ON AIR

UP NEXT

परराष्ट्रमा शेखरलाई रोक्ने उपेन्द्र ! मन्त्रिपरिषद विस्तारको तयारी

२३ साउन, काठमाडौं । पहिलो मन्त्रिपरिषद गठनमा नेपाली कांग्रेसका नेता शेखर कोइरालाको नाम नपर्दा नेपाली कांग्रेसका धेरै नेता-कार्यकर्ता आश्चर्यमा परे । धेरै केन्द्रीय सदस्यहरुले नै यो खबरलाई सहजै पत्याउन सकेनन् ।तर, प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा मन्त्री हुने कांग्रेसका नेताहरुमा शेखर परेनन् । उनी परराष्ट्रमन्त्री बन्ने लगभग पक्काजस्तै थियो । तर, कांग्रेसबाट विमलेन्द्र निधि र रमेश लेखक मात्र मन्त्री बने ।शेखर कोइरालाजस्तै मन्त्रीका लागि छनौट भएका अर्जुननरसिंह केसी पनि गृह मन्त्रालय नपाएको भन्दै सपथ खान गएनन् ।उच्च स्रोतहरुका अनुसार मन्त्रीको सूचीबाट शेखर कोइरालाको नाम काटिनुमा उपेन्द्र यादवको भूमिका छ । प्रचण्ड सरकारलाई संघीय समाजवादी फोरम नेपालका अध्यक्ष यादव संयोजक रहेको संघीय गठवन्धनले समर्थन गरेको छ ।प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको वार्तामा परराष्ट्र मन्त्रालय यादवका लागि राख्नेबारे छलफल भएको थियो ।मधेसी मोर्चा सरकारमा आउने भए परराष्ट्र मन्त्रीमा हाल कसैलाई पनि नियुक्त नगर्ने दुई नेताको तयारी थियो । जसका कारण अन्तिम समयमा आएर देउवाले शेखरलाई परराष्ट्रमन्त्री बनाउन सकेनन् ।देउवानिकट एक केन्द्रीय सदस्यका अनुसार देउवाले कोइरालालाई स्वास्थ्यमन्त्री बन्न प्रस्ताव गरेका थिए । तर, चिकित्सकसमेत रहेका डा. शेखरले परराष्ट्रबाहेक अरु मन्त्रालयमा जान्न भनेपछि पहिलो चरणमा उनी मन्त्री बनेनन् ।अब शेखरले परराष्ट्र नै पाउनेतर, मधेसी मोर्चा तत्काल सरकारमा आउने सम्भावना नरहेपछि परराष्ट्र मन्त्रालय कांग्रेसले नै लिने भएको छ । र, यसमा डा. शेखर कोइरालालाई नै पठाउने तयारी भइरहेको देउवानिकट एक केन्द्रीय सदस्यले अनलाइनखबरलाई बताए ।प्रधानमन्त्री प्रचण्ड र देउवाबीच शनिबार भएको भेटमा मन्त्रिपरिषद विस्तारबारे छलफल भएको छ । सम्भवतः मंगलबार मन्त्रिपरिषद् विस्तार हुनेछ ।नेताहरुका अनुसार नेपाल विद्यार्थी संघको महाधिवेशन सकिएपछि मात्रै मन्त्रिपरिषद विस्तार गर्ने देउवाको प्रस्ताव प्रचण्डले स्वीकार गरेका छन् । नेविसंघको महाधिवेशन आइतबार सुरु भएको छ ।मंगलबार हुन सक्ने मन्त्रिपरिषद विस्तारमा सरकारको नेतृत्व गरिरहेको माओवादी र कांग्रेससँगै राप्रपा र नेकपा संयुक्त पनि सहभागी हुनेछन् ।

अभिलेखालय

More

Video Gallery

More

फोटो संग्रह

More