ON AIR

UP NEXT

लागूऔषध तस्करीमा संलग्न चार जनालाई मृत्युदण्ड

जकार्ता, साउन १४ । इन्डोनेसियामा लागू औषध तस्करीमा संलग्न रहेको भन्दै चार जनालाई मृत्युदण्ड दिइएको छ । लागू औषध तस्करीकै आरोपमा अन्य १० जना जेल मै छन् ।उनीहरुलाई पनि मृत्युदण्डको सजाय दिने वा नदिनेबारे भने खुलाइएको छैन ।मृत्युदण्ड पाउनेमा एक इन्डोनेसियाली र तीन जना नाइजेरियाली रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।यसैबीच मानवअधिकारवादी संस्था एमनेस्टि इन्टरनेसनलले इन्डोनेसियाले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको ठहर गरेको छ । उसले मृत्युदण्डको विरोध गरेको छ । इन्डोनेसियामा लागू औषधविरुद्ध कडा कानुन बनाइएको छ ।गत वर्ष लागू औषध तस्करीको अपराधमा १४ जनालाई मृत्युदण्डको सजाय सुनाइएको थियो । तिनै १४ जनामध्ये चारजनालाई मृत्युदण्ड दिइएको हो । बाँकी १० जनाको अवस्थाबारे केही खुलाइएको छैन । ती १० जनामा तीनजना इन्डोनेसियाली, एक भारतीय, एक पाकिस्तानी नागरिक छन् । त्यस्तै जिम्बाबेका दुई र नाइजेरियाका दुई जना पनि सोही सूचीमा छन् । (एजेन्सी)-

अभिलेखालय

More

Video Gallery

More

फोटो संग्रह

More