ON AIR

UP NEXT

विदेश जान साढे ३ लाख डुबाएका केदार नेपालमै कमाउँछन ६ लाख

अमृता बस्नेत/धादिङ ।    असार १८ – नेपालमा पैसा कमाउने कुनै बाटो नदेखेर दुई पटक विदेश गएर फर्केका केदारले एक वर्षअघि तेस्रो पटक विदेश जान दलाललाई ३ लाख ६० हजार बुझाएर ठगिए । बयरवन-३ मोरङका केदारले अहिले भने गाउँमै राम्रो आम्दानी गर्न थाल्नुभएको छ । चार जना भाइबहिनीको जेठो दाइ भएकाले भाइबहिनीको पढाइ र घरको खर्च धान्न आइ ए पढ्दा पढ्दै छोड्नुपर्‍यो । त्यसैले उहाँ २०६१ सालमा पहिलोपटक मलेसिया जानुभयो । ग्लोब्स कम्पनीमा काम गर्न मलेसिया जाँदा केदारले एजेण्टलाई ७५ हजार रुपैयाँ बुझाउनुभयो । मलेसियामा एक वर्षसम्म एकै ठाउँमा बसेर १२ घण्टासम्म सामान प्याक गर्नुपर्ने काम पर्‍यो । तलव थियो महिनाको दुई हजार आरएम । तर एक वर्षपछि तलव बढ्नुको साटो घट्यो । ‘एक वर्षपछि कम्पनीको व्यवस्थापन परिवर्तन भयो त्यसपछि तलव दुई हजारबाट घटेर ८ सय ५० आरएममा झर्यो’ केदारले भन्नुभयो, ‘तर पनि बाध्यताले काम छोड्न सकिन ।’केदारकै कमाईले घर खर्च चलाउँदै आएका परिवार २०६२ सालमा दुर्घटनामा पर्यो । तर परिवार दुर्घटनामा परेको खबर केदारले एक महिनापछि मात्रै थाहा पाउनुभयो । जसोतसो मन बुझाई खर्च त पठाइरहनुभयो तर टाउकोमा चोट लागेका बुवाको अवस्था झन् बिग्रिएपछि उहाँ दुई वर्षमा नेपाल फर्किनुभयो । जेनतेन घरको आवश्यकता पूरा गर्दै गर्दा हजुरबुवाको निधन भएपछि बँचेको पैसा त्यतै खर्च भयो । त्यति मात्रै होइन परिवारको आवश्यकता टाल्दा टाल्दै ऋण थपिन थाल्यो । ‘त्यसपछि फेरि विदेश जानुको कुनै विकल्प देखिन’ केदार भन्नुहुन्छ । २०६४ सालमा उहाँ अफिस ब्वाईको रुपमा कतार जानुभयो । पहिला पनि विदेश गइसकेकाले त्यहाँको वातावरणमा काम गर्न र घुलमिल हुन गाह्रो भएन । तर तलव सोचे जस्तो भएन । विदेश कै कमाइले घरको ऋण तिरौंला भनेर विदेश गएका केदारको सपना पूरा नभएपछि उहाँ २७ महिनामै नेपाल फर्किनुभयो । दुई पटक विदेश जाँदा पनि भाई बहिनीको पढाई र घर त खर्च जुट्यो तर ऋण तिर्न सक्नुभएन केदारले । त्यसैले फेरि पनि विदेश जाने नै सोच्नुभयो । तर यो पटक त उहाँ विदेश पुग्नै पाउनुभएन, नेपालमै ठगिनुभयो । दुई पटक विदेश गएका केदारले सोचे जस्तो कमाउन नसकेपछि तेस्रो पटक विदेश जान एजेण्टलाई ३ लाख ६० हजार रुपैयाँ बुझाउनुभयो । तर एक वर्ष भयो एजेण्टले उहाँलाई विदेश उडाएन, पैसा र पासपोर्ट पनि फिर्ता दिएन । ‘घर नजिकैको एजेण्ट भएकाले ढाँट्दैन होला भन्ने लाग्यो’ केदारले ठगिनुको कारण सुनाउनुभयो, ‘राम्रो पैसा तिरेर जाँदा कमाई पनि राम्रै हुन्छ भन्ने लागेर पैसा बुझाएँ तर विदेश जान नपाउँदै ठगिएँ ।’भिसा नआउञ्जेलसम्म मोरङको पथरीमा कपडा पसलमा काम गरिरहनुभएको थियो । तर विदेश जाने योजना सफल नभएपछि के गर्ने कसो गर्ने भन्ने ठम्याउन सक्नुभएन । त्यसपछि उहाँको ध्यान मोडियो बाबुबाजेले गर्दै आइरहेको खेतीतिर । चार लाख रुपैयाँ लगानी गरेर गोलभेंडा र खुर्सानी खेती सुरु गर्नुभयो । ‘पहिलो वर्ष त निक्कै धौ धौ भयो’ केदारले खेती सुरु गर्दाको अनुभव सुनाउनुभयो । बजार भाउको ज्ञान  नभएकाले र खेतीपातीको अनुभव पनि नभएकोले अरुले जतिमा भन्यो त्यतीमा तरकारी बेच्दा एक वर्षसम्म फाइदा भएन । तर कृषिको सीप पनि सिक्नुभयो अनि विस्तारै बजार भाउ पनि बुझ्न थाल्नुभयो । त्यहीबिचमा उहाँले जिल्ला कृषि विकास कार्यालयले किसानलाई दिने तालिम पनि लिनुभयो । गोलभेंडा र खुर्सानी खेतीबाट सुरु भएको केदारको कृषि क्रमश  पशुपालनमा विस्तार भयो । अहिले उहाँले ११ वटा बाख्रा पनि पाल्नुभएको छ । उहाँले अरु चार जनालाई पनि रोजगारी दिनुभएको छ । उनीहरुलाई एक घण्टाको ६० रुपैयाँका दरले पारिश्रमिक दिएर पनि गज्जवकै कमाइरहनुभएको छ । ‘सबै खर्च कटाएर वर्षमा ६ लाख जति कमाई भइरहेको छ’ आम्दानी सुनाउँदै गर्दा केदारको मुख निक्कै हँसिलो भयो । १० कठ्ठामा गरिरहेको खेती र पशुपालनबाट अहिले उहाँले मोरङको बयवनमै १३ लाख रुपैयाँमा घर पनि बनाउनुभएको छ । अहिले त उहाँले सबै भाइबहिनीको बिबाह पनि गरिदिनुभयो । आफ्नो पनि विहे गरेका केदारले छोरीलाई बोडिङ स्कूलमा पढाइरहनु भएको छ । राम्रो आम्दानी हुन थालेपछि उहाँले व्यवसाय बढाउने योजना बनाउनुभएको छ । पशुपालनका लागि फार्मको दर्ता गराउनुभएको छ । त्यसका लागि १५ लाख रुपैयाँ लगानी पनि गरिसक्नु भयो ।पाँच वर्ष खेती र पशुपालन गर्दा कतिले कमाई हुँदैन भन्दै अत्याउन खोजे अनि कतिले त बिचमै साथ पनि छोडिदिए तर उहाँ आफ्नो उद्धेश्यबाट भाग्नुभएन । ‘अप्ठ्यारो हुँदा मेरो मनमा असफलता नै सफलताको सिँढी हो भन्ने कुरा मात्रै आइरहन्थ्यो’ केदार भन्नुहुन्छ । १० वर्ष अघिसम्म गाउँमा सम्भावना नदेखेका केदारका अघिल्तिर अहिले सम्भावनाको पहाड नै उभिएको छ । त्यसैले उहाँ अहिले त्यही पहाड खनेर गर्न चाहे नेपालमै धेरै कुरा गर्न सकिने उदाहरण दिइरहनुभएको छ । कुनै समय विदेशका लागि भौतारिएका केदार अहिले गाउँमै सफल कृषक बन्नुभयो । उहाँ परदेशमा हुँदा परदेशीका बारेमा लेखेका यी पङक्ति कहिल्यै बिर्सिनुहुन्न । कसैको लागी भाको छ विदेश रहरको खेतीकसैको लागि त त्यै विदेश बाध्यताको रेती 

अभिलेखालय

More

Video Gallery

More

फोटो संग्रह

More