हाम्रो बारेमा
सबै“सुचना र संगीतको ध्वनि छर्दै, शुक्लागण्डकीको प्रवाहसँगै वगिरहन्छ निरन्तर” भन्ने नारा बोकेर प्राकृतिक,धार्मिक,साँस्कृतिक,ऐतिहासिक एवं साहित्यिक रुपले सु–सम्पन्न यस तनहुँ जिल्लाको पश्चिम क्षेत्रको सुचना केन्द्रको रुपमा वि.स २०६८ श्रावण ४ गते परिक्षण प्रशारण शुरु गरी स्थापित हुन सफल यस रेडियो ढोरवाराही १०३.८ मेगाहर्जले आफ्ना लोकप्रिय कार्यक्रम एवं प्रशारण सेवा मार्फत् श्रोताहरुको मन जित्दै गएको छ ।
विहान ५ वजेदेखि राती ११ वजेसम्म १८ घण्टा र ईन्टरनेटमा २४ सै घण्टा प्रशारणमा आउने यस रेडियोले समाचार र सुचनामुलक कार्यक्रमलाई प्राथमिकता दिदैं कृषि, शिक्षा, स्वास्थ्य, साहित्य र मनोरञ्जनात्मक कार्यक्रमहरु प्रशारण गर्दै आएको छ भने विभिन्न व्यापारीक, वित्तिय, शैक्षिक एवं समाजिक संघ संस्थाहरुसँग पनि सहकार्य गरी कार्यक्रम उत्पादन एवं प्रशारण गर्दै आईरहेको छ ।हामीले प्रशारण गर्ने कार्यक्रम एवं समाचारहरुमा कृषि, शिक्षा, पर्यावरण र पर्यटनलाई पनि उत्तिकै प्राथमिकता दिदैं आईरहेका छौं । अत्याधुनिक प्रविधियुत्त स्टुडियो र ५०० वाटको प्रशारण क्षमता भएको रेडियोको प्रशारण तनहुँ सँगै कास्की, स्याङ्गजा,पाल्पा, वागलुङ्ग,नवलपरासी, गोरखा, लमजुङ्ग र ईन्टरनेटको माध्यमवाट विश्वभर एकैसाथ सुन्न सकिन्छ ।
बदलिदो समाजमा जनताविच सामाजिक, राजनैतिक, साँस्कृतिक र आर्थिक चेतनाको स्तर उठाउन समाजका सामाजिक अगुवाहरुले निस्वार्थ सेवा गर्नुपर्छ भन्ने दावित्व वोधका साथ यस रेडियोको स्थापना भएको हो । ग्रामीण जिवन र व्यवहारका जनतालाई शहरी वातावरण, भोैतिक सुविधा, प्रविधिमा भएको विकास बारे जानकारी गराई सरल जिवन विताउन सकिने चेतनाको वृद्धि गराउने उदेश्य रेडियो ढोरवाराहीले अङ्गिकार गरेको छ ।
अन्त्यमा राष्ट्रियता, राष्ट्रिय एकता, र सामाजिक सद्भाव कायम राख्न हामी हाम्रो तर्फवाट निरन्तर क्रियाशिल रहनेछौं । निष्पक्ष, जिम्मेवार र पेशागत आमसञ्चार नै कुनै पनि मुलुकको सम्मृद्धिको परिचायक हो भन्ने कुरामा हामी स्पष्ट छौं । हामी जनताको अभिव्यत्ति स्वतन्त्रताको एक शसत्त माध्यमको रुपमा स्थापित हुन चाहन्छौं ।



