आजको मिती : २०७५ जेठ १३ आइतबार

समय :०१:३१

Logo

समाचार

‘तिम्रो माया पाउनलाई’ का गीतकार आले ब


म्ंसिर ०५, दुलेगौँडा

तिम्रो माया पाउनलाई धेरै धेरै कुरा गुमाएँ ।२
तिम्लाई खुसी बनाउन आफ्नै मुटु कति दुखाएँ 
तर पनि तिम्रो साथ पाउन सकिन 
तर पनि तिम्रो माया पाउन सकिन
तिम्रो माया पाउनलाई धेरै धेरै कुरा गुमाएँ ।

पछिल्लो समय चर्चाको शिखरमा रहेको आधुनिक गीत “तिम्रो माया पाउनलाई’ को गीतकार चन्द्राज्योती आले मगर महिला गीतकार विधातर्फ आठौँ रमपम बिन्दाबासिनी म्युजिक अवार्ड २०७४ को मनोनयनमा पर्न सफल भएकी छिन् । बिन्दाबासिनी म्युजिक प्रा.लिले बर्षेनी उत्कृष्ट महिला गीतकारलाई प्रदान गर्ने म्युजिक अवार्डको उत्कृष्ट ५ को मनोनयनमा परेकी हुन् । गीतकार आलेले मनोनयनमा परेकोमा खुसी व्यक्त गर्दै आफुलाई सक्दो भोट गर्न आग्रह गरेकी छिन् । भोट गर्नका लागि मोबाइलको म्यासेज बक्समा गई बिएमए(BMA) ३१ई(31E) टाइप गरी ३३००१ मा पठाउनु पर्ने हुन्छ ।  
गीतकार आलेले बजारमा ल्याएकी तिम्रो माया पाउनलाई गीतले चर्चा बटुली रहेको छ । उक्त गीतलाई दर्शक श्रोताले अत्याधिक रुचाएका छन् । युटुयबमा समेत गीतले राम्रै दर्शक पाएको छ ।आलेले आफ्नै युट्युब च्यानमार्फत सार्वजनिक गरेको गीत सार्वजनिक गरिएको दुई हप्तामै करिब साढे पाँच लाख पटक हेरिएको छ । सफल संगीतकार राजकुमार बगरको संगीत ,पछिल्लो समयका चर्चित गायक युवराज चौलागाईको स्वरमा गीत तयार पारिएको छ ।गीतलाई राजन इशानले एरेन्ज गरेका छन् । गीतमा नेपाली चलचित्र उद्योगमा हटकेकका रुपमा रहेको चर्चित जोडी पल शाह र आँचल शर्माको अभिनय देख्न सकिन्छ ।
दर्शक श्रोताले स्वर ,शब्द ,संगीत संगै आँचल र पलको जोडीलाई पनि निकै मन पराएका छन् । युट्युबको भिडियो कमेन्टमा शब्द तथा स्वरको निकै प्रशंसा गरिएको छ भने आँचल र पललाई रियल लाइफमा पनि संगै देख्न चाहानेहरु धेरै देखिएका छन् ।