ON AIR

UP NEXT

जमिन भासिँदा ४५ घर उच्च जोखिममा

२२ साउन, बैतडी। लगातारको वर्षापछि  पहिरो जाँदा बैतडीको तल्लादेहीमा तीन घर पुरिँदा  १८ लाख बराबरको क्षति भएको छ भने जमिन भासिएर ४५ घर उच्च जोखिममा रहेका छन् ।पहिरोले तल्लादेही गाविस–८ मा डाँडाखालीमा जानकी सार्की, कैले सार्की र माने सार्कीको घर पूर्णरुपमा क्षति हुँदा रु १८ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय, बैतडीले जनाएको छ ।माथिबाट आएको पहिरोले घर पुर्दा जानकी–४ कोठे घरसँगै घरमा अन्नपात र लत्ताकपडासहित रु सात लाख बराबरको क्षति भएको छ भने कैले सार्कीको आठकोठे घर पुरिँदा करिब रु पाँच लाख बराबरको क्षति भएको छ ।यस्तै सोही ठाउँका माने सार्कीको चारकोठे घर पुरिँदा छ लाख बराबरको क्षति भएको छ । स्थानीय बासिन्दाको सहयोगमा वस्तुभाउ र सामान अन्यत्र सारिएकाले अन्य क्षति भने नभएको प्रहरीले जनाएको छ ।डाँडाखालीमा रहेको पूरै जमिनमा करिब डेढ फिट तल जमिन भासिएर चिरा परेर तल सरेको बताइएको छ । जमिन भासिएकाले सो ठाउँका ४५ घरपरिवार उच्च जोखिममा रहेका जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रहरी निरीक्षक हरिओम खड्काले जानकारी दिए ।पहिरोका कारण विस्थापित भएकाहरु अहिले आफन्तको घरमा आश्रय लिएर बसिरहेका प्रहरीले जनाएको छ । पहिरोले मानवीय क्षति भने भएको छैन । घटनास्थल सदरमुकामबाट एक दिनको पैदल दूरीमा पर्छ ।

अभिलेखालय

More

Video Gallery

More

फोटो संग्रह

More