ON AIR

UP NEXT

आज भोटो जात्रा, उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं, साउन १४ । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको ऐतिहासिक भोटो जात्रा आज देखाईंदै छ ।रातो मच्छिन्द्रनाथको जिम्मा रहेको भनिएको ऐतिहासिक भोटो ललितपुरको जावलाखेलमा देखाइने चलन छ । बहुमूल्य रत्नजडित भोटो वास्तविक हकदाबी गर्न नआएसम्म मच्छिन्द्रनाथको जिम्मामा रहने भन्ने जलश्रुति छ ।मच्छिन्द्रनाथको रथ जावलाखेल पुगेको चौथो दिनमा भोटो देखाउने गरिन्छ । भोटो अवलोकनका लागि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्ति जाने चलन छ ।यसैबीच सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ । गृहमन्त्रालयले विज्ञप्ति जारी गरी मच्छिन्द्रनाथको भोटो देखाउने जात्राका दिन आज सार्वजनिक बिदा दिएको जनाएको हो ।

अभिलेखालय

More

Video Gallery

More

फोटो संग्रह

More