मिनामकोट क्षेत्रमा फलाम खानीको संभावना र यथार्थता !
एकराज सिग्देल । शुक्लागण्डकी नगरपालिकाको ढोर क्षेत्रमा फलाम तथा तामा खानी उत्खानन सम्भावनाका संबन्धमा नेपाल सरकारका सचिब श्री राजकुमार श्रेष्ठको अध्यक्षतामा प्रधानमन्त्री कार्यालयमा मिति २०८२/०५/२३ गतेका दिन बैठक सम्पन्नभयो । सो बैठकमा खानी तथा भूगर्भ विभाग र उद्योग विभागका महानिर्देशक (डीजी), लगाएत सरकारी उच्च पदस्थ कर्मचारीहरुको सहभागीता रहेको थियो ।
सो दिनको बैठकको समन्वय, नेपाल सरकारका उपसचिव तथा ढोरेली सेवा समाज काठमान्डौका सदस्य राजन भट्टराईले गर्नुभएको थियो । ढोरेली सेवा समाज काठमाडौँको तर्फबाट तारा राउत, मधु सुदन सिग्देल, धर्म अर्याल, युबराज थापा र एकराज सिग्देल सहभागी हुनुभएको थियो । बैठकको प्रारम्भमा उपसचिव राजन भट्टराईले सो कार्यक्रमको उद्देश्य र ढोरेली सेवा समाज काठमान्डौको अपेक्षाका बारेमा जानकारी दिनुभएको थियो ।
त्यसै गरी एकराज सिग्देलले शुक्लागण्डकी नगरपालिकाले आफ्ना बार्षिक नीतिहरूमा फलाम तथा तामा खानीलाई सम्भावित आम्दानीको स्रोतको रूपमा पहिचान गरेको, तत्कालिन प्रधानमन्त्रीले मिनामकोटलाई फलामखानीको सम्भावित स्थानका रूपमा घोषणा गर्नुभएको, खानी तथा भूगर्भ विभागद्वारा सन् २०१९ सेप्टेम्बरमा र कबिराज पौडेल द्वारा सन् २०२३ मा गरिएका अनुसन्धान साथै मिनामकोटबाट उत्खनन गरिएको फलाम प्रयोग गरी भीमाद नगरपालिकामा अन्तर्गतको सेतीनदी मा झोलुङ्गेपुल निर्माण गरिएको ऐतिहासिक तथ्य समेत उल्लेख गर्दै, विस्तृत अध्ययन आवश्यकता रहेको औंल्याउनुभयो।
यहाँ निर उल्लेख गर्नु पर्ने सन्दर्भ केछ भने, सन् १९८३ मा ढोरमिनामकोट तथा वरपरको क्षेत्रमा फलाम तथा तामाखानीको सम्भावना संबन्धि अध्ययन भइसकेको तथ्य बिभिन्न पत्रपत्रिकामा उल्लेखित छ । उक्त अध्ययनहरुले मिनामकोट, खोरादी र भक्कल क्षेत्रलाई तामा खानीको सम्भावित क्षेत्रको रूपमा पहिचान गरेको पाइन्छ, र मिनामकोट क्षेत्रमा ०.२५% देखि१.४% सम्म तामा रहेको तथ्य उजागर गरेको छ । खानी तथा भू–गर्भ विभागका विज्ञहरूको टोलीले सन् २०१९ मामिनामकोट, लोकतेटार, खोरादी र आसपासका क्षेत्रमा फलाम र तामाको खानी उत्खननको सम्भावनाका बारेमा अन्वेषण गरेका थिए । विभागबाट खटिएका विज्ञहरुले स्थानीय जानकारहरुसँगको परामर्श तथा स्थलगत निरीक्षणका आधारमा, भक्कल क्षेत्रमा फलामखानि हुन सक्ने सम्भावना उजागर गरेका थिए । सो बमोजिम अध्ययन गर्दा उक्त स्थानमा २१% देखि ३५% फलाम रहेको पाइएको अध्ययन प्रतिबेदनमा उल्लेख छ ।
त्यसैगरी, सोहि अध्ययनले ढोरको बसुवा क्षेत्रमा ०.०१% देखि २.९% सम्मतामा रहेको प्रक्षेपण गरेको छ, जुन अत्यन्त न्युन हो । यसरी फलाम तथा तामा दुवैको मात्रा अत्यन्त न्युन हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै, सो अध्ययनले थप अनुसन्धान गर्नको लागि सिफारिस गरेन । यीसबै अध्ययनहरूलाई एक साथ राखेर हेर्दा, क्षेत्रहरूमा फलाम वा तामाको भण्डार रहने सम्भावना निकै न्यून देखिन्छ ।
यी माथि उल्लेखित तथ्यहरुलाई पुस्ट्याई हुने विवरण खानी तथा भूग–र्भ विभागका महानिर्देशक दिनेश नापितले उक्त बैठकमा प्रस्तुत गर्नु भएको थियो । उहाँका अनुसार विभिन्न समयमा विभिन्न निकायहरूद्वारा सोस्थानमा अध्ययन भैसकेको छ । खानी तथा भू–गर्भ विभाग र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (ग्ल्म्ए) दुवैले उक्त स्थान फलाम र तामाको उत्खननका लागि उपयुक्त नभएको निष्कर्ष निकालेको बताउनुभयो ।
उक्त क्षेत्रमा खानि अध्ययन र उत्खननको लागि निजि ब्यबसायीलाई लाइसन्स दिइएको भएता पनि सो कम्पनीले हालसम्म उत्खनन कार्य प्रारम्भ नगरेको बाट पनि के प्रस्ट हुन्छ भने, सो क्षेत्रमा फलाम तथा तामाको मात्रा अत्यन्त न्यून छ भन्ने भनाई खानि तथा भू–गर्भविभागका महानिर्देशकको रहेको थियो । उहाका अनुसार ग्ल्म्ए को अध्ययन प्रतिबेदनले उक्त स्थानमा करिब १००० उऊ तामाको मात्रा रहेको उल्लेख गरेको छ, जुन अत्यन्त न्यून हो । भौगोलिक अध्ययन, नक्साङ्कन, प्रयोगशाला परीक्षण र भौगर्भिक बनावटको आधारमा उक्त क्षेत्र प्राविधिक दृष्टिले खानी उत्खननका लागि उपयुक्त नभएको तथ्य महानिर्देशक नापितले प्रस्तुत गर्नुभएको थियो ।
तथापि, अन्य स्थलहरूमा सम्भावना देखिएमा विभागले थप अध्ययन गराउन सक्ने भनाई महानिर्देशक नापितले राख्नुभएको थियो । तत्कालिन प्रधानमन्त्रीले मिनामकोट क्षेत्रमा फलामखानी रहेको भन्ने सार्वजनिक अभिव्यक्ति दिनुभएको सन्दर्भमा, समाजका सदश्य राजन भट्टराईको सुझाव अनुसार ढोरेली सेवा समाज काठमाडौँको तर्फबाट महासचिब धर्म अर्यालले प्रधानमन्त्री कार्यालयमा केहि दिन अगाडी औपचारिक अध्ययनको लागि अनुरोध पत्र दर्ता गराउनुभएको थियो । सो अनुरोध पत्रको आधारमा मिति २०८२/०५/२३ गतेका दिन ढोरेली सेवा समाज काठमाडौँको समेत प्रतिनिधित्व हुने गरि बैठकको आयोजना गरिएको थियो ।
चटपटको स्वाद र परदेशी बुबाको पसिना
यात्रा केवल एक स्थानबाट अर्को स्थानमा पुग्ने माध्यम मात्र होइन, कहिलेकाहीँ समाजका अनेकौँ पाटाहरु नियाल्ने, मानिसका सोच, व्यवहार र जीवनशैली बुझ्ने
परिवर्तन सम्भब छ
एकराज सिग्देल । ढोरेली सेवा समाज, काठमाडौं र तालबेसी माध्यमिक विद्यालय, तनहुँको संयुक्त आयोजनामा सामुदायिक विद्यालयस्तरीय वक्तृत्वकला
शुक्लागण्डकी जेसिज वर्ष २०२५ को जेसिज सप्ताह सुरु
प्रकाश वि.क/दुलेगौँडा । शुक्लागण्डकी जेसीज वर्ष २००३ मा लेखनाथ जेसिजको मातृत्व, जेसी भरत बहादुर खड्काको संस्थापक अध्यक्षतामा स्थापीत एक लामो

प्रतिकृया दिनुहोस