ON AIR

UP NEXT

आधुनिक हतियारसहित ६ पक्राउ

२३ साउन, जनकपुर। जिल्ला प्रहरी कार्यालय धनुषाले विशेष सुराकीका आधारमा जनकपुरको वंशीचोकबाट हतियारसहित छ जनालाई पक्राउ गरेको छ ।प्रहरी नायब उपरीक्षक नकुल पोखरेलले पक्राउ गरिएका व्यक्तिहरुको विषयमा अनुसन्धान भइरहेको बताउँदै आइतबार पत्रकार सम्मेलन गरेर जानकारी दिने बताए ।पक्राउ गरिएका हतियारहरुमा दुईवटा कटुवा पेस्तोललगायत केही आधुनिक हतियारसमेत रहेको प्रहरी स्रोतले जनाएको छ । स्रोतका अनुसार जनकपुरमा चोरीका घटना घटाउन योजना बनाउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।स्रोतका अनुसार पक्राउ गरेका ६ जना चोरी गर्ने गिरोह रहेको बताइएको छ । निजहरुको साथबाट चोरी गरिएका केही सामान र मदिराका बोतलसमेत बरामद भएको बताइएको छ ।

अभिलेखालय

More

Video Gallery

More

फोटो संग्रह

More