तीनखोले देवि मन्दिर क्षेत्रमा सरसफाई
खैरेनीटार । श्रावण महिनाभर पुजा आराधना बन्द रहेको तनहुँको प्रसिद्ध धार्मिक स्थल तीनखोले देविको मन्दिर परिसरमा विहीबार सरसफाई गरिएको छ ।
भाद्र महिना लागेसँगै भक्तजनहरु मन्दिरमा जाने भएका कारण मन्दिर परिसरमा नेपाल प्रहरीको विशेष सुरक्षा गण र मन्दिर ब्यवस्थापन समितिले सरसफाई गरेको हो । मन्दिर ब्यवस्थापन समितिका सचिव बालकुमार वाग्लेले भक्तजनहरुको सुविधा र आकर्षणका लागि मन्दिर परिसर सरसफाई गरेर चिटिक्क पारिएको बताउनुभयो । वाग्लेले नेपाल प्रहरीको विशेष सुरक्षा गणबाट २१ प्रहरीको टोली मन्दिर परिसरमा पुगेको र अन्य पदाधिकारी समेत सहभागि भएको बताउनुभयो ।
नबोल्ने बच्चाहरुको बोलि फुटाउने र अन्य मनोकामना पुरा हुने विस्वासका साथै शुक्लागण्डकी नगरपालिका ६ मा रहेको यस मन्दिरमा भक्तजनहरु पुग्ने गरेको पाइन्छ । मन्दिरसम्म पुग्न अहिले गुणस्तरीय सडकको पहुँच पुगेको छ भने मन्दिर क्षेत्रमा भौतिक पुर्वाधारको समेत राम्रो विकास भएको समितिले जानकारी दिएको छ । यहाँ गण्डकी प्रदेशका अधिकाँश जिल्ला सहित देशका विभिन्न स्थानबाट भक्तजनहरु विभिन्न भाकल सहित पुग्ने गर्दछन् ।
सकियो लेखनाथ महोत्सव, तीन लाख ३५ हजार दर्शकले गरे अवलोकन
लेखनाथ । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि’ भन्ने मूलनाराका साथ सञ्चालित २१ औं लेखनाथ महोत्सव ११ करोडभन्दा बढीको
क्रस कन्ट्री दौडको उपाधी दोस्रो पटक रावललाई
पुतलीबजार । स्याङ्जाको कोल्मामा सम्पन्न भएको छैठौँ क्रस कन्ट्री दौड प्रतियोगिताको उपाधी नेपाल आर्मीका करण रावलले जितेका छन् । ग्रामिण क्षेत्रको
कोल्मामा क्रसकन्ट्रि दौड प्रतियोगिता हुने
स्याङ्जा । स्याङ्गजा कोल्माको विकासका लागि यस बर्ष पनि क्रसकन्ट्री दौड प्रतियोगिता हुने भएको छ । बसाइसराई र विदेश मोहका कारण रित्तिदै जान थालेको

प्रतिकृया दिनुहोस