समुदायलाई सिकाउदै विद्यार्थी
दुलेगौँडा । तनहुँ प्राविधिक शिक्षालयमा अध्ययन गर्ने विद्याथीहरुले समुदाय केन्द्रित कार्यक्रम सम्पन्न गरेका छन् ।
एचए द्धितीय बर्षमा अध्ययन गर्दै गरेको विद्यार्थीहरुले तनहुँको शुक्लागण्डकी स्थित गल्छिनामा रहेको मुस्लिम बस्तीमा आमा र शिशु स्वास्थ्य सम्वन्धी जनचेतना मुलक कार्यक्रम सञ्चालन गरेको शिक्षालयकी प्राचार्य पद्मा ढकालले जानकारी दिनुभयो ।
कार्यक्रममा त्यस क्षेत्रमा रहेका सुत्केरी आमा र गर्भावस्थामा रहेको महिलालाई प्रजनन स्वास्थमा पौष्टिक आहार र शिशु जन्मिए पछि उनीहरुको स्वास्थ्य हेरचाहमा अपनाउनुपर्ने पर्ने विधिहरुको बारेमा जानकारी दिएका थिए ।
उनीहरुले सुत्केरी आमा र गर्भवस्थामा रहेका महिलाहरुलाई नियमित स्वास्थ जाँच र अस्पतालमा पहुँचमा पुग्ने समेत आग्रह गरेका छन् ।
उनीहरुले पौष्टिक आधारको ब्यवस्थापन र शिशुको बृद्धी विकासमा पार्ने प्रभावका बारेमा समेत आमाहरुलाई सचेत गराएको शिक्षालयले जनाएको छ ।
शुक्लागण्डकी नगरपालिका ’पूर्ण खोपयुक्त सुनिश्चित’ पालिका घोषित
दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिकालाई सोमबार एक विशेष कार्यक्रमका बीच ‘पूर्ण खोपयुक्त सुनिश्चित’ पालिका घोषणा गरिएको छ ।
तमु समाज सलालाह ओमनको सहयोग स्याङ्जाकी देउमायालाई
तनहुँ । रोजगारीको क्रममा ओमन पुगेका तमु समुदायका व्यक्तिहरुले देशको अर्थतन्त्रसँगै गरिव, दुखी, असहाय र विरामीहरुको सहारा बनेर पनि योगदान
तरकारी तथा फलफुलमा विषादी परिक्षण, क्याम्सिकममा विषादी अधिक
दुलेगौँडा । शुक्लागण्डकी नगरपालिका क्षेत्रमा विक्री गरिने तरकारी तथा फलफुलको विषादी परिक्षण गरिएको छ । कृषि तथा पशुपंक्षी मन्त्रालय अन्तर्गत

प्रतिकृया दिनुहोस