ON AIR

UP NEXT

राप्तीमा पानीको सतह बढ्दै, ६ गविसमा प्रशासनको सतर्कता

१८ असार, नेपालगन्ज । दुई दिनदेखि लगातार भएको वषर्ाका कारण राप्ती नदिमा पानीको सतह बढ्दै बाढीको खतरा नजिक पुगेको छ । बाढीको क्षति न्यूनीकरणको लागि सुरक्षा निकाय तथा उद्दारको लागि खटिने संयन्त्र प्रभावित क्षेत्रमा तयारी अवस्थामा राखिएको छ ।बाढी पूर्व सूचनाको लागि कुसुममा राखिएको बाढी मापन केन्द्रले दिएको जानकारीअनुसार शनिबार बिहानदेखि राप्ती नदिमा पानीको सतह क्रमशः बढ्न सुरु भएको गेज रिडर भद्रबहादुर थापाले जानकारी दिए ।शनिबार दिउसो ३ बजेसम्म राप्तीमा पानीको सतह ४ दशमलभ ७० मिटर पुगेको छ । राप्तीमा पानीको सतह ५ मिटर पुग्दा खतराको साईरन बज्ने गर्छ ।पानीको सतह ५ मिटर पुग्दा राप्ती किनारका होलिया, बेतहनी, फत्तेपुर, कम्दी, गंगापुर, मटेहिया लगायतका गविस डुवानको खतरामा पर्ने गर्छन ।कुसुममा आएको बाढीले ५ मिटर पार गर्दा सो पानी ती गाविससम्म पुग्दा कम्तीमा पनि ५ घण्टा लाग्छ । राप्तीमा पानीको सतह निरन्तर बढ्दै गर्दा जिल्ला दैविप्रकोप उद्दार समितिको आकस्मिक बैठक बसेर बाढीले प्रभाव पार्न सक्ने ठाउँमा तत्काल सूचना प्रवाह गर्ने र प्रभावितलाई सुरक्षित स्थानमा सार्नको लागि पहल गर्ने तयारी भएको बाँकेका प्रहरी प्रमुख टेकप्रसाद राईले जानकारी दिए ।‘राप्तीमा पानीको सतह निरन्तर बढेको सूचना प्राप्त भएको छ । हामीले प्रभावित ठाँउका प्रहरी युनिटलाई उद्दारको लागि आवश्यक उपकरण सहित तयारी अवस्थामा राखेका छौं ‘ उनले भने ।नदीमा पानीको सतह ५ पुगे  राप्ती नदि छेउका गाउँहरुमा बाढी पूर्व सूचना कार्यक्रम अनुसार खतराको साईरन बजाउने र सुरक्षित स्थानमा जानको लागि सूचना प्रवाह गरिने गरी तयारी गरेको जानकारी दिए ।

अभिलेखालय

More

Video Gallery

More

फोटो संग्रह

More