• शनिबार ४-९-२०८३/Saturday 07-25-2026
  • ON AIR
  • UP NEXTOpening Tone

तरकारी तथा फलफुलमा विषादी परिक्षण, क्याम्सिकममा विषादी अधिक

दुलेगौँडा ।  शुक्लागण्डकी नगरपालिका क्षेत्रमा विक्री गरिने तरकारी तथा फलफुलको विषादी परिक्षण गरिएको छ । कृषि तथा पशुपंक्षी मन्त्रालय अन्तर्गत रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आज मंगलबार तनहुँका मुख्य बजार क्षेत्रमा रहेको तरकारी तथा फलफुल पसलबाट नमुना संकलन गरि विषादीको मात्र परिक्षण गरेको हो ।

 

विभागका खाद्य अनुसन्धान अधिकृत शुसान निरौलाले शुक्लागण्डकी नगरपालिका क्षेत्रबाट संकलन गरिएका विभिन्न १५ प्रकारका तरकारी तथा फलफुल मध्ये विक्रीका लागि राखिएका क्याप्सिकममा विषादीको मात्र अधिक पाइएको जानकारी दिनुभयो । उहाँले क्याम्पिसिकममा ३८ प्रतिशतभन्दा बढी विषादीको मात्र पाइएकाले क्वारेन्टाइनमा राख्न सुझाव दिइएको बताउनुभयो ।

 

विभागले उपभोक्तालाई विक्री गर्न पसलमा राखिएका र किसानले उत्पादन गरेका कृषि उपजहरु सिमी, काउली, भान्टा, करेला काँक्रो। ब्रो काउली, सुन्तला, अम्वा, टमाटर, अंगुर, साग लगायतको नमुना संकलन गरि विषादीको मात्रा परिक्षण गरिएको थियो । विभागले आज नै तनहुँका विभिन्न बजारहरुमा अनुगमन गर्नेछ ।

प्रतिकृया दिनुहोस

शुक्लागण्डकी नगरपालिका ’पूर्ण खोपयुक्त सुनिश्चित’ पालिका घोषित

दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिकालाई सोमबार एक विशेष कार्यक्रमका बीच ‘पूर्ण खोपयुक्त सुनिश्चित’ पालिका घोषणा गरिएको छ ।

तमु समाज सलालाह ओमनको सहयोग स्याङ्जाकी देउमायालाई

तनहुँ ।  रोजगारीको क्रममा ओमन पुगेका तमु समुदायका व्यक्तिहरुले देशको अर्थतन्त्रसँगै गरिव, दुखी, असहाय र विरामीहरुको सहारा बनेर पनि योगदान

समुदायलाई सिकाउदै विद्यार्थी 

दुलेगौँडा । तनहुँ प्राविधिक शिक्षालयमा अध्ययन गर्ने विद्याथीहरुले समुदाय केन्द्रित कार्यक्रम सम्पन्न गरेका छन् ।   एचए द्धितीय बर्षमा अध्ययन