• शनिबार ४-९-२०८३/Saturday 07-25-2026
  • ON AIR
  • UP NEXTOpening Tone

मगर नृत्य प्रतियोगितामा प्रविना गुरुङ प्रथम 

दुलेगौँडा । खुला शुक्लागण्डकी स्तरीय मगर नृत्य प्रतियोगिताको उपाधि कपासेकी प्रविना गुरुङले जितेकी छन् ।

 

मगर समुदायको सास्कृतिक संस्कार संरक्षण गर्न शुक्लागण्डकी आमा समुह र दुलेगौँडा लाफा क्लवको आयोजनामा भएको प्रतियोगितामा १० प्रतिष्पर्धीलाई पछि पार्दै गुरुङ विजेता बनेकी हुन् ।

No description available.

यस्तै प्रतियोगितामा लाङ्घाली मगर समाज नर्सरी दितीय, पुन मगर समाज लालिमकी निस्मा जुग्जाली मगर तृतीय भइन् । यस्तै सान्तवना स्थान पुन मगर समाज गाछेपानी र कानुङ मगर गुइया समाज बेलचौताराका दिपसिना थापा र स्पर्श थापाको जोडीले प्राप्त गरेका छन् ।

No description available.

उनीहरुले पुरस्कार स्वरुप क्रमस १२ हजार १०५, ९ हजार १०५, ५ हजार १०५ र २÷२ हजार सहित प्रमाण पत्र प्राप्त गरे । प्रतियोगितामा पुरस्कार जितेका समुहलाई शुक्लागण्डकी नगर समाजका अध्यक्ष विष्णु राना सहित मगर समुदायका पदाधिकारीहरुले पुरस्कार प्रदान गरेका थिए ।

No description available.

कलालाई सम्मान युवालाई प्रोत्सान भन्ने नारा सहित आयोजना गरिएको प्रतियोगिता सफल पार्न मगर समुदायका नयाँ पुस्ताले महत्वपूर्ण योगदान पु¥याएको आयोजक समुहकी अध्यक्ष कृष्णमाया थापा मगरले बताउनुभयो । 

No description available.

प्रतिकृया दिनुहोस

दिपेन्द्र खत्रीको ‘म पल्टनमा सानु’ गीत सार्वजनिक 

साङ्गीतिक क्षेत्रमा निरन्तरताले मात्र सफलता प्राप्त गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् गायक दिपेन्द्र खत्री । यसअघि एक–दुई गीत गाए पनि व्यावसायिक

शुक्लागण्डकी महोत्सव : साँझमा प्रमोद खरेलको कन्सर्ट, दिउँसो चर्चित कलाकारको प्रस्तुती

दुलेगौंडा । शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघको आयोजनामा जारी पाँचौ शुक्लागण्डकी महोत्सवमा आज साँझ प्रमोद खरेलको लाईभ कन्सर्ट हुने भएको छ

आज शुक्लागण्डकी महोत्सवमा अर्जुन सापकोटा 

दुलेगौंडा ।  शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघको आयोजनामा जारी पाँचौ  शुक्लागण्डकी महोत्सवमा बुधवार चर्चित कलाकारहरुको प्रस्तुती रहने भएको छ