• शनिबार ४-९-२०८३/Saturday 07-25-2026
  • ON AIR
  • UP NEXTOpening Tone

कोल्मामा क्रसकन्ट्रि दौड प्रतियोगिता हुने 

स्याङ्जा ।  स्याङ्गजा कोल्माको विकासका लागि यस बर्ष पनि क्रसकन्ट्री दौड प्रतियोगिता हुने भएको छ । बसाइसराई र विदेश मोहका कारण रित्तिदै जान थालेको गाउँलाई गुल्झार बनाउन यस बर्ष छैठौँ संस्करणको क्रसकन्ट्रि दौड प्रतियोगिता आयोजना गरिने भएको हो । आयोजक सात सय कोल्मा बाहकोट सम्पर्क मञ्चले मंगलबार आज कोल्मामा पत्रकार सम्मेलन गरि यस बर्ष ६ वटा विद्यामा दौड प्रतियोगिता आयोजना गर्ने जनाएको छ । 


पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष सुवेदार मेजर दुतप्रसाद गुरुङ्गले आगामी पुष ८ गते कोल्मा बराहचौरमा प्रतियोगिता आयोजना गरिने जानकारी दिनुभयो । उहाँले प्रथम द्धितीय र तृतीय हुनेलाई क्रमस ५०, ४० र ३० हजार पुरस्कार सहितको २५ किलोमिटर दुरीमा दौड प्रतियोगिता हुने बताउनुभयो । यो विद्याको दौड प्रतियोगिता सहभागि भएका स्थानीय धावकहरु मध्ये उत्कृष्ट एक जनालाई नगद पाँच हजार प्रोत्साहन पुरस्कार समेत प्रदान गरिने गुरुङ्गले बताउनुभयो । अध्यक्ष गुरुङ्गले देशभरबाट सहभागि हुने धावकहरुलाई स्याङ्गजा र तनहुँका काउँले डाँडा स्वारा, नाम्चे, काल्खु, खल्लुबोट, विसौना, खुदी, मड्किना लगायतका गाउँहरु समेटीने गरि दौडाइने बताउनुभयो । 

 


यस्तै १० किलोमिटरको दुरीमा पुरुष महिलाको छुट्टाछुट्टै विधामा दौड प्रतियोगिता हुनेछ । १० किलोमिटर दुरीमा प्रथम, द्धितीय र तृतीय हुनेले २० हजार, १५ हजार र १० हजार पुरस्कार प्राप्त गर्नेछन् । यस्तै विद्यार्थीहरुलाई लक्षित गरि मावि तहमा अध्ययन गर्ने छात्र र छात्रालाई छुट्टाछुट्टै समुहमा सहभागि गराई दौडाइने छ । यो दुरीमा प्रथम द्धितीय र तृतीय हुनेले क्रमस ८ हजार, ५ हजार र ३ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा यस बर्ष ३० वर्षमाथिका महिलालाई लुंगि ड्रेस सहित दौडमा सहभागि गराइने भएको छ । स्थानीय महिलाहरु सहभागि हुने गरि रन फर फन विधामा प्रतिष्पर्धा गराइने आयोजकले जनाएको छ । यो विधामा प्रथम, द्धितीय र तृतीय हुनेहरुले क्रमस ५ हजार, ३ हजार र २ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । 

 


पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक सुवेदार मेजर जितबहादुर गुरुङ्गले क्रसकन्ट्रि दौडकै कारण कोल्मामा उल्लेख्य विकास हुन थालेको दावि गर्नुभयो । उहाँले गाँउ फर्कने र गाउँको विकासमा योगदान दिनेहरु थपिने क्रममा रहेको जानकारी दिदै यही प्रतियोगिताकै कारण सरकारी तहमा समेत कोल्माका योजनाहरु समावेश हुन थालेको जानकारी दिनुभयो । प्रतियोगितासँगै कोल्माबाट देखिने प्राकृतिक दृश्य र सांस्कृतिक प्रदर्शनले पछिल्लो समय पर्यटकहरुको आकर्षण बढ्न थालेको उहाँले बताउनुभयो । कोल्मा र आसपासको क्षेत्रमा पर्यटक जान थालेपछि स्थानीयले होमस्टे कार्यक्रम सञ्चालन गरेर गाउँमै आम्दानी गर्न थालेको आयोजकको दावि छ । 
 

प्रतिकृया दिनुहोस

सकियो लेखनाथ महोत्सव, तीन लाख ३५ हजार दर्शकले गरे अवलोकन

लेखनाथ । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि’ भन्ने मूलनाराका साथ सञ्चालित २१ औं लेखनाथ महोत्सव ११ करोडभन्दा बढीको

क्रस कन्ट्री दौडको उपाधी दोस्रो पटक रावललाई 

पुतलीबजार । स्याङ्जाको कोल्मामा सम्पन्न भएको छैठौँ क्रस कन्ट्री दौड प्रतियोगिताको उपाधी नेपाल आर्मीका करण रावलले जितेका छन् । ग्रामिण क्षेत्रको

तीनखोले देवि मन्दिर क्षेत्रमा सरसफाई 

खैरेनीटार । श्रावण महिनाभर पुजा आराधना बन्द रहेको तनहुँको प्रसिद्ध धार्मिक स्थल तीनखोले देविको मन्दिर परिसरमा विहीबार सरसफाई गरिएको छ ।  भाद्र