ON AIR

UP NEXT

विचार/ब्लग

More

पटेल र थारू आन्दोलन

आज भारतमा गुजरातका पटेलहरू पिछडिएका वर्गलाई आरक्षण दिनुपर्ने माग लिएर आन्दोलनमा उत्रेका छन्। यता नेपालमा भने अत्यन्तै सीधासादा र इमानदार थारु आफ्नो प्रदेशका लागि हिंसात्मक आन्दोलनमा लागेका छन्। पटेलहरूको आन्दोलनको नेतृत्व २५ वर्षे एक युवा 'हार्दिक पटेल' ले गरेका छन् भने थारूहरूको नेतृत्व कसको हातमा छ थाहा छैन।नेपालका प्राचीन थारूहरू ज्यादै सोझा र इमानदार भएकाले स्व. नरहरिनाथ योगीले थारूलाई 'ठाकुर' को संज्ञा दिँदै जनै लगाइदिएर सम्मान गरेका थिए। तर, यसरी जनै लगाएका थारूहरूले आन्दोलनमा एसएसपीलगायत प्रहरीका अरु ७ जना जवान र एउटा बालकको निर्मम तरिकाले हत्या गरे, त्योचाहिँ यिनले १० वर्षे माओवादी युद्धबाट सिकेको हुनुपर्छ। नत्र थारूहरू यति निर्मम र अमानवीय हुनै सक्दैनन्।भारतका पटेलहरूचाहिँ व्यापारी र उद्योगपति हुन्। उनीहरूको व्यापार अमेरिका, युरोप र अफ्रिकासम्म छ। अमेरिकामा त एउटा भनाइ नै छ

संवेदनहीनहरुको हातमा परेकोले मुलुक जलिरहेछ

हरिविनोद अधिकारी - मुलुक जलिरहेछ । कसैलाई वास्ता छैन । सबै आफ्ना आफ्ना डम्फू बजाउनमा मस्त छन् । संविधान सभाभित्रका ६०१जनाको जुलुसले कुनै निर्णय दिन सकेको छैन । सर्प देखे दुलाबाहिर हात, माछा देखे दुला भित्र हात गर्नेहरुको हालीमुहाली छ । मुलुक भर्खरै गएको भूकम्पको मारबाट उठ्न सकेको छैन , परकम्प यथावत आइरहेको छ , मानिसहरुमा चिन्ताले जीवनको चक्र चलाउन गाह्रो भएको छ तर भूकम्पलाई व्यवस्थित गर्नका लागि अरुलाई देखाउन भने पनि बनाएको प्राधिकरणको जन्मै नहुँदै म्याद गुज्रिएको छ । कसैलाई चिन्ता भए जस्तो लाग्दैन ।तत्काल गर्नुपर्ने कामका लागि गठन गरिएको रे अनि गठन अध्यादेश जारी भएको ६० दिनसम्म पनि कसैले संसदमा त्यसलाई प्रवेश गराउन सम्झिएन त होला । तत्काल घर बनाउन, राहतलाई व्यवस्थित गर्न र विश्वका अन्य देशसँग समन्वय गर्नका लागि गठित भनिएको निकाय स्वतः विघटन हुँदा कुनै प्रतिक्रिया छैन , मानौँ कि त्यो निकाय त्यसै गर

खोजेको हामीले के हो ?

सुविद गुरागाईसाँच्चै खोजेको हामीले के हो ? अहिले सडकदेखि सदनसम्म जे–जस्तो जनमत सङ्कलित हुँदै छ, के त्यो आफ्नो उद्देश्यमा प्रष्ट छ ? सडकमा देखिएकामध्ये बहुदा मानिसहरूको मनमा छ, छोराछोरीहरूले राम्रो पढ्न पाएनन् । उनीहरूको भविष्य बिग्रिने भो । फेरि त्यही मनमा शिक्षकहरूले विद्यालय बन्द गरिदिएनन् भन्ने गुनासो पनि छ । बाल अधिकार आत्मसात गर्नुपर्छ, बालबालिकालाई राजनीतिक उद्देश्यले प्रयोग गर्नु हुँदैन भन्ने हामी हरेकलाई थाहा छ तर अमुक राज्यको सीमाना हेरफेर गराउन हामी नै बालबालिकाको अर्धनग्न जुलुस निकाल्छौं ।बन्द कुनै पनि अर्थमा ठिक होेइन, बन्द सदाका लागि बन्द गरौं भन्नेहरूको बहुमत छ । तर, त्यसैभित्र बन्दको मौन समर्थन गर्ने

संविधानले खलबलाएको दिमाग

जो आफ्नो विगतमाथि पेस्तोलले गोली चलाउँछ, भविष्यले उसमाथि तोपका गोला बर्साउनेछ– अबु निदाल (दागिस्तानी कवि) आज नेपाल इतिहासको कठिन संघारमा छ। संविधान घोषणाको पूर्वसन्ध्या यस्तो संगीन मोडमा उभिएको छ कि, सत्ता परिवर्तन हुन चाहँदैन, समाज यथास्थितिमा बस्न मन्जुर गर्दैन। एकातर्फ विगतलाई पेस्तोल हान्ने अभ्यास भइरहेको छ भने अर्कोतर्फ आक्रोशित जनता परिवर्तन स्वीकार्ने लक्षण देखाइरहेका छैनन्।केही मान्छे भने नेपाली समाजलाई 'अल्जाइमर' (बिर्सने रोग) लागेको छ भनेर विगत बिर्साइदिने खेलमा सक्रिय छन्। त्यस्तै सोच र भूमिका निर्माण गर्न सञ्चारमाध्यमको सहारा लिइरहेका छन्। एकाध मान्छेले विगत बिर्संदैमा वा विगतको मर्म थेग्न नसक्दैमा समाजको चेतनाले इतिहासलाई कहिल्यै भुल्दैन। समाजमा किन ह

के तपाई पनि डिप्रेसन सिकार त बन्नु भाको छैन ?

डिप्रेसन यस्तो रोग हो, जसले कुनै पनि उमेर, लिंग तथा वर्गका व्यक्तिलाई सिकार बनाउन सक्छ। खासगरी महिला, नवयुवा तथा वृद्धवृद्धा यसको सिकार हुने भए पनि कलिला बालबालिका तथा किशोरकिशोरीसमेत यसको चपेटामा छन्। अधिकांश विद्यार्थी यसकै कारण पढाइलेखाइमा पछाडि पर्छन्। डिप्रेसनले मानिसको एकाग्रता तथा सम्झनाशक्तिमा असर गर्छ। डिप्रेस्ड मानिस प्रायः भुलक्कड हुन्छ। त्यसैले स्नायुविज्ञानको भाषामा डिप्रेसनलाई नक्कली भुल्ने रोग सिउडो डिमेन्सिया पनि भनिन्छ। यो भुल्ने रोग एमेन्सिया वा डिमेन्सिया अल्जाइमर त होइन, तर त्यस्तैत्यस्तै नक्कल देखाउने रोग हो। यस रोगले मानिसको प्रक्रियागत स्मरणमा कुनै असर गर्दैन, तर फ्याक्ट मेमोरीलाई भने प्रभावित गर्छ। उदारहण

जोखिममा लोकतन्त्र

संविधानको मसौदामा जनताबाट रायसुझाव प्राप्त भएपछि संविधान निर्माण प्रक्रिया अहिले संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा पुगेर अडि्कएको छ। सीमाङ्कनको विषयमा दलका नेताहरू पुनः अल्भि्कएको समाचार सार्वजनिक भएको छ।यसको सही समाधान खोज्न समिति सक्षम हुने र अड्को फुक्ने अपेक्षा पनि गरिएको छ। अन्तिम घडीमा आएर संविधान जारी हुन नदिने विगतमा भएका चलखेलबाट यो संविधान सभा पक्कै चनाखो हुनेछ। नागरिकबाट प्राप्त सुझावको यथोचित व्यवस्थान कसरी होला भन्नेमा सबैको चासो छ। यसका साथै जारी मसौदामा व्यापक सुधार नगरिएमा मुलुकको लोकतन्त्रिक प्रणालीमा अनीष्ट निम्तिने भने निश्चित छ।नयाँ संविधानबाट जनताले लोकतन्त्रको स्थायित्व खोजेका हुन्। यसले नागरिकलाई बलिया र राजनीतिज्ञलाई जवाफदेही बनाउन सकोस

अभिलेखालय

More

Video Gallery

More

फोटो संग्रह

More