ON AIR

UP NEXT

कालीगण्डकी नदीमा आएको बाढीले निर्माणाधिन पुल बगायो

१८ असार, नवलपरासी ।  कालीगण्डकी नदीमा आएको बाढीले नवलपरासी र तनहु जोड्ने निर्माणाधिन पुल बगाएको छ ।गएराति नदीमा पानीको बहाव बढेर आउँदा निर्माणाधीन पुलको आधा भाग बगाएको इलाका प्रहरी कार्यालय डेढगाउँका प्रहरी नावय निरीक्षक खेम विसीले बताए ।तीन दिन देखि लगातार आएको पानीले नदीमो आएको बाढीको कारण कालीगण्डकी डेढगाउँ पुल बगाएको हो । स्थानीय बासिन्दाले ठेकेदारले बेलामा काम नसक्दा नदीले पुलको आधा भाग बगाएको जनाएको छ ।बाढीले नवलपरासीतर्फको भाग बगाएको छ । बन्दै गरेको अवस्थाको उक्त पुल ३ भागको लगभग एक भाग बगाइदिएको प्रहरी नावय निरीक्षक खेम विसीले बताए ।तनहू र नवलपरासी जोड्ने गरी बनाएको उक्त पुल निर्माण सम्पन्न भएपछि नवलपरासीको दलदलेबाट डेढगाउं हुंदै तनहूको भिमाद पोखरा जोड्ने पहाडी मार्ग पूर्ण रुपमा सञ्चालनमा आउने थियो ।उक्त क्षेत्रमा नदी वारपार गर्नका लागि अहिले झलुङ्गे पुलको साहारामा स्थानीयले नदी पार गर्ने गर्दछन् ।

अभिलेखालय

More

Video Gallery

More

फोटो संग्रह

More