ON AIR

UP NEXT

तनहुँमा नेपाल स्वंयसेवी रक्तदाता समाज गठन

साउन २३, नेपाल स्वयंसेवी रक्तदाता समाज, तनहुँ शाखाको गठन भएको छ । रक्तदाता समूहको शनिवार घाँसिकुवामा भएको भेलाले समुन्द्र पौडेलको अध्यक्षतामा १३ सदस्यीय नेपाल स्वयंसेवी रक्तदाता समाज तनहुँको गठन गरेको हो । समाजको उपाध्यक्षमा विनोद अधिकारी, सचिवमा उपेन्द्र खनाल र कोषाध्यक्षमा वन्दना पुलामीमगर रहेका छन् । त्यसैगरी सदस्यहरुमा मनोज रानाभाट, प्रेमबहादुर क्षेत्री, टिकाराम पनेरु, डिक्सन मल्ल, देव रसाइली, रमेश बि.क र शान्ताप्रभा सोती रहेका छन् । त्यसैगरी मनोनित सदस्यमा जशोदा थापा श्रेष्ठ रहेकी छिन् ।रगतको समस्या भोगिरहेका बिरामीहरुलाई सहज ढंगवाट रगत उपलब्ध गराउन जिल्ला–जिल्लामा समाजको शाखा बिस्तार कार्य अघि बढाइएको नेपाल स्वंयसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले बताए । नेपाल स्वंयसेवी रक्तदाता समाजको तनहुँ २३औं शाखा हो ।

अभिलेखालय

More

Video Gallery

More

फोटो संग्रह

More