सिप विकासको क्षेत्रमा शुक्लागण्डकी जेसिज उत्कृष्ट
दुलेगौँडा । शुक्लागण्डकी जेसीजलाई नेपाल जेसीजको ५२ औँ राष्ट्रिय सम्मेलन २०२५ मा महत्वपुर्ण उपलब्धि हासिल गरेको छ । जनकपुर जेसीजको आतिथ्यमा सन् १९ देखि २२ डिसेम्बर २०२५ सम्म सम्पन्न सम्मेलनमा क्षेत्र–ख अन्तर्गत सिप विकास को क्षेत्रमा तालिम सञ्चालन गर्ने उत्कृष्ट शाखा को रूपमा सम्मानित भएको हो ।
नेपाल जेसीज २०२५ की राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर रजनी थापा द्वारा प्रदान गरिएको उक्त प्रमाणपत्रमा शुक्लागण्डकी जेसीजको बोल्ने सिपको विकास, सामाजिक नेतृत्व विकास, व्यक्तित्व विकास र सामाजिक उतरदायित्व विकासका तालिम सञ्चालन र सदस्यहरूको सक्रिय सहभागितालाई राष्ट्रिय स्तरमा मान्यता दिएको छ । विशेषता समाजमा गरेका विभिन्न किसिमका कार्यक्रमले सदस्य र आम समुदायका सदस्यहरुको विभिन्न सिप विकासमा सकरात्मक प्रभाव पारेकोमा सम्मान गरिएको हो । यस सम्मानले शुक्लागण्डकी जेसीजले युवाको नेतृत्व विकास, सीप अभिवृद्धि तथा संस्थागत सशक्तिकरणमा पु¥याउँदै आएको योगदानलाई थप उजागर गरेको छ ।
जेसीआई नेपालको समग्र विकास र सुदृढीकरणमा संस्थाको भूमिकालाई उच्च कदर गरिएको छ । उक्त उपलब्धिप्रति शुक्लागण्डकी जेसीज वर्ष २०२५ का अध्यक्ष जेसी प्रकाश बि.क ले सम्पूर्ण समितिका पदाधिकारीहरु, सदस्यहरु, प्रशिक्षकहरु, सहकर्मीहरू तथा नेपाल जेसीज प्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम मार्फत युवा नेतृत्व विकासमा निरन्तर योगदान गर्ने प्रतिबद्धता जनाएको छ ।
तपाईको आजको दिन कस्तो रहला ? हेर्नुहोस् आजको राशिफल
आज २०८२ साल असोज १७ गते शुक्रबार। आश्विन शुक्ल पक्षको एकादशी तिथि। तदनुसार सन् २०२५ अक्टोबर ३ तारिख। विश्व मुस्कान दिवस। नक्षत्र अनुसार १२ वटा राशि
उन्नती कृषि सहकारीको साधारण सभा सम्पन्न, ९१ लाख नाफा कमाउने लक्ष्य
दुलेगौँडा । उन्नती कृषि सहकारी संस्था लिमिटेडको १६ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । दुलेगौँडामा सम्पन्न साधारण सभामा जिल्ला सहकारी संघ
भिमाद नगरपालिकाद्धारा ६३ करोड ७२ लाखको बजेट सार्वजनिक
भिमाद । तनहुँको भिमाद नगरपालिकाले ६३ करोड ७२ लाखको बजेट सार्वजनिक गरेको छ । नगरसभाको २० औं अधिवेशनबाट आर्थिक वर्ष २०८२/०८३ का लागि पारित गरिएको

प्रतिकृया दिनुहोस