्षेत्रमा सेना परिचालन गर्ने सरकारको निर्णय, सुरक्षाकर्मीलाई जिउँदै जलाइयो : गृहमन्त्री

माडौं, भदौ ७ । सरकारले दंगाग्रस्त क्षेत्रहरुमा सेना परिचालन गर्ने निर्णय गरेको छ ।कैलालीमा आन्दोलनका नाममा सोमबार ठूलो संख्यामा प्रहरी सुरक्षाकर्मी मारिएलगत्तै बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले दंगाग्रस्त क्षेत्रहरुमा सेना परिचालन गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिएको हो ।घटनापछि व्यवस्थापिका संसद बैठकमा बोल्दै गृहमन्त्री बामदेव गौतमले कैलालीमा नियोजित रुपमा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई घेराबन्दी गरी भाला, खुकुरी, बन्चरो जस्ता घरेलु हतियारबाट आक्रमण गरी सुरक्षाकर्मीको हत्या गरिएको जानकारी दिए ।उनले आक्रमणकारीले प्रहरीहरुलाई जिउँदै आगो लगाएकोसमेत जानकारी दिए । आक्रमणकारीहरु गाउँमा गएर लुकेको सूचना प्राप्त भए

एसएसपीले भीडलाई सम्झाउन खोज्दा समातेर जलाइयो

७ भदौ, टीकापुर । कैलालीको टीकापुरमा सोमबार दिउँसो सरकारी कार्यालयहरुमा ‘थरुहट स्वायत्त प्रदेश’ को बोर्ड राख्ने कार्यक्रम थियो । कार्यक्रमको आयोजक थियो ‘थारुवान् संयुक्त संघर्ष समिति, जसमा सत्तारुढ कांग्रेस र एमालेका थारु नेताहरुसमेत सहभागी छन् ।बोर्ड राख्ने कार्यक्रमका लागि टीकापुर नगरपालिका र आसपासका थारु बाहुल्य गाविसबाट मानिसहरु टीकापुर बजारतर्फ आएका थिए । पूर्वी भागको बर्दिया जिल्ला बाहेकका विभिन्न ठाउँबाट मानिसहरु टीकापुर आएका थिए । जोशीपुर लगायतका क्षेत्रबाट मानिसहरुको हुल टीकापुरतिर आएको थियो ।सरकारका तर्फबाट पनि सरकारी कार्यालयमा सुरक्षा दिने हेतुले प्रहरी र सशस्त्र प्रहरीहरु परिचालन गरिएको थियो ।यसै क्रममा टीकापुर-६, शंकरपुरस्थित पशुहाट नजिकै रहेको भीड

असन्तुष्ट पक्षलाई वार्ताबाटै समाधान खोज्न आह्वान

काठमाडौं, भदौ ६ । संविधानसभाका मूख्य चार राजनीतिक दलले नयाँ संविधानमा प्रस्ताव गरिएको संघीयताको प्रस्तावमा असन्तुष्ट रहेका सबै पक्षलाई वार्ताबाटै समाधान खोज्न आह्वान गरेका छन् ।वार्ता र संवादबाटै सबै समस्याको समाधान खोज्न सकिने भएकाले वार्ताको टेबलमा आउन असन्तुष्ट सबै राजनीतिक दललाई उनीहरुले बैठकमार्फत् आह्वान गरेका छन् ।यद्यपि यसबारे प्रधानमन्त्री सुशील कोइरालाले औपचारिक रुपमै विज्ञप्तिमार्फत् वार्तामा आउन आह्वान गर्नुहुनेछ ।नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत माओवादी र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका शीर्ष नेता सम्मिलित बालुवाटार बैठकले एकजुट रहेरै सबै समस्याको समाधान खोज्ने प्रतिवद्धता पनि जनाएका छन् ।

न्यायाधीश बम हत्याका मुख्य सुटर स्माइली मगर पक्राउ

काठमाडौं, भदौ ६ । सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बममाथि गोली प्रहार गरी हत्या गर्ने मूख्य सूटर मानिएका सञ्जय स्माइली मगरलाई प्रहरीले पक्राउ गरेको छ ।साउदी अरबमा पक्राउ गरिएका मगरलाई दुबही हुँदै राजधानी ल्याइएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले मगरलाई राजधानी ल्याएको हो ।हत्यालगत्तै साउदी अरब पुगेका स्माइली मगरविरुद्ध इन्टरपोलमार्फत् रेड कर्नर नोटिस जारी गरिएको थियो ।साउदी प्रहरीले पक्राउ गरी साउदीकै जेलमा राखिएका मगरलाई सीआईबीको टोलीले साउदी अरबबाटै काठमाडौ ल्याएको हो । अर्का सूटर करण चौधरी भने यसअघि नै पक्राउ परिसकेका छन् ।२०६९ साल जेठ १८ गते ललितपुरको शंखमूलस्थित य

घैंटेलाई शहीद घोषणा गर्न कांग्रेस सभासदको माग

४ भदौ,काठमाडौं । प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाइके कुमार घैंटेलाई शहीद घोषणा गर्न र इन्काउन्टरमा संलग्न प्रहरीलाई कानुनी कारवाहीको दायरामा ल्याउन कांग्रेस सभासदले माग गरेका छन् ।काठमाडौं-६ का सभासद भिमसेनदास प्रधानले घैंटेको गैरन्यायिक हत्या भएको भन्दै प्रहरीमाथि कारवाही माग गरेलगत्तै अर्की सभासद कौशर साहले शहीद घोषणको माग गरेकी हुन् ।व्यवस्थापिका संसदको बैठकमा सभामुखसँग समय लिएर बोल्दै सभासद शाहले घैंटेको गैरन्यायिक हत्या भएकाले उनलाई शहीद घोषणा गरिनुपर्ने बताइन् ।सभासद साहले कुमार श्रेष्ठ काठमाडौं महानगरपालिका २९ नम्बर वडाका समाजसेवी थिए भन्दै उनलाई प्रहरीले षडयन्त्रपूर्वक हत्या गरेको आरोप लगाइन् ।साहले भनिन्-कुमारको प

राप्रपा नेपालका महामन्त्री गुरुङ उपचारका लागि दिल्ली प्रस्थान

काठमाडौं, भदौ ४ । राप्रपा नेपालका महामन्त्री चन्द्रबहादुर गुरुङ उपचारका लागि शुक्रबार भारतको राजधानी नयाँ दिल्लीतर्फ प्रस्थान गरेका छन् ।सो पार्टीका सह–प्रवक्ता मोहन श्रेष्ठका अनुसार नेपाली चिकित्सकको सल्लाह अनुसार महामन्त्री गुरुङ उपचारका लागि दिल्ली गएका हुन् । नेपाल एयरलाइन्सको नियमित उडानबाट दिल्ली प्रस्थान गरेका गुरुङको दिल्लीस्थित मेदान्त अस्पतालमा उपचार हुने श्रेष्ठले बताए ।महामन्त्री गुरुङ ग्यास्ट्रिकबाट ग्रस्त भएपछि नर्भिक अस्पताल थापाथलीमा केही दिनदेखि उपचाररत थिए । प्याङ्क्रियाजमा समस्या देखिएपछि चिकित्सकले उनलाई दिल्लीमा उपचार गराउन सुझाव दिएको बताइन्छ ।

भारदहमा प्रदर्शनकारी माथि गोली प्रहार, एकको मृत्यु ४ को अवस्था चिन्ताजनक

प्रहरीको गोली लागि भारदह–१ का राजिव राउतको मृत्यु भएको छ । उनलाई छातीमै गोली लागेको थियो । अन्य गोली लागि घाइते भएका सुरेन्द्र मण्डल, गोपाल मण्डल, देवनारण विश्वास, अपक साहको अवस्था चिन्ताजनक छ । प्रहरीले सुरुमा रबरको गोली प्रहार गरेको थियो । जसबाट एक दर्जन घाइते भएका छन् ।बिहानदेखि तनावपूर्ण रहेको भारदहमा प्रहरीले प्रदर्शनकारी माथि गोली प्रहार गरेको छ । प्रहरीको गोली लागेका दिपक साह, देवनारायण विश्वास, राजिव राउत, एक परिचय नखुलेको व्यक्तिकोस्थिती अत्यन्तै चिन्ताजनक छ । उनीहरूलाई थप उपचारका लागि विराटनगर लैजाने तयारी भइरहेको छ । प्रदर्शकारीले भारदहमा रहेको ट्रफिक प्रहरीको बिट तोडफोड गरि आगजनी गर्ने प्रयास गरेपछी प्रहरीले गोली प्रहार गरेको हो ।संयुक्त मधेसी मोर्चाले आव्हान गरेको मधेस बन्दको क्रममा मंगलबार बिहान सप्तरीको भारदहमा प्रहरी र आन्दोलकारी बिच झडप हुँदा दर्जनौं घाइते भएका छन् । भारदहमा स्थित पूर्व–पश्चिम

भित्तामा कला अभियान चितवनबाट सुरु

३१ साउन, चितवन । अक्षर समूह चितवनको अगुवाइमा पर्खालमा कलात्मक तस्विरहरु बनाउन सुरु गरिएको छ ।सार्वजनिक पर्खालहरुमा कलात्मक चित्र, सन्देश एवम् समसामयीक मुद्दा उतार्न सके समाजमा सकारात्मक बिचार प्रवाह हुने भन्दै पर्खालमा कला अभियान सुरु गरिएको हो ।‘भित्तामा कला’ नाम दिएर सुरु गरिएको अभियानमा अंग्रेजी साहित्यकारहरुका संस्था भ्यू चितवन र अग्रगामी समाज चितवनले साथ दिएका छन् ।कला प्रस्तुत गर्ने नविन अभियानको सुरुआत जिल्ला विकास समिति चितवनको पर्खालबाट गरिएको अक्षर समूह चितवनका अध्यक्ष कवि भूपिनले बताए ।जिल्ला विकास समिति चितवनको प्रवेशद्वार तर्फको पर्खालमा चेतनामूलक चित्रहरु तयार पारिएको हो । शुक्रबार पहि

बन्द गराउँदै हिड्ने माओवादीका केन्द्रीय सदस्यसहित दुई दर्जन पक्राउ -

३१ साउन, काठमाडौं। नेकपा-माओवादीसहितका दलहरुले गरेको बन्दको क्रममा राजधानीको रत्नपार्कमा झडप भएको छ । प्रहरीले बन्दकर्ताहरुलाई पक्राउ गर्न खोज्दा झडप भएको हो ।बन्द गराउँदै हिडेका नेकपा-माओवादीका केन्द्रीय सदस्यसहित दुई दर्जन बढीलाई काठमाडौंको विभिन्न ठाउँबाट पक्राउ गरेको छ ।काठमाडौको रत्नपार्कबाट माओवादीका केन्द्रीय सदस्य सुरेश श्रेष्ठ, संघीय समाजवादी फोरमका महासचिव राजेन्द्र श्रेष्ठ सहित २० जनालाई रत्नपार्कबाट पक्राउ गरेको माओवादी पोलिटब्युरो सदस्य दिनेश शर्माले जानकारी दिए ।यस्तै,प्रहरीले नेकपा-माओवादीका केन्द्रीय सदस्य पार्वती थापा, दलित मोर्चाका बुद्धि नेपाली लगायतलाई कलंकीबाट तथा माओवादी केन्द्रीय सदस्य बद्री बजगाईं एयरपोर्टबाट पक्राउ परेको शर्माले जानकारी दिए ।&l

पश्चिम तराईको जनजीवन थरुहट बन्दले प्रभावित

श्रावण ३० । चितवनदेखि कञ्चनपुरसम्मको भूभाग थरुहट प्रदेश हुनुपर्नेे माग गर्दै थरुहट संघर्ष समितिले गरेको बन्द पाँच दिन हुँदा पनि फिर्ता नभएपछि पश्चिम तराईको जनजीवन थप कष्टकर बनेको छ ।हिमाल, पहाड, तराईको भूगोल समेटेर बनाईएको प्रदेश थारुवानलाई स्वीकार्य नहुने भन्दै गत मंगलवारबाट चितवनदेखि कञ्चनपुरसम्म पश्चिम तराईका २२ जिल्ला बन्द गरिएको हो ।बन्दका कारण यी जिल्लामा लामो तथा छोटो दुरीका  यातायातका साधन संचालन हुन सकेका छैनन् ।विद्यालय, उद्योगधन्दा, कलकारखाना, बजार ठप्प छन् । राजमार्गमा भने प्रहरीको स्कटिङमा फाट्टफुट्ट गाडी संचालन भएका छन् । आन्दोलनकारीले बैंक तथा वित्तीय संस्थाहरु पनि बन्द गर्न आह्वान गरेका छन् ।

सर्वोच्च अदालतको आदेश कार्यान्वयन भएन

श्रावण २८ - सर्वोच्च अदालतको आदेश कार्यान्वयनमा ललितपुर उपमहानगरपालिका फितलो देखिएको छ। अदालतले सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना भत्काउन आदेश दिएको ४ वर्ष बितिसके पनि उपमहानगरले कार्यान्वयन गर्न ढिलाइ गरेको हो।सर्वोच्च अदालतले लोलाराज बस्नेतको पुल्चोकस्थित घर मुख्य सडकको चार किल्लाभित्रको पर्ती जग्गा मिचेर बनाएको ठहर गर्दै हटाउन आदेश दिएको थियो। सरकारलाई दैनिक लाखौं रुपैयाँ आम्दानी हुने थलो बनाउन सकिने भए पनि कार्यान्वयन नभएपछि अख्तियारले २०७१ कात्तिकमा अदालतको फैसला कार्यान्वयन गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको थियो।त्यसलगत्तै जिल्ला प्रशासनले पुसमा उपमहानगरपालिकालाई अदालतको फैसलाबमोजिम सार्वजनिक जग्गामा बनेको संरचना हटाई संरक्षण गर्न पत्र पठा

भूकम्प पीडितलाई लीलाराम कुन्तीदेवी न्यौपाने प्रतिष्ठानको सहयोग

भूकम्प पीडित नेपालीहरुको राहत र पुनःस्थापना कार्यमा सघाउनको लागि लीलाराम कुन्तीदेवी न्यौपाने प्रतिष्ठान, काठमाडौले ११ लाख रुपैया प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरेको छ ।आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रतिष्ठानकी संरक्षिका कुन्तीदेवी न्यौपानेले सो रकमको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरेकी छन् । सो अवसरमा प्रधानमन्त्री कोइरालाले पीडितहरुको सहयोगको लागि आएको राहत रकम र सामग्रीको सदुपयोग होस भनेर आफू लागिरहेकेा बताए । सहयोग रकम हस्तान्तरण कार्यक्रममा प्रतिष्ठानका शोभाकर न्यौपाने, दुर्गाप्रसाद न्यौपाने,विष्णुप्रसाद न्यौपाने , विष्णु न्यौपाने र शिवानी न्यौपानेको सहभागीता थियो ।

सीमांकनसहित ६ प्रदेशमा सहमति, मध्यरातमा भयाे हस्ताक्षर धर्म निरपेक्षताबारे कुनै निर्णय भएन

२३ साउन, काठमाडौं । निकै लामो गलफत्तीपछि प्रमुख राजनीतिक दलहरुले सीमांकनसहितको ६ प्रदेशमा सहमति गरेका छन् । सहमतिपत्रमा शनिबार मध्यराति चार दलका नेताले हस्ताक्षर गरेका छन् । यसलार्इ राजनीतिक सहमति तथा सम्वाद समितिकाे बैठकले अनुमाेदन गरेपछि अाइतबार बस्ने संविधानभाकाे बैठकमा पेश गरिनेछ ।६ प्रदेशकाे  सीमांकनमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले हस्ताक्षर गर्न नमानेपछि उनलार्इ मनाउने प्रयास गर्दा रातकाे पाैने बाह्र बजेकाे थियाे । अन्ततः केही फरक मत सहित गच्छदारले सहमतिमा हस्ताक्षर गरेका छन् ।सीमांकनमा भएको सहमतिमा हस्ताक्षर गरिसकेपछि फोरम लोकतात्रिकका अध्यक्ष विजय गच्छदारले संविधान निमाृणमा बाधक नबन्ने भन्दै केही असहमतिसहित हस्ताक्षर गरेको सञ्चारमाध्यम

जनकपुर बमकाण्डका नाइकेलाई थुनामै राख्न सर्वोच्चको आदेश -

सर्वोच्च अदालतले पाँच जना सर्वसाधरणको ज्यान जाने गरी भएको जनकपुर बमकाण्डका अभियुक्तहरुलाई थुनैमै राखी थप कारवाही प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ।प्रधान न्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश ओमप्रकाश मिश्रको इजालसले बुधबार यस्तो फैसला सुनाएको हो।आरोपित मध्ये एक सद्भावना पार्टीका नेता सञ्जयकुमार साह जिल्ला अदालत धनुषाको थुनामा राख्ने आदेशविरुद्ध सर्वोच्च आइपुगे थिए। तर सर्वोच्चले साहको मागलाई अस्वीकार गर्दै जिल्लाको आदेशलाई सदर गरेको हो।यसअघि सर्वोच्चको इजलाशले घटना सम्वन्धी सम्पूर्ण मिसिलहरु माग गरेको थियो।सद्भावनाका नेता साहकै योजना र निर्देशनमा २०६८ वैशाख १८ गते जनकपुरमा बम विस्फोट गराएको दाबी गर्दै दायर मुद्दामा सुनुवाई गर्दै धनुषा जिल्ला अदालतले पूर्पक्षका लागि थु

राष्ट्रपतिले सीमा नाघेको एमाले सभासदहरुको आरोप

२० साउन,काठमाडौं । नेकपा एमालेका सभासदहरुले राष्ट्रपति रामवरण यादवको भूमिका संविधान विपरित भएको भन्दै संसद बैठकमै आलोचना गरेका छन् ।संसदको बुधवारको बैठकमा विशेष समय लिएर बोल्दै एमाले सभासद बिदुर सापकोटाले राष्ट्रपति संवैधानिक मर्यादा भूलेर दल र नेताहरुलाई निर्देशन दिने शैलीमा प्रस्तुत हुनु संविधान विपरित रहेको बताए ।सापकोटाले भने-‘अन्तरिम संविधानले राष्ट्रपतिलाई दिएको संवैधानिक सीमा र मर्यादा भूलेर राष्ट्रपतिले संविधान विरुद्ध गतिबिधि गरिरहनु भएको छ, हामी उहाँलाई संविधानले दिएको सम्मान यथावत रहोस भन्ने चाहान्छौं, सरकारले राष्ट्रपतिलाई सम्झाओस् ।’सून्य समयमा बोल्दै एमालेकै अर्का सभासद हर्कबोल राईले राष्ट्रपतिले संविधानले दिएको सिमा नाघेर अमर्यादित काम गरेको आरोप लगाए । राईले संविधान निर्माण हुन लागेका बेला राष्ट्रपतिले त्यसलाई

अभिलेखालय

More

Video Gallery

More

फोटो संग्रह

More