युनेस्को शुक्लागण्डकीद्धारा विपन्न परिवारलाई खाद्यान्न सामाग्री वितरण
हरि खरेल
(दुलेगौँडा) । सामाजिक कार्यमा क्रियाशिल रहदै अएको शुक्लागण्डकी युनेस्को केन्द्रले शुक्लागण्डकी–९ स्थित बास्थला टोलमा रहेका १५ जना विपन्न परिवारलाई खाद्यान्न सामाग्री वितरण गरेको छ । कोरोना महामारीबीच आर्थिक अवस्था कमजोर रहेकै कारण भोकै बस्नुपर्ने अवस्थाको सिर्जना नहोस् भन्दै खाद्यान्न सामग्री वितरण गरिएको युनेस्को केन्द्रका अध्यक्ष भीष्म श्रेष्ठले जानकारी दिए ।
नेपाली काङ्ग्रेस ९ नं वडा समितिको समन्वयमा युनेस्को केन्द्रले उक्त सामग्री वितरण गरेको हो ।चामल, दाल, नुन,तेल, मस्यौरा लगायतका खाद्यान्न सामग्री हस्तान्तरण गरिएको थियो । साथै सोही कार्यक्रम नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलको माक्स अभियान पनि संञ्चालन गरेका थिए ।
वडा नं। ९ का वडाध्यक्ष लोक नारायण श्रेष्ठले कोरोनाका कारण रोजगारी गुमाई बसेकाहरुका लागि खाद्यान्न वितरण सामग्रीले ठुलो सहयोग पुग्ने बताए । साथै वडाले पनि आवश्यक परेको खण्डमा वडाका जनताको सहयोग गर्न तयार रहेको बताए ।
खाद्यान्न सामग्री वितरण कार्यक्रममा बास्थला टोल विकास संस्थाको अध्यक्ष विष्णु प्रसाद लम्साल, अधिवक्ता एवं नेपाली काँग्रेस वडा नं ९ कार्य समितीका सचिव शिव रेग्मी, वडा नं ९ तरूण दल अध्यक्ष राजु अधिकारी, मास्क अभियान्ता एवं वडा नं १२ का युवा नेता राजु गुरुङ, काँग्रेस क्रियाशील सदस्य कृष्ण जिटी लगायत युनेस्को केन्द्रका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
शुक्लागण्डकीमा ग्यास अभाव : विक्रेता भन्छन्– ‘हामीसँग ग्यास छैन’
दुलेगौँडा । शुक्लागण्डकी नगरपालिकाले नगर क्षेत्रभित्र देखिएको खाना पकाउने एलपी ग्यासको अभावलाई सहजीकरण गर्न ग्यास विक्रेताहरूसँग छलफल गरेको छ।
शुक्लागण्डकीमा टाटा सुमो दुर्घटना, चालक सहित १२ जना घाइते
दुलेगौँडा । शुक्लागण्डकी नगरपालिका–१२ लामागाउँबाट दुलेगौँडातर्फ आउँदै गरेको टाटा सुमो दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। वडाको
दुलेगौँडामा लायन्सले ग¥यो ३८७ पिन्ट रगत संकलन
दुलेगौँडा । तनहुँको दुलेगौँडामा लायन्स क्लव अफ शुक्लागण्डकीले आयोजना गरेको रक्तदान कार्यक्रममा ३८७ पिन्ट रगत संकलन भएको छ । क्लवले गण्डकी

प्रतिकृया दिनुहोस