ON AIR

UP NEXT

तनहुँमा सडक दुर्घटना हुदा एक को घटनास्थलमै मृत्यू एक घाईते ।।

३१ साउन , तनहुँ पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको मनपाङ गाविस वडा नं– ३ शेराटारमा सोमबार यात्रुबाहक बसले स्कुटरलाई ठक्कर दिदाँ स्कुटर चालकको घट्ना स्थलमै ज्यान गएको छ । बेनी बाग्लुड्डबाट काठमाडौँ जादै गरेको ना ४ ख ८१२७ नम्बको बसले तनहुँको खैरेनीटार देखि दमौली जादै गरेको ग ११ प १८३० नम्बरको स्कुटरलाई ठक्कर दिदाँ स्कुटर चालक शुक्लागण्डकीं– १० खैरेनीटार निवासी बर्ष ४५ का प्रकाश गुरुङको ज्यान गएको हो । दुर्घट्नामा परी स्कुरको पछाडी सवार सोही ठाँउ निवासी बर्ष ३३ का गगन सिं कुमाल घाइते भएका छन् । उनको सेति गंगा सामुदायिक अस्पताल बेलचौतरामा उपचार भैरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार स्कुटीले बसलाई ओभर ट्याक गर्ने क्रममा बसमा ठोक्किएर उक्त दुर्घट्ना भएको हो । ठक्कर दिने बस र चालक प्रहरी नियन्त्रणमा छ । केही घण्टा अबरुद्ध भएको राजमार्ग अहिले खुलेको छ । ।राजमार्ग अबरुद्ध हुदा गन्तव्यमा हिडेका सयौँ यात्रुहरु मर्कामा परेका थिए ।

अभिलेखालय

More

Video Gallery

More

फोटो संग्रह

More