ON AIR

UP NEXT

अन्तर्राष्ट्रिय समाचार

More

इरानका परमाणु वैज्ञानिकलाई फाँसी

२३ साउन, काठमाडौं । इरानमा सन् २०१० मा पक्राउ परेका परमाणु वैज्ञानिकलाई फाँसी दिइएको छ । उनलाई फाँसी दिइएको उनको परिवारले जानकारी दिएको बीबीसीले जनाएको छ ।शाहराम अमोरीको आमाले बीबीसीलाई बताएअनुसार उनका छोराको शव अन्तिम संस्कारको लागि परिवारलाई सुम्पिएको छ ।उनका अनुसार ममोरीको गलामा डोरिको निशान छ । जसले उनलाई फाँसी दिइएको प्रष्ट हुन्छ ।अमोरीको अन्तिम संस्कार गरिएको छ । उनलाई अमेरिकाबाट फर्किएसँगै हिरासतमा लिइएको थियो । र, गोप्य स्थानमा राखिएको थियो ।अमेरिकाको सीआईएले आफूलाई जवरजस्ती हिरासतमा लिएको बताउँदै आएका थिए ।  रिपोर्टहरुका अनुसार अमोरी इरानको परमाणु कार्यक्रमबा बारेमा गोप्य जानकारी राख्दथे ।

लागूऔषध तस्करीमा संलग्न चार जनालाई मृत्युदण्ड

जकार्ता, साउन १४ । इन्डोनेसियामा लागू औषध तस्करीमा संलग्न रहेको भन्दै चार जनालाई मृत्युदण्ड दिइएको छ । लागू औषध तस्करीकै आरोपमा अन्य १० जना जेल मै छन् ।उनीहरुलाई पनि मृत्युदण्डको सजाय दिने वा नदिनेबारे भने खुलाइएको छैन ।मृत्युदण्ड पाउनेमा एक इन्डोनेसियाली र तीन जना नाइजेरियाली रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।यसैबीच मानवअधिकारवादी संस्था एमनेस्टि इन्टरनेसनलले इन्डोनेसियाले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको ठहर गरेको छ । उसले मृत्युदण्डको विरोध गरेको छ । इन्डोनेसियामा लागू औषधविरुद्ध कडा कानुन बनाइएको छ ।गत वर्ष लागू औषध तस्करीको अपराधमा १४ जनालाई मृत्युदण्डको सजाय सुनाइए

भाँडा माझ्दै माफी मागे दिल्लीका मुख्यमन्त्रीले

अमृतसर, साउन ३ । भारतको केन्द्रीय राजधानी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले भाँडा माझेर प्रायश्चित गरेका छन् ।आफ्नो पार्टीका तर्फबाट अन्जानमा भएको गल्तीप्रति माफी माग्दै उनले अमृतसरको स्वर्ण मन्दिरमा पुगेर भाँडा माझेका हुन् । उनको दल ‘आम आदमी पार्टी’ ले केही अघि युवा घोषणापत्र जारी गर्दै त्यसको तुलना गुरुग्रन्थ साहिबसँग गरेको थियो । घोषणापत्रमा स्वर्णमन्दिरको तस्वीर सँगै आम आदमी पार्टीको चुनाव चिन्ह झाडुको पनि तस्वीर राखिएको थियो ।त्यसलगत्तै शीख धर्मावलम्बीले व्यापक विरोध गरेका थिए । विरोध बढ्दै गएपछि केजरीवालले स्वर्ण मन्दिरमा पुजा गर्नुका साथै मन्दिर परिसरमा सर्वसाधारणलाई खुवाउन प्रयोग गरिने भाँडा माझेका छन् । तर माझेर सफा पारिएका भाँडा नै केजरीवालले पखालेको बताइएको छ ।

जेलमा रहेकी महिला गर्भवती भएपछि जेल प्रशासन तनावमा

लखनउ, असार २७ । भारतको उत्तर प्रदेश राज्यस्थित जौनपुर कारागारमा आठ महिनादेखि बन्दी जीवन बिताउँदै आएकी एक महिला गर्भवती भएपछि जेल प्रशासन तनावमा परेको छ ।स्रोतका अनुसार ती महिलालाई जेलमा ल्याउदा गरिएको स्वास्थ्य परीक्षणमा उनी गर्भवती रहेको पाइएको थिएन । जेलमै रहेको अवस्थामा गर्भवती भएको पाइएपछि उनलाई गर्भपतनका लागि दबाब दिन थालिएको तथ्य केही भारतीय संचारमाध्यमले उजागर गरेका छन् ।सन् २०१५ नोभेम्बरमा ती युवतीलाई हत्याको मुद्दामा जेलमा ल्याइएको थियो । उनीसँगै जेलमा अन्य ८० महिला छन् ।केही महिनादेखि उनी नियमित स्वास्थ्य परीक्षण गराउन अस्वीकार गर्दै आएको जेल प्रशासनको भनाइ छ । शंका लागेपछि जेल प्रशासनले हालै उनको स्वास्

इराकमा इद मनाइरहेका बेला हमला, ३० जनाको मृत्यु

असार २४ – इराकको राजधानी बग्दादको उत्तरी क्षेत्रमा रहेको शिया मुस्लिम धर्मावलम्बीको पवित्र स्थल शिया सिर्नेमा भएको आक्रमणमा ३० जनाको ज्यान गएको छ । आक्रमणको जिम्मा इस्लामिक स्टेट आइएसले लिएको बिबिसीले जनाएको छ । मानिसहरुले इद मनाइरहेका बेला एक जनाले आत्मघाती बम बिस्फोट गराएको र केही व्यक्तिले अन्धाधुन्ध गोलि चलाएका थिए । विस्फोटक पदार्थले भरिएको पेटी बाँधेका आक्रमणकारीले आत्मघाती विस्फोट गराए लगत्तै बन्दुकधारीले अन्धाधुन्ध गोलि चलाएका त्यहाँको प्रहरीले जनाएको छ । यसअघि गएको आइतबार बग्दादमै भएको एक आक्रमणमा ३ सय जनाले ज्यान गुमाएका थिए । 

ढाका आक्रमणमा २० जना विदेशी मारिएको पुष्टि

ढाका, असार १८ । बंगलादेशको राजधानी ढाकामा रहेको एक रेस्टुरेन्टबाट शनिबार बिहानीपख आतंककारीहरुले कब्जामा लिएकामध्ये २० जनाको ज्यान गएको समाचार छ ।उनीहरुलाई आतंककारीले नियन्त्रणमा लिएका थिए । ती नियन्त्रणमा लिइएका नागरिकमध्ये २० जना विदेशी मारिएका एकजना सैनिक जर्नेलले जनाएका छन् ।राजधानी ढाकामा रहेको एक विदेशी रेस्टुरेन्टमा ‘जिहादी’हरुले हमला गरी त्यहाँ रहेका विदेशी नागरिकलाई बन्धक बनाएका थिए ।आतंककारीहरुले सो रेस्टुरेन्टमा शनिबार बिहानै आक्रमण प्रयास गरेका थिए ।बंगलादेशी सेनाका एकजना जर्नेल सहाबुद्दिनले भनेका छन्–‘कब्जमा लिइएका २० विदेशी नागरिकलाई उनीहरुले हत्या गरेका छन् । क्षतिको पूरै विवरण आइसकेको छैन र

ढाका आक्रमणः ६ चरमपन्थी मारिए, १३ बन्धकलाई मुक्त गरियो

१८ असार, काठमाडौं । बंगलादेशको राजधानी ढाकामा चरमपन्थीहरुले आक्रमण गरेको क्याफेलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् ।सुरक्षा बलले ६ आक्रमणकारीलाई मारेको छ भने चार विदेशीसहित १३ बन्धकलाई मुक्त गरिएको छ ।  अन्य आक्रमणकारी र बन्दकबारे केही केही सूचना प्राप्त भएको छैन ।शुक्रबार ढाकाको गुलशन इलाकामा रहेको एक क्याफेमा चरमपन्थीले आक्रमण गरेका थिए । जसको जिम्मा आईएसले लिएको छ ।सुरक्षाकर्मी क्याफेमा पुगेपछि जान बचाएर बाहिर आएका क्याफेका कर्मचारीका अनुसार बेकरीमा २० विदेशसहित कम्तिमा ३५ जना थिए । स्थानीय टीभीका अनुसार रेस्क्यु अपरेशन विहान ७ः४० मा सुरु भएको थियो ।अपरेशनका क्रममा स्वचालित हतियारका साथ सेनाका जवानह

देशद्रोहको आरोप लागेका कन्हैयाले रिहालगत्तै विद्रोहको विगुल फुके -

नयाँ दिल्ली, फागुन २१ । देशद्रोहको आरोपमा गिरफ्तार गरिएका जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयु) का छात्रसंघका अध्यक्ष कन्हैया कुमारले बिहीबार साँझ जेएनयु परिसरमै एक भेलालाई सम्बोधन गर्दै भारत सरकारको आलोचना गरेका छन् ।उनले देशमा जनविरोधी सरकार रहेको भन्दै सरकारले फरक विचारधारा बोक्नेहरुलाई देशद्रोही देख्न थालेको आरोप लगाए । आफूहरुले भारतसँग स्वतन्त्रता नचाहेको स्पष्ट पार्दै उनले भने, ‘हामीले भारतसँग स्वतन्त्रता चाहेका होइनौं, भारतमा स्वतन्त्रता चाहेका हौं ।’उनले सुरुमा केही विद्यार्थीको साथमा आफूहरुले उठाएको आवाज अब देशब्यापी बन्न थालेको बताए । विज्ञानको नियमलाई उद्धृत गर्दै उनले भने, ‘हामीलाई जति दबाउन खोजिन्छ, हामी त्यति नै माथि उठ्दै जान्छौं ।’

भारतमा राहुल गान्धी, केजरीवाल र येचुरीलाई देशद्रोहको आरोप -

काठमाडौं, फागुन १७ । भारतीय कंग्रेस आईका उपाध्यक्ष राहुल गान्धीविरुद्ध देशद्रोहको आरोप लगाइएको छ ।हैदरावादको साइबरावाद इलाकाको प्रहरी चौकीमा गान्धीविरुद्ध देशद्रोहको आरोपमा उजुरी दर्ता गरिएको हो ।गान्धीसँगै कम्युनिस्ट पार्टी माक्र्सवादीका महासचिव सीताराम येचुरी र दिल्लीका मूख्यमन्त्री अरविन्द केजरीवाललगायत केही नेताविरुद्ध पनि राष्ट्रद्रोहको उजुरी दर्ता गरिएको छ ।अदालतको आदेशमा राहुल गान्धी, डी राजा, सीताराम येचुरी, अरविन्द केजरीवाल, अजय माकन, आनन्द शर्मा, केसी त्यागी, कन्हैया कुमार, उमर खालिदमाथि मुद्दा दर्ता गरिएको सरुरनगर प्रहरी चौकीका एसएचओ एस लिंगैयाल

पाकिस्तानमा कडा सुरक्षाबीच मुमताज कादरीलाई फाँसी

इस्लामावाद, फागुन १७ । पाकिस्तानमा सोमबार बिहानै कडा सुरक्षाबीच मुमताज कादरीलाई फाँसी दिइएको छ । पञ्जाव प्रान्तका पूर्व गभर्नर सलमान तासीरको हत्या आरोपमा दोषी ठहर भएका उनलाई रावलपिण्डीस्थित एक जेलमा फाँसी दिइएको हो ।कादरीलाई फाँसी दिइएपछि हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै सुरक्षा सतर्कता अपनाइएको छ ।फाँसी दिनुअघि कादरीका परिवारलाई उनीसँग भेट गर्ने अनुमति दिइएको थियो । (एजेन्सी)

झण्डै ५०० प्रकारका विमानको परीक्षण उडान गर्ने पाइलटको निधन -

लन्डन, फागुन १० । भनिन्छ, चिकित्सकका लागि एउटा गल्ती नै उसका लागि नयाँ शिक्षा हो तर पाइलटका लागि एउटा गल्ती नै उसका लागि अन्तिम गल्ती हो । अर्थात् पाइलटको एउटा सानो गल्तीले उसका साथै विमानमा सवार यात्रुहरुको जीवन समाप्त हुन सक्छ ।कल्पना गरौं, यति जोखिमपूर्ण पेशामै ‘परीक्षण उडान’ झन् कति जोखिमपूर्ण हुन्छ होला ? विश्व विमान बजारमा अनेक प्रकारका विमानहरु आइरहेका हुन्छन् । तर ती विमानको परीक्षणका लागि उडान भर्न आवश्यक हुन्छ नै । जोखिमपूर्ण पेशाको झन् जोखिमपूर्ण काम हो परीक्षण उडान । यस्तै जोखिमपूर्ण काम गर्दै आएका एक कीर्तिमानी पाइलटको ९७ वर्षको उमेरमा निधन भएको छ ।यस्तै जोखिमपूर्ण तथा साहसी कामको पर्यायवाची बनेका बेलायती पाइलट एरिक ‘विङ्कल’ ब्रोनको आइतबार निधन भए

सिरियामा आइएसले गराएको विस्फोटमा परी १ सय ४० को मृत्यु -

काठमाडौं, फागुन १० । सिरियाको होम्स र दमास्कसमा इस्लामिक अतिवादी संगठन आइएसले गराएको श्रृंखलावद्ध विस्फोटमा एक सय ४० जना मारिएका छन् ।दमास्कसमा भएको चार वटा विस्फोटमा कम्तिमा ८३ जना मारिएका छन् । त्यसअघि होम्समा गराइएको विस्फोटमा ५७ जना मारिएका थिए । मारिनेमा अधिकांश सर्वसाधारण नागरिक छन् । होम्समा दुई वटा कार बम विस्फोट गराइएको हो ।आईएसले मुस्लिम अल्पसंख्यक समुदायलाई निशाना बनाएर विस्फोट गराएको हो । शिया मुसलमानको पवित्र ठाउँ मानिने दमास्कसको साइद अजाइनबमा पनि विस्फोट गराइएको थियो । होम्सको अलावियो जिल्लामा विस्फोट गराइएको हो ।विस्फोटकै कमरण युद्ध विरामसम्बन्धि योजना नरोकिने विषयमा सकारात्मक छलफल भएको अमेरि

जिकाको संक्रम चीनमा पनि भेटियो

माघ २७ – अमेरिकी देशमा महामारीको रुपमा फैलिएको जीका भाइरसको संक्रमण चीनमा पनि देखिएको छ । एक ३४ वर्षका व्यक्तिमा जिका भाइरसको संक्रमण पुष्टी भएको चीनको सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ । दक्षिण अमेरिकी देशको भ्रमण गरेर फर्किएका ती व्यक्तिमा जिकाको संक्रमण भेटिएको चीनको राष्ट्रिय स्वास्थ्य तथा परिवार नियोजन कमिसनले जनाएको छ । भेनेजुएलाको भ्रमण गरेर फर्किएका ती व्यक्तिमा ज्वरो आउने तथा चक्कर लाग्ने लक्षण देखिएको थियो ।लामखुट्टेको टोकाइबाट सर्ने जिका भाइरसका कारण अमेरिकी तथा क्यारवियन देश बढी प्रभावित छन् । विश्व स्वास्थ्य संगठनले यसलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेर यस विरुद्धको अभियान सुरु गरेको छ । सबै भन्दा बढी प्रभावित भएको ब्राजिलमा चार हजार भन्दा धेरैमा यसको संक्रमण देखिएको छ ।

साउदी अरबको मस्जिदमा आत्मघाती विस्फोट, तीनजना मारिए

काठमाडौं, माघ १५ । साउदी अरबको एक मस्जिदमा भएको विस्फोटमा तीनजना मारिएका छन ।साउदी अरबको पूर्वी सहरमा रहेको इमाम रेजा मस्जिदमा प्रार्थनाको समयमा अज्ञात व्यक्तिले आत्मघाती विस्फोट गराउँदा ३० जनाभन्दा बढी घाइते भएका छन् ।घटनालगत्तै त्यहाँको सुरक्षा व्यवस्था कडा तुल्याइनुका साथै साउदी अरबका मस्जिद बन्द गरिएका छन् ।साउदी सरकारले इस्लामिक आतंकवादी समूह ‘आइएस’ले आक्रमण गरेको हुनसक्ने आशंका गरेपनि आइएसले भने घटनाको जिम्मेवारी लिएको छैन । (एजेन्सी) 

साउदी अरबको मस्जिदमा आत्मघाती विस्फोट, तीनजना मारिए

साउदी अरबको एक मस्जिदमा भएको विस्फोटमा तीनजना मारिएका छन ।साउदी अरबको पूर्वी सहरमा रहेको इमाम रेजा मस्जिदमा प्रार्थनाको समयमा अज्ञात व्यक्तिले आत्मघाती विस्फोट गराउँदा ३० जनाभन्दा बढी घाइते भएका छन् ।घटनालगत्तै त्यहाँको सुरक्षा व्यवस्था कडा तुल्याइनुका साथै साउदी अरबका मस्जिद बन्द गरिएका छन् ।साउदी सरकारले इस्लामिक आतंकवादी समूह ‘आइएस’ले आक्रमण गरेको हुनसक्ने आशंका गरेपनि आइएसले भने घटनाको जिम्मेवारी लिएको छैन । (एजेन्सी) 

खानीमा फसेका चारजना कामदारलाई ३६ दिनपछि जीवितै उद्दार

काठमाडौं, माघ १६ । चीनको एक खानीमा फसेका चार जना कामदारलाई ३६ दिनपछि जीवितै उद्दार गरिएको छ ।चीनको पूर्वी सानडोङ प्रान्तमा रहेको जिप्सम खानीको सुरुङमा ३६ दिनदेखि फसेका चार जना खानी कामदारको उद्दार गरिएको चिनियाँ सरकारी सञ्चार माध्यमले जनाएका छन् ।गत डिसेम्बर २५ मा खानी भत्कँदा २९ जना कामदार जमिनमुनि सुरुङमा काम गरिरहेका थिए । त्यसमध्ये अहिलेसम्म १५ जनाको उद्दार गरिएको छ ।एक जनाको मृत्यु भएको तथा अरु १३ जना अझै बेपत्ता छन् । ती चारै जना कामदार जमीनको सतहभन्दा दुई सय मिटर तल फसेका थिए । चार सयभन्दा धेरै उद्दारकर्मी अहिले पनि हराइरहेकाको खोजीमा जुटेका छन् । (एजेन्सी)

आइएसका कार्यकर्ता बेलायती नागरिक भएको खुलासा

काठमाडौं, पुस २१ । इस्लामिक स्टेट आइएसले हालै सार्वजनिक गरेको भिडियोमा देखाइएका एक व्यक्ति बेलायती नागरिक भएको खुलासा भएको छ ।भिडियोमा पाँच जना मानिसको हत्या गरिएको देखाइएको थियो । इस्लामिक स्टेटले बेलायतका लागि जासुसी गर्नेहरुको हत्या गरिएको जनाएको छ ।भिडियोको जाँच गर्दा हत्या गर्ने आइएसका मुख्य व्यक्ति बेलायती नागरिक सिद्धार्थ धर रहेको बताइएको छ ।तर यसको आधिकारिक पुष्टि भने हुन सकेको छैन । धर पूर्वी बेलायतमा बस्दै आएका थिए । उनले धर्म परिवर्तन गरी अबु रुमायशको नामले परिचित थिए ।उनलाई सन् २०१४ मा गिरफ्तार गरिएको थियो । तर धरौटी रकम बुझाउने सर्त तोडेर उनी सिरिया गएका थिए । धर हिन्दू हुन् तर आफ्नो धर्म परिवर्तन गरी उनी क

भारतद्वारा पाकिस्तानलाई वायु सेनाको शिविरमा भएको आक्रमणको जानकारी -

काठमाडौं, पुस २१ । भारतले पठानकोटस्थित भारतीय वायु सेनाको शिविरमा भएको आक्रमणसम्बन्धी जानकारी पाकिस्तानलाई दिएको छ ।भारत सरकारले पठानकोटमा भएको आतंककारी आक्रमणसम्बन्धी महत्वपूर्ण जानकारी पाकिस्तानलाई दिएको हो । पाकिस्तानी विदेश मन्त्रालयले भारतबाट प्राप्त जानकारीमा आधारित रहेर काम सुरु गरेको जनाएको छ ।पाकिस्तानको आतंककारी समूह युनाइटेड जिहादी काउन्सिलले पठानकोट आक्रमणको जिम्मेवारी लिएको छ ।गत शनिबार भारतको पञ्जावस्थित पठानकोठमा रहेको भारतीय वायु सेनाको शिविरमा भएको आतंककारी आक्रमणमा परी सात सुरक्षाकर्मीको ज्यान गएको थियो भने २० जनाभन्दा धेरै सैनिक घाइते भएका छन् ।पाकिस्तानको विदेश मन्त्रालयले भारत सरक

तालिवानद्वारा हवाई सेनाको आधार शिविरमा आक्रमण, ६ सैनिक मारिए -

काठमाडौं, पुस ७ । अफगानिस्तानमा तालिवानले हवाई सेनाको आधार शिविरमा आक्रमण गर्दा ६ जना सैनिक मारिएका छन् । घटनामा अन्य ६ जना घाइते भएका छन् । नेटोले मारिने ६ जना नै बिदेशी सैनिक रहेको बताए पनि उनीहरु कुन देशका सैनिक हुन भन्ने खुलेको छैन ।आक्रमणलगत्तै तालिवानले घटनाको जिम्मेवारी लिएको थियो । यसअघि राजधानी काबुलमा अमेरिकी नागरिकको हत्या गरेपछि तालीवानका नेता मुल्ला पक्राउ परेका थिए ।सोही रीस साँध्न तालिवानले आक्रमण गरेको हुन सक्ने अनुमान गरिएको छ । यता तालिवानले हेल्मन्द प्रान्तको प्रहरी कार्यालयमा पनि घेरा हालेको बताइएको छ । तालिवानीको घेरा तोड्न अफगानी सेनाले प्रयास जारी राखेको छ ।अफगानिस्तानमा जारी तालिवान आक्रमणको नियन्त्रणका लागि नेटोसहित सहयोगी र

भारतीय सीमा सुरक्षा बलको विमान दुर्घटना

नयाँ दिल्ली, पुस ७ । भारतको सीमा सुरक्षा बलको एउटा विमान दिल्लीको द्वारिका क्षेत्रमा दुर्घटना भएको छ ।केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले दुर्घटनाको पुष्टि गरेका छन् । दिल्लीबाट राँचीका लागि विमान उडेलगत्तै दुर्घटना भएको उनको भनाई छ ।विमानमा सवार १० जनाको मृत्यु भएको भारतीय संचारमाध्यमहरुले  जनाएका छन् ।विमानमा आगो लागेको बताइएको छ । दिल्ली दमकल सेवाका निर्देशक एके शर्माका अनुसार आगो निभाइएको छ ।नागरिक उड्डयन महानिर्देशकको कार्यालयले जनाएअनुसार सो विमान प्रशिक्षण उडानका क्रममा दुर्घटना भएको हो । विमानमा बोर्डर सेक्यूरिटी फोर्सका प्राविधिक कर्मचारी सवार रहेको जनाइएको छ ।दुर्

उत्तर कोरियासँग हाइड्रोजन बम नरहेको अमेरिकाको दाबी

वासिंटन, मंसिर २५ । अमेरिकाले उत्तर कोरियासँग हाइड्रोजन बम रहेको भन्ने समाचार भ्रामक भएको दाबी गरेको छ । उत्तर कोरियाली सञ्चार माध्यमहरुले सर्वोच्च नेता किम जोङ उनलाई उद्धृत गर्दै उत्तर कोरियासँग हाइड्रोजन बम रहेको संकेत गरेको जनाए लगत्तै ह्वाइट हाउसले एक बक्तब्य जारी गर्दै समाचारको खण्डन गरेको हो ।ह्वाइट हाउसका प्रवक्ता जोश अर्नेस्टले उत्तर कोरियासँग हाइड्रोजन बम रहेको खबरमा सत्यता नरहेको जनाए । यद्यपी उत्तर कोरियाको परमाणु कार्यक्रमको विकासको खतरालाई लिएर अमेरिका सँधै चिन्तित रहेको उनले बताए । विवादास्पद परमाणु कार्यक्रमका कारण चर्चामा रहने उत्तर कोरियासँग हाइड्रोजन बम रहेको खबरको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन ।

फ्रान्समा कडा सुरक्षाबीच विश्व जलवायु परिवर्तन शिखर सम्मेलन सुरु हुँदै -

काठमाडौं, मंसिर १४ । फ्रान्समा आइतबार देखि विश्व जलवायु परिवर्तन शिखर सम्मेलन सुरु हुँदैछ । हालै भएको आतंकवादी आक्रमणका कारण पेरिसभरको सुरक्षा व्यवस्था भने अत्यन्तै कडा बनाइएको छ ।सम्मेलन सुरु हुनु पूर्व विश्वभर भने प्रदर्शन गरिएका छन् । सम्मेलनमा विश्वका एक सय ५० देशका नेताले भाग लिँदै छन् । जसमा अमेरिकी राष्ट्रपति बराक ओबामा, चीनका राष्ट्रपति शि जिनपिङ, रुसी राष्ट्रपति भ्लादिमीर पुटिनलगायतका विश्व नेता हुनेछन् ।आयोजक राष्ट्रका राष्ट्रपति फ्रास्वाँ ओलान्डले जलवायु परिवर्तनबारे विश्वस्तरमा एक बाध्यकारी सम्झौता गर्न सबैमा अपील गरेका छन् । यता, संसारका विभिन्न स्थानमा प्रदर्शनमा उत्रेकाहरुले जलवायु परिवर्तन रोक्नका लागि ठोस कदम उठाउन विश्व नेतासँग अपील ग

टर्कीले रुसको लडाकू विमान खसाल्यो

काठमाडौं, मंसिर ८ । टर्कीको लडाकू विमानले सिरियाको सीमा क्षेत्रनजिकको आफ्नो हवाई क्षेत्रमा रुसी लडाकू विमानलाई खसालिदिएको छ ।टर्कीको ‘एफ–१६’ले बिना अनुमति आफ्नो क्षेत्रमा प्रवेश गरेको भन्दै सो रुसी ‘एसयु–२४’ विमानलाई खसालेको सैनिक अधिकारीले जनाएको बीबीसीले उल्लेख गरेको छ ।विमानमा आक्रामण गर्नुअघि पाइलटलाई पाँच मिनेटको अवधिमा १० पटक चेतावनी दिइए पनि अटेर गरेपछि खसालेको टर्कीले स्पस्ट पारेको छ । रुसी रक्षा मन्त्रालयले पनि लडाकू विमान खसेको पुष्टि गरेको छ ।टर्कीको एक स्थानीय टेलिभिजनले एक लडाकू विमान आगो लागेर झरिरहेको दृश्य प्रसारणसमेत गरेको छ । सो विमान उत्तरी सिरियाको टर्किस सीमा नजिक ‘टर्कमेन माउन्टेन’ भन्ने ठाउँमा खसेको बताइएको छ । (ए

एक लाख ६१ हजार मुसा मारेर पुरस्कृत

असोज २२ । बंगलादेशका एक कृषकले वर्षमा एक लाख ६१ हजारभन्दा बढी मुसा मारेर पुरस्कार प्राप्त गरेका छन् ।बंगलादेशी कृषक अब्दुल खालेक मिरबोहोरले एक वर्षमा एक लाख ६१ हजार दुई सय २० वटा मुसा मारेर २० हजार टाका अर्थात् १५५ पाउन्ड रकम पुरस्कारस्वरुप प्राप्त गरेका हुन् ।क्षेत्रीय कृषि कार्यालयले अब्दुलबाट उक्त संख्यामा मुसा मारिएको पुष्टि गरेको हो । एक अभियान अन्तर्गत उनले वर्षभरी मुसा मारेको र मारिएका मुसाका पुच्छर स्थानीय कृषि कार्यालयलाई प्रमाणस्वरुप बुझाएको बताइन्छ । सोही आधारमा उनी बंगलादेशमै सर्वाधिक मुसा मार्ने कृषकका रुपमा पुरस्कृत भएका हुन् ।मुसाले वार्षिक रुपमा ठूलो परिमाणमा अन्न खाने र नोक्सान गर्ने क्रम बढेपछि सरकारले नै मुसा मार्ने अभियानलाई प्र

अस्पतालमा भएको हवाई आक्रमणप्रति ओबामाले माफी मागे

असोज २१ । अमेरिकी राष्ट्रपति बराक ओबामाले अफगानिस्तानको कुन्दुज अस्पतालमा आफ्ना सेनाले गरेको हवाई आक्रमणप्रति माफी मागेका छन् ।स्वास्थ्य सेवा दिने अन्तर्राष्ट्रिय संस्था डाक्टर्स विदाउट बोडर्स एमएसएफका अध्यक्ष जोआना लियूसँग ओबामाले कुन्दूज आक्रमणबारे माफी मागेका हुन ।ओबामाले कुन्दूज अस्पतालमाथिको आक्रमण गलत भएको स्विकारे । उनले अफगानिस्तानका राष्ट्रपतिसँग पनि घटनाबारे माफी मागेका छन् । घटनामा संलग्न दोषीलाई जिम्मेवार ठह¥याउन र पीडितलाई क्षतिपूर्ति दिन पनि अमेरिका तयार रहेको जनाइएको छ ।एमएसएफको उक्त अस्पतालमा गरिएको हवाई आक्रमणमा २२ जना मारिएका थिए । अमेरिकाले आफ्नो निशानामा तालिवान रहेको द

अस्पतालमा भएको आक्रमण ठूलो गल्ती हो: अमेरिका

असोज २० । अमेरिकाले अफगानिस्तानकोे कुन्दुज शहरस्थित एक अस्पतालमा भएको आक्रमण ठूलो गल्ती भएको स्विकार गरेको छ ।अफगानिस्तानस्थित अन्तर्राष्ट्रिय सेनाका कमाण्डर जनरल जोन कैपबलले अमेरिकाले जानी–जानी आक्रमण नगरेको तर गम्भिर त्रुटी भएको स्विकार्दै यसबाट हुन गएको मानविय क्षतिप्रति क्षमा याचना गरेको छ ।जोन कैपबलले यस घटनाबाट आफूहरुले पाठ सिकेको भन्दै अव आइन्दा त्यस्तो गल्ती नगर्ने बचन दिएका छन् ।अफगानिस्तानको कुन्दुजस्थित डाक्टर्स बिदाउट बोर्डर्स अस्पतालमा भएको अमेरिकी हमलामा २२ जनाको ज्यान गएको थियो । (एजेन्सी)

पहिरोमा पुरिएर ग्वाटेमालामा ९ जनाको मृत्यु, ६ सय जना बेपत्ता

असोज १६ - ग्वाटेमालामा पहिरोमा पुरिएर कम्तिमा ९ जनाको ज्यान गएको छ । पहिरोमा परी ६ सय भन्दा धेरै हराइरहेका छन् । राजधानी ग्वाटेमाला सिटीको बाहिरी क्षेत्रमा गएको पहिरोमा परी हराइरहेकाको खोजी तथा उद्धारका लागि सयौं उद्धारकर्मी खटिएको त्यहाँको आपदकालिन सेवा विभागले जनाएको छ । ग्वाटेमाला सिटीको दक्षिणपूर्वी क्षेत्र सान्टा कटरिना पिनुलामा लगातारको वर्षासँगै गएको पहिरोले एक सय २५ घर पुरेको छ । उद्धारकर्मीले पुरिएका घरमा फसेका मानिसको उद्धारका लागि काम गरिहेको सरकारी अधिकारीले बताएका छन् ।– एजेन्सीको सहयोगमा

आतंकवादमा भारतको संलग्नता रहेको पाकिस्तानको आरोप, राष्ट्रसंघलाई प्रतिवेदन बुझायो

न्यूयोर्क, असोज १५ । पाकिस्तानले संयुक्त राष्ट्रसंघको महासभामा भारतमाथि गम्भीर आरोप लगाउँदै सम्बन्धित दस्तावेजसमेत बुझाएको छ ।समाचार एजेन्सीहरुका अनुसार आतंकवादमा भारतको कथित संलग्नताका बारेमा पाकिस्तानी अधिकारीले राष्ट्रसंघको महासभामा दस्तावेज नै बुझाएका छन् ।दस्तावेजमा पाकिस्तानी संघ प्रशासित क्षेत्र (फाटा) मा तहरिक ए तालिवानसँग भारतीय सुरक्षा एजेन्सीको सम्पर्क रहेको प्रमाण समावेश गरिएको छ ।यसअघि भारतले पाकिस्तानमाथि आतंकवादलाई बढावा दिएको आरोप लगाउँदै आएको थियो ।संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्दै भारतीय विदेशमन्त्री सुष्मा स्वराजले मुम्बई हमलाका षडयन्त्रकारीहरु पाकिस्तानमा खुलेआम घुमिरहेको जिकिर गरेकी थिइन् ।भारतीय विदेशमन्त्रीको सम्बोधनपछि बिहीबार राति ज

मेक्सिकोमा हराइरहेका ४३ जना विद्यार्थीको सम्झनामा प्रदर्शन

काठमाडौं, असोज १० । मेक्सिकोमा एक वर्षअघि देखि हराइरहेका ४३ जना विद्यार्थीको सम्झना र घटनाको विरोधमा परिवारजन लगायतका हजारौं मानिस प्रदर्शनमा सहभागि भएका छन् ।घटनाप्रति सरकारले देखाएको व्यवहारप्रति रुष्ट प्रदर्शनकारीले सरकारविरुद्ध आक्रोश पोखेका छन् । उनीहरुले अन्तर्राष्ट्रिय अनुगमनमा अनुसन्धानका लागि विशेष कार्यदल गठन गर्न माग गरेका छन् ।स्थानीय समय अनुसार आजैको दिन दक्षिणी राज्यस्थित इग्वाला शहरबाट ती विद्यार्थी हराएका थिए । एउटा सरकारी अनुसन्धानले ती विद्यार्थीलाई एउटा आपराधिक समुहलाई बुझाइएको, मारिएको र पछि उनीहरुको शव फोहोर फाल्ने ठाउँमा लगेर जलाइएको निष्कर्ष निकालेको थियो ।तर हराएका विद्यार्थीका परिवारले भने यो निष्कर्षलाई अस्विकार गर

सिरियामा चर्किरहेको गृहयुद्धका बारे अमेरिका र रुस बीच छलफल

काठमाडौं, असोज २ । अमेरिका र रुसका अधिकारीहरुले सिरियामा चर्किरहेको गृहयुद्धका बारेमा छलफल गरेका छन् ।अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अनुसार यसबारेमा दुई देशबीच झण्डै एक वर्षभन्दा बढी समयपछि छलफल भएको हो ।अमेरिकी रक्षा मन्त्री ऐस्टर्न कार्टर र रुसी रक्षा मन्त्रीबीच दुई देशबीच रहिरहेको असहमतिमाथि छलफल भएको हो । दुई देशबीच साझा सरोकार रहेका विषयमा छलफल भएको रुसी सञ्चारमाध्यमहरुले जनाएका छन् ।दुई देशबीच सिरियामा चलेको रक्तपातयुक्त युद्धकाबारेमा दुई देशबीच गम्भीर मतभेद रहँदा समाधान खोज्न सकिएको छैन । रुसले सिरियाली सरकारलाई समर्थन गरेको छ भने अमेरिका राष्ट्रपति बहर अल हसदले सत्ता छाडेमा समस्याको हल निस्कने विश्वासमा छ ।

जापानी सेनाले अब विदेशमा गएर युद्ध लड्न पाउने

काठमाडौं, असोज २ । जापानी संसदले सेनालाई विदेशमा गएर लड्न अनुमति दिने कानून पारित गरेको छ ।कानुन पारित भएसँगै अब जापानी सेनाले देश बाहिर गएर युद्ध लड्न पाउने छन् । दोश्रो विश्वयुद्धपछि पहिलो पल्ट जापानी सेनाले देश बाहिर गएर युद्ध गर्ने अनुमति पाएको हो ।जापानी सेनालाई विदेशमा गएर युद्ध गर्न पाउने अनुमति दिइएपछि जापान अनावश्यक युद्धमा फस्ने डरमा विपक्षीहरुले यस कानूनको विरोध गर्दै आएका थिए ।जसका कारण यो कानून पारित गर्न ढिलाई भएको थियो भने संसदमै कुटाकुट समेत भएको थियो । कानून पारित हुने बेलामा संसद भवन अघि भेला भएका जापानी नागरिकले हामी युद्ध हैन शान्ति चाहन्छौं भन्दै प्रदर्शन गरेका थिए । (एजेन्सी)

सिरियामा रुसी सैनिकको तैनाथ गरिएकोमा अमेरिका र नेटोको आपत्ति -

काठमाडौं, भदौ २४ । अमेरिका र नेटोले सिरियामा रुसी सैनिकको उपस्थिति बढाइएकोमा गम्भीर ध्यानाकर्षण भएको भन्दै आपत्ति जनाएका छन् ।अमेरिकी विदेश मन्त्री जोन केरीले रुसी समकक्षी सर्गेई लाभरोभसँग टेलिफोन वार्ता गर्दै सैन्य उपस्थितिका बारेमा चासो जनाएका हुन ।नेटो प्रमुख जेन्स स्टोलटेनबर्गले पनि यदि खबरहरुमा आए जस्तै रुसले सिरियामा सैनिक बढाएको हो भने त्यसले द्वन्द्वको समाधान नगर्ने बताए ।सिरियामा चार वर्षदेखि जारी गृहयुद्धमा मूख्य पक्ष रहेको रुसले भने आफूले सैन्य विज्ञ पठाउनु बाहेक अरु कुनै काम नगरेको बताउँदै आएको छ ।तर विश्लेषकहरुले भने रुसले दरिलो साथ नदिएको भए सिरियाका शासक बहार अल असादको शासन अन्त्य भैसक्थ्यो भन्ने टिप्पणी गरेका छन् ।रुसले थप एअरक्राफ्ट, दुई वटा ट्यांक र केही सैनिक सिरिया पठाएको दावी अमेरिकी अधिकारीहरुको छ ।रुसी विदेश मन्त्रालयका प्रवक्ताले भने रुसले सिरियालाई सैन्य प्राविधिक सहयो

हंगेरीका रक्षामन्त्रीले दिए राजीनामा इस्तवान सिमिक्स्को नयाँ रक्षामन्त्री

२२ भदौ, काठमाडौं । हंगेरीका रक्षामन्त्री चोबा हेन्डेले पदबाट राजीनामा दिएका छन् ।प्रवासीहरुलाई देशमा भित्रिन रोक लगाउने उद्देश्यले सर्वियासँग जोडिएको सीमा क्षेत्रमा पर्खाल लगाउने सरकारको निर्णयबाट उनी असन्तुष्ट थिए ।राजीनामाको कारण पनि त्यही नै हुनसक्ने बताइएको छ । तर, स्पष्ट भैसकेको छैन । उनको राजीनामा पत्रमा पनि स्पष्ट कारण उल्लेख नगरिएको बीबीसीले जनाएको छ ।चोबा हेन्डेले राजीनामा दिएपछि अब इस्तवान सिमिक्स्को हंगेरीको नयाँ रक्षामन्त्री हुनेछन् ।सर्वियाको सीमा क्षेत्रबाट प्रवासीहरु हंगेरी भित्रिने क्रम बढेपछि सरकारले अग्लो पर्खाल बनाउने निर्णय गरेको छ । सो पर्खालको निर्माण आउँदो महिनामै पूरा गर्ने लक्ष्य राखिएको छ ।

व्रिटेनले २० हजार शरणार्थीलाई शरण दिने बालबालिका र अनाथलाई प्राथमिकता : क्यामरुन

२२ भदौ, काठमाडौं । व्रिटेनले अगामी पाँच बर्षमा २० हजार शरणार्थीहरुलाई शरण दिने घोषणा गरेको छ । सीरिया, टर्की र जोर्डनका शरणार्थी शिविरबाट २० हजार जनालाई सन् २०२० सम्ममा व्रिटेन भित्राइने छ ।प्रधानमन्त्री डेविड क्यामरुनले संसदमा संवोधन गर्दै सीरियाको सीमा नजिकका शरणार्थी शिविरमा रहेकाहरुलाई मद्दत गर्नु व्रिटेनको नैतिक जिम्मेवारी रहेको बताए । असुरक्षित बालबालिका र अनाथहरुलाई प्राथमिकता दिइने क्यामरुनको भनाइ छ ।व्रिटेन सरकारले व्रिटेनको तर्फबाट दिइने अन्तराष्ट्रिय सहायता बजेटलाई शरणार्थीको मद्दतका लागि उपयोग गर्ने घोषणा गरिसकेको छ ।

इन्दिरा गान्धी विमानस्थलमा एकैदिन तीन विमानको आपत्कालिन अवतरण

नयाँ दिल्ली, भदौ २२ । भारतको राजधानी नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा एकै दिन तीनवटा विमानले आपत्कालिन अवतरण गरेका छन् ।समाचार एजेन्सीहरुका अनुसार सोमबार सो विमानस्थलमा प्राविधिक समस्याका कारण तीन विमानले आपत्कालिन अवतरण गरेका हुन् । यस क्रममा केही यात्रु सामान्य घाइते भए पनि मानवीय क्षति नभएको बताइन्छ ।सोमबार बिहानै इस्तानबुलबाट आएको टर्की एयरलाइन्सको विमानले आपत्कालिन अवतरण गरेको थियो । सो विमानको टायर क्षतिग्रस्त भएपछि आपत्कालिन अवतरण गराइएको विमानस्थल कार्यालयले जनाएको छ ।स्थानीय समयअनुसार बिहान ४ः३० बजे रनवे संख्या २७ मा सो विमा

भारतको आसाममा बाढीमा परी ६१ जनाको मृत्यु, १८ लाख मानिस प्रभावित

काठमाडौं, भदौ २१ । भारत आसाममा लगातारको वर्षापछि आएको बाढीमा परी अहिलेसम्म ६१ जनाको मृत्यु भएको छ ।आइतबार मात्र पाँच जनाको मृत्यु भएको आसाम सरकारले जनाएको छ । बाढीबाट २० जिल्लाका १८ सय ८० गाउँ डुबानमा पर्दा १८ लाख मानिस प्रभावित भएको जनाइएको छ ।बाढी पहिरोबाट विस्थापित बनेका करिब डेढ लाख मानिसलाई २ सय ७७ शिविरमा राखिएको छ । पीडितलाई राहत सामग्री पुर्‍याउन नसकिएको बताइएको छ ।उद्धार र राहतका लागि भारतीय सेना नै संलग्न भएको छ । पीडितको उद्धार र राहतका लागि केन्द्र सरकारसँग सहयोग मागिएपनि कुनै सहयोग नमिलेको मूख्यमन्त्री तरुण गोगोईले अरोप लगाएका छन् ।

कार र्‍यालीमा भएको दुर्घटनामा छ जनाको मृत्यु

काठमाडौं, भदौ २० । स्पेनको उत्तर पश्चिमी गालिसिया क्षेत्रमा आयोजित कार र्‍यालीमा भएको दुर्घटनामा छ जनाको मृत्यु भएको छ । दुर्घटनामा घाईते भएका १६ मध्ये केहीको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।तीब्र गतिको कार अनियन्त्रित भई दर्शक माझ ठोक्किन पुगेपछि दुर्घटना भएको थियो । (एजेन्सी)

अपलपत्र परेका हजारौं आप्रवासीलाई अष्ट्रिया र जर्मनीमा स्वागत

काठमाडौं, भदौ २० । हंगेरीमा केही दिनदेखि अपलपत्र परेका हजारौं आप्रवासीलाई अष्ट्रिया र जर्मनीले आफ्नो मुलुकमा स्वागत गरेका छन् ।अष्ट्रियाको सीमामा स्वंयसेवकहरुले करिब १० हजार आप्रवासीलाई स्वागत गरेपछि आप्रवासी भियना र जर्मनीको म्यूनिख प्रस्थान गरेका छन् ।हंगेरीमा अलपत्र परेका आप्रवासीलाई अरु यूरोपेली मुलुक जानबाट रोक्दा आप्रवासीको अत्याधिक चापले राजधानी बुडापेष्टको अर्थव्यवस्था धरासायी हुन पुगेको थियो ।मध्यपूर्व र अफ्रिकी मुलुकका आप्रवासीको लगातारको प्रवेशबाट यूरोपमा श्रृजित समस्यालाई उजागर गरेको अन्तर्राष्ट्रिय समाचारमाध्यमहरुले जनाएका छन् । आप्रवासीले अष्ट्रिया र जर्मनी जाने अडान लिइरहेका थिए ।यसपछि शुक्रबार मात्र हंगरीले आप्रवासीका लागि अष्ट्रियासँगको सीमा खोलेर उनीहरुलाई त्यहाँसम्म पुग्न बसको व्यवस्था गरेको हो ।अष्ट्रियाले पनि आप्रवासीलाई आउन नरोक्ने जनाएको छ ।जर्मन च

चीनले तीन लाख सेना कटौती गर्ने

बेइजिङ, भदौ १७ । चीनका राष्ट्रपति शी जिनपिङले सेनामा कटौतीको घोषणा गरेका छन् । दोस्रो विश्वयुद्ध अन्त्य भएको ७० औं वार्षिकोत्सवका अवसरमा बिहीबार आयोजित कार्यक्रममा उनले चिनियाँ सेनामा तीन लाखको संख्यामा कटौती गर्ने घोषणा गरेका हुन् ।चीनको ‘पिपुल्स लिबरेशन आर्मी’ संख्यात्मक हिसाबले विश्वकै सबैभन्दा ठूलो सेना मानिन्छ । चीनमा लगभग २३ लाख सैनिक छन् । चिनियाँ सेनाको वार्षिक बजेट १४१ अर्ब डलर छ जो विश्वमै दोस्रो ठूलो सैन्य बजेट हो ।दोस्रो विश्वयुद्ध अन्त्य भएको ७० औं वार्षिकोत्सवका अवसरमा चीनले बेइजिङमा विशाल सैन्य परेड आयोजना गरेको छ ।राजधानी बेइजिङको तियानमैनमा हुने सैन्य परेडमा १२ हजारभन्दा बढी सेनाले सैन्य कौशल प्रस्तुत गरेका छन् ।

इजिप्टमा राष्ट्रपति पदका लागि आज उम्मेदवारी दर्ता हुने

काठमाडौं, भदौ १५ । इजिप्टमा हुने राष्ट्रपति पदका लागि मंगलबार(आज) उम्मेदवारी दर्ता हुने भएको छ ।उम्मेदवारी दर्ताका लागि १२ दिनको समयसीमा दिइएको छ । आगामी अक्टोबर १८ तारिख हुने निर्वाचन दुई चरणको हुनेछ ।इजिप्टमा रहेको २७ प्रान्त मध्ये अक्टोबर १८ मा पहिलो चरणको र १९ अक्टोबरमा दिन दोस्रो चरणको मतदान हुनेछ ।यसका लागि सर्वोच्च अदालतका न्यायाधीश आइमान अब्बासको नेतृत्वमा निर्वाचन कमिटी गठन गरिएको छ । इजिप्ट गत तीन बर्षदेखि संसद विहीन छ ।पछिल्लो समय सन् २०११ मा आमनिर्वाचन भई त्यहाँका नेता मोहमद मुर्सी राष्ट्रपतिमा निर्वाचित भएका थिए ।सो निर्वाचित संसद्लाई सन् २०१२ मा सर्

बम बिस्फोटको योजना बनाइरहेका ब्यक्तिलाई २० बर्षको सजाय -

काठमाडौं, भदौ १५ । अमेरिकी उच्च अदालतले एक ब्यक्तिलाई आतंकबादी हमलाको योजना बनाएको अभियोगमा २० बर्षको सजाय तोकेको छ ।अमेरिकी बिमानस्थलका कर्मचारी रहेका ६० बर्षिय टैरी लावेनले अमेरिकामा बम बिस्फोट गर्ने योजना बनाइरहेका खुलासा भएपछी २० बर्षको सजाय तोकेको हो ।अमेरिकी जाँच संस्था एफबीआइले सुराकीको आधारमा उनलाई पक्राउ गर्न सफल भएको हो ।उनले सन् २०१३ देखि अमेरिकामा बिस्फोट पदार्थले भरेको गाडी लगी बिस्फोट गर्ने योजना बनाएको खुलासा भएको छ ।

अमेरिकामा टेलिभिजन पत्रकारको हत्या गर्नेले आत्महत्या गरे

लिबियाबाट भूमध्यसागर हुँदै युरोप प्रवेश गर्ने क्रममा रहेको एक डुंगा बीच बाटोमै रोकिँदा ५० जनाभन्दा बढीको मृत्यु भएको छ ।लिबियाको तटीय क्षेत्रमा रोकिएको डुंगाबाट अन्य ४ सय ३० भन्दा बढीको भने जिबितै उद्धार गरिएको छ । अधिकांशको निसास्सिएर मृत्यु भएको इटालीयन अधिकारीहरुले जनाएका छन ।यो वर्ष मात्रै लिबियाबाट भूमध्येसागर हुँदै युरोप प्रवेश गर्न खोज्ने हजारौं ब्यक्तिको डुंगा दुर्घटनामा मृत्यु भएको छ भने त्यति नै संख्यामा उद्धार गरिएको छ ।बुधबार भएको दुर्घटना र त्यसपछिको उद्धार कार्य पनि हालसम्मको दसौं पटक भएको इटालीयन अधिकारीहरुले जनाएका छन ।पछिल्लो समय भुमध्येसागर हुँदै २ लाख ५० हजारभन्दा बढी मानिस यु

फिलिपिन्समा शक्तिशाली आँधीमा परी २६ को मृत्यु

काठमाडौं, भदौ ८ । फिलिपिन्समा आएको शक्तिशाली आँधीमा परी मृत्यु हुनेको संख्या २६ पुगेको छ ।उत्तरी फिलिपिन्समा आएको शक्तिशाली आँधी गोनीका कारण दुर्गम गाउँ मन्कायानमा पहिरो गएको छ । पहिरोमा परेका १३ जनालाई भने उद्धार गरिएको छ ।आँधीका कारण फिलिपिन्सका अधिकांश शहरको जनजीवन प्रभावित हुनुका साथै शैक्षिक संस्था, यातायात र हवाई सेवा समेत अवरुद्ध बनेको छ ।आँधी प्रभावित सयौं सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सारिएको छ । आँधीले ठाउँ ठाउँमा बिजुलीका पोल ढलेकाले बिजुली आपूर्ति बन्द भएको छ । 

मलेशियामा सामूहिक चिहान फेला

मलेशिया, भदौ ६ । मलेशियामा एउटा सामूहिक चिहान फेला परेको छ । थाइल्याण्डको सीमानजिक फेला परेको चिहानबाट २४ वटा शव बरामद गरिएको मलेशियाली प्रहरीले जनाएको छ ।बुकित वांग बर्मा नामक क्षेत्रमा फेला परेका ती सबै शव मानव तस्करीको शिकार बनेका बंगलादेश र म्यानमारका नागरिकको हुनसक्ने अनुमान प्रहरीको छ ।म्यानमार र बंगलादेशबाट लगिएका मानिसलाई अरु देशमा लैजाने क्रममा यही बाटो प्रयोग गर्ने गरिन्थ्यो । गत मे महिनामा पनि त्यही क्षेत्रनजिक गैरकानूनी रुपमा बन्दी बनाइएको एक स्थानबाट सयौं शव फेला पारिएको थियो । (एजेन्सी)

उत्तर कोरियाली सर्वोच्च नेताद्वारा युद्धका लागि तयार रहन सेनालाई निर्देशन

प्योङयाङ, भदौ ४ । उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उनले युद्धको तयारी गर्न सेनालाई निर्देशन दिएका छन् ।आफ्नो मुलुकविरुद्ध दक्षिण कोरियाले प्रचारबाजी गरेको भन्दै उत्तर कोरियाली नेता उनले युद्धको तयारी अवस्थामा रहन सेनालाई निर्देशन दिएका हुन् ।आपतकालीन बैठकलाई सम्बोधन गर्दै उनले अर्द्धयुद्धको अवस्था देखिएको बताए ।दक्षिण कोरिया तथा उत्तर कोरियाबीच सीमा क्षेत्रमा दुईतर्फी गोलाबारी भएपछि कोरिया प्रायद्वीपमा तनाव बढेको छ । उत्तर कोरियाले आफ्ना क्रियाकलाप बन्द नगरे कडा कारबाही सामना गर्न दक्षिण कोरियालाई चुनौती दिएको छ ।आफ्नाविरुद्ध प्रचारबाजी गरेको आरोपमा उत्तरले दक्षिणको भूमिमा बम प्रहार गरेको थियो ।जवाफमा दक्षिण कोरियाले दसौं राउन्ड आर्टिलरी फायर गरेको छ ।

जेलमा रहेका अन्डरवर्ल्ड डनलाई आत्महत्या गर्न दबाब

मुम्बई, श्रावण ३१ । भारतको जेलमा रहेका अन्डरवर्ल्ड डन अबू सालेमलाई जेल प्रशासनले आत्महत्याका लागि दबाब दिएको छ ।अबू सालेमका वकिलले विशेष टाडा अदालतमा यसबारेमा उजुरी दायर गरेका छन् ।सालेमका वकिल सबा कुरैशीका अनुसार जेल अधिक्षक हिरालाल जाधवले सालेममाथि आत्महत्याका लागि दबाब दिएका हुन् । सालेमलाई पछिल्ला दिनमा व्यापक मानसिक यातना दिने गरिएको पनि उजुरीमा उल्लेख छ ।सालेम मुम्बई नजिकैको तलोजा जेलमा छन् ।यसअघि जेल प्रशासनले सालेममाथि जेलभित्र दुर्व्यवहार, अनुशासनहीनताको आरोपमा उजुरी दायर गरेको थियो ।सालेमका वकिल कुरैशीका अनुसार कारागारका अधिक्षकले सालेमलाई थुनिएको ‘अण्डा सेल’ बाहिर दुई सिपाही तैनाथ गरेका छन् । उनीहरुले सालेममाथि चौबिसै घण्टा निगरानी गर्ने र शरीरका सबै वस्त्र फ

कडा सुरक्षाबीच भारतले ६९ औं स्वतन्त्रता दिवस मनाउँदै -

नयाँ दिल्ली, श्रावण ३० । भारतले कडा सुरक्षाका बीच शनिबार आफ्नो ६९ औं स्वतन्त्रता दिवस मनाउँदै छ ।राजधानी दिल्लीसहित देशका मूख्य शहरमा सुरक्षाको कडा प्रबन्ध गरिएको जनाइएको छ ।दिल्लीस्थित लालकिल्लाको सुरक्षार्थ ठूलो संख्यामा सुरक्षा बल परिचालन गरिएको छ भने हेलिकोप्टर पेट्रोलिङको व्यवस्था गरिएको छ । सोही स्थानमा प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्ने कार्यक्रम छ ।जम्मू कश्मीर, महाराष्ट्र, पञ्जाबलगायत राज्यमा सुरक्षा सतर्कता बढाइएको छ । हालै सन् १९९३ को बम आक्रमणका दोषी याकूब मेमनलाई फाँसी दिएका सन्दर्भमा आएका धम्कीहरुका कारण पनि सुरक्षा सतर्कता बढाइएको बताइएको छ ।

युआनको मूल्यमा निरन्तर गिरावट

श्रावण २८ - चीनको केन्द्रीय बैंकले राष्ट्रिय मुद्रा युआनको मूल्य अवमूल्यन गरेको छ। पिपुल्स बैंक अफ चाइनाले अमेरिकी डलरको तुलनामा ३ वर्षयताकै सबैभन्दा तल्लोस्तरमा युआनलाई झारेको हो।जसअनुसार १ डलर बराबर ६ दशमलव २२२९८ युआन हुनेछ, यसअघि ६ दशमलव ११६२ थियो। बैंकका अनुसार युआनको मूल्यमा १ दशमलव ९ प्रतिशत गिरावटको उद्देश्य विनिमय दरलाई अझै बजारमा निर्भर बनाउनु हो। केन्द्रीय बैंकको एक आधिकारिक मध्यविन्दुमार्फत यस दरलाई नियन्त्रण गरिन्छ, जसको कारोबार कुनै दिन २ प्रतिशत वृद्धि या गिरावट हुन सक्छ।संसारको दोस्रो ठूलो अर्थतन्त्र चीनले गत साता जुलाईमा निर्यात दर ८ दशमलव ३ प्रतिशतले घटेको जनाएको थियो।केही महिनायता डलरको तुलनामा युआन बलियो भएको थियो। ज

ताइवानमा आएको शक्तिशाली आँधीले चीन प्रभावित

श्रावण २४ । ताइवानमा लगातार परेको पानीसँगै आएको शक्तिशाली समुद्री आँधी विस्तारै चीनमा पुगेको छ ।सुडेलोर नामाकरण गरिएको यो आँधी विस्तारै सर्दै दक्षिणपूर्वी चीनमा पुगेको चिनियाँ अधिकारीहरुले जनाएका छन् ।आँधीको चपेटामा पर्न सक्ने क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानतर्फ सारिएको छ भने आँधीका कारण बिजुली आपूर्ति ठप्प बनेको छ ।हवाई तथा यातायातका सेवा ठप्प प्रायः बनेका छन् । आँधीका कारण फुजियान प्रान्त सबैभन्दा प्रभावित भएको छ । त्यहाँका १ लाख ६३ हजार सर्वसाधारण थातथलो छाड्न बाध्य भएका छन् ।यसअघि ताइवानमा आएको २ सय ३० किलोमिटर प्रतिघण्टाको वेगसम्म आएको आँधीका कारण पूर्वी क्षेत्रमा पहिरो पनि गएको छ भने २० लाख घरमा बिजुली आपूर्ति ठप्प भएको थियो । (एजेन्सी)

बंगलादेशमा ब्लगर हत्याको विरोधमा ब्यापक प्रदर्शन

श्रावण २४ । बंगलादेशमा ब्लगर हत्याको विरोधमा ब्यापक प्रदर्शन भएको छ ।राजधानी ढाकालगायतका विभिन्न शहर केन्द्रीत प्रदर्शनमा ब्लगरहरुका साथै सर्वसाधारणको बाक्लो उपस्थिति रहेको छ ।शान्तिपूर्ण आन्दोलनमा सहभागीहरुले ब्लगर हत्या बन्द गरी हत्यारालाई कडा कारबाही गर्न माग गरेका छन् ।गत शुक्रबार बंगलादेशी ब्लगर निलोय नीलको हत्या भएपछि बंगलादेशमा लगातार प्रदर्शन भइरहेको छ ।सात महिनायता बंगलादेशको ढाकामै मारिने निलोय नील चौथो ब्लगर हुन् ।धार्मिक स्वतन्त्रताबारे आवाज बुलन्द पार्ने सामाजिक सञ्जाल तथा ब्लगको सहायता लिएको आरोपमा ब्लगरहरुको हत्या हुने गरेको छ ।

भारतीय सेना र प्रहरीबीच मुठभेड, दुईजनाको मृत्यु

भारत प्रशासित कश्मिरमा भारतीय सेना र प्रहरीबीच भएको भिडन्तमा दुईजना सुरक्षाकर्मीको मृत्यु भएको छ ।कश्मिरको त्राल जिल्लामा रहेको सुरक्षाकर्मीको गस्तीमाथि सेनाले गोली चलाउँदा दुईजनाको मृत्यु भएको हो ।पछिल्लो समय चरमपन्थीहरु सुरक्षाकर्मीको भेषमा रहने गरेकाले चरमपन्थी सम्झेर भुलबस गोली हानिएको सेनाले जनाएको छ । घटनाप्रति सेना र प्रहरीको तर्फबाट क्षमायाचना गरिएको छ ।कश्मिरमा गत मंगलबारदेखि चरमपन्थीविरुद्ध कारबाही तीव्र पारिएको छ । -

अभिलेखालय

More

Video Gallery

More

फोटो संग्रह

More