ON AIR

UP NEXT

खेलकुद समाचार

More

लिभरपुलसँग बार्सिलोनाको लज्जास्पद हार

२३ साउन, काठमाडौं । स्पेनिस क्याटलान बार्सिलोनाले लिभरपुलसँग लज्जास्पद हार व्यहोरेको छ ।शनिबार राति भएको मैत्रिपूर्ण खेलमा लिभरपुलले बार्सिलोनालाई ४-० गोल अन्तरले पराजित गरेको हो ।लिभरपुलले १५ औं मिनेटमा साडिओ मानेको गोलबाट अग्रता लिएको थियो । बार्सिलोनाका जाभियर मासेरानोले आत्मघाती गोल गरेपछि लिभरपुलको अग्रता दोब्बर भयो ।ओरिगी र मार्को गुर्जिकले गोल गर्दै लिभरपुललाई ४-० को पराकिलो जित दिलाएका हुन् ।लिभरपुलका पूर्व स्ट्राइकर लुइस स्वरेज र लिओनल मेस्सी खेले पनि बार्सिलोनाको हार टार्न सकेनन् ।  दुबैले ७५ मिनेट मैदानमा विताएका थिए । बार्सिलोना र लिभरपुलको खेल हेर्न वेल्बलीमा झण्डै ९० हजार दर्शक उपस्थित थिए ।&

नेपाली क्रिकेट टिम निरन्तर विजयी,अब विश्वकै पुरानो क्लबसँग अन्तिम भिडन्त

काठमाडौं,साउन ३ । बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगातार चौथो जित निकालेको छ ।आइतबार राती भएको खेलमा नेपाली टोलीले बेलायतको स्थानीय क्रिकेट क्लब इस्टबर्नलाई एक सय ८१ रनले हराएको हो ।नेपालले प्रस्तुत गरेको तीन सय एक रनको लक्ष्य पछ्याएको इस्टबर्नले ३४ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर एक सय १९ रन मात्रै बनाउन सक्यो ।इस्टबर्नलाई सस्तैमा समेट्न नेपालका सोमपाल कामीले तीन तथा बसन्त रेग्मी र सागर पुनले समान दुई दुई विकेट लिए ।यसअघि पहिले ब्याटिङ गरेको नेपाली टोलीले निर्धारित ५० ओभरमा तीन विकेट गुमाएर तीन सय रन बनाएको थियो ।नेपालका विनोद भन्डारीले अविजित ६७ रन तथा राजु रिजा

पोर्चुगलले पायो ३ अर्ब पुरस्कार

असार २७ – युरोकपको उपाधि जितेको पोर्चुगलले उपाधि सँगसँगै मोटो रकम पनि हात पारेको छ । युरोकपको आयोजक युरोपेली फुटबल महासंघ युइएफएले ३० करोड १० लाख युरो अर्थात ३५ अर्ब ३९ करोड ८६ लाख नेपाली रुपैयाँ बराबरको पुरस्कार रकम छुट्याएको छ । युइएफएले घोषणा गरे अुनसार पोर्चुगलले २ करोड ५५ लाख युरो अर्थात २ अर्ब ९९ करोड ८८ लाख ८० हजार रुपैयाँ पुरस्कार पाएको छ । चार वर्षअघिको युरो कप जित्ने स्पेनले २ करोड ३० लाख युरो हात पारेको थियो । युइएफएले तयारी खर्च ८० लाख पाउण्ड, उपाधि जितेकोमा ८० लाख पाउण्ड, सेमिफाइनल पुगेकोमा ४० लाख पाउण्ड, क्वाटर फाइनल पुगेकोमा २५ लाख पाउण्ड, प्रिक्वाटर फाइनल पुगेकोमा १५ लाख पाउण्ड, समूह चरणको खेल जितेकोमा १० लाख पाउण्ड र बराबरी गरेकोमा ५ लाख पाउण्ड दिने घोषणा गरेको थियो । युइएफएले युरो कपमा सहभागी सबै टिमलाई ८० लाख प

युरो २०१६ को गोल्डेन बुट ग्रिजम्यानलाई !

काठमाडौं । युरोकप २०१६ को गोल्डेन बुट फ्रान्सका एन्टोनियो ग्रिजम्यानले पाउने सम्भावना बलियो भएको छ ।फ्रान्सलाई फाइनलमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेका उनले गोल्डेन बुटका दाबेदारहरुलाई उनले धेरै पछाडि पारेका छन् । उनले शुक्रबार विहान जर्मनीविरुद्ध दुई गोल गरे ।यससँगै युरो २०१६ मा उनको व्यक्तिगत गोल संख्या ६ पुगेको छ । र, अन्य खेलाडी तीन गोलले पछि परेका छन् ।पोर्चुगलका रोनाल्डो र नानीसागै फ्रान्सका ओलिभर जिरुड र दिमित्री पयेटले समान ३/३ गोल गरेका छन् ।अब फाइनल मात्र खेल्न बााकी छ । र, ग्रिजम्यानलाई भेट्टाउन पनि तीन गोल गर्नुपर्छ । ग्रिजम्यान अफैं पनि फाइनल खेल्दैछन् र उनले नै पनि गोल गर्न सक्छन् ।

युरो कप : जमर्नीसँग हार्न नजान्ने इटाली

असार १८ – युरोकप फुटबल अन्तर्गत शनिबार विश्व विजेता जर्मनी र इटालीबिच प्रतिस्पर्धा हुँदैछ । यो खेललाई निकै प्रतिस्पर्धात्मक हुनेछ । राति पौने एक बजे हुने खेलमा डिफेन्डिङ च्याम्पियन स्पनेलाई क्वाटरफाइनलमा हराएको इटाली आफ्नो प्रभावशाली इतिहासका साथ जर्मनीसँगको खेलमा मैदान उत्रँदै छ । इटालीले जर्मनी/पश्चिम जर्मनीसँग अहिलेसम्म युरोकपमा ८ पटक भएका खेलमा सबैमा जित निकालेको छ । सन् २०१२ को युरोकपसहित तीन पटक इटालीले जर्मनीलाई सेमिफाइनलमा हराएको थियो ।तीन पटकको युरोकप च्याम्पियन जर्मनीले अहिलेसम्म पाँच पटक क्वाटरफाइनलमा पुगेकोमा सबैमा जितेको छ । यस्तै सन् १९६८ को युरोकप च्याम्पियन इटाली भने चार पटकको क्वाटरफाइनल यात्रमा दुई पटक विजयी र दुई पटक पराजित भएको छ । इटालील र जर्मनीबिच यसअघि सबै समग्रमा ३० पटक खेला भएकोमा १५ खेलमा इट

नेपालले नामिबियासँग कीर्तिपुरमा खेल्ने मौका गुमायो

२१ फागुन, काठमाडौं । नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नामिबियासँग घरेलु मैदान कीर्तिपुरमा खेल्ने मौका गुमाएको छ । अब यो खेल दिल्लीमा हुने भएको छ ।नेपाल क्रिकेट संघ क्यानको आन्तरिक विवाद समाधान नभएपछि अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले काठमाडौंमा हुने भनिएको खेल दिल्लीमा सार्ने संकेत दिएको छ ।विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेपाल र नामिबियाबीचको खेल वैशाख ४ र ६ (अप्रिल १६/१८) मा कीर्तिपुरमा गर्ने तय भएको थियो । तर, आईसीसीले अब यो खेल दिल्लीको ग्रेटर नोयडामा गर्ने सहमति जनाएको छ ।नेपाल र नामिबियाबीचको खेल तय भएको भन्दै ग्रटेर नोयडा इन्ड्रस्टियल डेभलोपमेन्ट अ

आर्सनललाई हराउँदै म्यान्चेस्टर युनाईटेड चौथो स्थानमा उक्लियो

काठमाडौं, फागुन १७ । इङ्गलिस प्रिमियर लिग फुटबल प्रतियोगिता अन्तर्गत आइतबार राती भएको खेलमा म्यान्चेस्टर युनाईटेडले आर्सनललाई ३-२ ले हराएको छ ।म्यान्चेस्टर युनाईटेडको मैदानमा भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन मार्कस रास्फोर्डले दुई गोल गरे भने एण्डर हरेराले एक गोल थपे ।पराजित टोली आर्सनलका ड्यानी वेल्बेक र मेसुत ओजिलले एक एक गोल गरे । जितपछि म्यान्चेस्टर युनाईटेड प्रिमियर लिगको अंक तालिकामा २७ खेलबाट ४४ अंक बटुल्दै चौथो स्थानका उक्लिएको छ ।समान खेलबाट ५१ अंक जोडेको आर्सनल उपधि होडमा शिर्ष स्थानको लेष्टर सिटीभन्दा ५ अंकले पछाडी परेको छ ।लेष्टरको ५६ अंक छ भने ५४ अंक जोडेको टोटनह्याम हट्सपर दोस्रो स्थानमा छ । हिजो भएको खेलमा टोटनह्यामले स्वान्सी सिटीलाई २-१ ले हरायो ।

म्यान्चेस्टर सिटीको पोष्टमा चेल्सीको पाँच गोल

काठमाडौं, फागुन १० । म्यान्चेस्टर सिटीलाई पाखा लगाँउदै चेल्सी एफ.ए कप फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा पुगेको छ । आइतबार राती आफ्नै मैदानमा भएको खेलमा चेल्सीले म्यान्चेस्टर सिटीलाई ५-१ ले पराजित गर्‍यो ।खेलमा चेल्सीलाई विजयी गराउन डिएगो कोष्टा, विलियन, ग्यारी केहील, एडिन हाजार्ड र ट्राओरेले एक एक गोल गरे । पराजित टोली म्यान्चेस्टर सिटीका डेभिड फाउपालाले एक गोल फर्काए ।एफ.ए कप फुटबल अन्तर्गत आइतबार राती भएका अन्य खेलहरु जित्दै वेष्ट ह्याम युनाईटेड र क्रिष्टल प्यालेस पनि क्वाटरफाईनलमा पुगेका छन् । क्रिष्टल प्यालेसले टोटनह्याम हट्सपरलाई १-० ले हराँउदा वेष्ट ह्याम युनाईटेडले ब्ल्याकबर्न रोभर्सलाई ५-१ ले पराजित गर्‍यो ।

उसुमा सवितालाई पनि रजत

सिलोङ, माघ २७ - बाह्रौ दक्षिण एशियाली खेलकुदको उसुमा नेपालले बुधबार दोश्रो रजत पदक पदक जितेको छ । थाउलोतर्फको ताइजिक्वान र ताइचियानको महिलातर्फको संयुक्त स्पर्धामा सविता राईले रजत पदक जितेकी हुन् । बुधबार नै भएको पुरुष तर्फको यो स्पर्धामा हरिप्रसाद गोलेले रजत पदक जितेका थिए ।सविताले ताइजिक्वानमा ९ दशमलव १५ र ताइचियानमा ८ दशमलव ५५ गरेर कुल १७ दशमलव ७० अंक पाइन् । यो स्पर्धामा भारतकी सानातोम्बी चानुले १८ दशमलव ६२ अंकसहित स्वर्ण जितिन् । ३ जना मात्र सहभागी यो स्पर्धामा पाकिस्तानी कोमल इमानुयलले काश्य जितिन् ।सविताले जितेको पदकसहित नेपालले जारी सागको  उसुमा १ स्वर्ण र ६ रजत पदक गरेर कुल ७ पदक जितेको थियो । जारी सागमा अहिलेसम्म नेपालले जितेको पदकको संख्या २४ पुगेको छ । नेपालले १ स्वर्ण, ७ रजत, १

आहा रारा गोल्डकपको उपाधिका लागि आर्मी र मनाङ भिड्दै, उपाधि जित्ने दुबैको दाबी

१६ माघ, पोखरा । नेपालकै चर्चित तथा प्रतिष्ठित प्रतियोगिता आहा रारा गोल्डकपको उपाधिका लागि शनिबार लक्ष्मी हुण्डाई मनाङमर्स्याङ्दी क्लव र त्रिभुवन आर्मी क्लव भिड्दैछन् । पोखरा रंगशालामा दिउँसो १ बजेपछि हुने खेलमा यी दुई चिर प्रतिद्वन्द्वी क्लव प्रतिष्पर्धामा उत्रिन लागेका हुन् ।समुह ‘ए’ मा रहेको आर्मीले प्री-क्वाटरफाइनलमा जावलाखेल युथ क्लवलाई, लिग विजेता रुस्लान थ्रीस्टार क्लवलाई क्वाटरफाइनलमा र आयोजक सहारा क्लवलाई सेमीफाइनलमा हराउँदै फाइनलको यात्रा तय गरेको हो ।त्यस्तै समुह ‘बी’ मा रहेको मनाङले क्वाटरफाईनलमा भारतको गोर्खा ब्रिगेड र सेमिफाइनलमा रमपम झापा ११ लाई पराजित गर्दै मनाङसँगको उपाधि भिडन्त पक्का गरेको हो ।मनाङ आहा रारा गोल्डकपको ३ पटकको बिज

बार्सिलोनामाथिको १४ महिने प्रतिबन्ध टुंगियो, नयाँ खेलाडीको दर्ता सुरु -

काठमाडौं, पुस २१ । स्पेनिस फुटबल क्लब बार्सिलोनालाई नयाँ खेलाडी दर्ता गर्न लगाइएको १४ महिने प्रतिबन्ध टुंगिएको छ ।बार्सिलोनाले युवा खेलाडी क्लबमा भित्र्याउँदा अन्तर्राष्ट्रिय नियम मिचेको कसुरमा विश्व फुटबल महासंघ फिफाले उसलाई १४ महिने प्रतिबन्ध लगाएको थियो ।यही प्रतिबन्धको समय सोमबार सकिएपछि बार्सिलोनाले सिनियर, जुनियर तथा विभिन्न उमेर समुहमा गरी ७७ जना नयाँ खेलाडी दर्ता गराएको छ ।यसमा चर्चित खेलाडीहरु अलेक्स भिडाल र अर्डा टुरान पनि रहेका छन् । भिडाल र टुरानलाई बार्सिलोनाले गत अगष्टमा क्लबमा भित्र्याए पनि औपचारिक रुपले स्पेनिस फुटबल संघ र युरोपियन फुटबल महासंघ युएफामा दर्ता गराउन पाएको थिएन ।

म्याककुलमद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

काठमाडौं, पुस ७ । न्यूजिल्यान्डका राष्ट्रिय क्रिकेट टिमका कप्तान ब्रेण्डन म्याककुलमले आगामी फेब्रुअरीमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३४ बर्षीय म्याककुलमले आगामी फेब्रुअरीमा अष्ट्रेलियाविरुद्ध हुने टेष्ट सिरिज नै आफ्नो खेल जीवनको अन्तिम अन्तर्राष्ट्रिय खेल हुने बताएका हुन् ।सन् २००४ मा दक्षिण अफ्रिकाबिरुद्ध खेल्दै न्यूजिल्याण्डका लागि डेब्यु गरेका म्याककुलम न्युजिल्याण्डका लागि दोस्रो सर्वाधिक रन बनाउने ब्याट्सम्यान हुन् । उनले ९९ टेष्टमा ६ हजार २ सय ७३ रन बनाएका छन् ।विश्व क्रिकेट जगतमा आक्रामक ब्याट्सम्यानको परिचय बनाएका म्याककुलम तेहरो शतक बनाउने न्यूजिल्याण्डका एकमात्र ब्याट्सम्यान हुन् । म्याककुलमकै कप्तानीमा न्युजिल्याण्ड यसै वर्ष पहिलो पट

जुम्लाकी विष्णुमाया हङकङ दौड प्रतियोगितामा प्रथम

२१ मंसिर, जुम्ला । जुम्लाको विकट गाविस मालिकाठााटा-९ खोप्रीगाउामा जन्मेकी विष्णुमाया बुढाले हङकङमा भएको एम्सिग लाङ्टाउ पााच किमी भर्टिकल ट्रेल रनिङ तथा हाइकिङ दौड प्रतियोगितामा प्रथम स्थान हासिल गरेकी छन् ।उनले यो दौड ५१ मिनेट ५० सेकेन्डमा पार गरेर प्रथम स्थान हात पारेकी हुन् । प्रथम स्थान प्राप्त गरेकी उनले ६ हजार हङकङ डलर प्राप्त गरेको कर्णाली स्पोर्ट्स क्लबका अध्यक्ष सरोज शाहीले जानकारी दिए । दौडमा फ्रान्स, केन्या र हङकङकी महिलाले क्रमशः द्वितीय, तृतीय र चौथो स्थानमा रहेका थिए ।त्यसैगरी आइतबार भएको ५० किमी एम्सिग लाङ्टाउ दौड प्रतियोगितामा भने बुढाले चौथो स्थान हात पारेकी छन् । यसमा भने उनले एक हजार हङकङ डलरमा चित्त बुझाउनु परेको छ । बुढाले पहिलोपटक विदेश यात्रा र खेलमा सहभागी भएको पहिल

आयोजक युवा क्लव भिमाद र रिभरसाइड उपाधिकी लागि मैदानमा भिड्दै

हरिबोधनी एकादशीको अवसरमा आयोजना गरेको दोस्रो भिमाद कपमा आयोजक युवा क्लव भिमाद र रिभर साइड युवा क्लव दमौली बिसघरे बीच उपाधिका लागि मैदानमा भिड्ने भएको छ । आइतबार भिमाद रंगशालामा भएको सेमीफाइनल खेलमा आयोजक युवा क्लव भिमादले नेपाल युनाइटेड युवा क्लव पोखरी टोललाई ० विरुद्ध १ गोलले पराजित गरेपछि फाइनलको यात्रा सुनितिश्चत गरेको हो । आयोजक टिमबाट नाइजेरियन खेलाडी आशिसको गोल नै आयोजकलाई फाइनलमा प्रवेशका लागि निर्णय बनेको थियो । त्यस्तै रिभरसाइड युवा क्लवले फ्रेनसिप क्लवलाई १ विरुद्ध ३ गोलले पराजित गरे पछि फाइनलमा यात्रा तय गरेको छ । रिभरसाइड युवा क्लवको तर्फबाट विश्व गुरुङ्ग ,बिमल बस्नेत र नाइजेरियन खेलाडी पिटरले १÷१ गोल गरेको थियो । प्रतियोगितामा विजेताले १ लाख ५५ हजार ५ सय ५५ र उपविजेताले ७७ हजार ७ सय ७७ रुपैयाका साथै मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गरिने छ । प्रतियोगितामा उ

पोर्चुगल र उत्तरी आयरल्याण्ड युरोकपमा छनोट

असोज २२ । पोर्चुगल र उत्तरी आयरल्याण्ड अर्को वर्ष हुने युरोकप फुटबल प्रतियोगिताका लागि छनोट भएका छन् ।गएराति भएका छनोट खेलमा विजयी हुँदै यी दुई राष्ट्रले फ्रान्समा हुने युरोकपमा स्थान पक्का गरेका हुन् ।आफ्नै राष्ट्रमा भएको खेलमा ग्रिसलाई ३–१ ले हराउँदै उत्तरी आयरल्याण्ड सन् १९८६ पछि पहिलो पटक मुख्य फुटबल प्रतियोगितामा छनोट भएको हो । सन् १९८६ मा मेक्सिकोमा भएको विश्वकप फुटबलमा सहभागिता जनाए यता उत्तरी आयरल्याण्ड कुनै पनि प्रमुख प्रतियोगिताको लागि छनोट हुन सकेको थिएन ।गएराति भएको अर्को खेलमा डेनमार्कलाई १–० ले हराउँदै पोर्चुगल पनि युरोकप फुटबलका लागि छनोट भएको छ । युरोकप फुटबलका छनोट खेल आगामी मंगलबार राति सकिनेछन् ।

राष्ट्रिय लिग फुटबलमा आज मनाङ र झापा भिड्ने

असोज २० । रेडबुल राष्ट्रिय लिग फुटबल प्रतियोगितामा बुधबार(आज) दुई दावेदार टोली मनाङ मस्र्याङ्दी क्लब र झापा–एघार भिड्दैछन् ।उपाधि होडमा रहेका यी दुई टोलीबीचको भिडन्तलाई यस पटकको उपाधि समीकरणमा निकै महत्वपूर्ण खेलको रुपमा हेरीएको छ । लिगको अंक तालिकामा तेस्रो स्थानमा रहेको झापाले १३ खेलबाट २४ अंक जोडेको छ ।झापाको भन्दा एक खेल कम खेलेको मनाङको २२ अंक छ । शीर्ष स्थानको थ्रीस्टारको १३ खेलबाट २६ अंक छ भने दोस्रो स्थानको आर्मी क्लवको २४ अंक छ ।लिग अन्तर्गत हिजो भएको खेलमा नेपाल पुलिस क्लबले मोरङ फुटबल कलबसँग १–१ गोलको बराबरी खेलेको छ ।खेलको ७६ औ मिनेटमा गोल गर्दै योगेश श्रेष्ठले पुलिस क्लबलाई अग्रता दिलाए पनि खेल सकिन केही सेकेण्ड बाँकी छँदा मोरङका निरज बस्नेतले गोल गर्दै खेल बराबरीमा ल्याएका थि

एएफसी छनौट फुटबलमा नेपालको लज्जास्पद हार,इरानद्वारा १०-० ले पराजित

काठमाडौं, असोज १६ । उन्नाइस बर्षमुनिको एएफसी छनौट प्रतियोगितामा नेपालले लज्जास्पद हार ब्यहोरेको छ ।शुक्रबार राती इरानमा भएको खेलमा नेपाल घरेलु टोली इरानसँग १०–० ले पराजित भएको हो । इरानले सुरुदेखि नै दवावमा राखेको खेलमा नेपालले पहिलो हाफमा ५ र दोश्रो हाफमा ५ गोल खाएको हो ।गत महिना मात्र उन्नाईस वर्षमुनिको साफ च्याम्पियनसिप जितेको नेपाली टोलीले इरानको पोष्टमा बल नै लैजान सकेन ।नेपालले अब आइतबार कुबेतसँग र मंगलबार जोर्डनसँग खेल्नेछ । समूह विजेता १० टिम तथा उपविजेता उत्कृष्ट पाँच टिम र आयोजक बहराइनले अर्को बर्ष हुने १९ बर्षमुनिको एएफसी च्याम्पियनसिप खेल

आज ईरानसँग नेपाल भिड्ने

असोज १५ । एएफसी यु–१९ फुटबल च्याम्पियनसिप अन्तर्गत समुह चरणको छनौट खेलमा नेपालले आज (शुक्रबार) इरानको सामना गर्दैछ । इरानमै हुने समुह ‘ई’को पहिलो खेल नेपाली समय अनुसार आज बेलुकी सवा ९ बजे सुरु हुनेछ ।यो समुहमा नेपाल र ईरानसँगै जोर्डन र कुवेत पनि रहेका छन् । दुई महिना अघि काठमाडौंमा सम्पन्न साफ यु–१९ फुटबल च्याम्पियनसिपको उपाधि जितेको नेपाल उच्च मनोबलका साथ ईरान पुगेको छ । तर एशियाका बलिया फुटबल राष्ट्रहरुको समुहमा रहेको नेपाली टोलीले यो प्रतियोगिताबाट छनौट हुन भने निकै कठिन चुनौती सामना गर्नुपर्नेछ ।एशियाका ४३ राष्ट्रलाई १० वटा समुहमा विभाजन गरी संचालन भईरहेको छनौट चरणबाट १६ वटा टोलीले अर्को वर्ष बहराइनमा हुने १९ वर्षमुनिको एएफसी च्याम्पियनसिप फुटबलमा सहभागिता जनाउन पाउनेछन् । उक्त प्रत

राष्ट्रिय लिग फुटबलमा थ्रीस्टार र पुलिसले अंक बाँडे

४ असोज, काठमाडौं । राष्ट्रिय लिग फुटबलमा नेपाल पुलिसले थ्रीस्टार क्लबलार्इ बराबरीमा रोकेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा थ्रीस्टार र प्रहरीले २­२ गोलको बराबरीमा खेल्दै अंक बाँडेका हुन् ।थ्रीस्टारले खेलको ३७ औँ मिनेटमा सागर थापाको गोलबाट पहिलो अग्रता लियो । यो धेरैवेर टिक्न सकेन । थापाले गोल गरेको दुई मिनेट पनि बित्न नपाउँदै जुमानु राईले गोल गर्दै खेललाई एक–एक गोलको बराबरी ल्याए ।पहिलो हाफ एक–एक गोलको बराबरीमा टुङ्गियो । दोस्रो हाफको ६९औं मिनेटमा थ्रीस्टारका खेलाडी सन्तोष साउखलले गोल गरे । यससँगै उनले लिगमा व्यक्तिगत ९७ गोल गर्दै नयाँ रेकर्ड कायम गरेका छन् ।

दोस्रो ढोरेली कप फुटबल प्रतियोगीतामा आज दुई खेल सम्पन्न,शुक्ला गण्डकी दुलेगौँडा र ढोरबाराही लालिम विजयी ।।

राजकुमार आलेदुलेगौँडा तनहुँ भाद्र २४ -हरितालिका तिजको अवसरमा शुक्ला जनसेवा युवा क्लबद्धारा आयोजित दोस्रो ढोरेली कप अन्तर क्लव स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगीतामा आज दुई खेल सम्पन्न भएका छन् ।ढोरफिर्दीको गणपते खेल मैदानमा आज भएको पहिलो खेलमा श’क्लागण्डकी य’वा क्लब दुलेगौंडा विजयी भएको छ ।श'क्ला गण्डकी युथले उत्कृष्ट प्रदर्शन गदै धुव्रतारा य’वा क्लब लेखनाथ सैनिक बस्तीलाई ४-१ को गोल अन्तरले पराजित गरेको हो । खेलको १५ औँ मिनेटमा श’क्लागण्डकीको तर्फबाट कप्तान आयुष बरालले गोल गदै क्लबलाई अग्रता दिलाएका थिए । १७ औँ मिनेटमा विर्जु सुनारले गोल गदैँ क्लबलाई २-० गोलको अग्रता दिलाए । २० औँ मिनेटमा कप्तान आयुष बरालले व्यक्तिगत दोस्रो गोल गदै खेललाई ३-० को अन्तरमा पु¥याए । खेलको २७ औ मिनेटमा धुव्रतारा य’वा क्लब सैनिकको तर्फबाट रविन थापाले गोल गर्दै गोलको अन्तर ३-१ मा ल्याउदै खेलमा फर्किने संकेत गरे । पहिलो हाफको ख

जोकोभिच युएस ओपनको सेमिफाइनलमा, दिदी भेनसलाई हराउँदै सेरना पनि सेमिफाइनलमा -

काठमाडौं, भदौ २३ । शीर्ष वरीयताका सर्बियन टेनिस खेलाडी नोभाक जोकोभिच युएस ओपनको सेमिफाइनलमा पुगेका छन् ।जोकाभिचले १८औं वरीयताका स्पेनिस खेलाडी फेलिसियानो लोपेजलाई हराउँदै अन्तिम चारमा पुगेका हुन् । जोकोभिचले खेल ६–१, ३–६, ६–३ र ७–६ को सेटमा विजयी भए ।अब सेमिफाइनलमा जोकोभिचको भिडन्त डिफेन्डिङ च्याम्पियन क्रोएसियन खेलाडी मारिन सिलिचसँग हुनेछ । सिलिचले फेन्च खेलाडी जो वेल्फ्रेड सोंगलाई ६–४, ६–४, ३–६, ६–७  र ६–४ को प्रतिस्पर्धात्मक सेटमा हराउँदै सेमिफाइनलमा ठाउँ बनाएका हुन् ।महिला एकलतर्फ भने शीर्ष वरीयताकी अमेरिकन खेलाडी सेरेना विलियम्स आफ्नै दिदी भेनसलाई हराउँदै सेमिफाइनलमा पुगेकी छन् । सेरेना ६–२, १–६ र ६–३ को सोझो सेटमा विजयी भइन् ।सेमिफाइनलमा सेरेनाको भेट इटालियन खेलाडी रोबेर्टा भिन्चीसँग हुनेछ । भिन्चीले क्वार्टरफाइनलमा फेन्च खेलाडी क्रिस्टिना म्लाडेनोभिचलाई ६–३, ५–७ र ६–४ ले हराइन् । -

दोस्रो ढोरेली कप अन्तर क्लव स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगीता शुरु

राजकुमार आले दुलेगौँडा तनहुँ, भाद्र २३- हरितालिका तिजको अवसरमा शुक्ला जनसेवा युवा क्लबद्धारा आयोजित दोस्रो ढोरेली कप अन्तर क्लव स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगीता आज देखि शुक्लागण्डकी १३ गणपतिमा शुरु भएको छ । भुकम्प पिडितहरुको सहयोगार्थ, मन बचन र कर्मले सेवा गरौ भन्ने मूल नाराका साथ आयोजित फुटबल प्रतियोगिताको शुक्लागण्डकी नगरपालिकाका कार्यकारी अधिकृत हरिराम नागिलाले उद्घाटन गरेको थिए । उद्घाटन गदै कार्यकारी अधिकृत नागिलाले गणपते मैदानलाई नगरपालिकाको वैकल्पिक खेल मैदान बनाउने बारे स्थानियसँग छलफल गरेर निर्णय गरिने बताए । क्लबले विगत देखी स्थानिय कला सस्कृतिको संरक्षण र उत्कृष्ट खेलाडी उत्पादन गर्नमा समेत सहयोग गरेको भन्दै कार्यक्रमको लागी नगरपालिकाले ३० हजार रुपैया उपलब्ध गराउने घोषणा गरेका थिए । कार्यक्रममा नेकपा एमालेको तर्फबाट नगरप्रतिनीधि देवलाल खनाल, नेपाली काँगे्रसको पुर्व क्षेत्

बेलायती मोडलसंग डेटिङ गर्दै युवराज

मुम्बई । क्रिकेटर युवराज सिंह अहिले वेलायती मोडल एवं अभिनेत्री हेजल कोचसंग डेटिङमा छन् । ३३ वर्षीय यी खेलाडी कुनै वेला बलिउड नायिकासंगको सम्बन्धको कारण चर्चित थिए ।अभिनेत्री एवं मोडल किम शर्मासंग गहिरो हिमचिम बढाएका युवराजको दीपिका पादुकोणसंग पनि केही समय दोस्ती थियो । सुजुकीको विज्ञापनमा मोडलिङ गरेका युवराज पछिल्लो पटक गर्लफ्रेण्ड फेरी फेरी हिंड्ने खेलाडीका रुपमा चिनिन थालेका छन् ।केही मिडियाले युवराज र हेजलले हालै लण्डनमा छुट्टी मनाएको उल्लेख गर्दै सार्वजनिक स्थानमा उनीहरुको उपस्थिती भएको लेखेको छ । तर, दुबैले अहिलेसम्म आफ्नो सम्बन्ध रहेको कुरा लु

युरोकप फुटबलको छनोट खेलमा जर्मनी र पोर्चुगल विजयी

काठमाडौं, भदौ २२ । युरोकप फुटबल छनोट अन्तर्गत सोमबार राती भएका खेलमा जर्मनी र पोर्चुगल विजयी भएका छन् ।समुह डी अन्तर्गतको खेलमा जर्मनीले स्कटल्याण्डलाई ३–२ ले हरायो । यो जितसँगै जर्मनीको अर्को वर्ष हुने युरोकप फुटबलमा सोझै छनोट हुने सम्भावना बढेको छ ।उता स्कटल्याण्डको यात्रा भने कठिन बनेको छ । समुहका अन्य खेलहरुमा पोल्याण्डले जिब्रल्टारलाई ८–१ ले हरायो भने गणतन्त्र आयरल्याण्डले जर्जियालाई १–० ले पराजित गर्‍यो ।उता समुह आई अन्तर्गतको खेलमा पोर्चुगलले अल्बानियालाई १–० ले हरायो । यही समुहको अर्को खेलमा डेनमार्कले अर्मेनीयासँग गोलरहित बराबरी खेल्यो ।यो समुहमा दुई खेल खेल्न बाँकी रहेको

आईसल्याण्ड पहिलो पटक युरोकप फुटबल प्रतियोगितामा छनौट

काठमाडौं, भदौ २१ । आईसल्याण्ड पहिलो पटक युरोकप फुटबल प्रतियोगितामा छनौट भएको छ । आईसल्याण्डले अन्तराष्ट्रिय फुटबलका कुनैपनि मुख्य प्रतियोगिता खेल्न लागेको यो पहिलो पटक हो ।आइतबार राती भएको खेलमा काजखस्तानसँग गोलरहित बराबरी खेलेपछि आईसल्याण्ड समुह ए बाट युरोकपमा छानिने पक्का भयो ।यो समुहका दुई दुई खेल बाँकी छँदा आईसल्याण्ड र चेक गणतन्त्रको समान १९ अंक रहेको छ । यी दुबै टोली युरोकपमा सोझै छानिएका छन् ।समुहमा तेस्रो हुने टोलीले प्ले अफ खेल्न पाउनेछन् । यो समुहमा १२ अंकसहित टर्की तेस्रो स्थानमा छ भने १० अंक मात्रै जोडेको नेदरल्याण्ड्स चौथो स्थनमा छ ।

चेस खेलमा नेपाललाई उत्कृष्ट अवार्ड

भदौ २१ -  चेस खेलमा नेपालले उत्कृष्ट अवार्ड पाउने भएको छ । गएको बर्षभरीमा एसियन मुलुकहरुको तुलनामा उत्कृष्ट खेल तथा चेस खेलको विकासमा सकृयता देखाएको भन्दै एसियन चेस फेडेरेसनले नेपाललाई उत्कृष्ट अवार्ड दिन लागेको हो ।  अवार्ड वितरण कार्यक्रम आज सोमबार यूएईको स्थानिय समय अनुसार राती ८ बजेदेखि आबुधावीको नोभोटेल अल बुस्तान होटलमा हुँदैछ । सो अवार्ड ग्रहणका लागि नेपाल खेलकुद परिषदका सदस्य सचिव केशब विस्ट तथा नेपाल चेस एसोसिएसनका अध्यक्ष राजेश हरि जोशी यूएई आईसक्नु भएको छ । एसियन चेस फेडेरेसनले हरेक बर्ष चेस खेलका बिभिन्न विदामा अवार्ड प्रदान गर्दै आएको छ । यसपटक नेपालले चेसखेलमा उत्कृष्ट प्रदर्शन सहित राम्रो सकृयता देखाएको भन्दै फेडेरेसनले नेपाललाई सो अ

स्लोभाकियालाई हराउँदै स्पेन शीर्ष स्थानमा उक्लियो

 २० भदौ, काठमाडौं । स्लोभाकियालाई पराजित गर्दै स्पेन युरो कप छनोटमा समूहको शीर्ष स्थानमा उक्लिएको छ ।शनिबार राति भएको खेलमा स्पेनले स्लोभाकियालाई २–० गोल अन्तरले पराजित गरेको हो । जितसँगै स्लोभाकिया समान १८ अंक जोडेको स्पेन गोल अन्तरका आधारमा समूह सीको शीर्ष स्थानमा छ भने स्लोभाकिया दोस्रो स्थानमा छ ।खेलमा स्पेनले पाँचौं मिनेटमा नै अग्रता लिएको थियो । डेभिड सिल्भाको पासमा नै अल्बाले गोल गरेका हुन् ।३० औं मिनेटमा पाएको डिएगो कोष्टालाई फल गरेपछि स्पेनले पेनाल्टी पायो । जसमा आन्द्रे इनिष्टाले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।अर्को खेलमा युक्रेनले बेलारुसलाई ३–१ ले हराएको छ । १५ अंकसहित समूहको तेस्रो स्थानमा छ ।

इंग्ल्याण्डविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा अष्ट्रेलिया विजयी

२० भदौ, काठमाडौं । दोस्रो एकदिवसीय क्रिकेटमा अष्ट्रेलियाले इंग्ल्याण्डलाई ६४ रनले पराजित गरेको छ । तर, इंग्ल्याण्डका बेन स्टोकलाई फिल्डमा अवरोध गरेको भन्दै विकेट दिएका छन् ।लर्डमा पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ४९ ओभरमा ७ विकेट गुमाएर ३०९ रन बनायो । उसका लागि स्टिभ स्मिथले ७० रन बनाए । मिचेल मार्सले ६४, वेलीले ५४ र म्याक्सवेलले ४९ रन बनाए । इग्ल्याण्डका बेन स्टोकले ३ विकेट लिए भने स्टिभन फिनले २ विकेट हात पारे ।जवाफमा मदान उत्रिएको इंग्ल्याण्ड ४२.३ ओभरमा २४५ रन जोड्दा अलआउट भयो । इग्ल्याण्डको पारीको मध्यतिर बेन स्टोक निकै अनौठो ढंगले आउट हुन पुगे ।२६ औं ओभरको चौथो बलमा स्टार्कले स्टम्पमा हिट गरेको बल उनले हातले रोक्न पुगे । अम्पायरले फिल्डमा अवरोध गरेको भन्दै विकेट दिए । उनी १० रनमै आउट भए ।इग्ल्याण्डका लागि इयान मोर्गानले ८७ बलमा चार चौका र चार छक्काको मदतमा ८५ रन बनाए पनि टोलीको हार टार्न सकेनन्

यू-१९ क्रिकेट : साउदी अरेबियामाथि नेपालको शानदार जित

१७ भदौ, काठमाडौं । एसीसी यू-१९ पि्रमियर लिग क्रिकेटको अन्तिम खेलमा नेपालले साउदी अरेबियामाथि ९ विकेटको शानदार जित हात पारेको छ ।यससँगै नेपालको शीर्ष स्थानमा उक्लिएको छ र च्याम्पियन बन्ने सम्भावना कायमै छ । अहिले चलिरहेको खेलमा मलेसियाले अफगानिस्तानलाई हराए नेपाल च्याम्पियन बन्ने छ ।अफगानिस्तानको जितले भने नेपाल उपविजेता बन्नेछ ।साउदी अरेबिया ५५ रनमा अलआउटमलेसियाको सेलोंगर टर्फ क्लबमा टस जितेर पहिले ब्याटिङ गरेको साउदी अरेबिया ३३.२ ओभरमा ५५ रन जोड्दा अलआउट भयो ।नेपाली बलिङसामू साउदी अरेबियाका ब्याट्सम्यानहरु निरिह देखिए । उसका फैसल

यु–१९ एसिसी प्रिमियर लिगमा नेपालको दोश्रो जित,मलेसिया ८ विकेटले पराजित

काठमाडौं, भदौ १४ – मलेसियामा जारी १९ वर्ष मुनिको एसिसी प्रिमियर लिग क्रिकेट प्रतियोगितामा नेपालले दोश्रो जित हात पारेको छ । प्रतियोगिता अन्तर्गत भएको आफ्नो तेश्रो खेलमा नेपालले घरेलु टोली मलेसियालाई ८ विकेटले पराजित गर्यो ।मलेसियाले दिएको ७६ रनको झिनो लक्ष्य नेपालले १४ दशमलब ४ ओभरमा २ विकेट गुमाउँदै पुरा गर्यो । नेपालका लागि आसिस धामीले ३८ र राजविर सिंहले ३३ रन बनाए । सुनिल धमला भने ३ रन बनाउँदै आउट भए ।यसअघि मलेसियाको वायोमास ओभल मैदान क्वालालम्पुरमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया ३८ ओभरमा मात्र ७५ रनमा समेटियो । मलेसियाका लागि पवनदिप सिंहले १७,संकर सतिसले १३ र भिमलान पालानिद्धिले १२ रन बनउन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।

म्यानचेष्टर युनाइटेडले च्याम्पियन्स लिग खेल्ने

१० भदौ, काठमाडौं । इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडले च्याम्पियन्स लिग फुटबलमा स्थान बनाएको छ ।प्ले अफको दोस्रो लेगमा क्लब ब्रुगलाई ४-० को जित निकोलेको युनाइटेडले समग्रमा ७-१ को जितका साथ च्याम्पियन्स लिगको समूह चरणमा स्थान बनाएको हो ।बुधबार राति भएको दोस्रो लेगमा वायन रुनीले हृयाट्रिक पुरा गरे । एक पक्षीय खेलको २० औं मिनेटमा रुनीले गोलको खाता खोलेका थिए । पछिल्लो १० खेलमा गोल गर्न नसकेका रुनीले दोस्रो हाफको ४९ र ५७ औं मिनेटमा गोल गर्दै रुनीले हृयाट्रिक पुरा गरे ।खेलको ६३ औं मिनेटमा हरेराले गोल गर्दै म्यानचेष्टर युनाइटेडलाई ४-० को जित दिलाए । पहिलो लेग युनाइटेडले ३-१ ले जितेको थियो ।

समूह बिजेता बन्दै नेपाल १९ वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा

समूह बिजेता बन्दै नेपाल १९ वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार बंगलादेशलाई २–१ ले पराजित गर्दै नेपाल समूह एको बिजेता बन्दै अन्तिम चारमा पुगेको हो ।नेपालका लागि अन्जन विष्टले १ गोल गरे । नेपालले अन्तिम समयमा आत्मघाती गोलको उपहार पाएर विजेता बनेको हो । नेपालले समूह चरणको पहिलो खेलमा भुटानलाई ३–१ ले हराएको थियो । नेपालले फाइनल प्रवेशका लागि समूह बीको उपबिजेतासँग खेल्नेछ ।भारत, माल्दिभ्स र अफगानिस्तान रहेको समूह बीको विजेता र उपविजेता टुंगो लाग्न बाँकी छ । मंगलबार भारत र माल्दिभ्सबिचको खेलपछि यो समूहबाट सेमिफाइनल पुग्ने टोलीको टुंगो लाग्ने छ ।

आज माल्दिभ्स र अफगानिस्तान भिड्दै

काठमाडौं, भदौ ४ । यु–१९ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत समुह ‘बी’ को पहिलो खेलमा शुक्रबार माल्दिभ्सले अफगानिस्तानको सामना गर्दैछ ।सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा अपराह्न साढे तीन बजे हुने यी दुई राष्ट्रबीचको भिडन्त प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।यसअघि बिहीबार भएको उद्घाटन खेलमा नेपालले भुटानलाई ३–१ गोलअन्तरले पराजित गर्दै शानदार शुरुआत गरेको छ ।नेपालको जीतमा कप्तान विमल घर्तिमगरले ह्याट्रिक गरे । प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो समुहको दोस्रो तथा अन्तिम खेलमा सोमबार बंगलादेशको सामना गर्ने छ ।नेपालसहित दक्षिण एसियाका ६ राष्ट्र अन्डर नाइन्टिन साफ च्याम्पियनसीपको पहिल

प्रिमियर लिगमा लिभरपुलको दोस्रो जित

१ भदौ, काठमाडौं । क्रिष्टियन बेन्टेकेका गोलको मदतमा लिभरपुलले इंंग्लिस प्रिमियर लिग फुटबलमा लगातार दोस्रो जित हात पारेको छ ।सोमबार राति भएको खेलमा लिभरपुलले नवप्रवेशी बोर्नमाउथलाई १-० ले पराजित गरेको हो । एन्फिल्डमा भएको खेलमा लिभरपुलले २६ औं मिनेटमा बेन्टेकेको गोलबाट अग्रता लिएको थियो ।३२.५ मिलियनले एस्टनभिल्लाबाट लिभरपुल आएका बेन्टेकेले एन्फिल्डमा डेब्यू खेलमै गोल गरे । उनको गोल भने विवादित रहृयो । फिलिप काउटिन्हो अफसाइड रहेको अवस्थामा भएको गोललाई रेफ्रीले मान्यता दिए ।प्रिमियर लिगको नवप्रवेशी बोर्नमाउथ पहिलो खेलमा एस्टनभिल्लासँग पराजित भएको थियो ।

बार्सिलोनाको लज्जास्पद पराजय .

स्पेन, श्रावण ३० । स्पेनिस सुपर कपको पहिलो लेगमा बार्सिलोना पराजित भएको छ । शनिबार बिहान भएको खेलमा बिल्बाओसँग ४–० को फराकिलो अन्तरले बार्सिलोना पराजित भएको हो ।लुईस इनरिकको प्रशिक्षणमा बार्सिलोनाको यो अहिलेसम्मकै लज्जास्पद हार हो । बिलबाओलाई जिताउन अर्टिज अडुरिजले ह्याट्रिक गरे । उनले तीनवटै गोल दोश्रो हाफमा गरेका हुन् ।उनी पछिल्ला ३ सिजनमा बिलबाओका शीर्ष गोलकर्ता हुन् । खेलमा मिकेल सान जोसेले खेलको १३ औं मिनेटमा नै बिलबाओलाई अग्रता दिलाएका थिए । बार्सिलोनाका प्रशिक्षक लुइस इनरिकले हारको जिम्मेवारी लिँदै टिममा रोटेशन बनाएको र त्यसैका कारण हार्नुपरेको बताए ।

विनोदको बिदाइमा कार

श्रावण २८ - सक्रिय खेलजीवनबाट टाढिएपछि बिदाइमा कार पाउनेमा क्रिकेटमा विनोद दास पनि थपिएका छन्। नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान विनोदले बुधबार बजार मूल्य ३७ लाख ९९ हजार रुपैयाँ पर्ने सुजुकी सियाज पाए। क्रिकेटमा खेलाडीले संन्यासपछि कार पाएको भने यो पहिलोपल्ट हो र विनोदकै भाषामा भन्ने हो यसले क्रिकेटमा अब आउने खेलाडीलाई प्रोत्साहन मिल्नेछ।विनोदले कार हस्तान्तरणका लागि आयोजित कार्यक्रममा भने, ‘यो गाडी पाउनका लागि मैले व्यक्तिगत रूपमा मिहिनेत गरेको छु। यो एक प्रकारले मैले मागेको जस्तै हो। तर मलाई के विश्वास छ भने अरू केही खेल जस्तै नेपाली क्रिकेट पनि यसका लागि हकदार छ। अब यसले अरू क्रिकेट खेलाडीका लागि बाटो खोल्नेछ।’ यो कारका लागि सरकारले २० लाख २६ हजार रुपैयाँ कर छुट दिएको हो।

मलेसियामा आज पारस खड्काको नेपाल–११ विरुद्ध जयसूर्याको विश्व–११ भिड्ने -

श्रावण २४ । नेपालका भूकम्पपीडितको सहयोगार्थ मलेसियामा आज (आइतबार) एक उपकारी क्रिकेट म्याच आयोजना हुँदैछ । मलेसिया क्रिकेट संघले ‘ब्याट फर नेपाल’ नामक यो खेल आयोजना गरेको हो ।मलेसियाको क्वालालम्पुरस्थित किन्रारा ओभल मैदानमा नेपाली समय अनुसार दिउँसो सवा १२ बजे शुरु हुने खेलमा नेपाल–एघारको कप्तानी पारस खड्काले गर्नेछन् ।यसैगरी विश्व–एघारको नेतृत्व श्रीलंकाका पूर्व खेलाडी सनथ जयसुर्याले गर्नेछन् ।जयसूर्याको टोलीमा पाकिस्तानका पूर्व विकेट किपर रसिद लतिफ, भारतका भेनुगोपाल रावो, अष्ट्रेलियाका स्टिभ ओकिफ, बंगलादेशका अब्दुल रज्जाक, अनिमुल ईस्लामलगायतले प्रतिस्पर्धा गर्दैछन् ।यसैगरी नेपाली टोलीमा कप्तान पारससँगै शरद भेषा

तनहुँ खेलकुद विकास समिति तनहुँको पदस्थापना गरियो

तनहुँ जिल्ला खेलकुद विकास समितिको एक कार्यक्रमको आयोजना गरी बुधबार नवनयुक्त पदाधिकारीको पदस्थापना गरिएको छ ।खेलकुद मन्त्रालयले तनहुँको जिल्ला खेलकुद विकास समितिमा ऋषि भुसालको अध्यक्षतमा नयाँ कार्यसमिति नियक्ती गरेको थियो । नव नियुक्तसंगै औपाचारिक कार्यक्रमको आयोजना गरी पदाधिकारीको पदस्थापना गरेको जिल्ला खेलकुद विकास समितिले जनाएको छ । नवनियुक्त खेलकुद विकास समितिका अध्यक्ष भुषालले अन्य पदाधिकारीलाई पद तथा गोपिनियताको सपथ खुवानुभएको थियो । पादधिकारीमा कोषाध्क्षमा कमल गैह्रे,सदस्यहरुमा ममिता गुरुङ्ग, सरस्वती रानाभाट, रमेशकुमार श्रेष्ठ नियुक्त भएका छन । पदस्थापना कार्यक्रममा प्रमुख जिल्ला अधिकारी महादेव पन्थले नवनियुक्त पादधिकारीलाई बधाई ज्ञापन गर्नुहुदै तनहुँको खेलकुदको विकास क्षेत्रमा नयाँ कार्यसमितिले रचानात्मक काम गर्ने विश्वास गर्नुभएको थियो ।

मैत्रीपूर्ण फुटबलमा रियल मड्रिडसँग टोटनह्याम पराजित -

काठमाडौं, श्रावण २० । मैत्रीपूर्ण फुटबलमा स्पेनको रियल मड्रिडले इंग्ल्यान्डको टोटनह्याम हट्सपरलाई २–० ले हराएको छ ।जर्मनीको म्युनिखमा मंगलबार राति भएको प्रि–सिजनको ‘अउडी कप’ फुटबल प्रतियोगिताको खेलमा रियल मड्रिडका लागि कोलम्बियन खेलाडी हामेज रोड्रिग्वेजले पहिलो गोल गरे ।यसपछि टोटनह्यामका पूर्वखेलाडी ग्यारेथ बेलले दोस्रो गोल गरेपछि रियल मड्रिड २–० ले विजयी भएको हो । रियल मड्रिडका तर्फबाट टोटनह्यामकै अर्का पूर्वखेलाडी लुका मोड्रिचले पनि खेलेका थिए ।अउडी कप फुटबलकै अर्को खेलमा जर्मनीको बायर्न म्युनिखले इटालीको एसी मिलानलाई ३–० ले हरायो । खेलमा बायर्नलाई विजयी गराउन हुँवा बर्नाट, मारियो गोट्जे र रोबर्ट लेवान्डोस्कीले एक–एक गोल गरे ।<

अभिलेखालय

More

Video Gallery

More

फोटो संग्रह

More