ON AIR

UP NEXT

बिबिद र अन्य समाचार

More

विदेश जान साढे ३ लाख डुबाएका केदार नेपालमै कमाउँछन ६ लाख

अमृता बस्नेत/धादिङ ।    असार १८ – नेपालमा पैसा कमाउने कुनै बाटो नदेखेर दुई पटक विदेश गएर फर्केका केदारले एक वर्षअघि तेस्रो पटक विदेश जान दलाललाई ३ लाख ६० हजार बुझाएर ठगिए । बयरवन-३ मोरङका केदारले अहिले भने गाउँमै राम्रो आम्दानी गर्न थाल्नुभएको छ । चार जना भाइबहिनीको जेठो दाइ भएकाले भाइबहिनीको पढाइ र घरको खर्च धान्न आइ ए पढ्दा पढ्दै छोड्नुपर्‍यो । त्यसैले उहाँ २०६१ सालमा पहिलोपटक मलेसिया जानुभयो । ग्लोब्स कम्पनीमा काम गर्न मलेसिया जाँदा केदारले एजेण्टलाई ७५ हजार रुपैयाँ बुझाउनुभयो । मलेसियामा एक वर्षसम्म एकै ठाउँमा बसेर १२ घण्टासम्म सामान प्याक गर्नुपर्ने काम पर्‍यो । तलव थियो महिनाको दुई हजार आरएम । तर एक वर्षपछि तलव बढ्नुको साटो घट्यो । ‘एक वर्षपछि

२५ हजार पाउँदा राष्ट्रकवि हर्षित, आफैंले केपी ओलीसँग माग गरेको खुलासा

धिकांश सर्जक-कलाकारको गुनासो सुनिने गरेको छ – आफूले योगदान गरेअनुसार राज्यबाट उचित सम्मान पाइएन । तर, पछिल्लो समयमा सरकारले सीमित लेखक-कलाकारलाई भत्ताको सुविधा दिन थालेको छ ।विसं २०६० सालमा राष्ट्रकविको उपाधि पाएयता माधवप्रसाद घिमिरेले मासिक वृत्ति १५ हजार रुपैयाँ पाउँदै आएका थिए । गत बिहीबारको मन्त्रिपरिषद् बैठकले सो रकम बढाउँदै २५ हजार पुर्‍याउने निर्णय गरेको छ ।घिमिरे भन्छन् – थिति बस्योभत्ता रकम वृद्धिबारे प्रतिक्रिया माग्दा राष्ट्रकवि घिमिरे उत्साह

विश्व साँस्कृतिक महोत्सवमा नेपालबाट १३० बढी कलाकारले भाग लिने -

काठमाडौं, फागुन २० । ‘विश्व एक परिवार’ भन्ने सन्देशसहित विश्व साँस्कृतिक महोत्सव भारतको दिल्लीमा हुने भएको छ ।यही मार्च ११ देखि १३ तारिखसम्म हुने महोत्सवका लागि नेपालको तर्फबाट १ सय ३० भन्दा बढी कलाकारहरुले भाग लिने जनाइएको छ ।‘द आर्ट अफ लिभिङ’ले सुरु गरेको मानवीय सेवाको ३५औं वर्षको सन्र्दभमा हुन लागेको सो महोत्सवमा नेपाली कलाकारहरुले नेपालको हिमाल, तराई र पहाडका जनाजातिहरुको प्रतिनिधित्व हुने गरी विविधमा एकता सन्देश हुने गरी नृत्य प्रस्तुत गर्ने जनाइएको छ । -

सामसुङको सातौं सेरिजका फोनमा यी हुन् नयाँ पाँच बिशेषता

सामसुङले नयाँ स्मार्टफोन ग्यालेक्सी एस ७ र ग्यालेक्सी एस ७ एज लन्च गरेको छ । यसमा पाँच लोकपि्रय फिचर छन्, जुन पछिल्लो स्मार्टफोनमा छैनन् ।-ग्यालेक्सी एस ७ र ग्यालेक्सी एस ७ एज दुबैमा माइक्रोएसडी कार्ड लाग्छ । यसमा २०० गिगाबाइट (जीबी) सम्म स्टोरेज क्षमता बढ्छ ।-यसको ब्याट्री क्षमता पहिलेको भन्दा बढी छ । एस ७ मा ३ हजार एमएएचको ब्याट्री राखिएको छ जहाँ कि एस ६ मा २५ सय एमएएचको थियो । यस्तै एस ७ एजमा ३६ सइ एमएएचको ब्याट्री छ जहाँ कि एस ६ एजमा जम्मा २६ एमएएचको थियो । एक पटक फुल चार्ज गरेपछि एस ७ एजमा १५ घन्टासम्म हाई डेफिनिशन भिडियो हेर्न सकिनेछ ।-यसलाई आईपी ६८ वाटर रेजिस्टेन्स रेटिङ दिइएको छ । यसको अर्थ यो फोन आधा घन्टासम्म पानीमा सुरक्षित रहनेछ ।

भूकम्प पीडितलाई धुर्मुस- सुन्तलीको न्यानो

सिन्धुपाल्चोक ,पुस २१ । चर्चित कलाकार दम्पती धुर्मुस- सुन्तलीले सिन्धुपाल्चोक बराम्ची गाविसका भूकम्प पिडीतलाई न्यानो कपडा वितराण गरेका छन् । अत्यधिक चिसोका कारण भूकम्प पिडीतको कठ्याङ्ग्रीएर मृत्यु हुन थालेपछि उनीहरुले बराम्ची गाविसका ८ सय १६ परिवारलार्इ ब्ल्याङ्केट वितरण गरेका हुन् । धुर्मुस- सन्तलीको विशेष पहलमा नेपाली समाज टेक्सस अमेरिका ( NST)ले सिङ्गो गाविसलाई नै न्यानो दिन ब्ल्याङ्केट सहयोग गरेको हो ।चिसो बढेर भूकम्प पिडीतको बिचल्ली भएपछि न्यानो प्रदान गर्न २०लाख रुपैँया बराबरको ब्ल्याङ्केट जुटाएको (NST) ले जनाएको छ । भूकम्पबाट बाँचेकाहरुको समेत चिसोले ज्यान लिनथाले पछि जति सक्दो धेरै परिवारलाई न्यानो दिन पहल गरेको सीताराम कट्टेल (धुर्मुस)ले जानकारी दिएका छन् ।सरकारले सबै जनतालाई न्यानो दिन नसकिरहेको समयमा केहि मानिस

यी युवती त ‘नटवरलाल’ पो रहिछन् ! डीआइजीका नाममा उधारो, साथमा ९ वटा मोबाइल !

२० पुस, काठमाडौं । लुटेरा र ठगहरुको खोजी गर्नेक्रममा प्रहरीको ध्यान विशेषतः पुरुषतर्फ नै केन्द्रित हुन्छ । तर, तस्वीरमा देखिएकी यी युवतीले भने प्रहरीहरुलाई आफू ‘नटवरलाल’ की उत्तराधिकारी सावित गरिदिएकी छिन् ।तस्वीरमा देखिएकी यी युवती भवगती केसी हुन् । तर, उनी आफूलाई कहीँ डा. सुहाना त कहीँ अदिति अनि दृष्टि केसीको नामले परिचय दिन्छिन् । कहीँ डाक्टर हुँ भन्दै विभिन्न अस्पतालमा पुगेर विरामीको चेकजाँच समेत गर्छिन त कहीँडीआईजीकी छोरी भएको बताएर धेरैलाई मख्खै बनाउँछिन् । बाहिरी रुप हेर्दा यी युवतीसँग आकषिर्त नहुने पुरुष पनि शायदै होलान् ।तर, तपाई नझक्किनु होला, कहिले डाक्टर त कहिले सुरक्षाकर्मीको आफन्त भनेता पनि यो उनको बहुप्रतिभा चाहिँ होइन । बरु उनको यो बहुरुप ठगी ध

ताप्लेजुङका कृषकलाई सुन्तला नबिक्ने चिन्ता२५ मंसिर, ताप्लेजुङ ।

ताप्लेजुङका किसानलाई यो वर्ष उत्पादन भएको सुन्तला बिक्री नहुने चिन्ताले पिरोल्न थालेको छ । भारतको अघोषित नाकाबन्दीका कारण इन्धन अभाव हुँदा जिल्ला बाहिरका सुन्तला व्यापारी सुन्तला खरिद र मुल्य तोक्न हालसम्म पनि बगानमा नआउँदा किसान चिन्तित बनेका हुन् ।अघिल्ला वर्षहरुमा यो समयसम्ममा सुन्तला खरिदका लागि पाँचथर, इलाम र झापाका व्यापारी बगानमा नै आउने गरेका थिए । तर यो वर्ष अझैसम्म व्यापारी नआउँदा सुन्तलाबाट राम्रो आम्दानी गर्ने सोचमा रहेका किसान निरास बनेको स्थानीय कृष्णप्रसाद बरालले बताए ।ताप्लेजुङमा उत्पादन भएको अधिकांश सुन्तला बिक्रीका लागि बाहिरी जिल्लामा पठाउने गरिन्छ । जिल्लामा करिव एक हजार ६ सय ३० हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको छ । यहाँबाट आठ हजार मेटि्रक टनको हाराहारीमा

ब्लड प्रेसर कम छ ? यसरी बढाउन सक्नुहुन्छ

कम रक्तचाप अर्थात् हाइपोटेन्सन, जसमा शरिरको रक्तप्रवाह निकै धीमा हुन्छ । लो ब्लड प्रेसरका कारण रिंगटा लाग्ने, बेहोस हुने, जिउ गल्ने, कमजोर हुने, आँखाले तिरिमिरी तथा धमिलो देख्ने, स्वास फेर्ने कठीन हुने जस्ता समस्या देखा पर्दछन् । स्वस्थ शरिरको रक्तचाप १२०/८० हुन्छ । जब रक्तचाप ९०/६० भन्दा कम हुन थाल्छ तब रक्तचाप खतराको स्तरतर्फ झरेको बुझ्नुपर्छ ।रक्तचाप कम हुँदा त्यसले मस्तिष्क, मुटु तथा मृगौलामा असर पर्दछ र त्यो अन्ततः प्राणघातक पनि हुनसक्छ । रक्तचाप घट्नुका विभिन्न कारण हुनसक्छन् र त्यसका लागि चिकित्सकको परामर्श लिइहाल्नुपर्छ । तर केही दैनिक जीवनयापन तथा खानपानका विषय पनि छन् जसलाई अपनाएर तपाइँले आफ्नो सामान्य घटेको रक्तचापलाई बढाएर सन्तुलनमा ल्याउन सक्नुहुन्छ । ती हुन् :

सावधान, साबुनले र स्याम्पुले गराउन सक्छ गर्भपतन

साबुन तथा स्याम्पुजस्ता ब्युटी प्रडक्ट्स, प्याकिंग गरिएका तयारी खानाहरुकासाथै अनय रासायनिक उत्पादनहरुसँग लामो समयसम्म हेलमेल हुँदा त्यसले गर्भवती महिलाहरुमा गर्भपातको जोखिम बढाउने एक अनुसन्धानले देखाएको छ ।चीनको बेइजिंग युनिभर्सिटीका शोधकर्ताहरुले ३ सय भन्दा बढि महिलाहरुमा गरेको अध्ययनबाट यस्तो आश्चर्यजनक नतिजा प्राप्त भएको छ ।शोधकर्ताहरुका अनुसार साबुन, स्याम्पु लगायतका दैनिक प्रयोगका चिजहरुमा पाइने थ्यालेट्स नामक रसायनले महिलामा गर्भपतन गराउन सक्छ । यो तत्वको सबैभन्दा नकारात्मक असर ५ देखि १३ हप्ताका गर्भवतीहरुमा पर्ने बताइएको छ ।शोधकर्ताहरुका अनुसार यस्ता उत्पादनका कारखानामा काम गर्ने महिलामा मात्र होइन की यस्ता उत्पादनको उपय

सम्बन्ध बलियो बनाउने मन छ ? पार्टनरलाई फेसबुकमा अनफ्रेण्ड गर्नुस्

यदि तपाइँलाई आफ्नो प्रेमिका वा पत्निसँगको सम्बन्धलाई दह्रिलो तथा दीर्घकालीन तथा आत्मीय बनाउन चाहनुहुन्छ भने फेसबुकबाट उनीलाई अनफ्रेण्ड गरिहाल्नुहोस् । महिला मित्रहरुले पनि आफ्नो ब्वायफ्रेण्ड वा श्रीमानलाई फेसबुकको साथीको लिष्टबाट हटाइहाल्नुहोस् । किनकी आपसी सम्बन्धलाई बलियो बनाउनका लागि दम्पतीहरुले एक अर्कालाई फेसबुकबाट हटाउनुपर्ने सुझाव मनोविज्ञहरुले दिएका छन् ।अमेरिकाको न्युयोर्कका दाम्पत्य सम्बन्धका परामर्शदाता इयान कर्नरले आफ्नो अनुभव तथा प्रयोगका आधारमा यस्तो निष्कर्ष निकालेका हुन् । आफुले परीक्षणका क्रममै छोटो समयका लागि फेसबुक अकाउण्ट खोलेर श्रीमतीलाई फेसबुके साथी बनाउँदा त्यसले आफ्नो वैवाहिक जिवनमा नकारात्मक असर पारेको अनुभव उनको छ ।

लेनोभोले ल्यायो तिनवटा क्यामरा भएको विश्वकै पहिलो स्मार्टफोन, सेल्फी क्रेजीको रोजाइमा पर्ने

जर्मनीको बर्लिनमा चलिरहेको कन्जुमर इलेक्ट्रोनिक्स शो आइएफएका क्रममा चिनिया इलेक्ट्रोनिक्स कम्पनी लेनोभोले तिनवटा क्यामरा भएको स्मार्टफोन सार्वजनिक गरेको छ ।भाइव एस वान नामको उक्त स्मार्टफोन सेल्फीका पारखीहरुको पहिलो रोजाइमा पर्ने पक्का छ । यो स्मार्टफोन विश्वको यस्तो पहिलो स्मार्टफोन बनेको छ, जसमा दुइवटा फ्रन्ट क्यामरा रहेको छ । यो क्यामराको मूल्य २९९ डलर तोकिएको छ ।लेनोभो भाइव एस वान स्मार्टफोनमा रहेका दुइ सेल्फी क्यामरा मध्ये एउटा ८ मेगापिक्सेल तथा अर्को २ मेगापिक्सेलको रहेको छ । मुख्य रियर क्यामरा भने १३ मेगापिक्सेलको छ जसमा डुअल टोन फ्लास प्रविधि रहेको छ । यो स्मार्टफोन पर्ल व्हाइट तथा मिडनाइट ब्लु गरी दुइ रंगमा उपलब्ध रहेको छ ।के के छन् फिचर्स ?लेनोभोको यो अनौठो स्मार्टफोनमा ५ इन्चको फूल एचडी स्क्रिन रहेको छ । एन्ड्रोइड ५.० ललिपप अपरेटिंग सिस्टमबाट चल्ने यो स्मार्टफोनमा ६

यीहुन् सबैभन्दा छिटो चार्ज हुने स्मार्टफोन, आइफोन सिक्स सबैभन्दा सुस्त

एक पटक चार्ज गरिसकेपछि निरन्तर चलाउँदा एक दिनभरका लागि चार्ज टिकाउने स्मार्टफोन केहीमात्र छन् । स्मार्टफोनको अत्याधुनिकता बढ्दै जाँदा ब्याट्रीको चार्ज टिक्ने समय भने घट्दै गएको छ ।यस्तो अवस्थामा छिटो छिटो स्मार्टफोनलाई चार्जमा राख्नुपर्ने हुन्छ र त्यसरी रिचार्ज गर्दा छोटो समयमा धेरै चार्ज हुने स्मार्टफोन आवश्यक भैसकेको छ ।बजारमा विभिन्न कम्पनीका अति महंगादेखि निकै सस्तो मूल्य सम्मका एक से एक स्मार्टफोनहरु उपलब्ध छन् । तर, तीमध्ये कुन स्मार्टफोनको ब्यट्री चार्ज गर्दा सबैभन्दा छोटो समयमा सबैभन्दा धेरै उर्जा सँगाल्न सक्छ होला?यसमा कम्पनीहरुका आ-आफ्ना दाबी हुन सक्लान् । तर पछिल्लोपटक गरिएको एक अनुसन्धानले भने यस मामिलामा सामसुङको ग्यालेक्सी एस सिक्स स्मार्टफोन सबैभन्दा उत्कृष्ट रहेको देखाएको छ ।प्रविधि विज्ञ एलेक्स क्रान्जले बजारमा उपलब्ध विभिन्न कम्पनीका पछिल्ला च

सामसुङले ल्याउँदैछ नोट फाइभ र S6 एज प्लस, के-के हुनेछन् फिचर्स ?

सामसुङले ग्यालेक्सी नोट सिरिजको नयाँ फ्याब्लेट सार्वजनिक गर्दैछ । आउँदो अगष्ट १३ मा सामसुङले ग्यालेक्सी नोट फाइभ सार्वजनिक लागेको हो । नोट फाइभसँगै सामसुङले आफ्नो लोकप्रिय एज सिरिजको नयाँ स्मार्टफोन ग्यालेक्सी एस सिक्स एज प्लस पनि सार्वजनिक गर्ने बताइउको छ ।सामसुङले अबको दुई हप्तामै बजारमा ल्याउन लागेको दुई बहुप्रतिक्षित प्रडक्ट कस्तो होला ? भन्ने चासो सबैमा बढिरहेको बेला नोट फाइभ र एस सिक्स एज प्लसका तस्वीरहरु लिक भएका छन् ।सामसुङले यसअघि आफ्ना ग्यालेक्सी नोट सिरिजका फ्याब्लेट सेप्टेम्बर महिनामा सार्वजनिक गर्ने गरेकोमा यो पटक भने अगष्ट १३ मै नयाँ नोट र एस सिक्स एज प्लस सार्वजनिक गर्न लागेको दाबी टेकटाइम्स डट कमले जनाएको छ । सामसुङले केही समय पहिले गरेको टि्वट पोष्टबाट यस्तो खुलासा भएको जिकिर उसको छ ।सामसुङ तथा एप्पल लगायतक

खस्किँदैछ विश्वव्यापी ट्याबलेट बजार

विश्वमा ट्याब्लेटको बजार खुम्चिँदै गएको र ट्याब्लेटको विश्वव्यापी व्यापारमा कुनै सुधार नआएको पछिल्लो तथ्यांकले देखाएको छ । आइडिसीको विश्वव्यापी त्रैमासिक ट्याब्लेट ट्रयाकरको रिपोर्ट अनुसार सन् २०१५ को दोश्रो त्रैमासिकमा विश्वमा ४ करोड ४७ लाख गोटा ट्याबलेट बिक्रि भएका छन् यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७ प्रतिशत हो ।सन् २०१५ को पहिलो त्रैमासिक भन्दा दोश्रो त्रैमासिकमा ट्याब्लेटको विश्वव्यापी बजार ३.९ प्रतिशतले खुम्चिएको छ । हार्डवेयरमा नयाँ आविष्कारको कमी तथा पोर्टफोलियो अपडेटको सिमितताका कारण ट्याब्लेटको बिक्रिमा गिरावट आएको बताइएको छ ।दोश्रो त्रैमासिकको तथ्यांक अनुसार विश्व ट्याबलेट बजारमा एप्पलको हिस्सा सबैभन्दा बढि २४.५ प्रतिशत रहेको छ । दोश्रो स्थानमा रहेको सामसुङको हिस्सा १

अभिलेखालय

More

Video Gallery

More

फोटो संग्रह

More